सुइरेचउरमा उडाउन प्याराग्लाइडिङले पायो अनुमति

माघ ४, २०७६ मा प्रकाशित | 8659 views

<p style="text-align: justify; "><b>विदुर । पर्यटन प्रबद्धनको लागी साहसिक खेल माध्यम प्याराग्लाइडिङ उडान गर्न नुवाकोटको पनि अनुमति पाएको छ ।&nbsp;<br></b></p><p style="text-align: justify; "><b>नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ स्थित सूर्यचौरमा प्याराग्लाइडिङको उडान गराउन अनुमति दिइएको छ । सुइरेचउरमा प्याराग्लाइडिङ चलाउन ‘नेपाल प्याराग्लाइडिङ प्रालि’लाई अनुमति दिइएको हो । सुइरेचउर क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटको उचाईसम्म उडान गर्न सक्ने गरी&nbsp; नेपाल प्याराग्लाइडिङ प्रालि’लाई अनुमति दिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नुवाकोटको पर्यटकीय स्थलको लागी धेरैको पहिलो रोजाईमा पर्ने र काठमाडौबाट नजिकको दुरीमा समेत रहेकाले सुइरेचउर सहित शिवपुरी क्षेत्रको लागी पर्यटकीय प्रबद्धनमा प्याराग्लाइडिङको अनुमति पाएसगैँ उत्साह थपिदिएको छ ।</b></p><p style="text-align: justify; "><b>गएको वर्षदेखि परीक्षण उडान गरेर प्याराग्लाइडिङ चलाउन अनुमतिको पर्खाइमा रहेकाले अब नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएसगैँ नियमति रुपमा व्यवसायिक उडानलाई सुचारु गर्ने कम्पनीका प्रबन्ध निर्देशक उमेश बज्रगाईले जानकारी दिनुभएको छ । उहाँको अनुसार सुइरेचउरमा गरिने प्याराग्लाइडिङको उडानसगैँ नुवाकोटको पर्यटन प्रबद्धनमा नयाँ आयाम थपिएको छ । नुवाकोटमा प्याराग्लाइडिङसगैँ पर्यटन प्रबद्धनको लागी नुवाकोटको मदानपुरमा यसअघि नै सञ्चालनमा आइसकेको क्यानोनिङ, नुवाकोटको साततले दरबार क्षेत्रमा सञ्चालनको अन्तिम तयारीमा पराएको जिपलाईन लगायतले नुवाकोटमा पर्यटन अवागमन, प्रबद्धन तथा आकर्षणको लागी निकै उत्साह थपिएको छ ।&nbsp;&nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web