बायोस्याण्ड फिल्टरमा उपभोक्ताको आकर्षण

विदुर । पञ्चकन्या गाउँपालिका वडा नं. १ बानियाँटारमा सञ्चालनमा रहेको बायोस्याण्ड फिल्टर निर्माण उद्योगले उत्पादन गरेको एकसय भन्दाबढी फिल्टर उपभोक्ता माझ पुगेको छ ।

‘सुरक्षित खानेपानी’को लागी विश्वमै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रविधि अन्तरगत पर्ने बायोस्याण्ड फिल्टर नुवाकोटमा पहिलो पटक भित्र्याएर उत्पादन सुरु गरेको एक वर्षको अवधिमा ११० फिल्टर उपभोक्ताले प्रयोगको लागी उद्योगबाट खरिद गरेको सञ्चालक रामप्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार स्थानीय श्रोत र साधनमा सिमेन्टको प्रयोग गरेर बनाइएको धारा आकारको फिल्टरमा गिट्टी र बालुवामा जैविकतह निर्माण गरेर गरिने पानी शुद्धिकरणको लागी बायोस्याण्ड फिल्टर निकै प्रभावकारी भएकाले उत्पादन र बिक्री एंव उपभोक्तामा लोकप्रिय बन्दै गएको छ ।

बायोस्याण्ड फिल्टरबाट छानिएको पानीको प्रयोगले पानीजन्य रोगबाट पूर्ण रुपमा मुक्त हुने दाबी विश्वको विभिन्न समयमा भएका परीक्षण पुष्टि गरेका कारण उपभोक्ताले यसलाई सहज रुपमा खरिद गर्ने गरेको चौघडाको बानियाँटारमा रहेको बायोस्याण्ड फिल्टर निर्माण उद्योगले जनाएको छ ।  पानीजन्य रोगबाट लाग्ने आँउ, पखाला, रुघाज्वरो लगायतका रोग बायोस्याण्डबाट छानिएको पानीबाट पूर्ण रुपमा मुक्त रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बजारमा पाइने आधुनिक फिल्टर भन्दा घरेलु निर्माण सामाग्रिको प्रयोग गरेर ढुङ्गा–गिट्टी लगायतका माध्यमको सहयोगले जैबिवतह निर्माण गरेर बायोस्याण्ड फिल्टरबाट पानी शुद्धिकरण हुने गरेको छ । यसबाट उत्पादन हुने पानीमा शतप्रतिशत गुणस्तरीय तथा स्वच्छ पानी हुने भएकाले उपभोक्ताले निर्धक्कसंग प्रयोग गर्नसक्ने उद्योगका सञ्चालक रामप्रसाद लामिछाने जानकारी दिनुभएको छ ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)ले दिएको तालिम तथा उपलब्ध गराएको प्रविधिको सहयोगमा चौघडा स्थित बानियाँटारमा सुरु गरेको बायोस्याण्ड फिल्टरमा उपभोक्ताको आकर्षण बढ्दै गएपछि उद्योगले उत्पादन बृद्धि तथा उपभोक्ताको माग अनुसार नुवाकोटको मुख्य–मुख्य बजारमा पनि उपलब्ध गराएको छ । एउटा बायोस्याण्ड फिल्टरको बजार मूल्य सात हजार रुपैयाँ निर्धारण गरिएको छ भने त्यसबाट दश जनासम्मको परिवारलाई सहजै शुद्ध पिउने पानी पुग्ने उद्योगले जनाएको छ ।

स्वास्थ्य शिविर सम्पन्न

विदुर । नुवाकोटको विभिन्न तीनस्थानमा अभियानको रुपमा सञ्चालन गरिएको स्वास्थ्य शिविर सकिएको छ । जंगली चिकित्सा परियोजना, अष्ट्रेलिया र ‘मदर चिल्ड्रेन आर्ट फाउन्डेशन’नेपालको संयुक्त आयोजनामा ककनीमा पुस २४ देखि २६ सम्म, चैजुमा २८ र २९ तथा शिवपुरीको काफलडाँडा स्थित महेन्द्र आधारभूत विद्यालयमा बिहीबार र शुक्रबार शुक्रबार दुई दिन आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सहकर्मी प्रविण थपलियाको अनुसार शिवपुरीको काफलडाँडा स्थित महेन्द्र आधारभूत विद्यालयमा बिहीबारदेखि सुरु भएर शुक्रबारसम्म सञ्चालन भएको शिविरमा १२२ जना बिरामीको स्वास्थ्य जाँच तथा परीक्षण गरिएको छ । बिहीबारदेखि नै सुरु भएको बर्षाको कारण जाँच गराउन आउनेको सङ्ख्या केही कमी भएपनि सेवा लिएका १२२ जना अधिकांशको बिरामी तथा शारिरिक रुपमा कमजोर वर्गका भएकाले सेवाबाट प्रभावकारी लाभ पुगेको आयोजक जनाएको छ । शिविरमा अधिकांश वुद्धबृद्धाहरुले जाँच गराउन आएको र उनीहरुको हड्डी खिइने तथा चिनि रोग र दम रक्तचाप सम्बन्धि समस्या देखिएका बिरामी धेरै पाइएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

‘मदर चिल्ड्रेन आर्ट फाउन्डेशन’ले शिविर सहित विद्यालयका विद्यार्थीलाई खेलकुद र शैक्षिक सामाग्री एंव विद्यार्थीरुलाई कपि–कलम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर सिटौलाले बताउनुभएको छ ।

सुइरेचउरमा उडाउन प्याराग्लाइडिङले पायो अनुमति

विदुर । पर्यटन प्रबद्धनको लागी साहसिक खेल माध्यम प्याराग्लाइडिङ उडान गर्न नुवाकोटको पनि अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ स्थित सूर्यचौरमा प्याराग्लाइडिङको उडान गराउन अनुमति दिइएको छ । सुइरेचउरमा प्याराग्लाइडिङ चलाउन ‘नेपाल प्याराग्लाइडिङ प्रालि’लाई अनुमति दिइएको हो । सुइरेचउर क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटको उचाईसम्म उडान गर्न सक्ने गरी  नेपाल प्याराग्लाइडिङ प्रालि’लाई अनुमति दिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नुवाकोटको पर्यटकीय स्थलको लागी धेरैको पहिलो रोजाईमा पर्ने र काठमाडौबाट नजिकको दुरीमा समेत रहेकाले सुइरेचउर सहित शिवपुरी क्षेत्रको लागी पर्यटकीय प्रबद्धनमा प्याराग्लाइडिङको अनुमति पाएसगैँ उत्साह थपिदिएको छ ।

गएको वर्षदेखि परीक्षण उडान गरेर प्याराग्लाइडिङ चलाउन अनुमतिको पर्खाइमा रहेकाले अब नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएसगैँ नियमति रुपमा व्यवसायिक उडानलाई सुचारु गर्ने कम्पनीका प्रबन्ध निर्देशक उमेश बज्रगाईले जानकारी दिनुभएको छ । उहाँको अनुसार सुइरेचउरमा गरिने प्याराग्लाइडिङको उडानसगैँ नुवाकोटको पर्यटन प्रबद्धनमा नयाँ आयाम थपिएको छ । नुवाकोटमा प्याराग्लाइडिङसगैँ पर्यटन प्रबद्धनको लागी नुवाकोटको मदानपुरमा यसअघि नै सञ्चालनमा आइसकेको क्यानोनिङ, नुवाकोटको साततले दरबार क्षेत्रमा सञ्चालनको अन्तिम तयारीमा पराएको जिपलाईन लगायतले नुवाकोटमा पर्यटन अवागमन, प्रबद्धन तथा आकर्षणको लागी निकै उत्साह थपिएको छ ।

राजश्व संकलन उत्साहजनक

विदुर । नेपाल सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिरहेको समयमा रसुवा भन्सार कार्यालयले भने झण्डै दोब्बर बढी राजश्व संकलन गर्न सफल भएको छ । साउनदेखि पुससम्मको ६ महिनामा रसुवा भन्सारले लक्ष्यभन्दा ७७ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार पुसमा महिनामा ४६ करोड ७८ लाख लक्ष्य राखिएकोमा ८२ करोड ८३ लाख राजस्व संकलन भएको हो । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्ममा ७ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । यो भन्सार कार्यालयको वार्षिक लक्ष्यको ७८ प्रतिशत रहेको पाइएको छ । कार्यालयले यस वर्ष ९ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

कार्यालयका अनुसार साउनमा एक अर्ब ३ करोड, भदौमा १ अर्ब ५१ करोड र असोजमा १ अर्ब ३८ करोड रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । यसैगरी, कार्तिकमा १ अर्ब ४७ करोड, मंसिरमा १ अर्ब ९१ लाख र पुसमा महिनामा ४६ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म सडक अवरोध नभएको र परियोजनाको सामग्रीको आयात बढेको कारण राजस्व संकलनमा लक्ष्य भन्दा बढी जम्मा गर्न सफल भएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले जानकारी दिनुभएको छ ।

मध्यभोटेकासीको शेयर खुल्दै

विदुर । मध्यभोटेकासी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि छुट्याएको एक अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीको रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनी मार्फत सञ्चालनमा ल्याउन लागिएको १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको जनाएको छ । स्वपुँजीतर्फको स्थानीयवासीका लागि ६० करोड रुपैयाँ र सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको हो । कम्पनीका अनुसार, सर्वसाधारणलाई दिइने १५ प्रतिशत अर्थात ९० लाख कित्ता तथा स्थानीयबासीलाई दिइने १० प्रतिशत अर्थात ६० लाख कित्ता सेयर निष्कासनको तयारी अन्तिम चरणमा पुराएको छ ।

सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोषसँग ‘सेयर प्रत्याभूति सम्बन्धी सम्झौता’ गरेको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले जानकारी दिनुभएको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता शेयर उपलब्ध गराइसकेको जनाएको छ ।

यसैगरी, संस्थापक कम्पनीका कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर वितरण गरिसकेको छ । यसअघि कम्पनीले कुल एक करोड ४४ लाख कित्ता अर्थात १ अर्ब ४४ करोड बराबरको सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको र अब रसुवामा रहेका अति प्रभावित र जिल्लाबासीको लागी १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासनको तयारी अन्तिम चरणमा पुराएको त्यसको लागी आवेदन दिन तयारी अबस्थामा रहन तथा खर्चको बन्दोबस्ती मिलाउन कम्पनीले आग्रह गरेको छ ।

बागमती प्रदेसले जथाभावी गरेको भन्दै रोक्न अख्तियारको निर्देशन

विदुर । बागमती प्रदेश सरकार तथा मातहतका निकायले गरिरहेको जथाभावी खर्च तत्काल रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुझाव दिएको छ ।

आयोग कार्यालय हेटौंडाले एक वर्षको वार्षिक प्रतिवेदन वागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई बुझाइसकेको जानकारी दिदै जथाभावी खर्च नगर्न सुझाब दिएको हो । कृषि तथा पशुसँग सम्बन्धित अनुदान वितरणमा पक्षपात र अनियमितता भएका धेरै उजुरी प्राप्त भएको आयोगको भनाइ रहेको छ ।

प्रदेशस्तरीय अनुदान वितरण मापदण्ड बनाएर सरोकारवालाले जानकारी प्राप्त गर्ने गरी सूचना प्रवाह गर्न आयोगले प्रदेश सरकारलाई सुझाव दिएको छ । बजेट सक्ने मनसायले असार मसान्तमा योजना सञ्चालन हुने भएकाले समयमै बजेटको अख्तियारी तथा निकासा दिने व्यवस्था मिलाउन आयोगले सुझाव दिएको हो । उपभोक्ता समितिमार्फत हुने काममा अनिवार्य रूपमा उपभोक्ता समितिको लागत सहभागिता गराउन पनि आयोगले सुझाएको हो ।

प्रदेशअन्तर्गत पर्ने वन, उद्योग र पर्यटनसँग सम्बन्धित योजना तथा कार्यक्रमका नाममा जथाभावी बजेट र खर्च गर्ने देखिएकाले प्रचलित कानुन प्रतिकूल नहुने गरी बजेट विनियोजन र खर्च गर्न सुझाइएको छ । प्रदेश र पालिकाबीच नदीजन्य पदार्थको उपयोग र राजस्व संकलनमा एकरूपता नभएको पाइएको सूचना अधिकारी शिबराज रेग्मीले बताउनुभएको छ ।

चालु खर्चमा अनुगमन र भ्रमण खर्चका नाममा अत्यधिक रूपमा राज्यको स्रोत दुरुपयोग भएको आयोगको निष्कर्ष रहेको छ ।

भूकम्पले लडाएका संरचनाको ७५ प्रतिशत उठ्यो

विदुर । साढे चारवर्ष अघि गएको विनासकारी भूकम्पले पुराएको क्षति मध्ये करीब तीन तिहाई अर्थात ७५ प्रतिशत काम पूरा भएको छ ।

पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य बनाएपनि काम सुरु भएदेखिको अहिलेसम्मको चार वर्षको अवधिमा ७५ प्रतिशत मात्र काम भएर अझै २५ प्रतिशत काम बाँकी रहेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सरकारी भवन, सुरक्षा निकायको भवनको पुनर्निर्माण सम्पन्न र जारी गरी समग्रमा ७५ प्रतिशत उपलब्धी हासिल भएको छ ।

निजी आवासमा पुनर्निर्माण सम्पन्न र जारी गरी ८६ प्रतिशत उपलब्धी हासिल भएपनि मठमन्दिर, दरबार, गुम्बा लगायतको काम निकै सुस्त हुदाँ पुर्ननिर्माणको लागी बाँकी रहेको एक वर्षमा काम सम्पन्न गर्न कठिन देखिएको हो ।

नुवाकोटको साततले दरबार सहित त्यस क्षेत्रको शक्तिपीठ र सम्पदाको पुर्ननिर्माण चीन सरकार मार्फत ४५ महिना भित्रै काम सक्ने भनेर गएको जेठमा सम्झौता भएपनि पुर्ननिर्माण तथा मर्मतको काम अझै सुरु नहुदाँ भूकम्पले पुराएको क्षति पछिको पुर्ननिर्माणमा धेरै समय लाग्ने देखिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले पुनर्निर्माणका बाँकी कामलाई सम्पन्न गर्न बजेट अभावले पनि ढिलाई भएको भन्दै श्रोत जुटाउन क्रियाशिल भइरहेको बताउनुभएको छ । पुर्ननिर्माणको लागी अझै तीन खर्ब रुपैयाँ चाहिने र यो वर्ष १ खर्ब ४१ अर्ब रुपैयाँ आवश्यक पर्नेमा ३८ अर्ब अपुग भएकाले सुरु भएको काम पनि अन्योल रहेको गुनासो गर्नुभएको छ ।

प्राधिकरणको भविष्य खोज्न कार्यदल गठन

विदुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद थपबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद थपबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । पाँच वर्षका लागि २०७२ सालमा गठन गरेको पुनर्निर्माण प्राधिकरणको म्याद आगामी वर्ष सकिन लागेकोले निर्देशक समितिले म्याद थपबारे सिफारिस गर्न ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ । म्याद थपको सम्बन्धमा प्राधिकरणमा कार्यरत कर्मचारीकै संयोजकत्वमा कार्यदल गठन गर्नुलाई भने अनौठो मानिएको छ ।

साढे चार वर्ष अघि गएको विनासकारी भूकम्पले पुराएको क्षतिको पुर्ननिर्माणको लागी ‘पुनर्निर्माण सम्बन्धी ऐन, २०७२’ मा नेपाल सरकारले आवश्यक ठानेमा प्राधिकरणको म्याद एक वर्ष थप्न सक्ने प्रावधान बनाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको संयोजकत्वमा रहेको सिफारिसन कार्यदलमा अर्थ, गृह, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्राधिकरणका सचिवलाई सदस्य बनाइएको छ । कार्यदलको प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको अर्को बैठकमा पेश हुने प्राधिकरणले जनाएको छ ।

नेपाल एकीकरणसंग जोडिएका इतिहास तथा सम्पदा र सँस्कृतिमा सेनाको चासो

रामहरि न्यौपाने,

विदुर । नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह तथा गोर्खाली फौज हिडेका हिँडेको बाटोलाई ‘एकीकरण पदयात्रा’ तथा त्यस समयमा निर्माण भएका संरचनाको संरक्षण तथा प्रबद्धनको लागी नेपाली सेनाको मुख्यालय भद्रकाली काठमाडौमा हिजोदेखि छलफल सुरु भएको छ । सातवटै प्रदेसमा पर्ने गोर्खाली फौज हिडेका पदयात्रा, त्यस समयमा निर्माण भएका संरचनाको खोजी गरेर संरक्षणको लागी छलफल तथा भावी रणनीति तय गर्न छलफल सुरु भएको जबरजंग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेले जानकारी दिनुभएको छ ।

पहिलो दिन हिजो जबरजंग गणका गणपति लामिछानेले नेपाल एकीकरणको सुरुवात नुवाकोटमाथी पहिलो बिजयीबाटै काठमाडौ उपत्यका प्रवेश गरेको जानकारी सहितको गोरखा–धादिङ र नुवाकोटमा रहेका त्यस समयको संरचनाको अबस्थाको बारेमा ‘नेपाल एकीकरण पहिलो पाइला : नुवाकोट विजयी’ शिर्षकको प्रस्तुतीकरण मार्फत सहभागीलाई जानकारी गराउनुभएको छ । उहाँले एकीकृत नेपालको पहिलो बिजयी नुवाकोटमाथी भएको, नुवाकोट हुदै गोर्खाली फौज काठमाडौ प्रवेश गरेको,२५ वर्षसम्म नेपालको राजधानी नुवाकोटमै रहेको तथा उपत्यकालाई कमजोर बनाउदै नुवाकोट जिल्ला नाकाबन्दीको लागी समेत महत्वपूर्ण भूमि भएकले कुटनीतिक तथा सामरिक दृष्टिकोणाले महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

प्रमुख सेनानी लामिछानेले गोरखाहुदैँ काठमाडौसम्म पृथ्वीनारायण शाह तथा गोर्खाली फौज हिडेको ‘रुमाले २६ कोष’मा को पदमार्गको अबस्था, यस क्षेत्रमा पर्ने गढी, दरबार, मठमन्दिर, पाटी–पौवा, धारा, विश्रामस्थल, सैनिक तालीम स्थल लगायतको संरचनाको जानकारी गराउनुभएको छ ।

नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा नेपाली सेनाका प्रमुख प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, नुवाकोट जिसस प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिरेन्द्रकुमार शाही, वडा नं. १० का वडाध्यक्ष गणेशकुमार नेपाल लगायत सातै प्रदेसबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, ईतिहासविद, सस्कृतिविद् लगायतको सहभागिता रहेको छ ।

हिजोदेखि सुरु भएको छलफलमा आज बन्द सत्र चल्ने र पर्सि आइतबार भावी रणनीति तय गर्दै घोषणपत्र माफर्त नेपाल एकीकरणसंग जोडिएका संरचना तथा सम्पदाको संरक्षण तथा प्रबद्धनमा जोड दिइने लक्ष्य राखिएको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा समापन हुने कार्यक्रममा ‘एकीकरण पद मार्गको समग्र दीर्घकालीन योजना तथा आगामी आर्थिक वर्षको लागी नेपाल सरकारको नीति तथा योजना र बजेटमा समावेश गर्ने कार्यक्रमको प्रस्ताव’ सम्बन्धिको प्रस्तुतीकरण समेत रहेको नेपाली सेनाले जनाएको छ ।

एकीकरण पद मार्गको प्रचार एंव संरक्षणको लागी नेपाली सेनाले पुस १८ देखि गोरखाबाट धादिङ, नुवाकोट हुदै काठमाडौसम्म ‘एकीकरण टर्च’ -याली समेत सञ्चालन गरेको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web