जानकी मन्दिरको मूल ढोका बन्द, रामनवमी पनि प्रभावित

चैत्र १७, २०७६ मा प्रकाशित | 2465 views

जनकपुरधाम । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित जानकी मन्दिरको मूल ढोका बन्द गरिएको छ।

कोरोनाको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै मन्दिरमा सम्भावित भीडभाड हुन नदिन मन्दिरको मूल ढोका सर्वसाधारणका लागि बन्द गरिएको हो। मन्दिर बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निर्देशन दिएको हो।

मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले भने, ‘मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती अझै जारी रहेपनि मन्दिरको मुल ढोका बन्द गरिएको हो।'

सन् १९११ मा स्थापित जानकी मन्दिरको मूल ढोका पहिलो पटक बन्द गरिएको उनको दावी छ। भने,'१ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि मन्दिरको ढोका बन्द गरिएको हो।'

आउँदो चैत २० गते रामनवमी छ। उक्त दिन रामको जन्मोत्सवको मनाइन्थ्यो। भव्य पूजा अर्चना हुन्थ्यो, मेला लाग्थ्यो। तर लकडाउनका कारण रामनवमीको मेला हुँदैन। 'विशेष पूजा हुने भनिएको छ तर कुनैपनि उत्सवको कार्यक्रम भने राखिएको छैन', महन्थ दासले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web