राष्ट्रकवि प्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि, पशुपतिमा अन्त्येष्टि

काठमाडौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जलि अर्पण गर्नुभएको छ । बिहान उहाँको निवास लैनचौरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । राष्ट्रकवि घिमिरेको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो ।

नदी गाउँमा पस्दा १५ भन्दा बढी बेपत्ता, चार जनाको शव भेट्टियो

अछाम। रामारोशन-३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १५ जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । मध्यराति कैलाश खोला नदीले सैनी बजारका घर बगाउँदा १५/१६ जना सम्पर्कमा नरहेको गाउँपालिका उपाध्यक्षलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताइको छ । घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताउनुभयाे । सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण सङ्कलन र उद्धारमा समस्या भइरहेको बताइको छ ।

राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ

काठमाडौ । युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ ।

गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा प्रहरीले छ जनालाई सिआइबीकाे टाेलीले पक्राउ गरेको हो । गीतको परिकल्पनाकार मकवानपुरको वागमती गाउँपालिका वडा नं ३ का ग्याल्जेन शेर्पासहित आठ जनालाई पक्राउ गरेको सिआइबी स्रोतले बतायो ।

पक्राउ परेका अरुको नाम र ठेगाना अझै सार्वजनिक गरिएको छैन । पक्राउ परेका अधिकाँश काभ्रेपलाञ्चोक जिल्लाका रहेको प्रहरी स्रोतले बतायो । सिआइबीले केही समयमै पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर पठाउने तयारी गरेको छ । सिआइबीको टोलीले गीतमा देखिएका र झण्डा जलाउने कार्यमा संलग्न छ जनालाई र दुई जना महानगरीय अपराध महाशाखाले गरी  आठ जनालाई पक्राउ गरेको हो ।

उपत्यकाको तीन जिल्लामा आजदेखि निषेधाज्ञा, के गर्न पाइने, के नपाइने ?

काठमाडौ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो । कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषदको सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको अधिकार स्थानीय प्रशासनलाई दिएको थियो।

कोभिड –१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार राति १२ बजेदेखि यही भदौ १० गते लागू हुने गरी उक्त आदेश जारी गरिएको काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाडौँ उपत्यकाभर लागु हुने गरी उक्त निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार बुधबारदेखि औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७ बुँदे निर्णय गरिएको छ । अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापारव्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ ।

त्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन । कोभिड –१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको तस्वीरसहितको परिचयपत्रका आधारमा बिहान ९ देखि १०ः३० सम्म र बेलुका ३ देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन ।

सवारी साधन सञ्चालनका लागि पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । त्यस्ता अत्यावश्यक सवारीबाहेकका सवारी पनि सञ्चालन गर्न पाइने छैन । यस्तै बैठकले क्ुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलूस गर्नसमेत निषेध गर्ने निर्णय गरेको छ ।

परम्परागत रुपमा र दैनिक रुपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालनमा रोक्ने यसअघिको निर्णयलाई कायमै राखिएको छ । यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिवधि रोक्ने निर्णयलाई पनि कायमै राखिएको छ । प्राप्त जानकारीअनुसार फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने निर्णयमा उल्लेख छ ।

अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुका हकमा राहदानी, प्रवेशाज्ञा, कन्फर्म हवाई टिकट हुनेहरु सीधै विमानस्थल जाने सवारी साधनका हकमा भने सहजीकरण गरिने जनाइएको छ । अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेमाथि कडा कारवाही गरिने छ । उक्त आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानूनअनुसार कारवाही गरिने जनाइएको छ । मुलुकमा आज मात्रै एक हजार १६ जनामा कोभिड­१९ देखिएको थियो भने काठमाडौँ उपत्यकामा २०५ जना सङ्क्रमित फेला परेका थिए । पछिल्लो समयमा मुलुकभर सङ्क्रमण बढ्दो छ । दैनिक मृत्युको ग्राफसमेत बढिरहेको छ । विभिन्न जिल्लाले समेत निषेधको आदेश जारी गरी कार्यान्वयन गरेका छन्

आज कुशे औँशी र बुबाको मुख हेर्ने दिन

काठमाडौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

पितृ सम्मान दिवस :

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । गोकर्णेश्वर नगरपालिकाले सुरक्षित रुपमा घर घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

यस वर्ष औँशी श्राद्ध मङ्गलबार नै परेकाले धेरै भक्तजन गोकर्ण क्षेत्रमा आउन चाहे पनि उपत्यकामा बढ्दै गएको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ध्यान दिँदै प्रवेशमा रोक लगाउनुपरेको गोकर्णेश्वर महादेव मन्दिरको पुजारी जगदीशचन्द्र भट्टले बताए । प्रत्येक वर्ष भाद्रकृष्ण औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट हजारौँ भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा  समवेदना व्यक्त गरेका छन् । मंगलबार साँझ ट्वीट गर्दै  राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताएकी छन्  ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको  अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताएका छन् ।

उनले पनि आज साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाउनुभएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाएका छन् ।

राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने एकजना पक्राउ

काठमाडौ । राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने एक युवा पक्राउ परेका छन् । जात, धर्म र राष्ट्रियताविरुद्धको भिडियो  बनाएको आरोपमा ‘क्यामेराम्यान’ लाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो । उनी हालै युट्युबमा राखिएको म्युजिक  भिडियोका क्यामेराम्यान रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।

उक्त भिडियो सोमबार एक युट्युव च्यानल मार्फत अपलोड भएको थियो । ‘देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीले जानकारी पाएको थियो । भिडियोमा गायक तामाङले झण्डा जलाएका छन् भने जातिमाथि अभद्र शब्द प्रयोग गरेका छन् । उक्त भिडियो मकवानपुरको एक विद्यालयमा सुटिङ गरिएको थियो । प्रहरी भिडियो डिलिट गर्ने जनाएको छ ।

विराटनगरमा एकैदिन ४४ जना प्रहरीमा कोरोना पुष्टि

मोरङ ।  विराटनगरमा एकैदिन ४४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालमा भएको परीक्षणमा रानीमा कार्यरत ४४ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये २ जनाको सोमबार बेलुका र ४२ जनाको मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको हो । जसमा १० जना महिला प्रहरी रहेको प्रदेश प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि गणसँगै रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ३८ जना प्रहरीमा संक्रमण देखिएको थियो । कारोना देखिन थालेपछि गणलाई सिल गरएको प्रदेश १ का प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए । ‘संक्रमण फैलन नदिन् गणलाई सिल गरेका छौं,’ उनले भने, ‘हिजो मात्र एक सयजनाको नमुना संकलन गरिएको छ ।’

उनका अनुसार प्रदेश १ मा ८७ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार ४४ थपिएसँगै संक्रमितको संख्या १३१ पुगेको छ ।

प्रदेशमा १३९ जना थपिए

४४ प्रहरीसहित प्रदेश १ मा थप १३९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ सहित १३९ संक्रमित थपिएका हुन । यससँग हालसम्मकै उच्च हो । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

मंगलबार विराटनगरमा मात्रै ९६ जना संक्रमित थपिएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २३२ पुगेको छ ।

प्रदेश १ मा मंगलबार मात्रै ३४ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ११३३ पुगेको छ ।

विद्यार्थीको लागी नेपाल टेलिकमको सस्तो प्याक (लिने तरिका समेत)

काठमाडौ ।  कोरोना महामारीको कारणले आफ्ना सन्ततीहरुको पठनपाठनका विषयमा चिन्तामा रहेका अभिभावकहरुका लागी नेपाल टेलिकमले सस्तोमा अफर ल्याएको छ । आफ्ना सन्ततीहरुको पठनपाठनमा उपयुक्त हुने ह्याप्पी लर्निङ प्याक टेलिकमले बुधबार अर्थात् बुवाको मुख हेर्ने दिनको अवसरमा कार्यान्वयनमा ल्याउने भएको छ ।

निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

सो प्याकेज अन्तर्गत रु. ३१५ मा २४ जीबी र रु. ५ सयमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना edupack@ntc.net.np मा पठाउनु पर्नेछ ।

सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ ।

विद्यार्थी अफर अन्तर्गत *१६००# मा डायल गरी सिम रजिष्ट्रेसन गर्नुभएका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *१४४१# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सकिनेछ ।

नेपाल टेलिकमले उपलब्ध गराएका यी प्याकेजहरुबाट कोरोना महामारीको असहज परिस्थितिमा पनि अनलाइनबाट पठनपाठन गर्न÷गराउन विद्यार्थी, अभिभावक तथा शिक्षक वर्गलाई थप सहज र मितव्ययी हुने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।

कोरोना रोगको अबस्था भयावह बनेपछि पोखरामा निषेधाज्ञा

कास्की । कास्की जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

विज्ञहरुसँगको छलफलपछि पोखरा महानगरपालिकाले प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । सोमबार बसेको सीसीएमसीको बैठकले स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई आवश्यकताअनुसार निषेधाज्ञा जारी गर्न अनुमति दिएको थियो ।

मंगलबारको बैठकले ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने र कार्यान्वयन गराउन सुरक्षा संयन्त्रसमेत परिचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

चाडवाड नजिकिएसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ भने पछिल्लो समय समुदायस्तरमा संक्रमितको संख्या पनि ह्वात्तै बढेकाले ५ दिन निषेधाज्ञा जारी भएको कास्की प्रहरी प्रमुख जीवनराम श्रेष्ठले जानकारी दिए ।

पोखरा महानगरपालिकाभित्र सोमबार राति र बिहानमात्रै १५ जनामा संक्रमण पुष्टि भइसकेको छ । निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै गतिविधि ठप्प हुने छ । अहिले ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको र आवश्यक परे फेरि थप गर्न सकिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

ड्युटीमा रहेका असईमाथि हतियार प्रहार, अबस्था गम्भीर

हेटौडा । मकवानपुरमा ड्युटीमा रहेका एक असईमाथि धारिलो हतियारले आक्रमण भएको छ । आक्रमणमा परि हेटौँडा ६, चौघडाका इन्चार्ज (असई) डम्बरबहादुर केसी घाइते भएका छन् ।

उनको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र हातको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदीप गिरीले जानकारी दिए ।

उनका अनुसार गएराति १० बजेको समयमा लागुऔषध सेवन गरिरहको भेटेपछि सो समूहलाई प्रहरीले नियन्त्रणमा लिन  खोज्दा आक्रमण भएको हो । आक्रमणमा संग्लन भक्तराम राउत, उत्सव गौतम र नकुल विकलाई पक्राउ गरिसकेको एसएसपी गिरीले बताए ।

सुनचाँदीले बनाएको लोगो सांसद्ले किन मन पराएनन, यस्तो रहेछ कारण !

काठमाडौ । नेपालको नयाँ नक्साअंकित अद्यावधिक संसदको लोगोका विषयलाई लिएर सांसदहरूले असन्तुष्टि जनाएका छन् । लोगोमा नेपालको नक्साको आकार नमिलेको, लोगो भद्दा भएको भन्दै यस्तो लोगो बसरी लगाएर हिँड्नेमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन् ।  प्रतिपक्षी दलका सांसद मात्र होइन सत्तारूढ दल नेकपाकै सांसदले पनि लोगोमा चित्त बुझाएका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले लोगो लगाएर हिँड्न सकिने खालको नभएको बताए ।

‘‘संसद्‌को उपहास भएको छ । लगाएर हिँड्न सक्ने अवस्था छैन । नेपालको नयाँ नक्सा समावेश गर्ने प्रयोजनका लागि नयाँ लोगो बनाइएको छ । त्यसैलाई ध्वस्त बनाइएको छ,’’ उनले भने त्यसकारण यसको छानबिन हुनुपर्छ । लोगो परिवर्तन हुनुपर्छ ।’’ उनले लोगो बनाउँदा लापरबाही भएको भन्दै लोगोमा सुन-चाँदी प्रयोग गरिएकामा पनि असन्तुष्टि जनाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले संसदको लोगो लगाउन लायकको नभएको बताइन् । उनले नयाँ लोगो आफूले नलिएको भन्दै लोगो लिन पनि मन नभएको बताइन् । ‘‘यो लोगो लगाएर हिँड्न मन छैन । लगाएर हिँड्न लायक छैन । फिनिसिङ एकदमै भद्दा छ,’’ उनले भनिन्, ‘‘नेपालको नक्सा पनि चिनिँदैन । जे कुरा पनि लापरबाही गर्नु भएन नि !’’ सांसद संग्रौलाले सच्याएर अर्को राम्रो लोगो बनाउनुपर्ने बताइन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका मात्र होइनन सत्तारुढ दल नेकपाकै सांसद पनि नयाँ लोगोप्रति सन्तुष्ट छैनन् । नेकपाका सांसद विजय सुब्बाले यस्तो लोगो कसरी स्वीकृत भयो होला भन्दै प्रश्न गरेका छन् । ‘‘यति सारो नमिलेको, अशुध्द, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु ? यो कसरी स्वीकृत भयो होला ? यसको निर्माता कस्तो होला ?’’ लोगोबारे उनको टिप्पणी छ, ‘‘ल अब तयार भयो भनिदिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झन्‍डाको यस्तो अपमान गरेकामा दण्डित हुनुपर्छ ।’’

साउन ३२ गते नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो ।

संघीय संसदका महासचिव भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका थिए ।

गत जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ । लोगो वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिए ।

८७ वर्षीय टेकवीर मुखियाले संसदको लोगो डिजाइन गरेका हुन् । यसअघिको लो गो पनि उनैले डिजाइन गरेका थिए । लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरमा रहेका कालिगडहरुले हातले कुँदेर (हस्तकला) तयार गरेको संसद सचिवालयले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web