बायोस्याण्ड फिल्टरमा उपभोक्ताको आकर्षण

माघ ४, २०७६ मा प्रकाशित | 732 views

विदुर । पञ्चकन्या गाउँपालिका वडा नं. १ बानियाँटारमा सञ्चालनमा रहेको बायोस्याण्ड फिल्टर निर्माण उद्योगले उत्पादन गरेको एकसय भन्दाबढी फिल्टर उपभोक्ता माझ पुगेको छ ।

‘सुरक्षित खानेपानी’को लागी विश्वमै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रविधि अन्तरगत पर्ने बायोस्याण्ड फिल्टर नुवाकोटमा पहिलो पटक भित्र्याएर उत्पादन सुरु गरेको एक वर्षको अवधिमा ११० फिल्टर उपभोक्ताले प्रयोगको लागी उद्योगबाट खरिद गरेको सञ्चालक रामप्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार स्थानीय श्रोत र साधनमा सिमेन्टको प्रयोग गरेर बनाइएको धारा आकारको फिल्टरमा गिट्टी र बालुवामा जैविकतह निर्माण गरेर गरिने पानी शुद्धिकरणको लागी बायोस्याण्ड फिल्टर निकै प्रभावकारी भएकाले उत्पादन र बिक्री एंव उपभोक्तामा लोकप्रिय बन्दै गएको छ ।

बायोस्याण्ड फिल्टरबाट छानिएको पानीको प्रयोगले पानीजन्य रोगबाट पूर्ण रुपमा मुक्त हुने दाबी विश्वको विभिन्न समयमा भएका परीक्षण पुष्टि गरेका कारण उपभोक्ताले यसलाई सहज रुपमा खरिद गर्ने गरेको चौघडाको बानियाँटारमा रहेको बायोस्याण्ड फिल्टर निर्माण उद्योगले जनाएको छ ।  पानीजन्य रोगबाट लाग्ने आँउ, पखाला, रुघाज्वरो लगायतका रोग बायोस्याण्डबाट छानिएको पानीबाट पूर्ण रुपमा मुक्त रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बजारमा पाइने आधुनिक फिल्टर भन्दा घरेलु निर्माण सामाग्रिको प्रयोग गरेर ढुङ्गा–गिट्टी लगायतका माध्यमको सहयोगले जैबिवतह निर्माण गरेर बायोस्याण्ड फिल्टरबाट पानी शुद्धिकरण हुने गरेको छ । यसबाट उत्पादन हुने पानीमा शतप्रतिशत गुणस्तरीय तथा स्वच्छ पानी हुने भएकाले उपभोक्ताले निर्धक्कसंग प्रयोग गर्नसक्ने उद्योगका सञ्चालक रामप्रसाद लामिछाने जानकारी दिनुभएको छ ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)ले दिएको तालिम तथा उपलब्ध गराएको प्रविधिको सहयोगमा चौघडा स्थित बानियाँटारमा सुरु गरेको बायोस्याण्ड फिल्टरमा उपभोक्ताको आकर्षण बढ्दै गएपछि उद्योगले उत्पादन बृद्धि तथा उपभोक्ताको माग अनुसार नुवाकोटको मुख्य–मुख्य बजारमा पनि उपलब्ध गराएको छ । एउटा बायोस्याण्ड फिल्टरको बजार मूल्य सात हजार रुपैयाँ निर्धारण गरिएको छ भने त्यसबाट दश जनासम्मको परिवारलाई सहजै शुद्ध पिउने पानी पुग्ने उद्योगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web