नेपाल मिडिया काउन्सिललाई जिम्मेवार मिडिया बनाउन सुझाब

माघ ५, २०७६ मा प्रकाशित | 808 views

विदुर । राज्यको चौथो अङ्ग तथा समाजको ‘वाचडग’को रुपमा प्रतिष्ठित पेशा मानिँदै आएको पत्रकारिता क्षेत्रलाई नियमन गर्ने नेपाल मिडिया काउन्सिलको नेतृत्व लब्ध प्रतिष्ठित र विशिष्ट वजनदार हुनुपर्छ भन्ने बिषयमा छलफल भएको छ ।

राष्ट्रियसभाको ‘विधायन व्यवस्थापन समिति’को बैठकमा सदस्यहरुले राज्यका प्रमुख अङ्गजस्तैे पत्रकारिता क्षेत्रलाई सही मार्गमा हिँडाउन र निर्देशित गर्न मिडिया काउन्सिलमा पदाधिकारी सिफारिस गर्ने समितिको संयोजक सम्मानित व्यक्ति नै रहने कानूनमै व्यवस्था गर्न सुझाव दिएका थिए ।

काउन्सिललाई अलिकति सञ्चार क्षेत्रसँग जोडिएर मुलुकभरबाट प्रतिनिधित्व हुने विषयको सुनिश्चित गर्न प्रत्येक प्रदेशबाट एक जनाको प्रतिनिधित्वको व्यवस्था गर्न सुझाव दिएका छन् । दश वर्षमात्र पत्रकारिताको अनुभव भएको व्यक्ति काउन्सिलको अध्यक्ष बनाउँदा वैधानिकता र व्यवहारिक पक्षबाट उठ्नसक्ने प्रश्न प्रति सजग हुनुपर्ने भन्दै सदस्यहरुले स्नात्तकोत्तर सहित २५ वर्ष पत्रकारिताको अनुभव तथा विशिष्टता हासिल गरेका सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएकालाई मात्र अध्यक्षमा योग्य हुने प्रावधान राख्न सुझाव दिएका छन् ।

सदस्यहरुले काउन्सिललाई गरिमामय बनाउन सत्तापक्ष र प्रतिपक्षमात्र नभई राष्ट्रियसभा एवं प्रतिनिधिसभा दुवैको सहभागीता हुनु आवश्यक रहेको भन्दै काउन्सिलको पदाधिकारी छनोट समितिमा राष्ट्रयसभाका अध्यक्ष, प्रतिनिधिसभाको सञ्चार क्षेत्र हेर्ने समितिका सभापति सहित एक महिला रहने व्यवस्था मिलाउन  ‘विधायन व्यवस्थापन समिति’का पदाधिकारीले सुझाब दिएका हुन् ।

विसं २०४७ अघि प्रेस काउन्सिल नेपालको अध्यक्षमा सर्वोच्च अदालतको बहालवाला न्यायाधीश रहने व्यवस्था रहेकामा त्यसपछि सर्वोच्चको पूर्वन्यायाधीश हुँदै अहिले बाहिरबाट ल्याउने व्यवस्था अघि बढाइएको प्रसङ्गको पनि स्मरण गराइएको थियो । केही दिनदेखि नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि दफावार छलफल हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web