अमेरिकी सरकारले दियो प्लाज्मा थेरापी गर्ने अनुमति

भदौ ८, २०७७ मा प्रकाशित | 6179 views

एजेन्सी । अमेरिकाको औषधि तथा खाद्य प्रशासन(एफडीए)ले संकटको अवस्थामा कोरोना सङ्क्रमित बिरामीमा प्लाज्मा थेरापी पद्धतिबाट उपचार गर्न स्वीकृति दिएको छ । सङ्क्रमणमुक्त भइसकेका प्रतिरक्षा क्षमता यथेष्ट हुने ब्यक्तिको रगत प्लाज्माबाट जटिल अवस्थाका सङ्क्रमितमा प्लाज्मा थेरापी गरिन्छ ।

अमेरिकामा हालसम्म ७० हजार सङ्क्रमितमा प्लाज्मा थेरापी गरिसकिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्लाज्मा थेरापी विधिको प्रयोगले कम्तिमा ३५ प्रतिशतले कोरोनाभाइरस सङ्क्रमणबाट हुने मृत्युदर घटाउने दाबी गर्नुभएको छ । एकदिन अघि मात्रै ट्रम्पले औषधि प्रशासनलाई राजनीतिक कारणले खोप विकास र थेरापी प्रकृयाको निर्णयमा ढिलाइ गरेको भन्दै आलोचना गर्नुभएको थियो ।

बीबीसीका अनुसार रिपब्लिकनको राष्ट्रिय सम्मेलनको पूर्बसन्ध्यामा अमेरिकी औषधी प्रशासनले प्लाज्मा थेरापीबाट उपचार पद्धतीको स्वीकृति दिने घोषणा गरेको हो । राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको लागि चुनाबी अभियानको उक्त सम्मेलनबाट सुरुवात गर्नुहुनेछ ।

आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मैले लामो समयदेखि उपचार पद्धतीका लागि प्रतिक्षा गरेको थिएँ, कोरोनाभाइरस विरुद्धको संघर्षमा यो घोषणा ऐतिहासिक हुनेछ ।”

राष्ट्रपति ट्रम्पले उक्त उपचार पद्धतीलाई शक्तिशाली थेरापीको संज्ञा दिनुहुँदै कोरोनामुक्त भइसकेको अमेरिकीलाई प्लाज्मा दान गर्न आग्रह गर्नुभएको छ । औषधी प्रशासनले पूर्ण अनुमतिको सट्टा संकटकालीन समयमा प्रयोग गर्न सकिने गरी स्वीकृति दिएको छ । प्लाज्मा थेरापीको प्रभावकारिता सम्बन्धमा थप अध्ययन भइरहेको पूर्ण स्वीकृति नदिइएको बताइएको छ ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणबाट हालसम्म एक लाख ७६ हजारभन्दा बढी ब्यक्तिले ज्यान गुमाएका छन् । जाने हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म करिब ५७ लाख ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web