हेटौडा । मकवानपुरमा ड्युटीमा रहेका एक असईमाथि धारिलो हतियारले आक्रमण भएको छ । आक्रमणमा परि हेटौँडा ६, चौघडाका इन्चार्ज (असई) डम्बरबहादुर केसी घाइते भएका छन् ।

उनको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र हातको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदीप गिरीले जानकारी दिए ।

उनका अनुसार गएराति १० बजेको समयमा लागुऔषध सेवन गरिरहको भेटेपछि सो समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आक्रमण भएको हो । आक्रमणमा संग्लन भक्तराम राउत, उत्सव गौतम र नकुल विकलाई पक्राउ गरिसकेको एसएसपी गिरीले बताए ।

23¡ÆC