विदुर । साढे चारवर्ष अघि गएको विनासकारी भूकम्पले पुराएको क्षति मध्ये करीब तीन तिहाई अर्थात ७५ प्रतिशत काम पूरा भएको छ ।

पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य बनाएपनि काम सुरु भएदेखिको अहिलेसम्मको चार वर्षको अवधिमा ७५ प्रतिशत मात्र काम भएर अझै २५ प्रतिशत काम बाँकी रहेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सरकारी भवन, सुरक्षा निकायको भवनको पुनर्निर्माण सम्पन्न र जारी गरी समग्रमा ७५ प्रतिशत उपलब्धी हासिल भएको छ ।

निजी आवासमा पुनर्निर्माण सम्पन्न र जारी गरी ८६ प्रतिशत उपलब्धी हासिल भएपनि मठमन्दिर, दरबार, गुम्बा लगायतको काम निकै सुस्त हुदाँ पुर्ननिर्माणको लागी बाँकी रहेको एक वर्षमा काम सम्पन्न गर्न कठिन देखिएको हो ।

नुवाकोटको साततले दरबार सहित त्यस क्षेत्रको शक्तिपीठ र सम्पदाको पुर्ननिर्माण चीन सरकार मार्फत ४५ महिना भित्रै काम सक्ने भनेर गएको जेठमा सम्झौता भएपनि पुर्ननिर्माण तथा मर्मतको काम अझै सुरु नहुदाँ भूकम्पले पुराएको क्षति पछिको पुर्ननिर्माणमा धेरै समय लाग्ने देखिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले पुनर्निर्माणका बाँकी कामलाई सम्पन्न गर्न बजेट अभावले पनि ढिलाई भएको भन्दै श्रोत जुटाउन क्रियाशिल भइरहेको बताउनुभएको छ । पुर्ननिर्माणको लागी अझै तीन खर्ब रुपैयाँ चाहिने र यो वर्ष १ खर्ब ४१ अर्ब रुपैयाँ आवश्यक पर्नेमा ३८ अर्ब अपुग भएकाले सुरु भएको काम पनि अन्योल रहेको गुनासो गर्नुभएको छ ।

26.8¡ÆC