सुकुमान मेमोरियल पोलिक्लिनिकबाट स्वास्थ्यकर्मीलाई स्वास्थ्य सहायता सामाग्रि उपलब्ध

बाघखोर, नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. ४ मा रहेको शुकुमान मेमोरियल पोलिक्लिनिकले बेलकोगढी नगरपालिकाको स्वास्थ्य सस्थामा कार्यरत स्वस्थ्य–कर्मचारीको सुरक्षाको लागी अति–आवश्यक स्वास्थ्य सामाग्रि उपलब्ध गराएको छ ।

बेलकोटगढीको नगर क्षेत्रमा रहेका स्वास्थ्य सँस्थाबाट माग गरिए अनुसार शुकुमान मेमोरियल पोलिक्लिनिकले स्वास्थ्य सँस्था मार्फत पुगेर सहयोग सामाग्रि उपलब्ध गराएको हो । शुकुमान मेमोरियल पोलिक्लिनिकका सँस्थापक एंव स्वास्थ्य तथा शिक्षाको लागी (हेन–नेपाल)का अध्यक्ष समेत रहनुभएका जगतबहादुर तामाङ, पोलिक्लिनिकका इञ्चार्ज डाक्टर दिलबहादुर तामाङ सहितको टोलीले सोमबार दुईपिपल स्वास्थ्य चौकी, थप–दुईपिपल स्वास्थ्य चौकी कोल्पुटार, जिलिङ स्वास्थ्य चौकी, बेलकोट स्वास्थ्य चौकी र मदानपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको लागी अति आवश्यक स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराउनुभएको हो ।

दुईपिपल स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको लागी इञ्चार्ज भोजराज ढुङ्गेललाई एक थान पिपिई, एक थान थर्मलगन थर्मोमिटर, दुईसय थान मास्क, चार थान साबुन, दुई थान स्यानिटाइजर उपलब्ध गराइएको छ । यस्तै, धादिङहुदै नुवाकोट प्रवेश गर्ने यात्रुको स्वास्थ्य जाँच समेत गराउदै आएको थप–दुईपिपल स्वास्थ्य चौकीको लागी त्याहाँका इचार्ज सुनिल श्रेष्ठलाई एकथान थर्मलगन थार्मोमिटर, एक थान ब्लड प्रेसर जाँच गर्ने आधुनिक उपकरण, एक थान अक्सिजन जाँच गर्ने उपकरण, दुई थान पिपिई, दुई सय थान मास्क, दुई थान स्यानिटाइजर र एक बाकस पञ्जा उपलब्ध गराइएको छ ।

यस्तै, शुकुमान मेमोरियल पोलिक्लिनिकले जिलिङ स्वास्थ्य चौकीको लागी त्यहाँका इञ्चार्ज सुमित्रा पनेरु र वडा नं. ८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई सयुक्त रुपमा एक थान पिपिई, दुई थान स्यानिटाइजर, २ थान ब्लडप्रेसर जाँच गर्ने उपकरण, एक थान अक्सिजन जाँच गर्ने उपकरण र चार थान साबुन उपलब्ध गराएको छ ।

यस्तै, बेलकोट स्वास्थ्य चौकीको लागी त्यहाँका इञ्चार्ज दिवाकर अधिकारी र स्वास्थ्य चौकी व्यावस्थापन समितिका सदस्य नारायण शाहलाई सयुक्त रुपमा एक थान पिपिई, दुई सय थान मास्क, एक्क थान थर्मलगन, दुई थान स्यानिटाइजर, एक थान ब्लडको प्रेसर जाँच गर्ने उपकरण, एक थान अक्सिजन जाँच गर्ने उपकरण, चार थान साबुन र एक बाकस पञ्जा उपलब्ध गराइएकोे छ ।

यस्तै, सोमबार नै मदानपुर स्वास्थ्य चौकीको लागी पनि पोलिक्लिनिकको तर्फबाट एक थान पिपिई, एक जान अक्सिजन जाँच गर्ने उपरकण, दुईसय थान मास्क, दुई थान स्यानिटाइजर, चार थान साबुन त्यहाँको स्वास्थ्य चौकीका इञ्चार्ज लक्ष्मी पौडेललाई प्रदान गरिएको छ ।

स्वास्थ्य सँस्थाले कोरोना भाइरसको सक्रमण कारण उच्च जोखिममा रहेर सेवा पुराउदै आएपनि उपचारको लागी सुरक्षित सहायता सामाग्रिको अभावले उनीहरु नै जोखिम अबस्थामा रहेको पाइएपछि सुरक्षित बनाउन तथा स्वास्थ्य सस्ँथाको लागी अति आवश्यक रहेको स्वास्थ्य सामाग्रिको अभावलाई केही हदसम्म हटाउनको लागी सामाग्रि उपलब्ध गराइको पोलिक्लिनिकले सस्थापक तथा युवा समाजसेवी जगतबहादुर तामाङले जानकारी दिनुभएको छ । पोलिक्लिनिकले स्थानीय सरकारको रुपमा सेवा पुराउदै आएका वडा कार्यालयहरु बेलकोटगढीको वडा नं. ३, ४, ५, ७, ८, १ण्, ११ र १२ नं. को वडा कार्यालयको लागी पनि आवश्यकता अनुसारको मास्क उपलब्ध गराएको छ भने यसअघि कुमरी स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराएको थियो ।

बेलकोटगढी नगरपालिका भित्र बाँकी रहेको स्वास्थ्य चौकी र ककनी गाँउपालिकाले पनि अहिलेको कोरोना त्रासको समयमा स्वस्थ्यकर्मीलाई सुरक्षित बनाउन केही अतिआवश्यक स्वास्थ्य सामाग्रि माग गरेकाले त्यहाँ पनि उपलब्ध गराउने योजना बनाएको पोलिक्लिनिकका इञ्चार्ज डाक्टर दिलबहादुर तामाङले जानकारी दिनुभएको छ ।

कोरोनाको त्रासदीपूर्ण अबस्थामा स्वास्थ्य सामाग्रिको अभावको कारण स्वास्थ्यकर्मीनै जोखिम अबस्थामा भएकाले उनीहरुको सुरक्षाको लागी पुराएको सहयोगले कोरोना रोगको सक्रमण रोक्न र जाँच गर्न जाने बिरामीको लागी सेवा प्रवाहमा गुणस्तरीय हुने विश्वास लिइएको छ ।

यसैगरी, निजी क्षेत्रबाट सञ्चालनमा रहेका स्वास्थ्य सँस्थाले अहिलेको कोरोनाको त्रासदीपूर्ण अबस्थामा प्रभावकारी सेवा नदिएको गुनासो आइरहेको समयमा शुकुमान मेमोरियल पोलिक्लिनिकले नियमित जाँत तथा परीक्षणलाई थप विस्तार गरेको छ ।

कोराना रोगको त्रास फैलिएसगैँ बिहानैदेखि दिनभर सेवा उपलब्ध गराएर जाँच गराउदै आएको छ भने जाँच गराउन आउनेलाई कोरोना रोगको बारेमा सचेतना गराउदै निःशुल्क रुपमा मास्क समेत उपलब्ध गराउदै आएको छ ।

प्रहरीको पीडा : दिनभर सडकमा ड्यूटी, कसले गर्छ हाम्रो सुरक्षाको ख्याल !

काठमाडौ । विश्व नै कोभिड– १९ (कोरोना) भाइरसले त्राहिमाम छ । विश्वभर ७ लाखभन्दा धेरै मानिस कोरोना भाइरबाट संक्रमित छन् भने ३३ हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।

नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म ५ जनामा मात्र देखिएको छ ।  कोरोनाको संक्रमणबाट जोगिनका लागि नेपाल सरकारले देशैभरि लकडाउन गरेको अवस्था छ । लकडाउनको अवस्थामा देशभरका मानिसहरू आफ्नै घरमा सुरक्षित बसेका छन्, तर प्रहरी भने अहिले सडकमा छ ।

लकडाउनको कार्यान्वयन गराउन र आमनागरिकको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी केरोना भाइरसको संक्रमणबाट कति सुरक्षित छ त ? प्रहरीले सुरक्षाको के कस्ता विधिहरू अपनाएको छ ? यो आमचासोको विषय हो ।

सडकमा उभिने अधिकांश प्रहरीले समान्य खालको मास्क प्रयोग गरिरहेको देखिन्छ । स्यानिटाइजर र साबुन पानीले हात धुने खालका सेफ्टीहरू कतिपय चोकमा उपलब्ध भएपनि सबै ठाउँमा भने छैन ।

‘बजारमा मास्क पनि पाइँदैन हामीले कपडाको मास्क प्रयोग गरिराखेका छौं त्यसले कति छेक्ला र ? मानिसहरू नजिक आउँदा पनि कोरोना सर्छ कि भन्ने डर लाग्छ,’ बालाजु क्षेत्रमा ड्यूउटीमा खटिएका एक जवानले गुनासो गरे ।

दिनभर ड्यूटीमा खटिएको प्रहरीलाई बेलुकी आफ्नो ब्यारेकमा धेरै जवानहरूसँग एउटै कोठामा सुत्नुपर्ने बाध्यता छ । यसले यदि कोही प्रहरीलाई कोरोनाको संक्रमण भएको खण्डमा अरू जोगिने देखिँदैन ।

‘हामीले बाहिरबाट जाँदा साबुन पानीले हात त धुन्छौं के त्यतिमात्र पर्याप्त हो ? एउटा कोठामा २ भन्दा धेरै जवानहरू सुत्नुपर्छ यदि कसैलाई कोरोनाको संक्रमण भएको खण्डमा सबैलाई सर्ने अवस्था छ,’ माइतीघर थापाथली क्षेत्रमा खटिएका एक प्रहरी हवल्दारले आफ्नो गुनासो सुनाए ।

ड्यूटीमा खटिएर आएका प्रहरी कर्मचारीले आफ्नो ब्यारेकमा बेलुका सुत्न आउँदा राम्रोसँग साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग बाहेक अन्य कुनै पनि खालको सुरक्षा प्रविधि नभएको नेपाल प्रहरीका सह–प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उमेशराज जोशीले स्वीकारे ।

‘हामीले सडकमा ड्युउटीमा खटिएर आएका प्रहरी कर्मचारीलाई साबुन पानीले हात हुने र स्यानिटाइजरको प्रयोग अनिवार्य बनाएका छौं,’ सह–प्रवक्ता एसएसपी जोशीले भने ।

नेपाल प्रहरीले आवासीय तालिमहरू पनि केही समयका लागि पोष्टपण्ड गरेको छ । हात नमिलाउने, दूरी कायम गर्ने साथै अनिवार्य बस्नुपर्ने मिटिङहरू पनि खुला ठाउँमा आवश्यक दूरी कायम गरी बस्न थालिएको एसएसपी जोशीले बताए ।

जोशीले भने– ‘हामीले अफिसमा बस्ने मिटिङहरू पनि खुला ठाउँमा आवश्यक पर्ने दूरी कायम गरेर बस्ने गरेका छौं ।’ नेपाल प्रहरीलाई लकडाउन पहिलो अनुभव भएकाले यसलाई कसरी सुरक्षात्मक तरिकाले ड्यूटी गर्ने भन्ने बारेमा अनुभव नभएको प्रवक्ता जोशीले बताए ।

हामीले मास्क र स्यानिटाइजर कहाँबाट ल्याउने ?

ड्यूटीमा खटिएका प्रहरीलाई अहिले मास्क र स्यानिटाइजरको व्यवस्था कहाँबाट गर्ने भन्ने चिन्ता छ । दिनमा १४/१५ घण्टा ड्यूटीमा खटिनुपर्ने भएकाले मास्क र स्यानिटाइजरको व्यवस्था गर्न समस्या भएको बताउँछन् ।

‘दिनभर ड्यूटीमा खटिनुपर्छ । हामीले कहाँबाट मास्क र स्यानिटाइजरको जोहो गर्ने ? प्रहरीलाई मास्क र स्यानिटाइजर अनिवार्य बनाइएको छ । बजारमा मास्क अभाव छ, प्रहरीका सम्बन्धित निकायले उपलब्ध गराएको छैन,’ कोटेश्वरमा ड्यूटी गरिरहेका एक ट्राफिक प्रहरीले भने ।

यस्तै प्रहरीले दिनभर घाममा कपडाको मास्क प्रयोग गरेको देखेर केही मनकारी व्यापारी तथा स्थानियहरूले उपलब्ध गराएको मास्क प्रयोग गरिहरको बानेश्वरमा कार्यरत एक प्रहरी जवानले बताए ।

उनले भने, ‘हामी मास्क र स्यानिटाइजर खोज्न कहाँ जानु, बाटोमा देख्ने स्थानीय व्यापारीहरूले दिएको मास्कले काम चलाएको छु ।’ जोखिम मोलेर फिल्डमा खटिने प्रहरीलाई राज्यले यस्तो संक्रमणको समयमा सुरक्षाका सामाग्रीहरू उपलब्ध गराउनुपर्ने प्रहरी उच्च अधिकारीहरूको बुझाई ।

'हामीले सीमित स्रोत र साधनमा जोखिम मोलेर नागरिकहरूलाई सुरक्षा दिइरहेका छौं । यो बन्द हड्ताल जस्तो होइन बिल्कुलै नयाँ र प्राकृतिक महामारी भएकाले प्रहरीले जोखिममै मोलेर काम गरिरहेका हौं,' प्रहरी प्रवक्ता जोशीले भने ।

केही समयअगाडि संक्रमणको उच्च जोखिममा रहेका एयरपोर्टमा कार्यरत लगभग ३ सय ५० प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी कार्यालयले एन ९५ मास्क वितरण गरेको थियो ।

यदि कोही प्रहरी कर्मचारीलाई कोरोनाको संक्रमण भइहालेको खण्डमा उनीहरूलाई कहाँ आइसोलेसनमा राख्ने भन्ने पनि राम्रो व्यवस्था छैन । नेपाल प्रहरी अस्पतालमा १० वटा आइसोलेसन बेड भएतापनि यो पर्याप्त होइन ।

कोरोना भाइरसको माहामरी फैलिरहेको अवस्थामा आमनागरिकलाई सुरक्षा दिने प्रहरी कर्मचारीलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउनु सरकारको पनि दायित्व हो ।

यो सामाग्रि लोकान्तर अनलाइनमा कार्यरत गगन अर्याललको सहयोगमा तयार गरिएको हो ।

जानकी मन्दिरको मूल ढोका बन्द, रामनवमी पनि प्रभावित

जनकपुरधाम । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित जानकी मन्दिरको मूल ढोका बन्द गरिएको छ।

कोरोनाको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै मन्दिरमा सम्भावित भीडभाड हुन नदिन मन्दिरको मूल ढोका सर्वसाधारणका लागि बन्द गरिएको हो। मन्दिर बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निर्देशन दिएको हो।

मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले भने, ‘मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती अझै जारी रहेपनि मन्दिरको मुल ढोका बन्द गरिएको हो।'

सन् १९११ मा स्थापित जानकी मन्दिरको मूल ढोका पहिलो पटक बन्द गरिएको उनको दावी छ। भने,'१ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि मन्दिरको ढोका बन्द गरिएको हो।'

आउँदो चैत २० गते रामनवमी छ। उक्त दिन रामको जन्मोत्सवको मनाइन्थ्यो। भव्य पूजा अर्चना हुन्थ्यो, मेला लाग्थ्यो। तर लकडाउनका कारण रामनवमीको मेला हुँदैन। 'विशेष पूजा हुने भनिएको छ तर कुनैपनि उत्सवको कार्यक्रम भने राखिएको छैन', महन्थ दासले बताए।

सर्वोच्चको सरकारलाई आदेश, ‘दैनिक ज्यालादारी, मजदुर र विपन्नलाई खाद्यन्न दिनू’

काठमाडौ । दैनिक ज्यालादारी, विपन्न, मजदुर तथा श्रमजीवीहरुलाई खाद्य सामाग्री उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । अधिवक्ता विष्णु लुइटेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले तीनै तहको सरकारको समन्वयमा खाद्यन्न र राहत वितरण गर्न आदेश दिएको हो।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भएको लकडाउनको अवधि लम्बिँदा ज्यालादारी र मजदुरले खान नपाउने अवस्था बन्ने भन्दै सरकार स्वयमलले राहतका कार्यक्रम अघि बढाउन अदालतले आदेश दिएको हो।

संघ, प्रदेश र स्थानीय तहको समन्वयमा मजदुर तथा विपन्न व्यक्तिको खाद्य अधिकारको हक सुनिश्चित गर्न अदालतले आदेशमा भनेको छ।

खाद्य सुरक्षाको अधिकार प्रत्याभूत गर्न सरकारले गरेको निर्णयहरु समेत समेटेर रिटलाई चैत २३ गते पुनः पेशी तोक्न पनि अदालतले आदेश गरेको छ।

लकडाउन र निषेधाज्ञाले मुआब्जा वितरण प्रभावित (विज्ञप्ती सहित)

चैत १२, नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल मार्फत रातमाटेमा सवस्टेशन निर्माणको लागी जग्गा खरिदको लागी  अघि बढाएको प्रक्रिया नेपाल सरकारले लगाएको लकडाउन र जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको कारण बुधबारदेखि सबै काम प्रभावित भएको हो ।  एमसिएले विज्ञप्ती जारी गर्दे मंगलबारदेखि मुलुकमा कोरोना रोग नियन्त्रणको लागी सरकारको लकडाउन र निषेधाज्ञाको कारण सबै काम प्रभावित भएको जनाएको हो ।

हेर्नुहोस सूचना ।

विद्यालय स्थापना भएको ५७ वर्षपछि SEE परीक्षामा सहभागी हुँदै

नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने जिल्लाकै विकट क्षेत्र मानिने घ्याङफेदी स्थित घ्याङफेदी माध्यमिक विद्यालयबाट चैत्र ६ गतेदेखि सुरु हुने SEE परीक्षामा पहिलो पटक १० जना विद्यार्थी सम्मिलित हुँदैछन् ।

वि.सं २०१९ सालमा घ्याङफेदी प्राथमिक विद्यालयको रुपमा स्थापित भई सञ्चालनमा आएको उक्त विद्यालयलाई २०७५ सालमा गाउँपालिकाले माध्यमिक तहको विद्यालयको सञ्चालनको अनुमति दिएको थियो । प्राथमिक तहको तिन शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा स्थानीय सरकारको गठन भएसँगै गाउँपालिकाका जनप्रतिनिधिको समन्वय र सक्रियतामा आधार डेभलपमेन्ट नेपाल नामक गैरसरकारी संस्थाले ९ शिक्षक र दुई कुक तथा विद्यार्थीका पोशाकको लागि आवश्यक आर्थिक सहायता प्रदान गर्दै आइरहेको छ भने गाउँपालिकाले नियुक्त गरेको स्वयम् सेवक शिक्षक पनि खटाइएको छ ।

भौगोलिकरुपमा विकट र तालिमप्राप्त शिक्षकद्बारा व्यावहारिक रुपमा अध्यापित विद्यार्थीहरु एवम् ती विद्यार्थीहरुको पालिकास्तरीय उपलब्धीका आधारमा पहिलोपटक सम्मिलित हुने विद्यार्थीले प्राप्त गर्ने उपलब्धीलाई विशेष चासोका रुपमा हेरिएको बताउनु हुन्छ विद्यालयका सहायक प्रधानाध्यापक प्रेम स्याङताङ ।प्राप्त उपलब्धीका आधारमा आगामी दिनमा कक्षा ११ र १२ समेत सञ्चालन गरिने योजना रहेको बताउनुहुन्छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर स्याङताङ ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले संविधानतः शिक्षा प्राप्त गर्ने मौलिक हकलाई कार्यान्वयनमा लैजान र शिक्षाको माध्यमबाट नै समाज विकासको आधार तयार गर्न भौगोलिक अवस्था, जनसंख्या समेतलाई ख्याल गरी सबै लिङ्ग, वर्ग र क्षेत्रको शिक्षामा सहज पहुँच सुनिश्चित गरी गुणस्तरीय शिक्षा प्रवाह गर्ने अभिप्रायले गाउँपालिकाले कार्य गरिरहेको बताउनु भयो । उहाँले क्षेत्रगत आवश्यकता र सामाजिक माग बमोजिम आधुनिक शैक्षिक प्रविधिलाई प्राथमिकतामा राखी आगामी दिनमा शैक्षिक क्रियाकलाप अघि बढाई दुप्चेश्वर गाउँपालिकालाई एजुकेशन हवका रुपमा विकास गर्ने लक्ष्य रहेको र शिक्षाका प्रभावका कारण घ्याङफेदीले मुहार फेर्दै गएको बताउनु भयो ।हाल विश्वव्यापीरुपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरसको सन्त्रासबाट मुक्त एवम् सजग रहँदै परीक्षामा निर्धक्क भई सहभागी हुन अनुरोध गर्नु भयो ।

पहिलो पटक SEE परीक्षामा सम्मिलित हुने लगायत सबै २६३ जना परीक्षार्थीहरुलाई शुभकामना दिनुहुँदै गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले भौगोलिक विकटताका कारणले शिक्षाबाट कोही पनि विमुख हुनु नहुने र भौगोलिक रुपमा विकट क्षेत्रका विद्यालयहरुलाई क्रमशः आगामी शैक्षिक सत्रदेखि आर्थिक र शैक्षिक सहयोगमा बृद्धि गर्दै लैजाने बताउनु भयो ।

स्थानीय आर्थिक स्रोतको अभाव, संघीय स्रोतमा पूर्ण निर्भर रहनु पर्ने बाध्यात्मक अवस्था भएपनि दुप्चेश्वर गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी शिक्षक अभावलाई पूर्ति गर्न यसै आव देखि ८५ लाख विनियोजन गरी गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरुमा ४४ जना स्वयम् सेवक शिक्षक नियुक्त गरी पठनपाठन कार्यमा सहायता प्रदान गर्दै आइरहेको छ ।साथै आगामी शैक्षिक सत्रदेखि शैक्षिक सामग्री मार्फत् विज्ञान विषय अध्यापन गर्ने उद्देश्यले शैक्षिक सामग्री समेत वितरण गरेको छ ।शिक्षा शाखा प्रमुख मेघनाथ रिमालले गुणस्तरीय शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि गाउँ शिक्षा नीति, २०७६ जारी गरिएको बताउनु भयो ।

यस वर्षको SEE परीक्षामा दुप्चेश्वर गाउँपालिकाबाट २६३ जना परीक्षार्थी सम्मिलित हुँदै छन् ।

कोरोनाको कारण भारतमा एक जनाको मृत्यु,नेपाल झनै उच्च जोखिममा

काठमाडौ । भारतले कोरोना भाइरस(कोभिड–१९) बाट एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । बिहीबार राति कर्नाटक राज्य सरकारले कोभिड–१९ को संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरेको हो । कर्नाटकको कलबुर्गीका ७६ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणबाट गत मंगलबार मृत्यु भएको राज्य सरकारका स्वास्थ्य मन्त्री बी श्रीरामुलुले जानकारी दिएका छन्। भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

कर्नाटक स्वास्थ्य विभागका आयुक्तका अनुसार ती व्यक्तिको मंगलबार नै मृत्यु भए पनि कोभिड–१९ संक्रमणको आशंका मात्रै गरिएको थियो। तर ल्याब रिपोर्टपछि उनको मृत्युको कारण भाइरस संक्रमण नै देखिएको आयुक्तले जानकारी दिए।

प्रशासनले ती व्यक्ति को–कोसँग सम्पर्कमा थिए भन्नेबारे अनुसन्धान गरिरहेको र उनीसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्न थालेको पनि कर्नाटक सरकारले जानकारी दिएको छ। मृत्यु हुने व्यक्ति साउदी अरेबियाबाट फर्किर्एको र यसअघि तेलंगानाको एउटा अस्पतालमा उपचार गराएको पनि खुल्न आएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

दिल्लीका स्कुल, कलेज र सिनेमा हल बन्द गर्ने निर्णय

कर्नाटक सरकारले बुधबारसम्म ती व्यक्तिको मृत्यु कोभिड–१९ को संक्रमणबाट नभएको दाबी गर्दै आएको थियो। ती व्यक्तिमा निमोनिया, हाइपरटेन्सन र दमबाट पीडित रहेको नेसनल इन्स्टिच्युट अफ् भाइरोलोजी, पुनेको ल्याब रिपोर्टपछि मात्रै कोभिड–१९ संक्रमणको पुष्टि भएको स्वास्थ्यमन्त्री श्रीरामुलुले जानकारी दिएका छन्।

गत फेब्रुअरी २९ मा साउदीबाट फर्केलगत्तै ती व्यक्ति बिरामी परेको र मार्च ५ मा कलबुर्गीकै अस्पतालमा भर्ना गरिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कलबुर्गीबाट हैदराबाद लगिएको र त्यसपछि मंगलबार राति हैदराबादबाट एम्बुलेन्समार्फत कर्नाटक ल्याउँदै गर्दा ती व्यक्तिको मृत्यु भएको पनि बताइएको छ।

कर्नाटक सरकारले मृत्यु भएका व्यक्तिको व्यक्तिगत जानकारी खुलाएको आरोपमा कलबुर्गी जिल्लाका प्रमुख स्वास्थ्य अधिकारीलाई निलम्बन पनि गरेको छ।

बिहीबार रातिसम्म भारतमा ५७ भारतीय र १७ विदेशी नागरिकमा कोभिड–१९ को संक्रमण देखिएको छ।

ई–सेवाबाट बिमाको प्रिमियम भुक्तानी गर्दा २५ हजारको मोबाइल उपहार

काठमाडौ । जीवन बिमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नेलाई ई–सेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले कुनै पनि जीवन बिमाको प्रिमियम ई–सेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार सय सम्म कमाउनुको साथै २५ हजार रुपैयाँ बराबरको मोबाइल जित्न सकिनेछ योजना ल्याएको छ ।

योजनाअन्तर्गत एक महिनामा २० देखि ४९ वटा बिमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रुपैयाँ,  ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ७५ रुपैयाँ र १०० भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार १०० रुपैयाँ इन्सेन्टिभ पउने ई–सेवाले जनाएको छ ।

एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुवैमा यो योजना २०२० मार्च १ देखि जुलाई ३१ सम्म लागु हुनेछ । पाँच महिनाको अवधिमा ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रुपैयाँ बराबरको मोबाइलसमेत प्रदान हुनेछ ।

नुवाकोटको सौर्य प्लान्टबाट १५ मेगावाट विद्युत् उत्पादनको तयारीमा

नुवाकोट । नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

२५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १० मेगावाट चैत र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिने छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी निर्माण अगाडि बढाइएको छ ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ ।

विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

देविघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको  नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक  व्यवस्था तत्काल गर्न निर्देशन दिए ।

‘सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैशाखभित्रमा उत्पादन हुने देखिन्छ, प्रसारणलाइन नभएको र सबस्टेसन निर्माण नभएको कारण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न सकिँदैन, त्यसैले संचालनमा रहेको ३३ केभी फिडरमा लाइन जोड्ने आवश्यक व्यवस्था गर्नुहोस्’, घिसिङले आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिंदै भने ।

उनले अघि भने,’अझै तीन महिना हामीलाई विद्युत्को माग र आपूर्तिको व्यवस्थापन गर्न आयोजना महत्वपूर्ण भएकाले वैशाखभित्रमा १५ मेगावाट विद्युत् जसरी पनि गि्रडमा जोड्नु पर्छ, यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न हामी संधै तयार छौं ।’

सम्पूर्ण उपकरणहरु आयोजनास्थलमा आइसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिहरुले  वैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । त्यतिवेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको घिसिङले बताए ।

‘हाम्रै स्वामित्वमा रहेको एक हजारभन्दा बढी रुख हटाउने कानूनी प्रकृया पूरा गर्न धेरै समय लाग्यो, ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गर्यो, त्यसलाई परामर्शदाताले पटक-पटक पुनरावलोकन गरी स्वीकृत गर्न झनै समय लगाईदियो जसले गर्दा सुरुमा तय गरिएको निर्माण तालिका प्रभावित हुन पुग्यो,’ उनले भने ।

आयोजना प्रमुख विकास बहादुर रघुबंशीकाअनुसार डिजाइनर स्पेन र परामर्शदाता जर्मनीमा बस्ने तर साइटमा परिचालित नभइदिँदा डिजाइनलाई अन्तिमरुप दिन ढिलाइ भएको थियो ।

विश्व बैकको  ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत  प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ ।

कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वाषिर्करुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ ।

सुरुमा जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरेको थियो । तर, परामर्शदाताले डिजाइन स्वीकृतिमा ढिलाइ र रेट बृद्धिको माग गरेपछि फिस्नरसँगको सम्झौताको म्याद थपिएको थिएन । अहिले एनइए इन्जिनियरिङ कम्पनीले परामर्शदाताको काम गरिरहेको छ ।

प्लान्ट सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ । काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप विश्वसनीय  बनाउन महत्वपूर्ण योगदान पुग्ने छ ।

प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए,मध्यमर्स्याङदी,मस्र्याङदी, चिलिमे जस्ता अर्ध-जलाशययुक्तको जलाशयमा दिउसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने छ । जसले पिक समयको विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ ।

८ मार्च : हरेक ठाउँमा सहभागी हाम्रो मात्र होईन, अर्थ पुर्ण होस !

सत्य पहाडी ।

हरेक वर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवको रुपमा मनाउने गर्दछौँ । महिलाहरुको ईतिहास  बर्तमान र भविश्यको कडीलाई जोड्न हुँदै आएका प्रयास र सफलताहरु प्रति गर्व गदै , बाँकी अधिकार प्राप्तिका लागि गर्र्ने संकल्प र प्रतिवद्धता एवं अवसरका  रुपमा समेत ८ मार्चलाई लिने गरिएको छ । यस दृष्टिमा ८ मार्च स्वंयममा जागरण , एकता र संर्घष र प्रतिवद्धताको दिन पनि बन्ने गरेको छ ।

कुनै अस्तित्वमा रहेको मातृसत्ता समय क्रम्म पृतीसत्ता परास्त हुनु पुगेसँगै क्रमश : महिलाहरु दोस्रो दर्जाको नागरिक बन्न बाध्य भए । राजनीतिक आर्थिक , सामाजिक , एवं संस्कृतिक सवै दृष्टिले अधिकार विहीन भएका पुरुषको सेवक र मनोरन्जको साधन बन्न पुगे । सोही अनुरुपको संवैधानिक व्यवस्था र सामाजिक मुल्य समेत तयार हुँदै गए । मानवीय मुल्यको आधा भार बोकी रहेका महिलाहरु त्यसरी दोस्रो दर्जाको नागरिक बनि रहन सक्ने कुरा सम्भव हुँदैन्थ्याँ र हुँदैँन पनि । आफुमाथिको दम र विभेदका विरुद्धमा महिलाहरुले बिभिन्न प्रकारका विरोधहरु जनाउन सुरु गरे ।

संगठित आवाजहरु उठाउन सुरु गरे । कत्तै अधिकारका लागि कुरा उठाउन सुरु गरे । कत्तै समान कामको समान ज्यालाको निम्ति आवाज वुलुन्द गर्न थाले । बिभिन्न मुलुकमा हुँदै आएका महिला आन्दोलनको समान स्वरुप ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय पहिलो पटक समाजबादी नेतृ कलाराष्जेर्कीण पहलमा सन् सन् १९११ को दोस्रो अन्तराष्ट्रिय महिला सम्मेलनले गर्र्यो । ८ मार्चको भावना पृतिसत्तामाथी मातृसत्ताको पुर्णस्थापना नभएर सवै क्षेत्रमा समानता हो । समानताको अर्थ सवै अधिकारको प्राप्ति र त्यसको निर्वाध प्रयोग हो ।

एक शताव्दी भन्दा केही बढी वर्ष वितेका छन् । यस क्रम्म महिलाहरुले बिभिन्न क्षेत्रमा अधिकार प्राप्त गदै आएका छन् । तर प्राप्त अधिकार अझै प्रयाप्त छैन्न । तसर्थ यस क्रम्म प्राप्त भएका उपलव्धि र अधिकारहरु प्रति गौरव गदै  थप अधिकार प्राप्तिका निम्त अझ सुसंगठित भएर लाग्नु वर्तमान आवश्यकता हो । नेपालको सन्दर्भमा हेर्दा भेदभाव विना समान बंशिय हक , सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धि हक , राज्यका सवै निकायमा समानुपातिक , समावेशी सिद्धान्तको आधारमा सहभागी हुँने हक , महिलाहरुलाई सकरात्मक विभेदका आधारमा शिक्षा , स्वास्थ्य , रोजगारी , सामाजिक सुरक्षामा विशेष अवसर प्राप्त गर्ने हक , सम्पती र पारिवारिक मामलामा दम्पतीको समान हक , महिला विरुद्ध हुँने कुनै खालको हिंसा कुनै पनि नाममा गर्न नपाईने कुराको मौलिक अधिकार हो भन्ने संवैधानिक व्यवस्था हुँनु , आफैमा ठुलो उपलव्धि हो ।

यो अधिकार प्राप्तिका लागि संर्घषका क्रम्म नेपाली महिलाले प्राप्त गरेको महत्वपुर्ण अस्त्र वा साधन पनि हो । संविधानमा व्यवस्था गरिएका अधिकार को महिलाहरुले केही हद सम्म उपयोग गर्न सुरु गरेका छन् । संविधानले गरेका विशेष अधिकारको उपयोगका अलवा बिभिन्न क्षेत्रमा महिलाले आफ्नो विशेष क्षमता पनि प्रर्दशन गर्दै आएका छन् । चाँहे , जनयूद्ध , जनआन्दोलनको अग्रमोर्चामा महिलाले खेलेको भूमिका होस । चाँहे राष्ट्रप्रमुख , न्यायलय प्रमुख , व्यवस्थापिका प्रमुखमा महिलाहरुले कुशलता पुर्वक निवाह गदै आएका जिम्मेवारीको विषय होस् । चाँहे हिमाल आरोहणका साहसिक र विरतापुर्ण कार्यहरुमा होस । चाँहे अन्य सामाजिक सेवाहरुका क्षेत्रहरुमा नेपाली महिलाहरुले आफ्नो कर्मद्धारा नेपाली महिलाको हैसियत र महत्वलाई उजागर गर्दै आएका छन् ।

यि विषय पनि नेपाली महिलाहरुको निम्ति उत्तिकै गौरव गर्न लायक छन् । विद्यालय जाने छोरीहरुको संख्य बढ्दै छ । मातृमृत्युदर घट्दो अवस्थामा छ । घरदैलो भित्रको काममा सिमीत महिलाहरुको ठुलो संख्य घर बाहिरको उत्पादनशिल क्षेत्रमा पुरुषसँग काँधमा , काँधमा जोडेर भाग लिन सुरु गरेका छन् । यि विषयहरु महिलामुक्तीका सुखद पक्षहरु हुँन् । माथी उल्लेखित उपलव्धि र गौरवको चर्चा गरिरहदा हामीले यो पनि बिर्सनु हुँदैन । यि समानताको आन्दोलनलाई पुर्णता दिन र त्यसको सम्पुर्ण रुपमा व्यवहारिक कार्यान्वयन गर्न अझै बाँकी रहेको छ ।

त्यसका निम्ति हामीले अझै संगठिक रुपमा आवाज उठाई रहनुपर्ने छ । राजनीतिक पक्षमा ५० प्रतिशत  सहभागिताको कुरा ,आर्थिक सामाजिक रुपले अंश र वंशमा समान हकको कुरा लागु गर्न थप मेहनत गर्नु पर्दछ । छोरी जन्मिदा पीडा बोध गर्ने समाजमा छोरा जन्मिदा अनिवार्य ठान्ने हाम्रा सामाजिक मुल्य केही हद सम्म कायम छन् । समान कामको समान ज्याला प्राप्ति र योग्यता अनुसारको काम प्राप्त गर्ने कुरापनि सममस्य रहदै आएका छन् । बालिका र वृद्धाहरु समेत यौन हिंसाको सिकार बन्ने घटनाहरु महिलाहरुको समान अधिकारको अभियानमा केही चुनौतीहरु बनिरहेका छन् । ८ मार्चले समाधानका निम्ति  सवैलाई संगठित रुपमा लाग्न प्रेरित गर्नु पर्दछ । यसको निम्ति हामी सवैलाई ८ मार्चको प्रेरणा मिलोस भन्ने शुभईच्छा सहित शुभकामना व्यक्त गर्दछु ।

लेखक : पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री एवं प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

विदेसबाट आउनेलाई नेपालले दुई साता क्वारेन्टाइनमा राख्ने

काठमाडौ ।  कोरोना प्रभावित राष्ट्रबाट आउने व्यक्तिले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

शनिबार साँझ सिंहदरबारमा बसेको मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कोरोना नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सात दिनभन्दा बढी समयको हेल्थ सर्टिफिकेटलाई मान्यता नदिने तर नेपाल प्रवेश गर्दा सात दिन भएकोलाई भने मान्यता दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सकतर्कता अपनाउँदै तराईका ६ नाका र अन्य ३१ नाकामा स्वास्थ्य जाँच कडाई गर्ने, अध्यागमनमा थप कडाई गर्ने र जोकसैलाई पनि सहज रूपमा प्रवेश गर्न नदिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या सचिव यादव कोइरालाले जानकारी दिए । उनले जोखिमयुक्त क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न पनि सरकार तयार रहेको बताए ।

विद्यार्थीको हात चिर्ने शिक्षिका यस्तो अबस्थामा भेट्टिइन

काठमाडौ ।  कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो ।

प्रहरीकाअनुसार अहिलेसम्म उजुरी परेको छैन । तर शनिबार विद्यालयका पि्रन्सिपलकाम साथै केही अभिभावकलाई बोलाएर छलफल गरिएको छ ।

छलफलका क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।

घटना बाहिर आएपछि विद्यालयले पनि शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ ।

के हो घटना ?

कर्माचार्य १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका हुन् । उनले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । पीडित विद्यार्थीहरुकाअनुसार उनले त्यहीबेला राम्रो नम्बर नल्याउनेको हात चिरिदिने चेतावनी दिएकी थिइन् ।

परीक्षाको फुलमाक्स २० र पासमाक्स ८ र निर्धारण गरिएको थियो । परीक्षामा राम्रो नम्बर नल्याएको भन्दै उनले बिहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याइन् । सिसाकलम तिखार्ने ब्लेडले आफ्नो हातमा आफैं चिर्न निर्देशन दिइन् ।

निर्देशन नमाने आफैं चिरिदिने धम्की दिएपछि विद्यार्थीहरुले आ-आफ्नो हात काटेको पीडित विद्यार्थीहरुले बताएका छन् ।

सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात बढी काटिएको छ । उनीहरुको हातमा १५ देखि २० पटक ब्लेडले चिरिएको छ ।

कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चिरिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web