गल्छी देखि मैलुङसम्मको आठ वटा पक्कि पुल निर्माणले तिब्रता पायो

जेष्ठ १४, २०७७ मा प्रकाशित | 1693 views

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छीदेखि मैलुङसम्मको आठवटा पक्कि पुल निर्माण कार्य कोरोना सक्रमणका बीच स्वास्थ्य सुरक्षामा उच्च सतकर्ता अपनाई काम तिव्र गतिमा अघि बढाइएको छ ।

कोरोना भाइरसका कारण अधिकांश ठाउँमा कामदारको अभावले निर्माणका गतिविधिहरु रोकिएपनि गल्छीदेखि मैलुङसम्मको आठवटा पक्कि पुल निर्माणले भने तिब्रता पाएको हो । स्थानीय १५० भन्दा बढी कामदार पुल निर्माणको काममा खटिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार धादिङको गल्छीस्थित महेशखोला, नुवाकोटको कोल्पुटार स्थित कोल्पु खोला,रातामाटे स्थित ठुलो खोला, गेर्खुखोला स्थित गेर्खुखोला, रसुवा र नुवाकोटको सिमाना बेत्रावती स्थित फलाखुखोला, नयाँपुल स्थित त्रिशुली नदी, चिप्लेटी स्थित त्रिशुली नदी र रसुवाको मैलुङ स्थित ठाडो खोलामा पक्कि पुल निर्माण भइरहेको छ ।

निर्माणाधीन पुलको स्टिम ढलान, नदी नियन्त्रण, सडक, फुटपाथ रेलिङ निर्माण, खोला स्याल्ब ढलान, जग ढलान र वीन वाल लगाउने काम अहिले पनि स्वास्थ्य सतकर्तामा ख्याल गर्दै भइरहेको छ । गल्छी देखि मैलुङसम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भएपनि अहिले ८ स्थानमा मात्र पुल निर्माणको भईरहेको छ । सुरक्षित तरीकाले भइरहेको काम आगामी पुष मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भएकाले पनि कोरोनाको सक्रमणको समयमा कामलाई तिव्र बनाइएको छ ।

पुलको जस्तै योजना अन्तरगतको सडक विस्तारको काम पनि जारी रहेको छ ।  सडक अन्तरगत बेलकोटगढी नगरपालिकाको वडा नं.७ कल्चौडेको भीर काट्ने, केही स्थानमा कालोपत्रे गर्ने काम भइरहेको छ । आयोजनाको समग्र काम दुई तिहाई पूरा हुनलागेसगैँ प्रगति सन्तोषजनक रहेको जिल्लाका जनप्रतिनिधि लगायतका सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web