बिपी कोइराला स्वास्थ्य-विज्ञान प्रतिष्ठानमा करोडौ भ्रष्टाचार, पूर्व-उपकुलपति सहित ८ जना विरुद्ध मुद्

असार ३०, २०७६ मा प्रकाशित | 10254 views

काठमाडौ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति सहित ८ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

अख्तियारले विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानासहित बिगो रकम असुलको मागदाबी सहित मुद्दा दर्ता गरेको हो। प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐन विपरीत बदनियतपूर्वक गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध आज सोमबार विशेषमा आरोप पत्र दायर गरेको हो।

अख्तियारले सबैभन्दा बढी पूर्व उपकुलपति दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख गरेको छ। त्यसपछि अस्पतालका तत्कालिन निर्देशक अरविन्द कुमार सिन्हादे ३ करोड ७५ लाख ३० हजार ६ सय १९, रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय पाँच, लेखा प्रमुख दिनेश राज दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको उल्लेख छ।

यस्तै उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्राली र वायोमेड इन्टरनेसनलका प्रोपाइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्विकेम डिस्टिव्युटर्सका प्रोपाइटर उमेश अग्रवालले क्रमश: १ करोड ४ लाख र ६० लाख ३७ हजार रकम भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web