नेपालमा कोरोना सक्रमित कुन जिल्लामा कति (विस्तृतमा)

काठमाडौ । भदौ महिनाको सात दिनमा मात्रै ५ हजार २ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । एक हजार ६ सय ९६ पुरुष र एक हजार ५ सय ७९ महिला र ३ गरी ५ हजार २ सय ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा काठमाण्डौमा ६ सय ५६ पुरुष र ३ सय ५६ महिला गरी एक हजार १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाण्डौमा मात्रै कोरोना सङ्क्रमितको संख्या २ हजार ५ सय नाघेको छ ।

काठमाण्डौमा एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ गरी २ हजार ५ सय ७९ जनामा कोरोना भएको मन्त्रालयले जनाएको छ । काठमाण्डौपछि  पर्सामा धेरै सङ्क्रमित छन् । पर्सामा एक हप्तामा ४ सय ९१ पुरुष र १ सय ५५ महिला गरी ६ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै पर्सामा सङ्क्रमितको संख्या १ हजार ५ सय ८७ पुरुष र ४ सय ४३ महिला गरी २ हजार ३० जना पुगेको छ । काठमाण्डौमा, पर्सामा भन्दा ५ सय ४९ जना धेरैमा सङ्क्रमण पुष्टि भएको छ । बारा, सर्लाही र मोरङमा पनि यो हप्ता सङ्क्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको छ । हुम्ला, बाजुरा, मुगु, मुस्ताङ, म्याग्दी र सोलुखुम्बुमा एक जना पनि थपिएनन् । अरु जिल्लामा सङ्क्रमित थपिएका छन् ।

कुन जिल्लामा कति सङ्क्रमित ?

माघ ९ गते पहिलो संक्रमित भेटिएको नेपालमा त्यसको दुई महिनापछि चैत १० गते दोस्रो व्यक्तिमा सङ्क्रमण पुष्टि भयो । त्यसपछि एक दुई गर्दै सङ्क्रमण पुष्टि हुनेको संख्या बढ्दै गयो । अहिले यो संख्या बढेर झण्डै ३२ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पुष्टि गरेको छ । जसमध्ये १८ हजार ६ सय ३१ जना निको भएका छन् भने १३ हजार १ सय ५५ जना आइसोलेशनमा छन् । १ सय ४९ जनाको ज्यान गएको छ । १ सय ३७ जनाको आईसीयू र १० जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

दुई हजार बढी सङ्क्रमित भएका जिल्ला

काठमाण्डौ: एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ गरी २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । १२ जनाको ज्यान गएको छ ।

पर्सा: १ हजार ५ सय ८७ पुरुष र ४ सय ४३ महिला गरी २ हजार ३० जनामा कोरोना हुँदा २९ जनाको ज्यान गएको छ ।

१५ सयदेखि दुई हजार जनामा सङ्क्रमण भएका जिल्ला

रौतहट: एक हजार ६ सय २३ पुरुष र १ सय २२ महिला गरी एक हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । तीन जनाको भने ज्यान गएको छ ।

कैलाली: एक हजार ५० पुरुष र ३ सय ७० महिला गरी एक हजार ४ सय २० जनामा कोरोना हुँदा ४ जनाको ज्यान गएको छ ।

एक हजारदेखि १५ सयसम्म सङ्क्रमित भएका जिल्ला

सर्लाही: एक हजार १ सय ९८ पुरुष र १ सय ८८ महिला गरी एक हजार ३ सय ८६ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको ज्यान गएको छ ।

मोरङ: ९ सय ५३ पुरुष र ४ सय १९ महिला गरी एक हजार ३ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । १३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

धनुषा: एक हजार ९८ पुरुष र १ सय ८२ महिला गरी एक हजार २ सय ८० जनालाई कोरोना हुँदा ११ जनाको ज्यान गएको छ ।

महोत्तरी: एक हजार ४८ पुरुष र एक सय महिला गरी एक हजार १ सय ४८ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ ।

कपिलवस्तु: ९ सय १४ पुरुष र एक सय २८ महिला गरी एक हजार ४२ जनालाई कोरोना भएको छ । तीन जनाको भने ज्यान गएको छ ।

दैलेख: ९ सय १८ पुरुष र १ सय ११ महिला गरी एक हजार २९ जनामा कोरोना भएको छ । एक जनाको भने ज्यान गएको छ ।

बाजुरा: ४ सय ३१ पुरुष र १ सय ९२ महिला गरी ६ सय २३ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ ।

सुर्खेत: ५ सय १८ पुरुष र १ सय ४९ महिला गरी ६ सय ६७ जनामा कोरोना हुँदा दुई जनाको ज्यान गएको छ ।

बाँके: ६ सय ६६ पुरुष र १ सय ७० महिला गरी ८ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । ४ जनाको ज्यान गएको छ ।

सप्तरी: ६ सय १ पुरुष र ९८ महिला गरी ६ सय ९९ जनामा कोरोना पुष्टी भएको छ ।  ५ जनाको भने ज्यान गएको छ ।

बारा: ५ सय ३१ पुरुष र १ सय २० महिला गरी ६ सय ५१ जनामा कोरोना पुष्टि हुँदा ८ जनाको ज्यान गएको छ ।

पाँच सयदेखि एक हजारसम्म सङ्क्रमित भएका जिल्ला

झापा: ४ सय ३१ पुरुष र ७८ महिला गरी ५ सय ९ जना कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ ।

डोटी: ६ सय ७ पुरुष र २ सय ८९ महिला गरी ८ सय ९६ जनालाई कोरोना भएको छ ।

रुपन्देही: ५ सय ४० पुरुष र १ सय ४८ महिला गरी ६ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ ।

अछाम: ६ सय ५५ पुरुष र १ सय ७७ महिला गरी ८ सय ३२ जनामा कोरोना देखिएको छ ।

दाङ: ६ सय ३८ पुरुष र १ सय १५ महिला गरी ७ सय ५३ जनालाई कोरोना हुँदा एक जनाको ज्यान गएको छ ।

पाल्पा: ५ सय २४ पुरुष र ५३ महिला गरी ५ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ ।

कन्चनपुर: ४ सय ८१ पुरुष र १ सय ३१ महिला गरी ६ सय १२ जनामा कोरोना पुष्टि भएको छ ।

एक सय देखि पाँच सयसम्म सङ्क्रमित भएका जिल्ला:

तनहुँ: २ सय २ पुरुष र ३३ महिला गरी २ सय ३५ जनामा कोरोना पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ ।

लमजुङ: १ सय १० पुरुष र १४ महिला गरी १ सय २४ जनामा कोरोना भएको छ ।

बर्दिया: २ सय ५८ पुरुष र ६७ महिला गरी ३ सय २५ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ ।

जुम्ला: ९७ पुरुष र २८ महिला गरी १ सय २५ जनालाई कोरोना भएको छ ।

भक्तपुर: १ सय ७३ पुरुष र ९९ महिला गरी २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । दुई जनाको भने ज्यान गएको छ ।

स्याङजा: २ सय ७६ पुरुष र ४७ महिला गरी ३ सय २३ जनामा कोरोना पुष्टि हुँदा दुई जनाको ज्यान गएको छ ।

बाग्लुङ: २ सय ५४ पुरुष र ३० महिला गरी २ सय ८४ जनालाई कोरोना भएको छ । एक जनाको भने ज्यान गएको छ ।

सुनसरी: ३ सय ७१ पुरुष र १ सय १ महिला गरी ४ सय ७२ जनामा कोरोना पुष्टि हुँदा ३ जनाको ज्यान गएको छ ।

मकवानपुर: १ सय ९८ पुरुष र ९१ महिला गरी २ सय ८९ जनामा कोरोना पुष्टि भएको छ । तीन जनाको भने ज्यान गएको छ ।

गोरखा: १ य २३ पुरुष र २८ महिला गरी १ सय ५१ जनालाई कोरोना भएको छ । एक जनाको ज्यान गएको छ ।

ललितपुर: २ सय २५ पुरुष र १ सय ८६ महिला गरी ४ सय ११ जनामा कोरोना पुष्टि भएको छ । दुई जनाको भने ज्यान गएको छ ।

धादिङ: १ सय ५४ पुरुष र २७ महिला गरी १ सय ८१ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ ।

डडेलधुरा: २ सय ६७ पुरुष र ५४ महिला गरी ३ सय २१ जनालाई कोरोना भएको छ ।

नवलपरासी पूर्व:  ३ सय ६६ पुरुष र ५१ महिला गरी ४ सय १७ जनामा कोरोना भएको छ ।

चितवन: २ सय ४४ पुरुष र ९७ महिला गरी ३ सय ४१ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको ज्यान गएको छ ।

अर्घाखाँची: ३ सय २१ पुरुष र ४३ महिला गरी ३ सय ६४ जनालाई कोरोना हुँदा एक जनाको ज्यान गएको छ ।

नवलपरासी पश्चिम: १ सय ४३ पुरुष र ३३ महिला गरी १ सय ७६ जनामा कोरोना हुँदा एक जनाको ज्यान गएको छ ।

गुल्मी: २ सय २५ पुरुष र ५९ जना महिला गरी ३ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । तीन जनाको भने ज्यान गएको छ ।

कास्की: २ सय १८ पुरुष र ८० महिला गरी २ सय ९८ जनालाई कोरोना हुँदा दुई जनाको ज्यान गएको छ ।

उदयपुर: ९० पुरुष र ३५ महिला गरी १ सय २५ जनामा कोरोना पुष्टि भएको छ ।

प्यूठान: ३ सय ८४ पुरुष र ३४ महिला गरी ४ सय १८ जनालाई कोरोना हुँदा एक जनाको ज्यान गएको छ ।

सल्यान: २ सय ८१ पुरुष र २५ महिला गरी ३ सय ६ जनामा कोरोना पुष्टि भएको छ ।

पर्वत: ९३ पुरुष र १६ महिला गरी १ सय ९ जनालाई कोरोना भएको छ ।

सिरहा: ३ सय ८१ पुरुष र ३६ महिला गरी ४ सय १७ जनामा कोरोना पुष्टि हुँदा ३ जनाको ज्यान गएको छ ।

बझाङ: २ सय २४ पुरुष र ७८ महिला गरी ३ सय २ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ ।

काभ्रेपलान्चोक: ७१ पुरुष र ४४ महिला गरी १ सय १५ जनालाई कोरोना हुँदा दुई जनाको ज्यान गएको छ ।

बैतडी: २ सय ६९ पुरुष र ४० महिला गरी ३ सय ९ जना

एक सयभन्दा कम सङ्क्रमित भएका जिल्ला

जाजरकोट: २६ पुरुष र ५ महिला गरी ३१ जना

इलाम: ८६ महिला र ६ पुरुष गरी ९२ जना

रोल्पा: ७० पुरुष र १२ महिला गरी ८२

रुकुम पूर्व: ११ पुरुष र ४ महिला गरी १५

सिन्धुली: ५२ पुरुष र ८ महिला गरी ६०

सिन्धुपाल्चोक: ६० पुरुष र २५ महिला गरी ८५ जनामा कोरोना पुष्टि हुँदा तीन जनाको ज्यान गएको छ ।

ओखलढुंगा: २६ पुरुष र दुई महिला गरी २८ जना

नुवाकोट: ६१ पुरुष र १२ महिला गरी ७३ जना

दोलखा: २८ पुरुष र १३ जना महिला गरी ४१ जनालाई कोरोना हुँदा दुई जनाको ज्यान गएको छ ।

तेह्रथुम: १४ पुरुष र ४ महिला गरी १८ जना

खोटाङ: २१ पुरुष र ५ महिला गरी २६ जना

म्याग्दी: ४६ जना महिला र ५ पुरुष गरी ५१ जनामा कोरोना पुष्टि भएको छ । एक जनाको भने ज्यान गएको छ ।

रसुवा: ६ महिला र ९ पुरुष गरी १३ जना

कालिकोट: ७१ पुरुष र १२ महिला गरी ८३ जना

धनकुटा: १६ पुरुष र २ महिला गरी १८ जना

पाँचथर: ९ पुरुष र ३ महिला गरी १२ जना

संखुवासभा: ९ पुरुष र एक महिला गरी १० जना

दार्चुला: ४५ पुरुष र ४ महिला गरी ४९ जना

रुकुम पश्चिम: ५० जना पुरुष र ६ जना महिला गरी ५६ जना

भोजपुर: ९ जना पुरुष र दुई महिला गरी ११ जना

ताप्लेजुङ: १५ पुरुष र तीन महिला गरी १८ जना

रामेछाप: ५१ पुरुष र ७ महिला गरी ५८ जना

मनाङ: ३ पुरुष

सोलुखुम्बु: ७ पुरुष र एक महिला गरी ८ जना

डोल्पा: ६ पुरुषमा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ ।

मुस्ताङ: एक पुरुष

हुम्ला: चार पुरुष र एक महिला गरी पाँच जना

र

मुगु: ११ पुरुष र एक महिला गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

सार्वजनिक सवारीमा यसै वर्षदेखि जीपीएस्

काठमाडौ । सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । उहाँले बोलपत्र मूल्याङ्कन भई सम्झौता बाँकी रहेको बताउनुभयो ।

उहाँका अनुसार एक वर्षमा सबै सार्वजनिक यातायातमा जीपीएस जडानको काम नेपाली कम्पनीले गर्ने भएको छ । छ महिना सफ्टवेयरको काम गर्ने र छ महिनामा हार्डवेयरको काम गर्ने हमालको भनाइ छ ।

सुरुमा दुई÷तीन सय सवारी साधनमा विभाग आफैँले परीक्षण गर्ने जनाइएको छ । त्यसपछि एसियाली विकास बैङ्क (एडीबी)सँगको सम्झौता अनुसार काम गरिने छ । त्यसका लागि एडीबीसँग विभागले सहकार्य गरेको छ ।

सार्वजनिक सवारीमा राख्ने जीपीएसको हार्डवेयर सवारीधनीले नै किन्नुपर्नेछ । बजारमा त्यसको मूल्य पाँच-छ हजार रुपियाँ पर्ने बताउँदै महानिर्देशक हमालले भन्नुभयो, जीपीएस र इम्बोस्ड नम्बर प्लेट एकअर्कामा अन्तरसम्बन्धित रहने गरी जडान गर्छौं । हाल इम्बोस्ड नम्बर प्लेट वितरणको आवेदन खुला भए पनि बन्दाबन्दीले प्रभावित भएको छ ।

जीपीएस जडान खासगरी सवारी साधनको गति, अवस्था र स्थानको जानकारी लिन गरिने हो । सवारी साधनको निगरानी गर्न जीपीएस प्रणाली जोड्न लागिएको हो । जीपीएस जडान गरिएपछि दुर्घटना न्यूनीकरण हुने दाबी उहाँको छ ।

तीव्र गतिका कारण दुर्घटना हुँदै आएकोमा गति तीव्र भएको खण्डमा तुरुन्त चालकलाई म्यासेज जाने उहाँले जानकारी दिनुभयो । त्यसरी चालकको निगरानी हुने र उसको व्यवहार परिवर्तन हुनुका साथै अटेर गरे कारबाहीसम्म गरिने जनाइएको छ ।

त्यस्तै गाडी कहाँ छ भन्ने कुराको जानकारी प्राप्त हुने र यात्रुले पनि प्रयोग गर्न मिल्ने गरी जीपीएस लागू गरिने जनाइएको छ । यात्रुले आफू जाने स्थान र रुट अनुसार टिकट बुक गर्नसक्ने तथा गाडीको अवस्था वा गाडी कहाँ छ भनेर हेर्न सक्ने छन् ।

यो सामाग्रि गोरखापत्र दैनिकको लागी लक्ष्मण दर्नालले तयार गर्नुभएको हो ।

दूरसञ्चार प्राधिकरणको दैनिक कामकाज निरन्तर

काठमाडौ । निषेधाज्ञाका कारण प्रायः सरकारी कार्यालय बन्द रहे पनि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको दैनिक कामकाजमा कुनै असर परेको छैन । सामान्य दिनमा जस्तै दर्ता चलानी, टिप्पणी उठाउनेदेखि त्यसको तहगत निर्णय गर्ने र निर्देशन अनुसारको जिम्मेवारी कार्यान्वयन गर्नेजस्ता काम नियमित नै छन् । भौतिक रूपमा प्राधिकरणको कमलादीस्थित कार्यालय बन्द छ तर पनि सेवा प्रदायकका समस्याको समाधान र अनुगमनका काम भने भइरहेका छन् ।

प्राधिकरणले कार्यान्वयनमा ल्याएको ‘अटोमेसन’ प्रणालीमा औपचारिक निर्णयलाई विद्युतीय हस्ताक्षरको प्रयोग गरेर कानुनी मान्यतासमेत प्रदान गरिएको छ । यसका लागि प्राधिकरणले छुट्टै कार्यविधि जारी गरेको थियो । नियमित किसिमका कार्यसम्पादन र अनुमति पत्र वितरण र नवीकरण, अनुगमनजस्ता सेवासँग सम्बन्धित काममा अटोमेसन प्रणाली प्रभावकारी देखिएको प्राधिकरणका उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी बताउनुहुन्छ । चैतदेखि जारी करिब चार महिनाको बन्दाबन्दीको समयमा नै प्राधिकरणले अटोमेसन प्रणाली कार्यान्वयनमा ल्याइसकेको थियो । पछिल्लोपटक जारी निषेधाज्ञाका क्रममा यो प्रयोगका लागि झन् सहज बन्दै गएको उहाँको अनुभव छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अघिल्लोपटक चार महिना बन्दाबन्दी र अहिले फेरि निषेधाज्ञा जारी छ । बीचमा साउनभर खुकुलो भए पनि बाँकी समय भौतिक दूरी कायम गर्ने उद्देश्यसहित धेरै सरकारी कार्यालय बन्दकै अवस्थामा छन् । यस्तोमा कतिपय कार्यालयले भने आफूलाई ‘स्मार्ट’ बनाउने अवसरका रूपमा प्रयोग गरेका छन् अनलाइनबाटै सेवा प्रदान गरेर । दूरसञ्चार प्राधिकरणले गरेको अभ्यास त्यसैको एउटा उदाहरण हो ।

पहिलोपटक बन्दाबन्दी घोषणा भएको करिब एक महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपलब्ध गराउने केही खाद्यान्न अनलाइनबाटै अर्डर गर्नसक्ने सुविधा सुरु भयो । त्यति मात्र हैन उपत्यकाको चक्रपथ क्षेत्रभित्र निःशुल्क डेलिभरीको सुविधा दिएर कम्पनीले नयाँ अभ्यास सुरु ग¥यो ।

कम्पनी दर्ता र नवीकरणसँग सम्बन्धित कामका लागि रजिस्ट्रार कार्यालयसम्म पुग्नैपर्ने बाध्यता अब सेवाग्राहीलाई हुने छैन । यही भदौ १ देखि लागू हुनेगरी कार्यालयले दर्ता तथा नवीकरण प्रक्रियाका लागि लेखापरीक्षण प्रतिवेदनसमेत अनलाइनबाटै बुझाउन सकिने सुविधा उपलब्ध गराएको छ । अनलाइनबाटै पेस गरिएका कागजातलाई नै कानुनी आधिकारिकता प्रदान गर्नेगरी कार्यालयले यो सेवा सुरु गरेको हो । यससँगै प्रस्तावित प्रबन्ध पत्र र नियमावलीको दुई प्रति कार्यालयमा बुझाउनेबाहेक अन्य अधिकांश काम अनलाइनबाटै सम्भव भएको छ ।

बन्दाबन्दीपछि सबैभन्दा बढी व्यस्त बन्यो जिल्ला प्रशासन कार्यालय । कार्यालयबाट सम्पादन हुने नियमित काम त छँदै छ, देशको राजधानीका रूपमा काठमाडौँ प्रवेश गर्ने र बाहिरिनेलाई पास उपलब्ध गराउने जिम्मेवारी पनि कार्यालयको बन्यो । बन्दाबन्दीको समयमा पासकै लागि भीडभाड बढेपछि कार्यालयले पहिलोपटक इमेल र आधिकारिक फेसबुक पेजमार्फत पासका लागि आवेदन दिनसक्ने व्यवस्था ग¥यो । यसले बबरमहलस्थित कार्यालय परिसरमा हुने भीडभाड घटायो ।

हालै मात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै प्रदेश र स्थानीय निकायसँगको लगानी साझेदारमा विकास हुनसक्ने पर्यटकीय गन्तव्यको आयोजनाका लागि प्रस्ताव पेस अनलाइनबाटै गर्न सकिने र त्यसका आधारमा प्राथमिकीकरण गर्नेगरी प्रस्ताव माग गरेको छ । यस्तोमा सबै प्रदेश र स्थानीय निकायलाई छुट्टै युजरनेम र पासवर्ड उपलब्ध गराएर चालू आर्थिक वर्षभित्रै आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने तयारी मन्त्रालयको छ ।

कोभिड–१९ सङ्क्रमणको अवस्थामा डिजिटल सेवा प्रवाहको महत्व झन् बढेको र सरकारी कार्यालयहरू अटोमेसनमा प्रणालीमा रूपान्तरण हुनु अवसरसँगै चुनौती पनि रहेको सूचना प्रविधिविज्ञ मनोहर भट्टराई बताउनुहुन्छ । सरकारले कार्यान्वयनको चरणमा लगेको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा पनि सरकारी सेवा प्रवाहलाई डिजिटल स्वरूपमा प्रदान गर्ने भए पनि अहिले भइरहेको काम भने पूर्ण अटोमेसन

नभएको उहाँको तर्क छ ।

डिजिटल तथा अटोमेसन प्रणालीले खासगरी क्यासलेस, प्रिजेन्सलेस र पेपरलेसको अवधारणामा काम गर्छ, उहाँले भन्नुभयो, “हाम्रोमा यो तीनवटै कुरा पूर्ण रूपमा भने भएको छैन । ” सरकारी सेवा प्रवाहको पूर्ण डिजिटल रूपान्तरणका लागि विद्युतीय हस्ताक्षर, राष्ट्रिय भुक्तानी प्रणाली र राष्ट्रिय परिचय पत्र वितरण नितान्त आवश्यक रहने र सरकारले यसमै जोड दिनुपर्ने उहाँको सुझाव छ ।

यो सामाग्रि गोरखापत्र दैनिकको लागी विश्वास रेग्मीले तयार गर्नुभएको हो ।

अमेरिकी सरकारले दियो प्लाज्मा थेरापी गर्ने अनुमति

एजेन्सी । अमेरिकाको औषधि तथा खाद्य प्रशासन(एफडीए)ले संकटको अवस्थामा कोरोना सङ्क्रमित बिरामीमा प्लाज्मा थेरापी पद्धतिबाट उपचार गर्न स्वीकृति दिएको छ । सङ्क्रमणमुक्त भइसकेका प्रतिरक्षा क्षमता यथेष्ट हुने ब्यक्तिको रगत प्लाज्माबाट जटिल अवस्थाका सङ्क्रमितमा प्लाज्मा थेरापी गरिन्छ ।

अमेरिकामा हालसम्म ७० हजार सङ्क्रमितमा प्लाज्मा थेरापी गरिसकिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्लाज्मा थेरापी विधिको प्रयोगले कम्तिमा ३५ प्रतिशतले कोरोनाभाइरस सङ्क्रमणबाट हुने मृत्युदर घटाउने दाबी गर्नुभएको छ । एकदिन अघि मात्रै ट्रम्पले औषधि प्रशासनलाई राजनीतिक कारणले खोप विकास र थेरापी प्रकृयाको निर्णयमा ढिलाइ गरेको भन्दै आलोचना गर्नुभएको थियो ।

बीबीसीका अनुसार रिपब्लिकनको राष्ट्रिय सम्मेलनको पूर्बसन्ध्यामा अमेरिकी औषधी प्रशासनले प्लाज्मा थेरापीबाट उपचार पद्धतीको स्वीकृति दिने घोषणा गरेको हो । राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको लागि चुनाबी अभियानको उक्त सम्मेलनबाट सुरुवात गर्नुहुनेछ ।

आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मैले लामो समयदेखि उपचार पद्धतीका लागि प्रतिक्षा गरेको थिएँ, कोरोनाभाइरस विरुद्धको संघर्षमा यो घोषणा ऐतिहासिक हुनेछ ।”

राष्ट्रपति ट्रम्पले उक्त उपचार पद्धतीलाई शक्तिशाली थेरापीको संज्ञा दिनुहुँदै कोरोनामुक्त भइसकेको अमेरिकीलाई प्लाज्मा दान गर्न आग्रह गर्नुभएको छ । औषधी प्रशासनले पूर्ण अनुमतिको सट्टा संकटकालीन समयमा प्रयोग गर्न सकिने गरी स्वीकृति दिएको छ । प्लाज्मा थेरापीको प्रभावकारिता सम्बन्धमा थप अध्ययन भइरहेको पूर्ण स्वीकृति नदिइएको बताइएको छ ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणबाट हालसम्म एक लाख ७६ हजारभन्दा बढी ब्यक्तिले ज्यान गुमाएका छन् । जाने हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म करिब ५७ लाख ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भदौ ५ गते थपिए ८३८ सङ्क्रमित

काठमाडौ ।  कोरोना भाइरसका ८३८  सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र  ५४६ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।   क्वारेन्टिनमा १२ हजार २३४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८८९  पीसीआर परीक्षणमा भएकाे थियाे ।

देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १८ हजार २१४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

पशुपतिनाथको मुख्य ढोकामा ताला, देशभरका शिवालय सुनसान

काठमाडौ । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे । यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ । काठमाडौँ उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ ।

कोरोनाको महामारी नभएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवम् कर्मचारीलाई तीजको मेला व्यवस्थापनका लागि बिहानैदेखि पशुपति क्षेत्रमा सक्रिय हुनुपथ्र्यो । पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको र परिसरमा पनि निषेधाज्ञाका कारण भक्तजन आउन नसक्ने भएकाले मेला व्यवस्थापनका लागि यस वर्ष तयारी नगरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउनुहुन्छ ।

पशुपति क्षेत्रमा तीजको मेला लाग्दा तिलगङ्गाबाट चावहिलसम्मको चक्रपथको मूल सडकसमेत प्रभावित हुने गरेको थियो । चावहिलका ८१ वर्षीय वृद्ध श्यामसुन्दर केसी आफ्नो जीवनकालमा पहिलोपटक तीजको व्रतका दिन पशुपति क्षेत्र सुनसान देखेको बताउनुहुन्छ । साउनमा भने धेरै भक्तजनले पशुपतिमा परिसरसम्म पुगेर बाहिरबाटै दर्शन गरी फर्किएका थिए ।

पशुपतिमा जस्तै राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर पनि साउनदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर चैतदेखि बन्द भएपछि धेरै भक्तजन साउनको सोमबार गोकर्णेश्वरमा भेला हुन थालेपछि कोरोनाको महामारी फैलने डरले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले साउनदेखि नै मन्दिर बन्द गरेको थियो । गोकर्णे औँसी भनिने बाबुको मुख हेर्ने दिन पनि यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको थियो ।

कोरोनाबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा, देशका धेरै जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाउँदैछन् । आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो बर्तालु महिला नै हुन्छन् ।

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम भने पारिवारिक कल्याण, सुखमय दाम्पत्य जीवनको कामना, मनोकाङ्क्षा पूरा गर्ने कामनाले महिला, पुरुष दुवै व्रत बस्नुपर्ने बताउनुहुन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

बर्तालुले बिहीबार राति दर खाएर व्रतका लागि शक्ति सञ्चय गरेका थिए । आज निराहार व्रत बसी महादेवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल चौँथीका दिन तीज व्रत समापनका लागि गोदान, पूर्णपात्र गरी गणेश चतुर्थीका अवसरमा विघ्न विनाशक गणेशको पूजा आराधना हुन्छ । आइतबार अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरेपछि चार दिने तीज पर्व समाप्त हुन्छ ।

काठमाडौंमा दुई जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु

काठमाडौ ।  काठमाडौंमा कोरोनाभाइरस सङ्क्रमित थप दुई बिरामीको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत दुई जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुका निर्देशक डा. प्रवीण नेपालले मृतक काठमाडौं बालुवाटार र सप्तरी राजबिराजका गरी दुई जना पुरुष रहेको जानकारी दिनुभएको छ । “हिजो साँझ होम आइसोलेशनमा अवस्था जटिल भएपछि बालुवाटारबाट अस्पताल ल्याइएका ७६ वर्षीय पुरुषको अस्पताल भर्ना गरिएको एक घण्टाभित्रै मृत्यु भएको हो ।”–डा. प्रवीण नेपालले बताउनुभयो । बालुवाटारका कोभिड–१९ बिरामी करिब छ दिनदेखि ‘होम आइसोलेशन’मा बस्नुभएको थियो । उहाँ ७६ वर्षीय पुरुष हुनुहुन्थ्यो।

सप्तरीका राजबिराजका ७७ वर्षीय वृद्धलाई समेत बिहीबार नै बलम्बु अस्पताल पुर्याइएको थियो । सप्तरीबाट ३० गते उपचारका लागि काठमाडौं ल्याइएका बिरामीको ग्रीनसिटि अस्पतालमा भर्ना गरिएको थियो । साउन ३२ गते कोभिड–१९ को पुष्टि भएपछि उपचारकै क्रममा अवस्था जटिल भएपछि पाइपसहित भदौ ४ गते बलम्बु अस्पताल ल्याइएको डा. नेपालले जानकारी दिनुभयो । “साँझ नै भेन्टिलेटरमा राखेर उपचार सुरु गरियो, आज बिहान दश बजे करिब उहाँको निधन भयो ।”, डा. प्रवीण नेपालले थप्नुभयो ।

दुबैजनाको शव व्यवस्थापनको लागि नेपाली सेनाको जिम्मा लगाइएको छ ।

बागमति प्रदेशको श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीमा रामप्रसाद थपलिया चयन

हेटौडा । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो प्रत्यक्ष मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य गर्ने एक जना प्रहरीलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्ने कार्यको थालनी गरेको छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार रामप्रसाद थपलिया श्रावण महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी भएका छन ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पारी गलत क्रियाकलाप गर्न खोज्ने सवारी चालकहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउन प्रभावकारी भुमिका निर्वाह गर्दै आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गरेकोले निजबाट सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै प्रहरी हवल्दार राम प्रसाद थपलियालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरीएको हो ।

सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाको लागि बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका दश वटा जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १५ वटा प्रहरी कार्यालयबाट प्राप्त प्रहरी कर्मचारीको कार्य विवरण मघ्ये प्रहरी हवल्दार रामप्रसाद थपलियाको कार्यविवरण उत्कृष्ट पाईएकाले निजलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरीएको हो ।

प्रहरी कर्मचारीहरुको मनोबल, साहस र हौसलालाई अभिबृद्धि गर्न र प्रत्येक प्रहरी कर्मचारीहरुलाई रचनात्मक कार्य तर्फ स्व:उत्प्रेरीत गरी उत्कृष्ट कार्य सम्पादनको लागि स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अभिप्रायले बागमति प्रदेश प्रहरी कार्यालयले गत असार महिनामा उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०७७ तयार गरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिना पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ ।

यस कार्यबिधी अनुसार बागमती प्रदेश प्रहरी कार्यालयले “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी”( Best State Police of The Month) र  मातहतका कार्यालयले हरेक महिना “ महिनाको उत्कृष्ट प्रहरी (Best Police of The Month ) घोषणा गर्ने छन । प्रदेश प्रहरी कार्यालयमा महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीको लागि सबै मातहत कार्यालयले नामावली सिफारीस गर्ने छन भने प्रदेश कार्यालयबाट छनौट भएका बाहेकका प्रहरी कर्मचारी आ-आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी हुने व्यवस्था कार्यविधीमा रहेको छ । कार्यबिधीकै व्यवस्था अनुसार श्रावण महिनामा मात्रै १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गरीआफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने अवधारणा अनुरुप प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गर्न सुरु गरीएको हो ।

कोरोना कोष बनाउने गृहकार्य तीव्र

काठमाडौ । कोरोनाको सन्त्रासका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसायमा परेको प्रभावअनुसार सहयोग गर्न सरकारले खडा गर्न खोजेको कोषको तयारी, रकम सङ्कलन र व्यवस्थापनको काम तीव्र पारिएको छ । सरकारले ५० अर्ब रुपियाँको कोषका लागि आफ्नो तर्फबाट करिब एक अर्ब रुपियाँ जम्मा गरेको छ तर अन्य निकायबाट जुटाइने सहयोगबारे भने अझै ठोस रूपमा कार्य अगाडि बढ्न सकेको छैन ।

आर्थिक वर्ष २०७७-७८ को बजेटमा कोभिड–१९ का कारण सङ्कटमा परेका घरेलु साना तथा मझौला उद्यम, कोरना प्रभावित पर्यटन व्यवसाय, श्रमिक तथा कर्मचारीकोे पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपियाँको छुट्टै कोष खडा उल्लेख छ । कोषमा नेपाल सरकार, सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थान र दातृ निकायबाट प्राप्त हुने रकम रहने बताइएको छ ।

अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले कोभिड–१९ का कारण द्विपक्षीय सहायता परिचालनमा पुनः प्राथमिकीकरण हुँदै केही कम भएको बताउनुभयो । तथापि बहुपक्षीय सहायतामा अहिलेसम्म पूर्णमा परिचालन गर्न थालेको र नेपालले पनि सहायता लिइरहेको जानकारी गराउनुभयो ।

हालसम्म कोषमा सरकारले एक अर्ब रुपियाँ हालिसकेको भए पनि अन्य निकायको कति रकम योगदान रहने भन्ने निक्र्योल भइनसकेको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि विभिन्न निकायसँग छलफल भइरहेको छ ।”

यस्तो कोष अर्थ मन्त्रालयको संयोजकत्वमा खडा गर्ने र नेपाल राष्ट्र बैङ्कमार्फत सञ्चालन गर्ने भनिएको छ । कोष परिचालन मोडालिटी पनि बनिसकेको छैन । मन्त्रालयले कोषमा के कति रकम जम्मा भयो नभनिसकेकाले हालसम्म कार्यविधि पनि बनिनसकेको र छलफलकै क्रममा रहेको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभयो । कोष स्थापना र त्यसको परिचालनका लागि आवश्यक तयारी गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले गत साउन २२ गते आवश्यक तयारी गर्न निर्देशन दिनुभएको थियो ।

नियामक निकाय, सार्वजनिक सेवा प्रदायक र सार्वजनिक संस्थान, सरकारी वित्तीय निकायसँगको बैठकमा अर्थमन्त्रीले कोषको सञ्चालन, कार्यविधि र प्रदान गर्नसक्ने रकमबारे गृहकार्य गर्न उहाँले निर्देशन दिएअनुसार अर्थ मन्त्रालयले सार्वजनिक संस्थाबारे सोधखोज थालेको बताइएको छ ।

उपत्यकामा आजदेखि निषेधाज्ञाः के गर्न हुने र के गर्नु नहुने विस्तृतमा ?

काठमाडौ । तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च बृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्याल काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन ।

के गर्न हुने र के गर्नु नहुने :

कोभिड­१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन ।

सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।

कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेलाहुन भिडभाड गर्न, सभा जुलुस गर्नसमेत निषेध गरिएको छ । परम्परागत र दैनिक रुपमा भइ आएका र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, व्यूटी पार्लर, स्पा, स्वीममिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन ।

शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईदैन । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्नेछ ।

अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्फम हवाई टिकट हुनेहरु सिधै विमानस्लथ जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने जनाइएको छ । अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारवाही गरिनेछ । उक्त आदेशको उल्लघन भएमा आदेशको पालना गर्ने गराउने काममा अबरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।

तीजको व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिला

काठमाडौ ।  हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ ।

विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं देशका मुख्यमुख्य शहरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले धेरैले कर्मघरमै दर खाएर तीज मनाउँदै छन् ।

तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज बर्तालुहरु मीठामीठा शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई शुक्रबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले पोख्ने गरेका छन् । पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ । यस वर्ष भने कोरोनाका कारण पहिल्यैदेखि दर खानेलगायत गतिविधि देखिएको छैन ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महीनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी यही भदौ ६ गते र ऋषिपञ्चमी पर्व भदौ ७ गते मनाइने समितिले जनाएको छ । गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

राजधानीमा निषेधाज्ञासमेत जारी गरिएकाले तीजका बर्तालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदैछन् । तीज शुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेका छन् । यस वर्ष भने कोरोनाबाट बच्न भीडभाड नगरी घरघरमै परिवारका सदस्यबीच तीज मनाउनुपर्ने छ ।

सामाजिक काममा महिला अग्रसरता र नेतृत्वको विषयमा भर्चुअल रुपमा छलफल

नुवाकोट, भदौ ४ । अन्तिम फाउन्डेसन नेपालद्वारा सामाजिक कार्यमा महिलालाई झनै अग्रसर बनाउने हिसाबले भर्चुअल रुपमा सामाजिक काममा महिला अग्रसरता र नेतृत्वको विषयमा बृहत छलफल बुधबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुजन परियारले आन्तरिक रुपमा नै फाउन्डेसनमा महिला सहभागीता बढाउने र महिला नेतृत्व र सशक्तीकरणका लागि फाउन्डेसन सबैसँग समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो।

त्यसै गरि महिला पुरुषभन्दा कमजोर छैनन् भनाइलाई परिवर्तन गर्नुपर्ने र अहिले पनि महिला सहभागीताको कुरा गरेर बस्नु भन्दा पनि महिला सशक्तीकरणको लागि महिला नेतृत्व नै उपयुक्त हुने फाउन्डेसनका स्वयंसेवी संयोजक बंशिधर न्यौपानेले बताउनु भयो।

छलफलकी विशेष वक्ता तथा सक्रिय सामाजिक अभियान्ता लक्ष्मी सिग्देलले पनि आफ्नो अनुभव सुनाउदै महिला अभिययान्तालाई सुरुवाती चरणमा परिवार र समाजबाट के कस्तो परिस्थिति आइपर्छ र यस समस्यालाई स्वीकार गरेर नै अगाडि बढ्नुपर्ने बताउनु भयो।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web