विदुर । नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले जारी रहेको कोरोना रोगको सक्रमण विरुद्ध लड्नको लागी नुवाकोटका सबै स्थानीयतहलाई स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराएको छ । रेडक्रस नुवाकोट शाखाले नुवाकोटम रहेका विदुर नगरपालिकालाई तीनसय लिटर क्षमताको एक थान पानी ट्याङ्की, सात थान कम्बल, पाचथान त्रिपाल, ६ थान साबुन, एक थान मग एक थान कोरोना रोग विरुद्धको सचेतनामूलक जानकारी लेखिएको सन्देशको ब्यानर उपलब्ध गराइएको रेडक्रस नुवाकोट शाखाका सहकोषाध्यक्ष उद्धवशर्मा रिजालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार विदुर नगरपालिका बाहेक जिल्लामा बाँकी रहेका ११ स्थानीयतहलाई दुई सय लिटर क्षमताको ट्याङ्की एकथान, साबुन ६ थान, सचेतनामूलक जानकारी लेखिएको सन्देशको ब्यानर एक थान, कम्बल ५ थान, त्रिपाल दुईै थान, हातधुन प्रयाग गर्ने मग एक थान सबै पालिकालाई उपलब्ध गराइएको छ ।

यसैगरी, रेडक्रस मार्फत सञ्चालनमा रहेको PREPARE कार्यक्रम चलिरहेको जिल्लाको किस्पाङ गाउँपालिकाको वडा नं .१ भाल्चे र वडा नं .३ काहुलेमा पनि अन्य स्थानीयतहलाई उपलब्ध गराइए अनुसारको स्वास्थ्य सहायता सामाग्रि उपलब्ध गराइएको रेडक्रस नुवाकोट शाखा अन्तरगत सञ्चालित PREPARE कार्यक्रमका संयोजक मधुसुदन थापाले जानकारी दिनुभयो ।

कोरोना विरुद्धको माहामारीसंग लडिरहेको स्थानीयतहलाई रोगबाट बच्नको लागी सहयोग पुराउने उद्देष्यले रेडक्रस जिल्ला शाखा मार्फत हात धुनको लागी पानीको सहज व्यावस्थापन गराउन पानी ट्याङ्की सहित हात धुनको लागी साबुन, क्वारेन्टीनमा बस्ने व्यक्तिलाई प्रयोग गर्न कम्बल उपलब्ध गराइएको छ भने रोग विरुद्ध आम नागरिकलाई सचेतना र जागरुक बनाउन रेडक्रस मार्फत सञ्चालित PREPARE कार्यक्रम अन्तरगत नुवाकोटका सबै रेडियो मार्फत जानकारीमूलक सन्देश पनि प्रशारण गर्दै आएको PREPARE कार्यक्रमका संयोजक मधुसुदन थापाले जानकारी दिनुभयो ।

गृह मन्त्रालय मार्फत विपद् व्यावस्थापनको लागी सरकारी साझेदारी रुपमा रहेको नेपाल रेडक्रस सोसाइटी मार्फत गरिएको सहयोग तथा प्रचारात्मक कार्यक्रमले नयाँ रोगको रुपमा देखिएको कोरोना विरुद्ध जागरुकता र सही सन्देश प्राप्त गर्न सहयोग पुगेको रेडक्रस PREPARE कार्यक्रमका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार भूकम्प, बाढी पहिरो, आगलागी लगायतका विपद्को समयमा प्रभावकारी रुपमा सेवा पुराउदै आएको रेडक्रस नुवाकोटले अहिले जारी रहेको कोरोना विरुद्ध पनि स्थानीय सरकारलाई सहयोग गर्दै स्वांस सेवकको रुपमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउदै आएको छ ।

तस्वीर सौजन्य : नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा नुवाकोट ।

-नारायणप्रसाद आचार्य

विदुर नगरपालिका–५ गगटे, नुवाकोट ।

नजिकैमा उर्ली रहने नदीका ती लहरहरु

प्यासिभई तड्पिएर बाँच्नु पर्ने बगरहरु ?

कति आउछन् खाेला धाउँदै प्यास मेट्न प्यसिहरु

एक्लै प्यासमा छट्पटाउदै बाँच्नु पर्ने बगरहरु ?

टाढा-टाढा तीर्थ गर्न धाई धाई जाने वीच

कर्सा देवता हेलां भा छ तीर्खाएका बगरहरु ।

सबैजना रहर गर्छन् बलेको नै आगाे ताप्न

बस्न वाध्य निभि चीसा खरानी झै बगरहरु ?

बेपर्वाह बगि रहने वाढी बनि खाेला नदी

प्यर जति सबै उस्लाई दाेसी मात्र बगरहरु ?

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छीदेखि मैलुङसम्मको आठवटा पक्कि पुल निर्माण कार्य कोरोना सक्रमणका बीच स्वास्थ्य सुरक्षामा उच्च सतकर्ता अपनाई काम तिव्र गतिमा अघि बढाइएको छ ।

कोरोना भाइरसका कारण अधिकांश ठाउँमा कामदारको अभावले निर्माणका गतिविधिहरु रोकिएपनि गल्छीदेखि मैलुङसम्मको आठवटा पक्कि पुल निर्माणले भने तिब्रता पाएको हो । स्थानीय १५० भन्दा बढी कामदार पुल निर्माणको काममा खटिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार धादिङको गल्छीस्थित महेशखोला, नुवाकोटको कोल्पुटार स्थित कोल्पु खोला,रातामाटे स्थित ठुलो खोला, गेर्खुखोला स्थित गेर्खुखोला, रसुवा र नुवाकोटको सिमाना बेत्रावती स्थित फलाखुखोला, नयाँपुल स्थित त्रिशुली नदी, चिप्लेटी स्थित त्रिशुली नदी र रसुवाको मैलुङ स्थित ठाडो खोलामा पक्कि पुल निर्माण भइरहेको छ ।

निर्माणाधीन पुलको स्टिम ढलान, नदी नियन्त्रण, सडक, फुटपाथ रेलिङ निर्माण, खोला स्याल्ब ढलान, जग ढलान र वीन वाल लगाउने काम अहिले पनि स्वास्थ्य सतकर्तामा ख्याल गर्दै भइरहेको छ । गल्छी देखि मैलुङसम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भएपनि अहिले ८ स्थानमा मात्र पुल निर्माणको भईरहेको छ । सुरक्षित तरीकाले भइरहेको काम आगामी पुष मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भएकाले पनि कोरोनाको सक्रमणको समयमा कामलाई तिव्र बनाइएको छ ।

पुलको जस्तै योजना अन्तरगतको सडक विस्तारको काम पनि जारी रहेको छ । सडक अन्तरगत बेलकोटगढी नगरपालिकाको वडा नं.७ कल्चौडेको भीर काट्ने, केही स्थानमा कालोपत्रे गर्ने काम भइरहेको छ । आयोजनाको समग्र काम दुई तिहाई पूरा हुनलागेसगैँ प्रगति सन्तोषजनक रहेको जिल्लाका जनप्रतिनिधि लगायतका सरोकारवालाहरुले बताएका छन् ।

–श्रीकृष्ण आचार्य, विदुर ।

नमस्कार मेरो नाम श्रीकृष्ण आचार्य हो म अहिले नुवाकोट जेसीजको अध्यक्षको जिम्मेवारी पूरा गर्दै छु । यसको साथै म सिद्धार्थ ईन्स्योरेन्स लिमिटेड वट्टार शाखाको व्रान्च ईन्चार्ज पनी हो । बि.स.२०६८ सालमा आफु एपेन्डिसाईटिसको विरामी परेको र उक्त समयमा तत्काल काठमाडौ जानलाई कुनै एम्वुलेन्स नपाएको त्यतीवेला तत्कालीन ताम्सालिङ स्वायत्त प्रदेशको वन्दको कारणले वल्ल तल्ल सुत्केरी लाने एम्वुलेन्समा आफु जान पाएको र आफ्नो ज्यान २४ घण्टा भन्दापनी वढी समयमा एपेन्डीसाईटिसको अप्रेसन भएर वाँच्नु परेको त्यो तितो यथार्थ मनमा हुदाहुदै जिल्लामा एउटा एम्वुलेन्स संचालन गरुकि भन्ने लागेर २०६४ साल फागुण ५ गते सवारी दुर्घटनामा परि दिवंगत भएका मेरा भाई श्रीराम आचार्यको नाममा संस्था दर्ता गरी २०७१ सालमा एम्वुलेन्स को लागी पहल गरीयो त्यती वेला मैले प्रक्रिया पूरा जानन कि पहुँच कम भयो कुन्नी म भन्दा पछी दर्ता हुने संस्था हरुले स्विकृती पाई एम्वुलेन्स लिगिसकेका थिए मैले बि.स. २०७५ सालमा स्विकृत पाए र २०७५ असोज देखी श्रीराम आचार्य स्मृती प्रतिष्ठान संस्था मार्फत एम्वुलेन्स संचालन गर्दै आएको छु । जिल्लामा विभिन्न किसीमका ठुला ठुला दुर्घटनामा र अन्य कुनै पनी व्यक्तीलाई एम्वुलेन्स चाँहिदा आफुले थाहा पाएसम्म छिटो भन्दा छिटो सेवा दिइ रहेको छु । दशै तिहारमा एम्वुलेन्स नपाएको खण्डमा नी अहोरात्र खटिई चालकको हौसला वढाई म आफै चालक संगै गई जिल्लामा रहेको विरामीहरुको सेवामा २४ सै घण्टा खटिदै आएको छु ।

हाल मुलुक कोरोना महामारीको समयमा छ त्यस्तो अवस्थामानी जिल्लामा रहेका एम्वुलेन्सका साथीहरुसंग छलफल गरी यस्तो अवस्थामा हामिले सक्दो सेवा गर्नुपर्छ भनी पटक पटक सल्लाह गरी उच्च सावधानी अपनाई कार्य गर्दै आईरहेको छु । मेरो एम्वुलेन्स चालकको हौसला वढाउनको लागी म प्राय संगै सेवामा जाने गरेको छु र यो कोरोनाको महामारीमा पनी यस्तै गरीयो जव काठमाडौ विरामी लैजादा एक विरामी बढिमा दुई कुरुवा भन्ने जानकारी आयो अनी त्यसपछी मैले मेरो चालकलाई सम्झाई सुरक्षाका सम्पुर्ण सामाग्रीको व्यवस्था गरी विरामीको सेवामा अहोरात्र खटाईरहेको छु । साथसाथै विदुर नगरपालीका मा कोरोना भाईरसको कारण आफ्नो दुई छाक टार्न मुस्कील साँच्चीकैका पिडीत हरुको घाउमा मलमपट्टी लगाउने हेतुले दाजु मच्छिन्द्र नरसिंह प्याकुरेलको संयोजकत्वमा शंकर पाण्डे, दुर्गाराज पाठक लगायतका अग्रज तथा सरोज लामा, नमराज सुवेदी लगायतका साथीहरुसंग मिलेर राहत वाढ्ने कार्यमा पनी अगाडी वढीरहेको छु । त्यसका साथसाथै फेसवुकमा व्लड अन रिक्योस्ट ईन नुवाकोट नामक पेज खोली नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा अत्यावस्यक रगत चाहिएमा दाजु मच्छिन्द्र नरसिंह क्षेत्रीको समन्वयमा यस महामारीको वेला विभिन्न व्यक्ति हरुलाई घरबाट अस्पताल र अस्पतालबाट घरमा निःशुल्क रुपमा लानेल्याउने बन्दोवस्त गदै आईरहेको छु उक्त पेजको एडमिनमा म पनी संलग्न रहेको छु ।

मिति २०७७ जेठ ६ गतेको कुरा हो म घरमा भर्खर उठेको थिए । त्यत्तीकैमा नुवाकोट जिल्ला अस्पतालका डाक्टर मधुकर दाहालज्यु को फोन आयो मैले फोन उठाए डाक्टर सावले फोनमा आत्तीदै भन्नुभयो लौन छ पिन्ट एवि पोजेटीभ व्लड तु चाहियो भन्नुभयो । मैले हस् भने र तुरुन्त दाजुृ मच्छिन्द्र नरसिह प्याकुरेललाई फोन गरेको दाजुले भन्नुभयो म अस्पताल आईसकेको छु २ जना मान्छे लिएर अरु मान्छे अलि टाढाको छ लिन जान तयार होउ भन्नुभयो र म नजिकका साथीहरुलाई सोध्न थाले एम्वुलेन्स चालक २ जनाको व्लड एवि पोजेटीभ रैछ उनीहरुलाई छिटोछिटो खाना खान लगाएर अस्पताल लिएर गए । अस्पताल पुग्ने वित्तिकै अघिपछीको भन्दा त्यो दिन अस्पतालमा स्वास्थ्य सुरक्षाको दृष्टिकोणले कडाई गरेको रहेछ । अस्पतालमा कार्यरत सम्पुर्णको आर.डि.टी. चेकजाँच भईरहेको रहेछ र अस्पतालका दुई जना स्टाफलाई पोजेटिभ देखियो भन्ने गाँईगुँई हल्ला सुने त्यत्तिवेला सम्म मेरो एम्वुलेन्स चालक विजय लामीछानेको आर.डि.टि. रिपोर्ट आईसकेको थियो दाजु मेरो नेगेटिभ आयो भन्यो र मैले पनी भाई तिमिलाई नभए मलाई पनी छैन किनकी म धेरै समय तिमिसंग हिडेको छु संगै खाएको छु भने अनी मच्छीन्द्र दाजुले तिमिहरु वाहिरै बसेहुन्छ, अरु मान्छे हरु पनी लिन जानपर्न सक्छ भन्नुभयो म र भाई सरोज लामा बाहिरै वस्याै एकैछीन वस्दा वस्दै सरोजले हाम्रो पनी जाँच्न जाउ भन्यो र मैले दिमाखमा के आयो उ संगै हिडे र जाँच्ने लाईनमा गएर वसे म ढुक्क थिए मेरो नेगेटिभ आउछ भनेर मलाई केही समस्या थिएन अनी हामि सवैले जचाँयौ म संगै जाने सरोजको नेगेटिभ आयो मेरो पोजेटीभ मलाई डाक्टर रेमकुमार राई र डाक्टर राजेन्द्र लामाले अलि भिन्न बस्नु भन्नु भयो अनी जाँच्दै जाँदा कुल जाँचेको मध्ये विदुर नगरपालीका वडा नं. २ का वडा अध्यक्ष आदरणिय वुवा विरेन्द्र शाहि, एम्वुलेन्स चालक साथी निकेस कुमार भट्टराई र एम्वुलेन्स चालक दाजु राजकुमार घर्तिको रिपोर्ट पोजेटीभ आयो ।

सवैजना गई सकेपछी मैले डाक्टर संग सर मेरो फेरी एकपटक जाँच्न पर्यो हामी सवैको मलाई विश्वास छैन भन्दा हुन्छ भन्नुभयो तर दोश्रो पटक जाँचेको रिपोर्ट मैले माग्दा पि.सि.आर को लागी स्वाव संकलन तयारी गरी सक्नु भएको रहेछ र मलाई केही रिपोर्टको वारेमा जानकारी दिनु भएन । अनी डाक्टर राजेन्द्र लामा ज्यु र अर्का एक जना चिकित्सकले लामो पाइप निकाल्नु भयो छेउमा कपास हुदो रहेछ कुन चाँही नाक खुलेको छ भन्दै म भन्दा अगाडीका २ जनाको स्वाव निकाल्नु भयो उक्त स्वाव लिदा कति दुख्दरैछ भन्ने कुरा मैले मेरा साथीहरुले अगाडी गरिराख्दा देखीरहेको थीए । भित्रभित्रै भक्कानीए मच्छिन्द्र दाजुले भनेको मानेर गेट वाहीर वसेको भए मेरो के हुन्थ्यो भन्ने जस्तो लाग्यो अनी कुनै प्रतिकृया नगरी डाक्टर राजेन्द्र लामाले स्वाव निकाल्ने ठाउमा गएर वसे र डाक्टर सावले फोटो खिच्न लगाउनुभयो मैले मेरो पिडा कसैलाई देखाईन स्वाव निकाल्नको लागी यो नाकको प्वाल खुलेको छ भने डाक्टर राजेन्द्र लामाले त्याहावाट स्वाव निकाल्नु भयो ।

डाक्टर रेम कुमार राईले अव रिपोर्ट नआउन्जेल यतै वस्नुपर्छ भन्नुभयो मैले डाक्टर साव म नवुझ्ने व्यक्ति होईन म घरमानै सबै नियम पुर्यायर वस्छु भने डाक्टर रेमले हुन्छ घरमानै वस्नु भनेर मलाई पठाउनुभयो र दाजु मच्छिन्द्र नरसिंह क्षेत्रीको गाडि वोलाई अनी दाजुले मलाई मेरो घर सम्म ल्याईदिनुभयो । दाजुले अंगालो हाल्दै मेरा सवै साथीहरुलाई भन्नुभयो हेर आरडिटिको भर हुदैन यसको पिसिआर नेगेटीभ आउछ तिमिहरुले त्यस्तो व्यवहार नगर भन्नु भयो मेरा सम्पुर्ण साथीहरुले त्यस्तो व्यवहार गर्नुभएन ।

म अस्पताल वाट निस्केर घर आए घर आउदा सम्म अलिअली कल आएको थियो घर आई पुग्दा त घरमा रुवावासी रैछ सवैले तेरो छोरोलाई कोरोना लाग्यो लगायत के के भन्दै वसेका रैछन् । सर्वप्रथम मैले घरका सम्पुर्ण परिवारलाई सम्झाए अनी नुहाउन आफनै घरको छतमा गए त्याहाँ सोलार भएको कारणले तातो पानीमा नु्हाउन मन लाग्यो अनी नुहाउन लाग्दा माथिल्लाे घरका दाजुले मलाई बोलाई तिमिलाई कोरोना लागेको हल्ला छ अव मेरो नजीक साँच्चीकै नआउ है भन्नुभयो मैले केही जवाफ नदिई नुहाए अनी कोठामा थन्कीए कोठामा आउदा लगभग ९१ वटा मिस कल आएको रहेछ मलाई मान्छेले हेर्ने नजरले पो त्रसित वनायो । वेलुका अस्पतालका पुर्व अध्यक्ष भाई पारस अधिकारी ले कल गर्नुभयो दाजु तपाँई माथीनै आउनुपर्छ भनेर मलाई खवर गरीराछन् भनेर भन्नुभयो मैले कसरी वस्नु पर्छ म मेरै घरमा वस्छु मलाई केही समस्या छैन भने उहाँ ले कसरी कुरा मिलाउनु भयो मलाई थाहा छैन म अस्पतालमा जानु परेन ।

अनी एकातीर छर छिमेकको तनाव अर्को तिर चाँहीदो नचाँहिदो फोन कलको तनाव ले मलाई धेरै थाकेको अनुभव भयो रातभरी निन्द्रा लागेन यदि रोगै नलागेपनी चिन्ताले मरिन्छ पो जस्तो लाग्यो । भोलीपल्ट हाम्रो टोलका केही सिमित व्यक्ती मिलेर लगानी गरी त्रिशुली खोलामा वोरीङ गरी खानेपानी घरमानै ल्याएका थीयौ । मेरो घर वरपर त्यो पानी कसैले ल्याउनुभएको छैन र विहान सवैजना खानेपानी थाप्न मेरो घरमा आउनुहुन्यो अघीपछी त्यस दिन कोही पनी आएनन् । म वाहिर ट्वाईलेट जादा पल्लोघर वाहिर वसेका व्यक्ति म ट्वाईलेट वाट निस्कदा भित्र छिरीसकेछन् अनी यस्ता कुराले धेरै तनाव वनायो मेरो घरमा किराना पसल छ किन्न कोहि आउन छोड्यो ।

यस्तो तनावका विचमा पनी मलाई फोन गरी म्यासेज गरी हौसला दिनुहुने आदरणीय दाजुहरु उपेन्द्र वुढाथोकी, मच्छिन्द्रनरसिंह प्याकुरेल, रामहरी न्यौपाने, ध्रुव कुमार रावल, हरिजंग पाण्डे, परशुराम श्रेष्ठ भाईहरु पारस अधिकारी, नमराज सुवेदी, सरोज लामालाई धेरै सम्झन चाहेको छु । साथै मेरो हरपलको जानकारी लिई मलाई साथ दिनुहुने नुवाकोट जेसीजका पुर्व अध्यक्षद्धय जेसीज मित्र रविन पोख्रेल सर र दाजु दुर्गाराज पाठकलाई पनी धेरै सम्झन चाहेको छु र जस्तो सुकै परिस्थीतीमा पनी मेरो साथ नछोडेको भाई विजय लामीछानेलाई पनी धेरै सम्झन चाहान्छु ।

भोलीपल्ट म लगाएत सवैको पिसिआर रिपोर्ट नेगेटीभ आयो भन्ने हल्ला आयो तर त्यसको वारेमा सत्य तथ्य जानकारी भएन त्यत्ति वेला सम्म मलाई के लागेको थीयो भने हामिमा अझै पनी जनचेतनाको कमी रहेछ कुन रिपोर्ट ले के हुन्छ भन्ने अझैपनी कसैलाई जानकारी रैन रहेछ । यस्तो तनावका वावजुत मेरो परिवारका सदस्यलाई पटक-पटक कल गरी अनावस्यक तनाव दिनुहुने मेरा आफन्त तथा शुभेच्छुकहरुलाई पनि अब त मलाई बुझिदिनुहुनेछ भन्ने अपेक्षा सहित धेरै धेरै धन्यवाद ।

जिवन भोगाईको वारेमा र सुख दुखको वारेमा धेरै ज्ञान थियो तर त्यो साँच्चै कस्तो हुन्छ भन्ने आज सम्म लागेको थिएन साँच्चीनै आज जिवनको वारेमा वुझ्दै छु । जिवनमा कस्ता कस्ता कुराको सामना गर्नुपर्र्दो रहेछ भन्ने कुरा आज जानकारी हुदै छ । म अव सामाजीक कार्यमा संधै लागी रहने छु मलाई त यो रोग छैन मेरा आफन्त, टोल छिमेकी लगायत अन्य व्यक्तिहरुलाई यस रोग तथा अन्य कुनै समस्या परेमा संधै साथ दिने वचन प्रतिवद्धता व्यक्त म एक चेतनशिल मानव हु संधै मानविय सेवामा लागी कार्य गर्नेछु ।

मानवताको सेवानै जिवनको सर्वोतम कार्य हो ।

धन्यवाद

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा ३९ वर्षिय एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडाैँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए । ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ काठमाडौँ लैजाने तयारी गरिएको छ । कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेदै आएक थिए । आज अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक पुष्टि गरेको हाे ।

रानीपौवा । विश्वभर फैलिएको कोराना रोगको भाईरसको संक्रमण नियन्त्रण तथा रोकथाम प्रभावकारी बनाउन ककनी गाउँपालिकाले आगामी जेठ १२ गतेसम्मको लागी लकडाउन थप गरेको छ ।

आज बसेको स्थानीय विपद् व्यावस्थापन समितिलको बैठकले नेपाल सरकारले यही जेठ ५ गतेसम्मको लागी लगाएको लकडाउन कार्यान्वयन हुने र त्यसपछि पनि रोगको जोखिम कायम हुने देखिएको भन्दै ककनी गाउँपालिकाले आफ्नो पालिकाभित्रका आठवटै वडामा जेठ १२ सम्म लकडाउन लगाएको अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको अध्यक्ष लामाले ‘टपनेपालन्यूज डट कम’संग कुरागर्दै काठमाडौ उपत्यकासंग जोडिएको नाका भएका कारण पैदल र सवारी साधनको आउजाउ नियन्त्रण गर्न ५ देखि १२ गतेसम्म एम्बुलेन्स बाहेक अरु सबै किसिमका सवारीसाधन सञ्चालन गर्न नपाउने नियम बनाई लकडाउनलाई कडाईको साथ कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिनुभएको छ ।

ककनी गाँउपालिकाले यही जेठ ५ गतेदेखि एक सातासम्मको लागी लकडाउन जारी राख्ने निर्णय गरेसगै काठमाडौ उपत्यकाको फोहोर बिसर्जनको काम पनि प्रभावित बनाउन लागिएको छ ।

ककनी गाँउपालिकाले एम्बुलेन्स बाहेक तरकारी, दुध, फलफुल, फोहार खाद्यान्न लगायतका सामाग्रि बोकेका सवारी समेत चल्न नदिने निर्णय गरेसगैँ उपत्यकाको फोहर नुवाकोट ल्याएर बिसर्जन गर्न नपाइने भएको छ ।

काठमाडौ महानगरपालिकाको सरसफाईको क्षेत्र सहित महानगरका कर्मचारी समेत गरेर ३१ जनामा किट परीक्षणको क्रममा कोरोना रोगको सक्रमण देखिएसगैँ उपत्यकाको फोहर ल्याउन समेत रोक लगाउने ककनी गाँउपालिकाको अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभएको छ ।

काठमाडौमा एकपछि अर्को गर्दै कोरोनाबाट सक्रमित हुनेको सङ्ख्या बढिरहेको र नुवाकोट ल्याउने फोहर संकलनम खटिने कर्मचारीलाई समेत रोग देखिएपछि नुवाकोटमा बढेको जोखिम घटाउन ककनी गाँउपालिकाले बाध्य भएर लकडाउन १२ गतेसम्मको लागी घोषणा गर्नुपरेको जनाएको छ ।

काठमाडौं महानगरपालिको सरसफाई क्षत्रेमा संलग्न ३१ जना सफाईकर्मीमा कोराना भाइरसको आरडिटी किट परीक्षणमा कोरोना रोगको सक्रमण देखिएको पाइएपछि ककनी गाउँपालिकाले यही जेठ ५देखि रोगको सक्रमण जिल्लाम भित्रन नदिनको लागी लकडाउन थप गर्नुपरेको जनाएको छ ।

उपत्यकाको तीन जिल्लामा उत्पादन हुने करीब एक हजार टन फोहर नुवाकोटको ककनी गाउँपालिकाको वडा नं. १ र २ ओखरपौवार वडा नं. ३ चाउथे तथा धादिङको धुनवेशी नगरपालिकाको वडा नं. १ र २ मा फालिदै आएकोमा सबैपक्षबाट रोक लगाउनको लागी दिइएको दबाबले ककनीले लकडाउन थप र एम्बुलेन्स बाहेक अरु सवारी साधन सबै ठप्प बनाउने सहितको निर्णय गरेको हो ।

नुवाकोट । सूर्यगढी गाँउपालिका वडा नं. ४ र म ५ जोड्ने दाम्रो खोलमा ढेड महिनामै नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । यसअघि रहेको पुल गएको माघमा क्षति पुगेपछि गाँउपालिकाको अध्यक्ष शन्तबहादुर घले र उपाध्यक्ष मुञ्जु बुढाथोकी सहित दुई वडाका वडाध्यक्षहरुको पहलमा विशेष योजना मार्फत बिनियोजित गरिएको सात लाख रुपैयाँ र ५० हजार रुपैयाँ बराबरको श्रमदान समेत गरेर चैत २ गतेबाट सुरु भएको झोलुङ्गे पुलको निर्माण जारी रहेको बन्दाबन्दीको समयमा पनि डेढ महिनाको टोटो अवधिमै कार्यसम्पन्न गरेर आज उद्घाटन गरिएको हो ।

नयाँ पुलको उद्घाटन गर्दै गाँउपालिकाको अध्यक्ष घलेले जनताको माग र आवश्यकताको लागी काममा गुणस्तर र छिटो काम गरेर लाभ पुराउनको लागी आफ्नो लक्ष्य अनुसा पुल निर्माण समितिलाई गरेको कामको प्रशंसा गर्नुभएको छ । उपाध्यक्ष मञ्जु बुढाथोकीले छोटो अवधिमा निर्माण र काममा भएको गुणस्तर तथा स्थानीबायसको श्रमदानले बनेको पुलबाट गाँउपालिकालाई हौसला मिलेको बताउनुभएको छ । सामाजिक दुरी कायम राखेर तथा कोराना रोगको सक्रमणबाट सुरक्षित रहने उपाय अवलम्वन गर्दै आयोजित पुल उद्घाटन कार्यक्रमा वडा नं. ४ का वडाध्यक्ष रामकुमार गिरी, वडा नं. ५ का वडाध्यक्ष भैरवबहादुर अधिकारी, दुवै वडाका वडासदस्यहरु, काँग्रेस ४ नं. वडा सभापति रामशरण राई, ५ नं. वडासभापति रामचन्द्र बोगटी लगायतको सहभाििगता रहेको थियो ।

लकडाउनको समयमा निर्माण सामाग्रि खरिद र ओसारपासरमा करीब एक महिना काम गर्न समस्या हुदाँ पनि दुई महिना नपुग्दै पुल सम्पन्न हुनुमा स्थानीयबासीको श्रमदान र सहयोगको उपलब्धी रहेको ‘वडा नं. ४ र ५ जोड्ने दाम्रे खोला झोलुङ्गे पुल निर्माण समितिमा अध्यक्ष बासुदेव लम्सालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार मोटरसाइकमा सवार मानिस समेत तर्न सक्ने गरेर बनाइएको पुल निर्माणले चार हजार भन्दा बढी स्थानीयबासीले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने देखिएको छ । पुल निर्माणले सूर्यगढी गाँउपालिका वडा नं. २ को फटपुर, वडा नंं ४ को अचाने, बेलडाँडा, हिरामुनीटार, वडा नं.५ को खारे र ढाडे तथा तादी गाँउपालिका वडा नंं. ६ काे स्याङ्ले र गौरीगाँउका बासिन्दालाई आउजाउ गर्न सहजता पुगेको छ ।

नुवाकोट । एभरेष्ट बैंक दुप्चेश्वर समुन्द्रटार शाखाले वडा नं. १ र ७ का २५ जना सुत्केरीलाई राहत सामाग्रि उपलब्ध गराएको छ । गाउँपालिकाको एकद्धार प्रणाली अन्तरतग बैंकले उपलब्ध गराएको राहत सामाग्रि गाँउपालिको अध्यक्ष योबिन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य मार्फत सुत्केरीलाई घरघरमै पुगेर राहत सामाग्रि उपलब्ध गराइएको हो ।

एभरेष्ट बैंक समुन्द्रटारका शाखा प्रमुख सुरज केसी सहित पालिकाको अध्यक्ष, उपाध्यक्ष र सम्बन्धित वडाका वडाध्यक्षहरु मार्फत वडा न.ं १ का १८ जना र वडा नं.७ का ७ जना सुेत्केरीलाई जनही चामल १० किलो, तेल एक लिटर, मस्यौरा आधा किलो, नुन १ किलो, नुहाउन साबुन २ थान र दाल एक किलो उपलब्ध गराइएको हो ।

जारी रहेको बन्दाबन्दीको समयमा सुत्केरीलाई पौष्टिकयुक्त खाना र खाद्यान्ननमा सहजता पुराउने उद्देष्यले एभरेष्ट बैंक कर्मचारी परिवारले देशभरि नै लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका विपन्न, असहाय, दैनिक ज्याला मजुदुरी व्यक्ति तथा परिवारका लागी सहयोग गर्ने कार्यक्रम अन्तरगत २५ जना सुत्केरीलाई राहत दिएको शाखा प्रमुख सुरज केसीले बताउनुभएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सातै वटै प्रादेशिक कार्यालय मार्फत प्रत्येक प्रदेश सरकारलाई यसअघि ६ लाख रुपैयाँको दरले ४२ लाख रुपैयाँ केन्द्रीय सरकारलाई ६० लाख सहित एक करोड २ लाख रुपैयाँ कोरोना रोगको सक्रमण नियन्त्रणको लागी सहयोग पुराएको थियो ।

नुवाकोट । दुप्चेश्वर गाँउपालिकाको वडा नं. १ घ्याङफेदीमा वडा कार्यालयको नयाँ भवन बनाउन थालिएको छ । करीब ९१ लाख रुपैयाँ लागानीमा निर्माण थालिएको नयाँ भवनको आज जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले शिलान्यास गर्नुभएको हो ।

जिसस नुवाकोटको ५४ लाख रुपैयाँ र बाँकी गाँउपालिकाको लगानीमा निर्माण थालिएको भवनलाई तोकिएको अवधि आगामी असोज भित्रै कार्य सम्पन्न गर्न जिसस प्रमुख सन्तमान तामाङले निर्माण व्यावसायीलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले भाडाको भवनबाट सेवा दिदै आएको वडा कार्यालयलाई नयाँ भवन र्मिाण पछि जनतालाई प्रवाह गर्ने सेवा गुणस्तर र सरल बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ । उहाँले आफ्नै भवन नभएका अन्य वडामा पनि क्रमशः भवन निर्माणमा गाँउपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

एस.के निर्माण सेवा मार्फत बनाउन लागिएको भवनमा ६ कोठाको ढेड तले पक्कि भवन रहने बताइएको छ । नयाँ भवन शिलान्यास कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले नयाँ भवन अपाङ्गतामैत्री बनाउन लागिएको बताउनुभएको छ । भवन शिलान्यास कार्यक्रममा गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारी, वडा नं. १ का वडाध्यक्ष सुनबहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।

नुवाकोट । दुप्चेश्वर गाँउपालिकाको वडा नं. २ ओढोरेको माइली तामाङको दुवै मिर्गौला खराबीको कारण मृत्यु भएको छ ।

दुवै मिर्गौलामा खराबी देखिएपछि चैत पहिलो साता उपचारको लागी भारत गएपनि त्यहाँ कोरोना रोगको सक्रमणको कारण मिर्गौला फेर्नको लागी दाता खोजेर लैजान र रकम अभावले समयमै धरौटी रकम राख्न नसकेपछि घरर फर्कदै गर्दा आज बेलकोटगढी नगरपालिका वडा नं. ५ को कोप्पुटारमा आइपुगेपछि मृत्यु भएको गाँउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ ।

उनको दुवै मिर्गौलामा खराबी देखिएपछि गाँउपालिकाको तर्फबाट सहयोग उपलब्ध गराउन पहल भइरहेपनि भारतमा उपचाररत अस्पतालले नेपाल फर्कन भनेपछि उहाँकै पहलमा घरमा ल्याउन लागिएको समयमा बीचबाटेमा नै मृत्यु भएको हो ।

समयमै रोग पत्ता लाग्न नसकेको र आर्थिक अभावले ४८ वर्षका माइली तामाङले उपचार सेवा नपाएर मृत्यु भएको भन्दै गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले दुःख व्यक्त गर्नुभएको छ । उनको शवको आजै अन्तिम दाहसँस्कार गरिएको परिवारले जनाएका छन् ।

विदुर । नुवाकोट जेसिजको आयोजनामा नेपालभरका जेसिज सहभागी भएको एक दिने ‘टी ब्याग’ लिडरसिप तालिम सम्पन्न भएको छ । कोरोना रोगको सक्रमणको कारण जुम प्रविधि मार्फत सञ्चालन भएको तालिममा सहभागीलाई जेसिआई सिनेटर सन्तोष कुमार पीले सहजिकरण गर्दै लिडरसिपको विकासमा अपनानउन सकिने जानकारीको सिकाई आदानप्रदान गरिएको आयोजक नुवाकोट जेसिजका अध्यक्ष श्रीकृष्ण आचार्यले जानकारी दिनुभएको छ ।

नेपालको ७७ जिल्लाका जेसिज अध्यक्ष सहित प्रतिनिधिको सहभागिता रहेका लिडरसिप तालिममा सन् २०१० का भारतीय जेसिजका अध्यक्ष समेत रहनुभएका सन्तोष कुमार पीले नेतृत्वको विकासको लागी आफूमा रहेको अन्तनिहित प्रतिभालाई प्रष्फुटन गराई समाज, राष्ट्र र विश्व समुदायमा योगदान पुर्याउनको लागी आह्वान गर्नुभयो । जेसीज एउटा खुला विश्वविद्यालय र आबद्ध सदस्यहरु सबै यसका विद्यार्थी भएकाले पढाईको विषयवस्तु नेतृत्व र व्यक्तित्वविकास लिडरसिपको लागी अतिआवश्यक गुण हुनपर्नेमा जोड दिनुभयो ।

१८ देखि ४० वर्ष भित्रका युवा सदस्यहरूको अन्तर्राष्ट्रिय संस्थाको रुपमा रहेका जेसिज व्यक्तित्व तथा नेतृत्व विकासको लागि समर्पित रहदै आएको छ । यसले जेसीज जात, धर्म, बर्ग तथालिङ्गमा भेदभाव नगर्ने भएलको पवित्र सँस्थाको रुपमा लिने गरिएको छ । यसमा आबद्ध सदस्यहरुलाई नेतृत्व र व्यक्तित्वविकास, विभिन्न तालिम,आत्मविश्वास बढाउन जोड दिने गरेको छ ।

विदुर । विदुर नगरपालिका वडा नंं २ स्थित ‘आमाको माया छात्राबास’लाई दुई समाजसेवीहरुले पुग्ने खाद्यान्न सहयोग उपलब्ध गराएका छन् ।

विदुर नगरपालिका वडा नं. ४ निवासी समाजसेवी रुक्मेणी सेढाई र उहाँको साथी गुल्मी जिल्ला घर भएर अहिले अमेरिकामा बस्दै आउनुभएका कोपिला गौतमले ‘आमाको माया’ छात्रावासमा आश्रित बालकहरुको लागी आज खाद्यान्न सामाग्रि बालगृहका सञ्चालक सोमप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

अमेरिका निवासी कोपिला गौतमले उपलब्ध गराउनुभएको चामल ११ बोरा, तेल एक बाकस, दाल एकबोरा, मस्यौरा एक बोरो प्रदान गरिएको हो । यसैगरी, बट्टार निवासी जयगणेश सहकारी सँस्थाका शेयर सदस्य समेत रहनुभएका समाजसेवी रुक्मेणी सेढाई मार्फत दुई सिलिण्डर ग्याँस र एक बाकस विस्कुट बालगृहलाई उपलब्ध गराउनुभएको हो । बट्टार निवासी समाजसेवी रुक्मेणी सेढाईले बालगृहमा आश्रित बालगृहको लागी सहयोग पु-याउन अमेरिकी निवासी आफ्नो साथी मार्फत समेत सहयोग उपलब्ध गराएर अभिभावक नभएका तथा भएर पनि खान र बस्ने वातावरण नभएका बालबालिकालाई सहयोग गर्ने उद्देष्यले आमाको माया छात्राबासलाई सहयोग गरेको बताउनुभएको छ ।

छात्राबासका बालबालिकालाई खाद्यान्न सामाग्रि सहयोग प्रदान गर्न रेडियो चिम्टेश्वरका अध्यक्ष तथा जयगणेश सहकारी सँस्थाका सचिव प्रकाशकुमार अधिकारी, नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं. २ का सभापति जगतबहादुर तामाङ, वडा नं .२ का वडासदस्य राधाकृष्ण भण्डारी लगायतको सहभागिता रहेको थियो । दाताहरुबाट प्राप्त भएको खाद्यान्न र ग्याँसले बालगृहमा अहिले आश्रित २४ जना बालकहरु रहेकाले उनीहरुको लागी दुई महिनाको लागी राहत पुग्ने बालगृहका सञ्चालक सोमप्रसाद पाण्डेले बताउनुभएको छ । जनजाती कल्याण आश्रम नेपाल मार्फत सञ्चालित नुवाकोट जिल्लाकै एकमात्र बालगृह ‘आमाको माया छात्रावास’लाई सरकारी सहयोग प्रभावकारी नहुदाँ दाताले उपलब्ध गराएको सहयोगबाट सञ्चालनमा रहेको छ ।