<p>खरानीटार । नुवाकोटकाे तादी गाउपालिका वडा नं २ मा गत असार १९ गते घट्टे खोलाले बगाएर मृत्यु भएको देबकृष्ण तामाङ र बेपत्ता हुनुभएका बिनोद तामाङको परिवारलाई सहयाेग स्वरुप तादी गाउँ कार्यपालिकाले रु २५००० हजार सहयाेग गरेकाे छ ।<br></p><p>पीडित परिवारलाइ गाउपालिका अध्यक्ष नारायण पाण्डे, उपाध्यक्ष ईश्वरि उप्रेती, प्रमुख प्रसासकिय अधिकृत अशोक बिष्ट र वडा अध्यक्ष बच्चुराम तामाङले सहयाेग रकम हस्तान्तरण गर्नुभएकाे हाे । उक्त रकम पीडित परिवारलाई थोरै भए पनि राहत महसुस भएको स्थानीय युवा प्रदीप शर्माले बताउनुभयाे ।</p><p>बाढीले बगाएर बेपत्ता बनाएकाे मध्ये देवकृष्णकाे शव दुइदिन पछि भेट्टिएकाे थियाे भने बिनाेद अझै बेपत्ता छन् ।</p>
20.49¡ÆC