हिरानाथ खतिवडाले यसरी सम्झनुभयो स्व.कमरेड अर्जुन बहादुर भण्डारीलाई

जेष्ठ २४, २०७७ मा प्रकाशित | 7117 views

वुवा हेम बहादुर भण्डारी र आमा पदमकुमारी भण्डारीका माइला छोरा स्व.अर्जुन बहादुर भण्डारीको जन्म वि.सं. २०१० साल फाल्गुण ६ गते हालको विदुर नगरपालिका वडा नं. ९ आँगापुटार, नुवाकोटमा भएको हो । मध्यम वर्गीय परिवारमा जन्मिएका अर्जुन बहादुर भण्डारीको वाल्यकाल राम्रै संग बित्यो । शैक्षिक जागरण आइरहेको त्यसबेला उहाँको प्राथमिक तहको शिक्षा आफ्नै छिमेकको विद्यालय हालको श्री सुलक्षण माध्यमिक विद्यालय, विदुर ९, आँगापुटारमा भएको हो भने माध्यामिक तहको अध्ययन श्री त्रिभूवन त्रिशुली माध्यामिक विद्यालय, त्रिशुलीमा भयो । उच्च शिक्षातर्फ आई.कम र वि.कम. सरस्वती बहुमुखी कलेज, काठमाण्डौमा भयो भने वी.एड. को अध्ययन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भयो ।

उहाँको ३ भाइ र २ दिदीवहिनी हुनुहुन्छ । दाजु अमृत बहादुर भण्डारी र भाइ रामराजा भण्डारी हो भने दिदी केदार कुुमारी पाण्डे र बहिनी मैया थापा हुनुहुन्छ । २०३४ सालमा निर्मला भण्डारी संग उहाँको विवाह भएको हो । उहाँको २ छोरा अन्जल र राजु हुनुहुन्छ भने २ छोरीहरु अन्जना र उषा हुन् ।

कमरेड अर्जुन बहादुर भण्डारी २०३८ सालमा गठित नेपाल कम्युनिष्ट पार्टी (चौम) का संस्थापक हुनुहुन्थ्यो र त्यसपछि नेकपा (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), नेकपा (माओवादी केन्द्र) का जिल्ला, अञ्चल र प्रदेश स्तरका विभिन्न जिम्मेवारीमा रहनु भएको थियो । पछिल्लो अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रस्तावित जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रका सदस्य हुनुहुन्थ्यो । कुनै आश र त्रासमा नफसेका अडिक खम्वा क. भण्डारी हामी सवैका लागि एक सच्चा अदर्श क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो ।

विद्यार्थी कालदेखि नै क्रान्तिकारी स्वभावका भण्डारी शिक्षण पेशामा रहँदा कम्युनिष्ट शिक्षकको परिचय  बनाइसक्नु भएको थियो । निरंकुश पंचायती शासकले २०२८ सालमा नयाँ शिक्षा आन्दोलनमा ३३ दिन, २०४१ सालमा मित्रमणि आचार्य हत्याको विरुद्धको प्रदर्शनमा नेपाल ल क्याम्पसबाट पक्राउ परी ३१ दिन र २०४२ साल असारमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको समुहले गराएको वम काण्डको बहानामा गरी १ वर्ष जेल तथा हिरासतमा राखेको थियो । २०४२ सालमा सालको उक्त वम काण्डमा पक्राउ गरी चरम यातना दिइएको थियो । जसको असर पछिसम्म पनि परिरहेको थियो ।

पंचायती निरंकुशताको चरम दमन तथा अत्याचारका कारण प्रगतिशिल शिक्षकहरुलाई छानी–छानी निष्काशन गर्ने क्रममा  नि.मा.शि. स्थायी शिक्षक क.भण्डारीलाई २०४१ सालमा कालिका हिमालय मा.वि., कालिकास्थान रसुवाबाट निष्काशन समेत गरियो । २०४६ सालको परिवर्तन पश्चात अदालतद्धारा पद वहाली हुनु भएका अर्जुन बहादुर भण्डारी २०५२ सालमा नि.मा.शि.शिक्षक पदबाट राजिनामा गरी गणतन्त्र प्राप्तीको आन्दोलनमा होमिनु भएको थियो । क.अर्जुन बहादुर भण्डारी जस्ता क्रान्तिकारी नेताहरुको त्याग र निष्ठाको जागरणले नेपालमा हाल प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान रहेको छ ।

हिरानाथ खतिवडा

अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

जिल्ला संगठन कमिटि, नुवाकोट ।

२०७७/२/ २४ गते, नुवाकोट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web