कोरोनाको सक्रमण रोक्न ककनीले लकडाउन १२ गतेसम्म बढायो

जेष्ठ ३, २०७७ मा प्रकाशित | 1794 views

रानीपौवा  । विश्वभर फैलिएको कोराना रोगको भाईरसको संक्रमण नियन्त्रण तथा रोकथाम प्रभावकारी बनाउन ककनी गाउँपालिकाले आगामी जेठ १२ गतेसम्मको लागी लकडाउन थप गरेको छ ।

आज बसेको स्थानीय विपद् व्यावस्थापन समितिलको बैठकले नेपाल सरकारले यही जेठ ५ गतेसम्मको लागी लगाएको लकडाउन कार्यान्वयन हुने र त्यसपछि पनि रोगको जोखिम कायम हुने देखिएको भन्दै ककनी गाउँपालिकाले आफ्नो पालिकाभित्रका आठवटै वडामा जेठ १२ सम्म लकडाउन लगाएको अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको अध्यक्ष लामाले ‘टपनेपालन्यूज डट कम’संग कुरागर्दै काठमाडौ उपत्यकासंग जोडिएको नाका भएका कारण पैदल र सवारी साधनको आउजाउ नियन्त्रण गर्न ५ देखि १२ गतेसम्म एम्बुलेन्स बाहेक अरु सबै किसिमका सवारीसाधन सञ्चालन गर्न नपाउने नियम बनाई लकडाउनलाई कडाईको साथ कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिनुभएको छ ।

ककनी गाँउपालिकाले यही जेठ ५ गतेदेखि एक सातासम्मको लागी लकडाउन जारी राख्ने निर्णय गरेसगै काठमाडौ उपत्यकाको फोहोर बिसर्जनको काम पनि प्रभावित बनाउन लागिएको छ ।

ककनी गाँउपालिकाले एम्बुलेन्स बाहेक तरकारी, दुध, फलफुल, फोहार खाद्यान्न लगायतका सामाग्रि बोकेका सवारी समेत चल्न नदिने निर्णय गरेसगैँ उपत्यकाको फोहर नुवाकोट ल्याएर बिसर्जन गर्न नपाइने भएको छ ।

काठमाडौ महानगरपालिकाको सरसफाईको क्षेत्र सहित महानगरका कर्मचारी समेत गरेर ३१ जनामा किट परीक्षणको क्रममा कोरोना रोगको सक्रमण देखिएसगैँ उपत्यकाको फोहर ल्याउन समेत रोक लगाउने ककनी गाँउपालिकाको अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभएको छ ।

काठमाडौमा एकपछि अर्को गर्दै कोरोनाबाट सक्रमित हुनेको सङ्ख्या बढिरहेको र नुवाकोट ल्याउने फोहर संकलनम खटिने कर्मचारीलाई समेत रोग देखिएपछि नुवाकोटमा बढेको जोखिम घटाउन ककनी गाँउपालिकाले बाध्य भएर लकडाउन १२ गतेसम्मको लागी घोषणा गर्नुपरेको जनाएको छ ।

काठमाडौं महानगरपालिको सरसफाई क्षत्रेमा संलग्न ३१ जना सफाईकर्मीमा कोराना भाइरसको आरडिटी किट परीक्षणमा कोरोना रोगको सक्रमण देखिएको पाइएपछि ककनी गाउँपालिकाले यही जेठ ५देखि रोगको सक्रमण जिल्लाम भित्रन नदिनको लागी लकडाउन थप गर्नुपरेको जनाएको छ ।

उपत्यकाको तीन जिल्लामा उत्पादन हुने करीब एक हजार टन फोहर नुवाकोटको ककनी गाउँपालिकाको वडा नं. १ र २ ओखरपौवार वडा नं. ३ चाउथे तथा धादिङको धुनवेशी नगरपालिकाको वडा नं. १ र २ मा फालिदै आएकोमा सबैपक्षबाट रोक लगाउनको लागी दिइएको दबाबले ककनीले लकडाउन थप र एम्बुलेन्स बाहेक अरु सवारी साधन सबै ठप्प बनाउने सहितको निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web