गृहमन्त्रीलाई स्कर्टिङ गर्न कुदेको गाडीले ठक्कर दिदा नुवाकोटका दुई गम्भीर घाइते

भदौ २, २०७७ मा प्रकाशित | 831 views

<p style="text-align: justify; "><b>काठमाडौ । गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।<br></b></p><p style="text-align: justify; "><b>गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक&nbsp;नुवाकोटको कविलास&nbsp; घर बताउने&nbsp;</b><b>२२ वर्षीया लीला थापा र २६ वर्षीया सुदा थापा घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले टपनेपाल न्यूज डटकमलाई जानकारी दिए । लीलाको दाहिने खुट्टाको गोलीगाँठो सुन्निएको र सुदा थापालाई भने बाहिरी चोट नलागेको प्रहरीले टपनेपाल न्यूज डटकमलाई जानकारी दिएको छ । दुवै जना घाइते राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web