अरे अती भयो अब त पार गर्नुपर्छ।

संकट चिर्ने प्रयास लगातार गर्नुपर्छ।

जम्काभेट भै हाल्यो भने बिचार गर्नुस है,

टाढै बस्नु पर्छ अनि नमस्कार गर्नुपर्छ ।

अझै क्षती हुन सक्छ गलत सुचनाले,

सहि जनचेतनाको प्रचार गर्नुपर्छ ।

काल हो उ संग लापरबाही नगरौ,

साबधानीको मापदण्ड तयार गर्नुपर्छ।

बिश्व नै त्रशित भएको यो समयमा,

एकजुट भै महामारी निखार गर्नुपर्छ ।

समुन्द्रबाबु अधिकारी, नुवाकोट ।

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक नुवाकोटको कविलास घर बताउने २२ वर्षीया लीला थापा र २६ वर्षीया सुदा थापा घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले टपनेपाल न्यूज डटकमलाई जानकारी दिए । लीलाको दाहिने खुट्टाको गोलीगाँठो सुन्निएको र सुदा थापालाई भने बाहिरी चोट नलागेको प्रहरीले टपनेपाल न्यूज डटकमलाई जानकारी दिएको छ । दुवै जना घाइते राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि संवैधानिक अंगहरूमा रिक्त पदाधिकारी नियुक्तिका लागि गृहकार्य थालेका छन् । आफ्नो पार्टी नेकपाभित्रको आन्तरिक विवाद तत्कालका लागि समाधान उन्मुख देखिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक अंगमा रिक्त पदाधिकारी नियुक्तिका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल थालेका छन् ।

मन्त्रिपरिषद् हेरफेरदेखि नियुक्तिहरू भागबन्डामा गरेर पार्टीभित्रको विवाद सुल्झाउन सक्रिय ओलीले सोमबार कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर छलफल गरे । ओलीले संवैधानिक अंगहरूमा रिक्त पदाधिकारी छिट्टै नियुक्त गर्नुपर्ने भन्दै सहयोग गर्न देउवालाई आग्रह गरेको स्रोतको दाबी छ । केही संवैधानिक अंगमा कांग्रेसको सिफारिसमा पनि सदस्य नियुक्त गर्ने आशयसहित ओलीले सहयोगका लागि देउवालाई आग्रह गरेको छ ।

देउवाले संवैधानिक अंगहरूमा नियुक्तिका विषयमा आफू छलफल गर्न तयार रहेको तर त्यसभन्दा पहिला कोरोना नियन्त्रण र बाढीपहिरो प्रभावितलाई राहत वितरणमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेको कांग्रेससम्बद्ध स्रोतले बतायो । ‘कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीव्र गतिमा भएको छ । बढ्दो चुनौती सामना गर्न सक्ने ढंगले कार्य गर्न सरकार सक्षम देखिएन,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘कमजोरीको समीक्षा गरी नयाँ रणनीति निर्माण र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ भएको छ ?’ सिन्धुपाल्चोकको लिदी पहिरोमा भएको धनजनको क्षतिमा सरकारको ढिलासुस्ती कारक रहेको देउवाले बताएका थिए । स्थानीयले सुरक्षित स्थानमा सारिदिन करिब दुई महिनाअघि गुहार माग्दा पनि सरकारले नसुनेको देउवाको आरोप थियो ।

देउवाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सत्ताको आडमा अन्य पक्षलाई पेल्ने नीति लिएकोप्रति विरोध जनाउँदै यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भेटपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १३ संवैधानिक आयोगमध्ये ११ वटामा गरी ४० पद रिक्त छन् । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको अवधि अब केही दिन मात्र बाँकी छ । ती आयोगमा दुई आयुक्तको पद लामो समयदेखि रिक्त छ ।

निर्वाचन आयोगमा दुर्ई, लोकसेवा आयोगमा एक सदस्य रिक्त छन् । राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगमा कुनै पदाधिकारी छैनन् । नयाँ संविधानले थप गरेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेसी आयोग र थारू आयोगको अवस्था पनि उस्तै छ । राष्ट्रिय समावेशी आयोग अध्यक्षमा शान्तराज सुवेदीले राजीनामा गरेपछि सँगै नियुक्त एक सदस्य मात्र बाँकी छिन् । प्रधानमन्त्री ओलीले संवैधानिक अंगहरूमा आफूअनुकूल नियुक्ति गर्न संवैधानिक परिषद्को वर्तमान व्यवस्था संशोधन गर्ने अध्यादेश राष्ट्रपतिबाट स्वीकृत गराए पनि चौतर्फी विरोधका कारण फिर्ता लिएका थिए।

काठमाडौ । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।

नेपालगञ्ज । कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या जिल्लामा चार पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय जडीबुटी व्यवसायी समाजसेवी मुस्लिम समुदायका पुरुषको सोमबार राति ११ः४० बजे नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयाे ।

स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार मृतकको दुवैतर्फको फोक्सोमा निमोनिया भएको थियो । मृतकलाई ३० साउनमा लक्षण देखिएपछि परिवारका सदस्यले ३२ साउनमा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरेका थिए ।

कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उहाँको उपचार शुरु गर्नुका साथै पीसीआर जाँचका लागि स्वाब लिइएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । सोमबार दिउँसो ३ बजे उहाँको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले मृतकलाई कोराना भएको पुष्टि भएपछि उहाँको अवस्था चिन्ताजनक हुँदै गएकोले प्लाज्माका लागि सङ्क्रमणबाट निको भएकालाई रगत दिन आह्वान गरिएको बताउनुभयो । तर कसैले पनि ए पोजेटिभ रगत नदिएपछि उहाँको उपचार अगाडि बढ्न नसकेको र अवस्था बिग्रँदै गएपछि उहाँको मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

प्रदेशसभाका सभासद तथा नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले मृतकको अन्त्येष्टि ईस्लामिक संस्कृति र परम्पराअनुसार नेपालगञ्ज-४ स्थित कब्रुस्तानमा गरिने तयारी भइरहेको बताउनुभयो ।

सभासद अन्सारीले जिल्ला प्रशासन र नेपाली सेनाको सहयोगमा मुस्लिम परम्पराअनुसार स्थानीय कब्रुस्तानमा मङ्गलबार दिउँसो अन्तिम संस्कार गर्ने तयारी शुरु गरिएको बताउनुभयो ।

यसअघि नरैनापुर गाउँपालिका–५, मटेहियाका २५ वर्षीय युवा, बैजनाथ गाउँपालिकाकी ६५ वर्षीया महिला र कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

भरतपुर । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो । नौ जनालाई ज्वरो आएकामा निको हँुदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताउनुभयो । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उहाँले जानकारी दिनुभयो । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

काभ्रे । धुलिखेल अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ वर्षीय पुरुषकाे उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ । उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो ।

वृद्धावस्था रहेकाले रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेपछि अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पर्ने डाक्टरको सुझाव थियो । तर समय मै ‘ए’ प्लस पोजिटिभ रगत नपाएको परिवारले जनाएको छ । प्लाज्मा थेरापीका लागि सङ्क्रमण भएर निको भएका जुन समूहको बिरामी हो, त्यससँगै मिल्ने समूहको रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ । उहाँमा कोरोना पोजिटिभ देखिएलगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । उहाँहरू दुवै जना काठमाडौँमा उपचाररत हुनुहुन्छ । परिवारका अन्य सदस्यहरूको पनि कोरोना परीक्षण भइरहेको छ ।

उहाँको शव पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने बताइएको छ ।

स्वास्थ्य कार्यालय, काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोनाका कारण काभ्रेका दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । यसअघि पाँचखाल नगरपालिका वडा नं. १ घर भएकी ५० वर्षीया महिलाको कोरोनाकै कारण साउन २६ गते किस्ट अस्पताल काठमाडौँमा निधन भएको थियो । उहाँका अनुसार काभ्रेमा सङ्क्रमितको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, ३४ जना उपचारपछि घर फर्किएको र बाँकी उपचाररत रहेको झाले जानकारी दिनुभयो ।

कास्की । कोरोना संक्रमित तनहुँकी एक जना महिला महिलाको पोखरामा मृत्यु भएको छ । पोखराको हस्पिटलचोकस्थित कास्की सेवा हस्पिटलमा उपचाररत महिलाको मृत्यु भएको हो ।

अस्पतालका डा. पदमबहादुर खड्काका अनुसार प्रयोगशालाले अस्पताललाई यसबारे जानकारी गराएको छ । ती महिलामा निमोनियाँ, मधुमेह लगायत अन्य रोग पनि थिए । उहाँको आईसीयूमा उपचार भइरहेको थियो तनहुँको व्यास नगरपालिका १ घर भएकी ५० वर्षीया महिलाको मृत्युपछि मंगलबार बिहान कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको छ ।

साउन ३२ गते उपचारका लागि छोरीसहित पोखरा आएकी ती महिलाको गए राति मृत्यु भएको हो ।

शवलाई नेपाली सेनाले पोखरा ३२ मजुवा नजिकै घाटमा व्यवस्थापन गर्नेछ ।

यो सहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि मृत्यु हुनेमा स्याङ्जाका २, बागलुङ, कास्की र गोरखाका १ र १ जना रहेका छन् ।

पोखरामा १५ सहित गण्डकीमा २५ संक्रमित

मंगलबार विहान र सोमबार राती गरेर पोखरा महानगरपालिकामा १५ जना सहित गण्डकी प्रदेशमा २५ जना नयाँ कोरोना भाइरस सक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान थपिएका ४ जना मध्ये २ जना पोखरा महानगरपालिका वडा नम्बर ६ का २३ र २८ बर्षिय पुरुष छन् भने २ जना महिलाको ढेगाना नै खुलेको छैन् ।

प्युठान । जिल्लाको नौबहिनी गाउँपालिका–६ ढाँडखोलामा जङ्गलको च्याउ खाँदा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । च्याउ खाएर पखाला लागेपछि विष्णु घर्तीका छोरा १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।

साउन ३१ गते साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ परिवारका सबै सदस्यले खाएपछि सबैलाई पखाला लागेको थियो । घरमै उपचार गराइरहेका उनीहरूमध्ये दुई छोराको सोमबार राति उपचारका लागि प्यूठान अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर बिरामी भएका बुवा ३३ वर्षीय विष्णु घर्ती, उहाँकी श्रीमती ३० वर्षीय लीला घर्ती र छोरा १७ वर्षीय शशी घर्तीको अस्पतालमा उपचार भइरहेको छ ।

नौबाहिनी गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले च्याउ खाएकै दिनदेखि झाडापखाला लागेको बुझ्नमा आएको जानकारी दिनुभयो । “च्याउ खाएकै साँझबाट बिरामी परेका रहेछन्” उहाँले भन्नुभयो, “बाँकी पोष्टमार्टमबाट थाहा हुन्छ ।”

जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएकै साँझबाट परिवारका सबै सदस्य बिरामी परेका थिए । च्याउ खाएपछि उनीहरूलाई पखाला लागेको भएपनि बाहिर खबर नगरेको स्थानीयले बताएका छन् ।

शिवनगर, चितवन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था लि. शिवनगर शाखालाई घरधनीले एक महिनाको घरबहाल शुल्क छुट दिएका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १४ शिवनगर स्थित घरधनी तुलसीप्रसाद भट्टले कोरोना रोग (कोभिड–१९)को सक्रमणले उक्त सँस्थाको नियमित सेवा प्रवाहमा उत्पन्न कठिनाईलाई मध्येनजर गर्दै असार महिनाको घरभाडा पूरै छुट दिनुभएको हो ।

कोभिड–१९ को कारण सस्ँथाको कर्जा प्रवाह र असुली प्रभावित भएका कारण घरभाडा छुटको लागी सस्थाले गरेको आग्रह अनुसार घरधनी तुलसीप्रसाद भट्टले भाडा बापतको रकम पूरै छुट दिनुभएको सँस्थाको शाखा प्रमुख प्रतिमा ढकाले जानकारी दिनुभयो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाको शिवनगर शाखा कार्यालयबाट चितवन सहित गैडाकोटसम्म समूह निर्माण गरी आर्थिक अबस्था कमाजोर भएका, विपन्न समूह,

साना तथा मझौला उद्योगमा कृषि एंव पशुपालन तथा ब्यापार व्यावसायको लागी कर्जा लगानी, नियमित बचत, लघुवित्त साक्षरता कार्यक्रम लगायतका वित्तिय सेवा पुराउदै आइरहेको छ ।

कोरोना कहरको समयमा सँस्था मार्फत शिवनगर चोकमा रोगको सक्रमण फैलन नदिन हातधुन साबुन सहित पानीट्याङ्की समेत राखिएको थियो भने आफ्ना सदस्यलाई कोरोनाले पुराएको असरलाई मध्येनजर गर्दै सँस्थाले आफ्ना सदस्य मध्ये कमजोर आर्थिक अबस्था भएका घरपरिवारलाई चामल, दाल, तेल, नुन, सहितको राहत सामाग्रि उपलब्ध गराएको थियो । सँस्थाले कर्जा लगानीमा चैतदेखि असारमसान्तसम्म ब्याजमा तीन प्रतिशत छुट समेत दिएको थियो । कोरोनाको उपचारको लागी नेपाल सरकार राहत कोषमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था लि.ले १० लाख रुपैयाँ समेत सहयोग उपलब्ध गराएको थियो ।

काठमाडौ । नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव शर्माले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ भारतबाट खरिद गर्न निर्माण कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिनुुभयो ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ थापाले सुरुङ मार्ग निर्माण गर्न सडक विभागको समन्वयमा भारतबाट विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाबाट अनुमतिको काम अगाडि बढ्ने स्पष्ट पार्नुुभयो ।

विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति नपाउँदा सुरुङ मार्ग निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ खरिद गर्न गएको असोजदेखि सहमति माग गरेको थियो । सेनाबाट विस्फोटक पदार्थ खरिदको सहमतिसँगै सुरुङ मार्ग निर्माण कार्य अब बिना अवरोध अगाडि बढ्ने सडक विभागले जनाएको छ ।

थापाका अनुसार पहिलो चरणमा तीन सय टन विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति प्राप्त भएको हो । उक्त सुरुङ मार्ग निर्माणमा करिब २० करोड रुपियाँ बराबरको नौ सय मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक देखिएको छ । अबको तीन महिनाभित्र भारतबाट विस्फोटक पदार्थ नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।

महाशाखा प्रमुख थापाले सेनाको सहमतिपछि प्रक्रिया अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखिसकेको छ । गृहले रक्षा मन्त्रालयलाई सोध्ने छ, रक्षा मन्त्रालयले हुन्छ भनेपछि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासमा पत्राचार गर्छ । परराष्ट्र मन्त्रालयले समेत भारतीय राजदूतावासलाई पत्र लेख्छ । त्यसपछि दूतावासले भारतीय विदेश मन्त्रालयलाई जानकारी गराउँछ । भारतीय विदेश मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयबीच छलफल र सहमति भएपछि तीनवटै मन्त्रालयले सम्बन्धित विस्फोटक पदार्थ निर्माण कम्पनीलाई नेपालमा विस्फोटक पदार्थ उपलब्ध गराउन सहमति प्रदान गर्दछ भन्नुभयो ।

काठमाडौ । गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो । विश्व बैङ्कले एक हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा वर्गीकरण गरेको छ । सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९६० डलर रहेकोमा सन् २०१९ मा एक हजार ९० डलर पुगेपछि न्यून मध्यम आयको मुलुक भएको हो ।
विश्व बैङ्कले विभिन्न चार वर्गमा मुलुकको वर्गीकरण गर्छ । पछिल्लो पटक एक हजार ३६ डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून आय, एक हजार ३६ देखि चार हजार ४५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय, चार हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई उच्च मध्यम आय र सोभन्दा माथि आय भएका मुलुकलाई उच्च आय भएका मुलुकका रूपमा वर्गीकरण गरेको छ । यद्यपि प्रतिव्यक्ति आयको यो सीमा विभिन्न समयमा फेरिँदै आएको छ ।
विश्व बैङ्कको नयाँ वर्गीकरण अनुसार नेपालसहित सातवटा मुलुक आफ्नो पुरानो अवस्थाबाट स्तरोन्नति भएका छन् । बेनिन र तान्जानिया न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकमा उक्लिएका छन् । मौरिसस, नाउरु र रोमानिया उच्च मध्यम आय भएका मुलुकबाट उच्च आय भएका मुलुकमा स्तरोन्नति भएका छन् भने इन्डोनेसिया न्यून मध्यम आय भएका मुलुकबाट उच्च मध्यम आय भएका मुलुकमा स्तरोन्नति भएको छ ।
अल्जेरिया र श्रीलङ्का उच्च मध्यम आय भएका मुलुकबाट घटुवा भएर न्यून मध्यम आय भएका मुलुकमा परेका छन् । त्यस्तै सुडान न्यून मध्यम आय भएका मुलुकबाट न्यून आय भएका मुलुकमा झरेको छ । दक्षिण एसियाली मुलुकमा माल्दिभ्स उच्च मध्यम आय भएको मुलुकमा परेको छ । त्यस्तै भारत, पाकिस्तान, भुटान र बङ्गलादेश न्यून मध्यम आय भएका मुलुकमा परेका छन् । दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान मात्र न्यून आय भएका मुलुकमा परेको छ ।