काठमाडौ । नेपाली सेनाले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ (ईमल्सन) को गुणस्तर र नियमित आपूर्तिमा कुनै आशङ्का नगर्न पूर्वाधार आयोजना निर्माणकर्तालाई आग्रह गरेको छ । सेनाको सुनाचुरी ईमल्सन प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तर र नियमित आपूर्तिमा शङ्का नगरी ढुक्क भएर प्रयोग गर्न आयोजना निर्माणकर्तालाई सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक सहायकरथी हेगेन्द्रलाल महर्जनले विश्वास दिलाए ।

आयोजना निर्माणकर्तालाई मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी ईमल्सन प्लान्टको निरीक्षण र त्यसबाट उत्पादित विष्फोटक पदार्थको काठमाडौँ–तराई मधेश द्रूतमार्गमा आज गुणस्तर परीक्षण पुष्टि गराउँदै सेनाले नियमित आपूर्ति र सुपथ मूल्यमा उपलब्ध हुनेमा पनि निश्चिन्त रहन सुझाव दिएको छ । उक्त प्लान्टमा यसै आर्थिक वर्षमा जडित नयाँ ईमल्सन प्लान्टको वार्षिक उत्पादन क्षमता दुई हजार ४०० भए पनि आवश्यकताअनुसार दोब्बरसम्म उत्पादन बढाउन सकिने जनाउँदै सेनाले आपूर्तिमा पनि कुनै समस्या आउन नदिने प्रतिबद्धता जाहेर गरेको छ ।

उक्त ईमल्सन प्लाण्टका लागि चाहिने कच्चा पदार्थ दुवै छिमेकी मुलुकबाट आयात गर्दै आएको छ । उक्त प्लान्टबाट उत्पादित विष्फोटक पदार्थ प्रतिकिलो १९८ मूल्य हाल कामय गरिएकोमा त्यसलाई कसरी मूल्य घटाउन सकिन्छ भन्ने बारेमा सैनिक मुख्यालयले गृहकार्य गरिरहेको छ । सेनाले विष्फोटक पदार्थको मूल्यमा सन्तुलन ल्याउन र नियमित आपूर्तिका लागि उत्पादनकर्ता कम्पनीसँगै सम्झौता गर्ने तयारी गरेको छ ।

गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त नयाँ प्लान्टबाट हालसम्म १९४ मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन भइसकेको छ । उत्पादित सामग्रीमध्ये हाल ४२ मेट्रिक टन मौज्दात रहेको सो अवसरमा जानकारी दिइयो । नयाँ प्लान्टबाट उत्पादित विष्फोटक पदार्थ एक वर्षसम्म प्रयोग गर्न सकिने छ । कारखानामा हाल एक हजार २०० मेट्रिक टन कच्चा पदार्थ मौज्दात छ । पछिल्लो समय माग धेरै बढेकाले उत्पादन स्टक धेरै राख्नु नपरेको जानकारी दिइयो ।

विकास आयोजनालाई विस्फोटक पदार्थ ढुवानी सहज होस् भन्ने हेतुले सेनाले क्षेत्रगतरूपमा मुलुकका तीन स्थानमा २०० मेट्रिक टन क्षमताको डिपोमा भण्डारणको व्यवस्था गर्न लागिएको बताएको छ । पूर्वाधार निर्माण आयोजनाबाट आउन सक्ने मागलाई ध्यानमा राखेर सेनाले ७०० मेट्रिक टन विष्फोटक कच्चा पदार्थका लागि एलसी खोलिसकेको छ ।

म्याग्दीस्थित ३८ मेघावाट क्षमताको निलगिरि एक विद्युत् आयोजनाका निर्माणकर्ता बलराम खतिवडाले यस वर्षदेखि ठूला जलविद्युत् परियोजना शुरु हुने भएकाले विष्फोटक पदार्थको मागलाई सम्बोधन गर्न सेनाका लागि चुनौती हुनसक्ने प्रतिक्रिया दिए । उनले भने, “नेपाली सेनाले उपलब्ध गराउने भनेको विष्फोटक पदार्थ गुणस्तरीय, सहुलियत मूल्य र आपूर्तिमा निरन्तता हुन्छ कि हुन्न भन्ने प्रश्न हो, त्यो भएको खण्डमा हामीलाई लिन करै लाग्ने छ ।”

आयोजना लगानीकर्ताले हाल भारतबाट विष्फोटक पदार्थ खरिद गर्दा भन्सार मूल्य जोडेर प्रतिकिलो १३२ रुपैयाँमा भन्सार विन्दुमा प्राप्त गरिरहेको हुँदा तुलनात्मक रूपमा सेनाको उत्पादन महँगो भएको प्रतिक्रिया दिएका छन् । सेनाले भने विष्फोटक पदार्थ व्यापार गर्ने र नाफा कमाउने उद्देश्यले नभई विकास आयोजना सञ्चालनकर्तालाई सहयोग पु-याउने हेतुले प्लान्ट सञ्चालन गरेको हुँदा गुणस्तर कायम, आपूर्ति सुनिश्चित र मूूल्यमा सन्तुलन कायम गर्नेमा विशेष ध्यान पु-याउने अठोट व्यक्त गरेको छ ।

यसअघि सोही स्थानमा सञ्चालनमा रहेको पुरानो प्लान्टबाट वार्षिकरूपमा २०० मेट्रिक टन विष्फोटन पदार्थ उत्पादन हुँदै आएको छ । त्यसबाट उत्पादित सामग्रीको म्याद छ महिना रहेको थियो । सेनाले भनेको छ, “नयाँ प्लान्टको उत्पादन गुणस्तर अन्तर्राष्ट्रियस्तको छ, मागअनुसार उपलब्ध गराउने क्षमता वृद्धि गर्नेछौँ, आवश्यक परेमा मेसिन थप्नेछाँ ।”

रसुवा । हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ ।

एक सयभन्दा बढी ठूला मालवाहक सवारीसाधन गुड्ने रसुवागढी क्षेत्रमा हिमपातले सडक अवरुद्व भएपछि अहोरात्र पहरा दिने सुरक्षाकर्मीलाई आराम गर्ने मौका मिलेको स्थानीय बासिन्दाले बताएका छन् । केरुङमा रहेका नेपालीमध्ये तीनजना कठोर यात्राका साथ शनिबार रसुवागढी आइपुगेको र सडक खुल्न अझै केही दिन लाग्ने सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

रसुवा राजमार्गले अझै मर्मत पाएन :

उत्तरी क्षेत्रबाट व्यापार–व्यवसाय गर्ने राजमार्ग मर्मत हुन नसक्दा दिनानुदिन जीर्ण बन्दै गएको छ । नेपाल चीनबीच व्यापारी कारोवारबाट दैनिक तीन करोड राजश्व आर्जन गर्ने एकमात्र पासाङल्हामु राजमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन गुडाउन असहज बन्दै गएको ट्रक तथा कन्टेनर चालकहरूले बताएका छन् ।

सडकका अधिकांश स्थानमा खाल्टाखुल्टी हुँदा मालवाहक ट्रक तथा कन्टेनर कोल्टिन गई भिरालो सतहमा सवारीसाधन पार गर्न घण्टौँ प्रयास गर्नुपर्ने समस्या झेल्नु परेको सवारी चालकद्वारा निरन्तर आवाज उठिरहेको छ । पहिलो चरणमा राम्चे तथा मूलखर्कको उकालो र खोपाङभिर क्षेत्रअन्तर्गत थोरै राजमार्ग सडक सतह ढलान र अन्य ठाउँमा ग्रेगर माटो भर्ने व्यवस्थापन भए पनि सहज रूपले सवारीसाधन आवतजावत हुने चालकहरूको भनाइ छ ।

राजमार्ग मर्मतसम्भार गरी दिन सयाँै सवारी चालकले आवाज उठाइरहे तापनि सडक कार्यालयले बेवास्ता गरिरहेको चालक रामचन्द्र पुडासैनीले बताए । साँघुरो राजमार्ग, मर्मतमा शिथिलता, अनुगमन गर्ने डिभिजन कार्यालय नुवाकोट जिल्लामा रहँदा सडक प्राविधिकको न्यून उपस्थितिले रसुवाको पासाङल्हामु राजमार्ग जीर्ण बन्दै गएको स्थानीय बासिन्दाले समेत आवाज उठाइरहेका छन् ।

जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले भने राम्चेको स्याउबारीदेखि स्याफ्रुबेँसीसम्म दिनानु दिन जीर्ण हुँदै गएको राजमार्ग छिटोभन्दा छिटो सुधारका लागि आफूले निरन्तर समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए । राजमार्गको मूलखर्क ठूलोढुङ्गा नजीक उकालो भागमा असहज भएकै कारण नं ९४३५ को एसी बससमेत गत हप्ता दुर्घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

राम्चेदेखि स्याफ्रुबँेसीसम्म करीब ३० किमी राजमार्गका ठाउँठाउँमा हिलोका कारण सवारीसाधनका चक्का गाडिने समस्यासमेत बढेको बताइएको छ । राजमार्गको टड्कारो समस्या हल गर्न ग्राभेल तथा ढलानका लागि आफूले बारम्बार ताकेता गरिरहेको र डिभिजन सडक कार्यालय नुवाकोटले बजेटको समस्या मात्र देखाई बेवास्ता गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

जनताको माग र टड्कारो समस्या हल गर्न स्थानीय प्रशासनका तर्फबाट बजेट व्यवस्थापनका लागि सडक विभागसँग बारम्बार पत्राचार भए पनि हालसम्म कुनै कार्यान्वयन नभएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । सडक सुधारका लागि साल बसाली आउने बजेटसमेत पासाङल्हामु राजमार्गको रसुवा खण्डका असहजभन्दा आफूलाई सहज पर्ने क्षेत्रमा मात्र खर्च गर्ने सडक प्राविधिकको बानी देखिएकाले सडकको सुधार गर्ने कार्यमा थप जटिल बन्दै गएको नागरिक समाजले जनाएको छ ।

राज्यको ठूलो राजश्व आर्जन गर्ने पासाङल्हामु राजमार्गलाई बेवास्ता गर्ने जिम्मेवार राष्ट्रसेवक सडक प्राविधिकले सडक सुधारका लागि विगतमा गरेका खर्चको लेखाजोखा गरी दोषीउपर कारवाही र अत्यावश्यक क्षेत्रमा काम गराउन निर्देशनात्मक आदेशका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष स्थानीयवासीले आग्रह गरेका छन् ।

रसुवा खण्डको राजमार्ग सुधारका क्रममा हिउँदभरि आलटाल गर्ने र वर्षा लागेपछि आकस्मिक बजेट मात्र परिचालन गराउने डिभिजन सडक कार्यालय नुवाकोटमार्फत रसुवा हेर्ने प्राविधिकको विशेषता देखिएको स्थानीयवासीको अनुमान रहेको छ । पूर्वसावधानीको अभावमा धुञ्चेस्थित ब्रावल भिरको राजमार्ग जीर्ण रहेको र जटिल स्थानमा समेत सडक प्राविधिकको ध्यान नपुग्दा सो स्थानमा सडक मर्मतका लागि राज्यको ठूलो धनराशि खर्च हुने अवस्थामा पुगेको छ ।

गत साउन महिनामा ब्रावल भिरको सडक भासिन जाँदा स्थानीय प्रशासनको सहयोगमा आवागमन सञ्चालनका लागि सुरक्षा अङ्ग परिचालन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सुरक्षा अङ्गले व्रावल भिरको अलावा राम्चे भिरमा ग्याबिन लगाई अवरुद्व राजमार्ग सञ्चालन गराउनुका साथै र खोपाङ पाखाको असहज सडक सतहमा ढुङ्गा छाप्ने कामसमेत गरेको प्रहरीले जानकारी दिएको छ । सुरक्षा अङ्गले गरेका कामको समेत सडक सुधारको नाममा सडक प्राविधिकले रनिङ्बल उठाएकी भन्ने आशङ्का बढेको समेत स्थानीयवासी अख्तियार समक्ष आग्रह गरेका छन् ।

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकले उपसभामुखबाट शिवमाया तुङ्गबाहाम्फेलाई राजिनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

शिवमाया तुम्बाहाम्फेले सोमबार उपसभामुख पदबाट राजीनामा दिने :

प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सोमबार राजीनामा दिन तयार भएकी छन । केहीदिन अघिसम्म आफुले कुनै हालतमा राजीनामा नदिने अडानमा देखिएकी तुम्बाहाम्फेको वेवास्ता गदै पार्टीले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि राजीनामा दिन तयार भएकी हुन । उनले आईतबार सापकोटाको नाममा पार्टीको निर्णय भएलगत्तै प्रधानमन्त्रीको समय मागेर भेट्न बालुवाटार पुगेकी थिईन । भेंटमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख तुम्बाहाम्फेले आफुले तुरुन्त राजीनामा दिने तर आफुलाई कतै व्यवस्थापन गरिदिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

उनको आग्रहपछि प्रधानमन्त्री ओलीले कुनै मन्त्रालयमा व्यवस्थापन गर्ने सकिने आश्वसन दिएका थिए । नयाँ सभामुखको निर्वाचनका लागी भोली बस्ने प्रतिनिधिसभाको बैठकमा उनले राजीनामा दिने र ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी छ । तुम्बाहाङफे ०७४ साल चैत्र २ गते प्रतिनिधिसभामा उपसभामुख निर्वाचित भएकी थिइन् ।

रामहरि न्यौपाने,

विदुर । साढे चार वर्षअघि गएको विनासकारी भूकम्पको कारण घरमा आशिंक क्षति ब्यहोरेका लाभग्राहीलाई घरको प्रवलिकरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत रु एक लाख अनुदान उपलब्ध गराउदै आएपनि नुवाकोटका पीडितले लिन बेवास्था गरेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाई अन्तरगत रहेको अनुदान व्यस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार नुवाकोटमा एक हजार ५७४ प्रवलीकरण लाभग्राही रहेकामा २२ प्रतिशतले अनुदान सम्झौता गरेको र त्यसमध्ये पहिलो किस्ता बापत अनुदान रकम लिने २० प्रतिशत मात्र छ ।

आयोजनाका प्रमुख शम्भुकुमार शाहको अनुसार नुवाकोटका लाभग्राही मध्ये ३६० घरधुरीले क्षति पुगेको घरको प्रवलीकरण गर्नको लागी अनुदान सम्झौता गरेका छन् ।

साढेचार वर्षअघि विसं २०७२ बैशाख १२ मा गएको विनासकारी भूकम्पको कारण घरमा आंशिक क्षति पुगेका धनीलाई पुर्ननिर्माण प्राधिकरणले लाभग्राही सूचीमा सूचिकृत भएकालाई क्षतिग्रस्त घर मर्मतको लागी दुई चरणमा रु एक लाख दिने कार्यबिधि भएपनि लाभग्राहीले यसतर्फ वेवास्था जनाएको उहाँले बताउनुभयो ।

सम्झौता गरेका सबैले स्वतः पहिलो किस्ता बापत रु ५० हजार पाउने भएपनि ३२६ परिवारले मात्र रकम लिएको सरकारी तथ्याङ्क छ । आयोजना प्रमुख शाहको अनुसार पहिलो किस्ता रकम लिएकाले पनि घरको प्रवलीकरण गरेर दोश्रो किस्ता बापत थप रु ५० हजार लिन एक जनाले पनि निवेदन दिएका छैनन् ।

प्रवलीकरणमा समावेश भएका अधिकाशं लाभग्राहीले असन्तुष्ट जनाएर आंशिकबाट पूर्ण लाभग्राहीमा सूचिकृत गर्न गुनासो फाराम दर्ता गराएको तथा सरकारले तोके अनुसार प्रवलीकरण गर्न नचाहेर अनुदान रकम लिन चासो नदिएको हुनसक्ने उहाँको भनाई छ ।

नुवाकोटमा भूकम्पको कारण क्षति पुगेका ७७ हजार १४८ घरको प्राविधिक मार्फत सर्वेक्षण गरिएकोमा कुल लाभग्राही ७५ हजार ८२५ रहेको कार्यालयले जनाएको छ । घरको पूर्णक्षति भएकालाई सरकारले नयाँ निजी निवास निर्माण गर्नेलाई रु तीन लाख उपलब्ध गराउदै आएको छ । प्रवलीकरणतर्फ भूकम्प प्रभावितले चासो नदिएपनि नयाँ घर बनाउनेको सङ्ख्या भने सन्तोषजनक रहेको कार्यालयका सूचना प्रविधि विज्ञ बिनोद अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार भूकम्पको कारण घरको पूर्ण क्षति भएका लाभग्राही मध्ये ७२ हजार ७९८ (९६ प्रतिशत) ले नयाँ घर बनाउन प्राधिकरणसंग सम्झौता गरेका छन् ।

सम्झौता गरेका मध्ये पहिलो किस्ता बापत लिएर नयाँ घर बनाउने प्रतिबद्धता जनाएकामा ६९ हजार ४२ (९१.९४ प्रतिशत) घरधुरीले तोकिए अनुसार घरको संरचना जगतहसम्मको सतह निर्माण गरेर दोश्रो किस्ता बुझिसकेका छन् ।

घर निर्माण सम्पन्न गरेर ५८ हजार ८९४ (७७.७६ प्रतिशत)ले तेश्रो किस्ता बापतको अनुदान रकम प्राप्त गरिसकेको कार्यालयले जनाएको छ ।

सरकारले भूकम्पको कारण घरको पूर्ण क्षति भएका लाभग्राहीलाई तोकिएको मापदण्ड अनुसार नयाँ घर निर्माण गरेपश्चात राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण मार्फत तीन चरणमा क्रमशः रु ५० हजार, रु एक लाख ५० हजार र रु एक लाख गरेर रु तीनलाख अनुदान उपलब्ध गराउदै आएको छ । नुवाकोटमा भूकम्पले क्षति पुगेका मध्ये करीब ९५ प्रतिशतले भूकम्प प्रतिरोधी नयाँ घर निर्माणमा समावेश भइसकेको सरकारी तथ्याङ्क छ । –––

विदुर । पश्चिमी बायुको प्रभावले बिहीबारदेखि सुरु भएको माघेझरी उघ्रिएको छ । हिजो बिहानैदेखि बादलले आकाश ढाकेपनि वर्षा रोकिएको थियो भने दिउसोँ केही समय घाम लागेकाले लगातारको झरीका कारण कष्टकरण भएको जनजीवन सामान्य भएको छ । पानीको कारण दुईदिनसम्म प्रभावित भएको जनजीवन मौसम अनुकुल भएसगैँ हिजोदेखि नै चलपहल बाक्लो भएको हो ।

हिजो अपरान्हदेखि आकाश खुला भएको मौसम पुर्वअनुमान महाशाखाले जनाएको छ । बिहीबार र शुक्रबार वर्षा र हिमपात गराएको पश्चिमी वायु कमजोर हुँदै गएकाले हिजो देखि नै मौसम खुला भएर आज पारिलो घाम लाग्ने मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभएको छ ।

मौसम खुला भएसगै दुई दिनदेखि रोकिएको दैनिक कामकाजको लागी हिजोदेखि नै सहज भएको छ । बजार क्षेत्रमा किनमेल गर्ने तथा आउजाउ गर्नेको सङ्ख्या बाक्लो देखिएको थियो भने गाउँघरमा खेतीपाती, घाँसदाउरा सहित दैनिक कामकाजमा किसानहरु व्यस्त देखिएका थिए ।

बिहीबार अपरान्हदेखि सुरु भएको बर्षा सहित माथिल्लो क्षेत्रको हिमपातले नुवाकोट, रसुवा, धादिङ, गोरखा सहित मुलुकभरका जनजीवन प्रभावित भएको थियो ।

लगातार दुई दिनको झरीले बालबलिका तथा बृद्धबृद्धालाई निकै कठिनाई भएकोमा लाग्न सुरु भएको घामको तापले हिजोदेखि नै राहत महशुस भएको छ ।

विदुर । राज्यको चौथो अङ्ग तथा समाजको ‘वाचडग’को रुपमा प्रतिष्ठित पेशा मानिँदै आएको पत्रकारिता क्षेत्रलाई नियमन गर्ने नेपाल मिडिया काउन्सिलको नेतृत्व लब्ध प्रतिष्ठित र विशिष्ट वजनदार हुनुपर्छ भन्ने बिषयमा छलफल भएको छ ।

राष्ट्रियसभाको ‘विधायन व्यवस्थापन समिति’को बैठकमा सदस्यहरुले राज्यका प्रमुख अङ्गजस्तैे पत्रकारिता क्षेत्रलाई सही मार्गमा हिँडाउन र निर्देशित गर्न मिडिया काउन्सिलमा पदाधिकारी सिफारिस गर्ने समितिको संयोजक सम्मानित व्यक्ति नै रहने कानूनमै व्यवस्था गर्न सुझाव दिएका थिए ।

काउन्सिललाई अलिकति सञ्चार क्षेत्रसँग जोडिएर मुलुकभरबाट प्रतिनिधित्व हुने विषयको सुनिश्चित गर्न प्रत्येक प्रदेशबाट एक जनाको प्रतिनिधित्वको व्यवस्था गर्न सुझाव दिएका छन् । दश वर्षमात्र पत्रकारिताको अनुभव भएको व्यक्ति काउन्सिलको अध्यक्ष बनाउँदा वैधानिकता र व्यवहारिक पक्षबाट उठ्नसक्ने प्रश्न प्रति सजग हुनुपर्ने भन्दै सदस्यहरुले स्नात्तकोत्तर सहित २५ वर्ष पत्रकारिताको अनुभव तथा विशिष्टता हासिल गरेका सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएकालाई मात्र अध्यक्षमा योग्य हुने प्रावधान राख्न सुझाव दिएका छन् ।

सदस्यहरुले काउन्सिललाई गरिमामय बनाउन सत्तापक्ष र प्रतिपक्षमात्र नभई राष्ट्रियसभा एवं प्रतिनिधिसभा दुवैको सहभागीता हुनु आवश्यक रहेको भन्दै काउन्सिलको पदाधिकारी छनोट समितिमा राष्ट्रयसभाका अध्यक्ष, प्रतिनिधिसभाको सञ्चार क्षेत्र हेर्ने समितिका सभापति सहित एक महिला रहने व्यवस्था मिलाउन ‘विधायन व्यवस्थापन समिति’का पदाधिकारीले सुझाब दिएका हुन् ।

विसं २०४७ अघि प्रेस काउन्सिल नेपालको अध्यक्षमा सर्वोच्च अदालतको बहालवाला न्यायाधीश रहने व्यवस्था रहेकामा त्यसपछि सर्वोच्चको पूर्वन्यायाधीश हुँदै अहिले बाहिरबाट ल्याउने व्यवस्था अघि बढाइएको प्रसङ्गको पनि स्मरण गराइएको थियो । केही दिनदेखि नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि दफावार छलफल हुँदै आएको छ ।

विदुर । रसुवामा पहिलो पटक सञ्चालन भएको फुटसल प्रतियोगिताको उपाधि ज्याङ्दे युवा समाज धुन्चेले जितेको छ । प्रतियोगितामा परिकल्पना नेपाल धुन्चे दोस्रो र ठण्डर बोइज स्याफ्रुले तेस्रो हासिल गरेको छ । शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज अर्थात अकिआसले आयोजना गरेको ‘प्रथम अकिआस फुटसल तथा एकल नृत्य प्रतियोगितामा’ सहभागी १७ समूह मध्ये ज्याङ्दे युवा समाज धुन्चे पहिलो भएको हो । सोमबारदेखि सुरु भएको प्रतियोगिताका खेलहरु लिग चरणको आधारमा खेलाएर उत्कृष्ट समूह घोषणा गरेको आयोजकले जनाएको छ ।

यसैगरी नृत्यतर्फ सम्झना तामाङ पहिलो हुनुभएको छ । प्रतियोगितामा फूलमाया तामाङ दोस्रो र मनिषा तामाङले तेस्रो स्थान हासिल गरेको अकिआसका संयोजक निवेश श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँको अनुसार खेलको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि समेत सहयोग पु-याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो ।

विदुर । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँच बाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको छ ।

विश्व बैंकको सहयोगमा तयार गरिएको सफ्टवेयर खानेपानी मन्त्रालयमा प्रयोगमा ल्याउन अभ्यास थालिएको छ । ‘एनवास’ नाम दिइएको सफ्टवेयर प्रणालीमार्फत देशैभरका खानेपानी आयोजनाको डिजिटल तथ्याङ्क, सर्भे गर्ने व्यक्ति, सम्बन्धित खानेपानी योजनाको मुहान, रिजर्भवायर ट्याङ्की र पाइपलाइनको अवस्था साथै उपभोक्ता समितिबारे विस्तृत जानकारी पाउन सकिने मन्त्रालयका सिनियर डिभिजनल इन्जिनीयर डाक्टर रञ्जित ओझाले जानकारी दिनुभएको छ ।

यस्तै, खानेपानी सुविधा नपुगेको तथा पहुँच बाहिरका उपभोक्तासम्बन्धी जानकारी पनि सफ्टवेयरमा समावेश गरिएको छ । सफ्टवेयरको माध्यमबाट खानेपानीमा पहुँच नभएका जनसङ्याको तथ्याङ्क आएपछि खानेपानीको पहुँच नभएका क्षेत्रको पहिचान हुने भएको छ जसका कारण आगामी दिनमा योजना छनोट गर्न सजिलो हुने बताईएको छ ।

खानेपानीको अवस्थाको तथ्याङ्क लिइसकेपछि देशभरका ७५३ वटै स्थानीय तहमा सरसफाइ योजना बनाउने तयारी गरिएको सरकारले जनाएको छ ।

समुन्द्रटार । ‘तेश्रो दूप्चेश्वर कप भलिबल प्रतियोगिता’ सुरु भएको छ । हिजोदेखि नै प्रतियोगिता बृहत्त कार्यक्तमको बीच उद्घाटन गरेर सुरु गरिने भएपनि वर्षाको कारण स्थागित गर्दै औपचारिक रुपमा उद्घाटन कार्यक्रम भोलि गर्न लागिएपनि खेलमा प्रतिस्पर्धा भने आजैदेखि सुरु गरिएको हो ।

आज गाउँपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले प्रतियोगिता सञ्चालनको लागी रेफ्रीलाई बल प्रदान गरेर अनौपचारिक रुपमा सुरु भएको प्रतियोगिताको प्रतिस्पर्धामा पहिलो दिनमै पाँच खेल सम्पन्न भएको छ ।

आज भएको प्रतिस्पर्धामा आयोजक दुप्चेश्वर क्लबले पञ्चकन्या ‘बी’ समूहलाई, पञ्चकन्या गाउँपालिकाको समूहले दूप्चेश्वरको गाउँखर्कको पागर समूहलाई र सहआयोजक समेत रहेको सोसल सर्भिस युथ क्लब समुन्द्रटारले कल्याण मावि बालकुमारीलाई हराएको छ ।

यसैगरी, आजै भएको अन्य खेलमा तादी गाउँपालिकाको समूहले गाउँखर्कको पागर समूहलाई र म्यागङ गाउँपालिकाको समूहले तादी गाउँपालिकाबाट प्रतिनिधित्व गरेको योङ्ग ब्याइज समूहलाई हराएको खेल व्यबस्थापन मिलाउनुभएका शशी आचार्यले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार खेलको औपचारिक उद्घाटन भने भोलि गर्न लागिएको छ । प्रतियोगितामा नुवाकोटको विभिन्न स्थानीयतहबाट नौ समूहले प्रतिस्पर्धाको लागी सहभागिता जनाएका छन् ।

‘नुवाकोटको अन्तर–स्थानीयतह पुरुष खुला प्रतियोगिता’को प्रतिस्पर्धामा दूप्चेश्वर गाउँपालिकाबाट चार समूह, पञ्चकन्याबाट दुई, तादीबाट दुई र म्यागङ गाउँपालिकाबाट एक समूहले सहभागिता जनाएको खेल ब्यवस्थापन गर्दै आउनुभएका वडाअध्यक्ष धुव्रकर केसीले जानकारी दिनुभएको छ । उहाँको अनुसार प्रतियोगितामा पहिलो हुने समूहलाई ८० हजार, दोश्रो हुनेलाई ५० हजार, तेश्रो हुनेलाई ३० हजार र सान्त्वना स्थान हासिल गर्ने समूहलाई १० हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गर्न लागिएको छ ।

विदुर । देशका विभिन्न स्थानमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात अहिलेपनि भइरहेको छ । पश्चिमी वायुको प्रभाव नुवाकोट, रसुवा, धादिङ, काठमाडौसहित देशका विभिन्न ठाउँमा बिहीबार बिहानदेखि सुरु भएको माघे झरी शुक्रबारदिनभर कायम रहेको थियो । अहिले पानी रोकिएपनि बादलले ढोकेको धुम्म आकाशको कारण मौसम भने अझै प्रभावित रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार पश्चिमबाट नेपाल प्रवेश गरेको बायु प्रणाली मध्य क्षेत्रसम्म फैलिएर बर्षा र हिमपात भइरहेको हो ।

बिहीबारदेखि सुरु भएको लगातार झरी शनिबार पनि कायम रहने पूर्वअनुमान गरिएको छ । शनिबार अपरान्हसम्म नै मौसम प्रतिकुल रहने र साँझदेखि मात्र सुधार हुँदैजाने मौसम माहाशाखाको पूर्वअनुमान रहेको छ । बिहीबारदेखि सुरु भएको झरीको कारण रसुवा, नुवाकोट लगायतको पहाडी जिल्लाको उच्च भूभागमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा बर्षाले जनजीवन प्रभावित बनाएको छ । चिसोको महशुस निकै बढेको छ ।

विदुर । नुवाकोटको पञ्चकन्या र लिखु गाउँपालिकाको किसानले फलाएको आलु खन्न सुरु गरेसँगै लगातार हिउदे पानी पर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

पश्चिमी वायुको असरले नुवाकोट, रसुवा, धादिङ, काठमाडौ सहित देशका विभिन्न ठाउँमा बिहीबार बिहानदेखि अहिलेसम्म पनि बर्षा र हिमपात हुँदा खेतबारीमा फलाएको आलु खन्न ठिक्क परेका किसानहरु प्रभाबित बनेका हुन् । धान भित्र्याए लगत्तै रोपेको आलुको उत्पादन पनि सुरु भई खन्ने समयमा लगातार हिउदे बर्षा हुँदा बेचबिखन गर्ने समयमा आलु कुहिन्छ कि भन्ने चिन्ता अहिले कृषकहरुमा रहेको छ ।

नुवाकोटमा आलु उत्पादनको पकेट क्षेत्रनै मानिने नुवाकोटको बेलकोटगढी नगरपालिका सहित पञ्चकन्या, लिखु, सूर्यगढी गाउँपालिका लगायतका किसानहरुले आलुलाई चिसोबाट जोगाउन नै समस्या परिरहेको बताएका छन् । आलु खन्ने सिजनमा जमिनमाथिको आलुको बोट सुकिसक्ने हुदा आकाशबाट आएको पानी सिधै जमिनले सोस्ने र चिसो कायम भईरहनाले आलु कुहिने सम्भाबना धेरै हुने गरेको कृषकहरुले द्ुखेसो गरेका छन् ।

एकसाता अघिमात्र खेतबारीमा उत्पादित आलु उत्साहका साथ धमाधम खनिरहेका किसानहरुमा अहिले पानी परेसँगै निराशा छाएको छ । आलु फलाएको सुरुवाती समयमा अहिले एक किलोको ४० रुपैयाँमा खेतबारीबाटै आलु बिक्री गर्दै आएका किसानहरुले लगातार परेको बर्षाका कारण खेतबारी धेरै गलिसकेकोले अब ३÷४ दिन चर्को घाम नलागी आलु खन्न नसकिने बताएका छन् । आलु खन्ने मुख्य सिजन सुरु हुन लागेकाले त्यस समयमा एक किलो आलुको मूल्यमा अहिलेको भन्दा झण्डै आधाको हाराहारीमा गिरावट आउने भन्दै किसानहरुले चिन्ता ब्यक्त गरेका छन् । यसैगरी लगातार परेको पानीका कारण आलु किसान चिन्तित बनेपनि गहुँ, तोरी, लगायत अन्नबाली लगाएका कृषकहरु भने उत्साहित देखिएका छन् । पानी परेसँगै गहुँ, तोरी लगायतका अन्नबालीमा गुणस्तरीय फल लागी उत्पादन राम्रो हुने भएपछि किसानहरु खुसी भएका हुन् । लगातारको हिउदेझरीले चैते धान लगाउन धानको ब्याड राख्नको लागी राहत महशुस गरिएको छ ।

बर्खे र हिउदको दुई सिजनमा किसानले करीब ७५ हजार मेट्रिक टन आलु उत्पादन गराएर बिक्रीको लागी बजार पठाउने गरेका छन् । नुवाकोटमा दुई सिजनमा गरी ब्यवसायिक रुपमा चार हजार तीन सय हेक्टर क्षेत्रफलमा आलु लगाउने गरिएको छ । एक हेक्टरमा करीब साढे १७ मेट्रिक टन उत्पादन हुदाँ ७५ हजार मेट्रिक टन आलु उत्पादन गरी किसानले बिक्री गरेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।

विदुर । हिमपातका कारण चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढी हुँदै आएको आयात निर्यात रोकिएको छ । बिहीबारदेखि निरन्तर भएको हिमपात भएका कारण यातायात सञ्चालन हुन नसक्दा आयात निर्यात रोकिएको हो । सामाग्री लोड गर्ने ठाउँमा हिउँ परेका कारण बिहीबार बिहानदेखि नेपालबाट केरुङ पुगेका कन्टेनरहरुमा सामान लोड हुन नसकेको केरुङमा रहेका नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताउनुभएको छ ।

उहाँको अनुसार बिहीबार मध्यान्हदेखि हिमपात हुन थालेकाले रोकिएको यातायात सेवा सुचारु गर्न सक्ने अबस्था नहुदाँ सामान ल्याउन तथा लैजान ठप्प भएको छ । सडकमा दुई फिट भन्दा बढी हिमपात भईसकेकाले सवारीसाधन चल्न नसके पछि आयात निर्यात रोकिएको जानकारी आएको भन्सार कार्यालयले जनाएको छ ।

हिउँमा गाडी चिप्लिने भएका कारण रसुवागढी, ठोङ्सा, पाङसिङ लगायतका स्थानमा चिनियाँ पक्षले सवारी साधनन सञ्चालनमा नै रोक लगाएको जानकारी नेपाली पक्षलाई गराएको छ ।