बाढीबाट पीडित भएकालाई कांग्रेस सांसदले पाँच दिनको तलब दिने

असार ३०, २०७६ मा प्रकाशित | 13781 views

काठमाडौ । नेपाली कांग्रेसका संघीय सांसदले बाढी पहिरो प्रभावितलाई पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्।

बाढी पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले ५ दिनको तलब बराबरको रकम सहयोग गर्ने  कांग्रेसले जानकारी दिएको छ।

यससँगै विपदबाट उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्ने समय सरकार संसदको सामना गर्न नै तयार नहुनु दुखद् पक्ष भएको कांग्रेसले जनाएको छ।

उद्धार, राहत र पुर्नस्थापनाका विषयमा संसदमा गम्भीर छलफल गर्न अत्यावश्यक भएको कांग्रेसले जनाएको छ। कांग्रेस र राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभामा बाढी पहिरोसँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषय प्रस्ताव प्रति  सत्तापक्ष सकारात्मक नदेखिएको प्रमुख सचेतक बालकृष्ण खांडद्धारा जारी विज्ञप्तीमा भनिएको छ। ।

यसैबीच संघीय संसदका अन्य कार्यसूची स्थगन गरी बाढी पिडितका विषयमा गृहमन्त्रीको जानकारी माग गर्दै कांग्रेस र राजपाले संसदमा दर्ता गराएको विशेष महत्वको प्रस्तावको सुनुवाई भएको थिएन।

संसदको धारणा सुनी सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्ने समयमा सरकारले जनतालाई विश्वास र भरोसा दिलाउन नसकेको ठहर गरेको छ। संसदलाई वेवास्ता गर्नुलाई कांग्रेसले असंवेदनशील, अनुत्तरदायी र असहिष्णुता कार्य भनी खेद प्रकट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web