काठमाडौ । कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ ।

विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन् ।

मीठो मानेर खाए : जोशी

काठमाडौँं उपत्यकावासीले वर्षौंअघि नै सलहलाई हाँडीमा भुटेर खाएको इतिहास छ । १०१ वर्षीय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा सलह आएको उतिबेलै देख्नुभयो । उहाँले त्यतिबेला सलह पोलेर अनि हाँडीमा भुटेर काठमाडौँका मानिसले खाएको समेत देख्नुभएको छ ।

उहाँका अनुसार सलह आकाशै ढाकेर आएका थिए । करोडौँ सङ्ख्यामा थिए भन्ने उहाँको अनुमान छ । उहाँ सलहले बादल जस्तै सूर्य नै नदेखिने अँध्यारो बनाइदिएका थिए भनेर स्मरण गर्नुहुन्छ । सलह जहाँ बस्यो रुखपात, धान बाली त्यहाँको हरियाली सखाप बनेको उहाँ सम्झनुहुन्छ । उपत्यका त्यो समय खेत नै खेत अनि वरिपरि हरियाली जङ्गलले भरिएको थियो । सलहले खाएपछि बुच्चे र ठुटे बोटबिरुवा हेरेर किसान दिक्क भएका थिए ।

उहाँका अनुसार काठमाडौँका विभिन्न स्थानका मानिसले सलह समाते । त्यति मात्र होइन सडकमा लहरै भाग लगाएर बेच्न पसल नै थापे । शताब्दी पुरुष जोशी आफू खाने अनि मसला हालेर मीठो बनाएको सलह अरूलाई बेचेर चखाएको मैले देखेको हुँ भन्नुहुन्छ । एक भागको दुई पैसादेखि चार पैसा सम्ममा बेच्ने गरेका थिए । उहाँको कथनले नेपालमा सलहले आतङ्क मच्चाएको र मानिसले खाएको पनि पुष्टि हुन्छ । सरदार भीमबहादुर पाँडले त्यस बखतको नेपाल पुस्तकमा वि. सं. १९८५ मा आकाशै ढाक्ने गरी नेपालमा सलह आएको उल्लेख गर्नुभएको छ । उहाँले सलहले अनिकाल नै पारेको र मानिसले सलह खाएको पनि चर्चा गर्नुभएको छ ।

के साँच्चै सलह खान हुन्छ त ?

पछिल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ । सलह खान हुन्छ भन्नेले खान थालेका छन् । खान हुन्न कोरोना जस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान प्रेरित गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका कीट विज्ञ डा. प्रेमबहादुर बुढा सलहमा उच्च प्रोटिन हुने भएकाले खान हुने बताउनुहुन्छ । सलह भगाउन प्रयोग गरिने विषादी र विभिन्न देश डुलेर आएकाले यसमा रोग वा भाइरसको अंश हुन्छ कि भन्ने मानिसमा एक प्रकारको आशङ्का रहेको छ तर उहाँ त्यो कुराले महìव नराख्ने उल्लेख गर्नुहुन्छ । उहाँले कहीँ कतै विषादी प्रयोग गरिएको सुनिएको छ तर त्यसले सलहलाई खासै असर गर्दैन, नेपालको परम्परागत समाजमा यस्ता कीरा खाने चलन छ भन्नुभयो । वर्षा मौसम रहेको र उड्ने कीरा भएकाले विषादीको असर नरहने दाबी गर्नुभयो ।

उहाँका अनुसार नेपालमा आएको सलह तेस्रो जेनेरेसनको हो । अफ्रिकाबाट उडेको सलहको तेस्रो पुस्ता भएकाले भाइरसजन्य सङ्क्रमणको सम्भावना न्यून रहेको उहाँको भनाइ छ ।

अर्का कीट विज्ञ सञ्जय विष्टले मानिसले खान हुने÷नहुने सुुझाव नदिने तर कुखुरा र हाँसका लागि दानाका रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । किसान र उद्यमीलाई त्यही सुझाएको जानकारी दिनुभयो ।

बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकले जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरु मध्ये एक जनालाई बर्षेनी क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने भएको छ । दैनिकका सम्पादक बिष्णु चालिसेका अनुसार यसबर्ष उक्त पुरस्कारबाट नुवाकोटको पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशिल देबचन्द्र भट्टलाई प्रदान गरिने भएको छ । २५ हजार रुपैया पुरस्कार राशीको उक्त पुरस्कार आगामी साउन ६ गते पत्रिकाको दोस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गरिने समेत सम्पादक चालिसेले जानकारी दिएका छन् ।

नुवाकोट । लेखक तथा पत्रकार नारायण नेपालको जागरण गीत विदेशी हैकम सार्वजनिक भएको छ । संगीत दिवसको अवसर पारेर गीत युटुबमार्फत सार्वजनिक भएको हो । भारतद्धारा अतिक्रमित भूमि, मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी विवाद लगायत राष्ट्रियताको बिषयमा नेपालीलाई जागरण गराउने भाव बोकेको गीत गायीका ममता खड्काको आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।

नारायण नेपालको शब्दमा नारायण दंगालले संगित भरेका छन् । उठ जाग नेपाली जनता हो बोलको गीतमा ममता खड्का र दामोदर न्यौपानेको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा गायकद्धय खड्का र न्यौपानेसहित दीपक लामा, सम्राट घिमिरे, दिप शेर्पाली लगायतले अभिनय गरेका छन् । म्युजिक भिडियो दिप शेर्पालीले निर्देशन गरेका हुन् ।

देशमा विकसित पछिल्लो घटनाक्रम अनुसार जनतामा जागरण भाव जगाउन गीत निकालेको गीतकार नेपालले बताएका छन् । विश्व नै कोरोना महामारीबाट ग्रस्त भएको बेलामा भारतले नेपालीभूमिमाथीको अतिक्रमण तिव्र पारेको, बर्षौदेखि राज्यसञ्चालकबाट नै महत्वपूर्ण भूमि बेच्ने काम भएको लगायतका गम्भिर बिषयमा गीतमा समावेश भएको उनले बताए । नेपाली खोलानाला नदिसमेत विदेशीको कब्जामा पुगेको, सिमानाका बासिन्दा सास्तीमा रहेको भाव गीतमा झल्काइएको छ ।

नेपाली राजनीतिमा जनतालाई राष्ट्रवादको नारा÷भाषण सुनाएर जनताको सास्ती र भूमिमाथीको अतिक्रमणमा भने राज्यसञ्चालकले केही गर्न नसकेको आक्रोस गितमा पोखिएको छ ।

विदेशी हैकम सहनुहुँदैन, एकजुट भएर प्रतिकार गर्नुपर्छ भन्ने सन्देश गीतबाट दिन खोजीएको छ । गितकार नेपालले यसअघि एनसेलको करछुट बोलको अडियो गीत निकालीसकेका छन् भने नेपालले नेपाली विद्यार्थी राजनीति, साहित्य, यात्रा संस्मरण लगायतका बिषयमा विभिन्न पुस्तक लेखिसकेका छन् ।

वुवा हेम बहादुर भण्डारी र आमा पदमकुमारी भण्डारीका माइला छोरा स्व.अर्जुन बहादुर भण्डारीको जन्म वि.सं. २०१० साल फाल्गुण ६ गते हालको विदुर नगरपालिका वडा नं. ९ आँगापुटार, नुवाकोटमा भएको हो । मध्यम वर्गीय परिवारमा जन्मिएका अर्जुन बहादुर भण्डारीको वाल्यकाल राम्रै संग बित्यो । शैक्षिक जागरण आइरहेको त्यसबेला उहाँको प्राथमिक तहको शिक्षा आफ्नै छिमेकको विद्यालय हालको श्री सुलक्षण माध्यमिक विद्यालय, विदुर ९, आँगापुटारमा भएको हो भने माध्यामिक तहको अध्ययन श्री त्रिभूवन त्रिशुली माध्यामिक विद्यालय, त्रिशुलीमा भयो । उच्च शिक्षातर्फ आई.कम र वि.कम. सरस्वती बहुमुखी कलेज, काठमाण्डौमा भयो भने वी.एड. को अध्ययन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भयो ।

उहाँको ३ भाइ र २ दिदीवहिनी हुनुहुन्छ । दाजु अमृत बहादुर भण्डारी र भाइ रामराजा भण्डारी हो भने दिदी केदार कुुमारी पाण्डे र बहिनी मैया थापा हुनुहुन्छ । २०३४ सालमा निर्मला भण्डारी संग उहाँको विवाह भएको हो । उहाँको २ छोरा अन्जल र राजु हुनुहुन्छ भने २ छोरीहरु अन्जना र उषा हुन् ।

कमरेड अर्जुन बहादुर भण्डारी २०३८ सालमा गठित नेपाल कम्युनिष्ट पार्टी (चौम) का संस्थापक हुनुहुन्थ्यो र त्यसपछि नेकपा (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), नेकपा (माओवादी केन्द्र) का जिल्ला, अञ्चल र प्रदेश स्तरका विभिन्न जिम्मेवारीमा रहनु भएको थियो । पछिल्लो अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रस्तावित जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रका सदस्य हुनुहुन्थ्यो । कुनै आश र त्रासमा नफसेका अडिक खम्वा क. भण्डारी हामी सवैका लागि एक सच्चा अदर्श क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो ।

विद्यार्थी कालदेखि नै क्रान्तिकारी स्वभावका भण्डारी शिक्षण पेशामा रहँदा कम्युनिष्ट शिक्षकको परिचय बनाइसक्नु भएको थियो । निरंकुश पंचायती शासकले २०२८ सालमा नयाँ शिक्षा आन्दोलनमा ३३ दिन, २०४१ सालमा मित्रमणि आचार्य हत्याको विरुद्धको प्रदर्शनमा नेपाल ल क्याम्पसबाट पक्राउ परी ३१ दिन र २०४२ साल असारमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको समुहले गराएको वम काण्डको बहानामा गरी १ वर्ष जेल तथा हिरासतमा राखेको थियो । २०४२ सालमा सालको उक्त वम काण्डमा पक्राउ गरी चरम यातना दिइएको थियो । जसको असर पछिसम्म पनि परिरहेको थियो ।

पंचायती निरंकुशताको चरम दमन तथा अत्याचारका कारण प्रगतिशिल शिक्षकहरुलाई छानी–छानी निष्काशन गर्ने क्रममा नि.मा.शि. स्थायी शिक्षक क.भण्डारीलाई २०४१ सालमा कालिका हिमालय मा.वि., कालिकास्थान रसुवाबाट निष्काशन समेत गरियो । २०४६ सालको परिवर्तन पश्चात अदालतद्धारा पद वहाली हुनु भएका अर्जुन बहादुर भण्डारी २०५२ सालमा नि.मा.शि.शिक्षक पदबाट राजिनामा गरी गणतन्त्र प्राप्तीको आन्दोलनमा होमिनु भएको थियो । क.अर्जुन बहादुर भण्डारी जस्ता क्रान्तिकारी नेताहरुको त्याग र निष्ठाको जागरणले नेपालमा हाल प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान रहेको छ ।

हिरानाथ खतिवडा

अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

जिल्ला संगठन कमिटि, नुवाकोट ।

२०७७/२/ २४ गते, नुवाकोट ।

अब गाउघर मै बसि आफ्नो हात चलाउने रे !

अदुवा फर्सी मिठा मिठा काक्रा फलाउने रे !!

कोरोनाले सम्झाइदियो आफ्नो देशको महत्वलाइ !

संसारभर आफ्नो गाउको नाम कहलाउने रे !!

आफ्नो काम आफ्नै नाम कसैको अर्डर मान्नु छैन !

सहरिया माफियाको मन जलाउने रे !!

अब गाउमै बसि आफ्नो हात चलाउने रे !!

बाआमा साथ अनि प्रीयसीलाई काखमा !

अब आफ्नो पसिनाले बारि गलाउने रे !!

अब आफ्नै गाउ बसि हात चलाउने रे !!!

-प्रदिप नेपाल

बेल्कोटगढि ०६ नुवाकोट

नुवाकोट । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ। २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १.२५ मेगावाट संचालनमा आएको हो। सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने छ। प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ। २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो। आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए। ‘वैशाखभित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही ढिला भयो’,घिसिङले भने, ‘सोलारबाट उत्पादित विद्युत जोडिएसँगै नेपालको प्रणालीमा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बढी रहेकोमा अब ऊर्जाका विभिन्न स्रोतको विविधिकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएको छ।’

सरकारले दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजारा मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रण अनुपात लागू गरेको छ। प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेज ३३-३५ प्रतिशत, पिकिङ रन अफ द रिभर २५-३० प्रतिशत, रन अफ द रिभर ३०-३५ प्रतिशत र अन्य वैकल्पिक श्रोत ५-१० प्रतिशत बमोजिमको अनुपात कायम रहने व्यवस्था गरिएको छ। विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ। अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो। एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ। एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ। देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ।

सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकास बहादुर रघुबंशीले बताए। उनले सबस्टेसनका उपकरणहरु निर्माणस्थलमा आउने क्रममा रहेको र सिभिल संरचनाको निर्माण धमाधम भइरहेको बताएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए। त्यतिबेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको थियो।

प्राधिकरणकै स्वामित्वमा रहेको एक हजारभन्दा बढी रुख हटाउने कानुनी प्रकृया पूरा गर्न धेरै समय लागेको थियो। ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गर्यो। त्यसलाई परामर्शदाताले पटक-पटक पुनरावलोकन गरी स्वीकृत गर्न झनै समय लगाईदियो जसले गर्दा सुरुमा तय गरिएको निर्माण तालिका प्रभावित भएको रघुबंशीले बताए। विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो। सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ। कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ। कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ।

प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ। काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने छ। प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमर्स्याङ्दी,मर्स्याङ्दी, चिलिमे जस्ता अर्ध-जलाशययुक्तको जलाशयमा दिउसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने छ। जसले पिक समयको विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ।

लक डाउनकै समयमा जमुना राना र लेखनाथ आचार्यको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । बाबुराम पन्थीको शब्द तथा जमुना रानाको संगीत रहेको ‘सपनी’ बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । हुम गैरेको निर्देशनमा बनेको भिडियोलाई रबिन्द्र खड्काले छायांकन र हुम गैरेले सम्पादन गरेका छन् । सार्वजनिक भिडियोमा दिपासा बिसी र सागर सिलवाल फिचर्ड छन् । भिडियो सुजन म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो …

नुवाकोट । कोरोना (कोभिड–१९) को माहामारी विरुद्धको लड्न सांसद् बहादुरसिंह लामाले जिल्लाको सबै स्थानीयतहलाई स्वास्थ्य साहायता सामाग्रि आज उपलब्ध गराउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका लामाले व्यक्तिगत खर्चमा जिल्लाको बाह्रैवटा स्थानीयतहको लागी १५५ थान पिपिई (बुटसमेत), ५५ थान इन्फ्रारेड फोरहेड थर्मोमिटर (थर्मल गन), १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८०० थान एन–९५ मास्क, दशहजार थान सर्जिकल मास्क, पाँच हजार थान कपडाको मास्क, १०५ लिटर स्यानिटाइजर र एक थान बिग स्प्रे मेसिन प्रदान गर्नुभयो ।

जिल्ला समन्वय समितिको सभाहल विदुरमा आयोजित कार्यक्रम मार्फत सांसद् लामाले जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी बाह्रै स्थानीयतहका प्रतिनिधिलाई पाँच सेट पिपिई, दुईथान थर्मल गन, एकथान स्यानिटाइजर स्प्रे मेसिन, पाँच लिटर ह्यान्ड स्यानिटाइजर, पाँच लिटर क्लोरिनयुक्त स्प्रे स्यानिटाइजर, २० थान एन–९५ मास्क, तीनसय थान सर्जिकल मास्क र दुईसय थान कपडाको मास्क दिनुभयो ।

महामारीको समयमा सबै एक भई (सत्तापक्ष र प्रतिपक्ष नभनी) महामारी विरुद्ध लड्नुपर्ने भन्दै सम्पूर्ण राजनीतिक दल, प्रशासन, सुरक्षासंयन्त्र, सामाजिक संघसंस्था, उद्योगी–व्यापारी, सञ्चारकर्मी र नागरिकसमाजको सहकार्यले नै कोरोनाको महामारी रोक्ने सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आजै जिल्लाको विभिन्न स्थानको जिल्ला प्रवेसको नाकामा खटिएका सुरक्षा निकायका युनिट सहित जिल्लाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीको लागी पनि स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनुभयो ।

यसअघि उहाँले जिल्लाको लिखु र किस्पाङ गाउँपालिकामा रहेका स्वास्थ्यचौकी र स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क)को लागी आवश्यक पिपिई, मास्क, थर्मलगन लगायतका सामाग्रि उपलब्ध गराउनुभएको थियो ।

संसार बुझ्नै गार्हो छ ।

बुझ्न खोजो कठिन,

जति बुझ्यो उति कठिन ।

धोका दिनु हुन्न, मनले भन्छ

स्वार्थी बन्नु पर्छ, धनले भन्छ

जो मन र धनले जेलिन्छ

लफुङ्गो भएछ, जनले भन्छ

क्या गज्जब छ दुनिया हेर

कुन धर्तीको रेछ, पनले भन्छ

मानिस भएर जन्मिए पछि त

ऐस आराम गर, तनले भन्छ

जिन्दगी छिटो छ विचार गर

सितलता दिनु पर्छ, बनले भन्छ

–केशव न्यौपाने

बेलकोटगढी नगरपालिका–७ महादेवफाँट, नुवाकोट ।

गाउँ देखि सहर सम्मै कोहोनाको कहर !

गाउभर फैलने भो लाग्न थाल्यो डर !!

जनप्रतिनिधि भनौदाहरु कानमा तेल हाली बसेका छन !

आफ्नो आफ्नो सुरक्षा अब आफै आफै गर !!

सेनिटाइजर साबुनले हात धुन पर्छ !

सबै जना अब आफै सतर्क हुनु पर्छ !!

घरमै बसौ भिडभाडमा नजाउ है कोहिनी !

बाहिरबाट घर आउदा हात धुनु पर्छ!!

सबै जना अब साच्चै सतर्क हुनु पर्छ!!!

-प्रदिप नेपाल

बेलकोटगढी नगरपालिका– ६ नुवाकोट ।

पारी भिरमा पहिरो गयो

ढुङ्गाहरु गढढ गर्दै गुड्न थाले

यहाँ ढुङ्गा पनि बोल्दो रहेछ ।

त्यसैको अलि तल

बन्चरोको धारले छिया छिया हुँदै

चुईईया गर्दै ढल्यो उतिसको रुख

अरे! रुख पनि त बोल्दो रहेछ

दायाँ फर्केर बायाँ घुमेपछी देखिन्छ

एउटा चौतारो

त्यही चौतारोमा भेला भएका जनमासलाई

विकासे योजनाको फरफारकको हरहिसाब

एउटा कापीको पानामा देखाएर

अध्यक्षजीले भन्नू भो

यी हेर्नुस् त यो कागत बोल्छ ।

सडकको मोडमा उभिनुस् त

कति गाडीहरु पि पि गर्दै बोल्छन

एकछिन माथि टाउको फर्काउनुस्

आकाशमा हवाईजहाजहरु हु हु गर्दै बोल्दै जान्छन् ।

बतासहरु सुईया गर्दै बोल्छन्

चट्याङहरु बोल्छन्

खोलाको छेउमा उभिएपछी थाहा हुन्छ

खोलाहरु पनि छुट्टै अावाज निकालेर बोल्छन्

यी सबै निर्जीब बस्तुहरु त बोल्छन्

अनी भन प्रिया

तिमी चाई म सँग किन बोल्दिनौ?

@कविन्द्र घिमिरे

ककनी २ नुवाकोट

आफ्नै पखेरामा

पाखुरा बजार्ने रहर नभएको होइन

आफ्नै माटोमा

पसिना रोप्ने जाँगर नभएको होइन

उबेला,

बा ले बन्दकीमा लिएको ऋण तिर्न

प्रियसीको च्यात्तिएको चौबन्दी फेर्न

र सन्ततीको भबिस्य बोकेर

परदेशिएको- ऊ

आज देश सम्झेर -परदेशमा

भनिरहेछ, सरकार !

मर्नै परेपनि मलाई

मेरै माटोमा लगिदेउ ।

यतिखेर

संसार आतंकित छ कोरोनाले

रोजगारी गुमेको छ

अधुरै छ परिवारको चहानाहरू

आखिर ऋणको भारि त छँदै छ

यहि दुखमा

यहि पीडामा

यहि संकटमा

छिमेकी नाङ्गो हस्तक्षेप गर्छ

यो बेला

बेस्सरी दुखेको सिमानाको घाउ लिएर

बस्नै सक्दैन -ऊ

देश सम्झेर- परदेशमा

र त भनिरहेछ सरकार

मर्नै परेपनि मलाई

मेरै माटोमा सहिद हुनदेउ ।

सरकार !

यो उस्को मात्र बाध्यता होइन

यो उस्को मात्रै समस्या होइन

रेमिट्यान्सको झोलामा घुटुक्क थुक निलेर

तिमीले-

कहिल्यै सिकाएनौ

विकास र निर्माणका मुलहरू फुटाउन

स्वरोजगार र आत्मा निर्भर बन्न

र सिकाएनौ आफ्नै खुट्टाले हिंड्न

हो त्यसकै परिणाम भोग्दै छ आज-देश ।

थाहा छ

यो बेला बेस्सरी देश दुखेको छ

चारैतिर छ सन्त्राश र त्रशित छ मानव सभ्यता

र पनि

कत्ति डराएको छैन ऊ- रोगसँग

कत्ति डराएको छैन ऊ- भोकसँग

त्यसैले फेरि पनि ऊ

भनिरहेछ सरकार !

यो बेला

म र लाखौं परदेशिएका म हरूलाई

लैजाउ आफ्नै देश र राख सिमानाको क्वारेन्टाइनमा

आखिर

देश दुखेर परदेशमा

बाँचिरहँनु भन्दा मलाई

मेरै माटोमा मर्न देउ ।।

विवेक ढकाल,

-लिखु-१ ढिकुरे,नुवाकोट