विद्यालय स्थापना भएको ५७ वर्षपछि SEE परीक्षामा सहभागी हुँदै

चैत्र ४, २०७६ मा प्रकाशित | 1400 views

नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने जिल्लाकै विकट क्षेत्र मानिने घ्याङफेदी स्थित घ्याङफेदी माध्यमिक विद्यालयबाट चैत्र ६ गतेदेखि सुरु हुने SEE परीक्षामा पहिलो पटक १० जना विद्यार्थी सम्मिलित हुँदैछन् ।

वि.सं २०१९ सालमा घ्याङफेदी प्राथमिक विद्यालयको रुपमा स्थापित भई सञ्चालनमा आएको उक्त विद्यालयलाई २०७५ सालमा गाउँपालिकाले माध्यमिक तहको विद्यालयको सञ्चालनको अनुमति दिएको थियो । प्राथमिक तहको तिन शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा स्थानीय सरकारको गठन भएसँगै गाउँपालिकाका जनप्रतिनिधिको समन्वय र सक्रियतामा आधार डेभलपमेन्ट नेपाल नामक गैरसरकारी संस्थाले ९ शिक्षक र दुई कुक तथा विद्यार्थीका पोशाकको लागि आवश्यक आर्थिक सहायता प्रदान गर्दै आइरहेको छ भने गाउँपालिकाले नियुक्त गरेको स्वयम् सेवक शिक्षक पनि खटाइएको छ ।

भौगोलिकरुपमा विकट र तालिमप्राप्त शिक्षकद्बारा व्यावहारिक रुपमा अध्यापित विद्यार्थीहरु एवम् ती विद्यार्थीहरुको पालिकास्तरीय उपलब्धीका आधारमा पहिलोपटक सम्मिलित हुने विद्यार्थीले प्राप्त गर्ने उपलब्धीलाई विशेष चासोका रुपमा हेरिएको बताउनु हुन्छ विद्यालयका सहायक प्रधानाध्यापक प्रेम स्याङताङ ।प्राप्त उपलब्धीका आधारमा आगामी दिनमा कक्षा ११ र १२ समेत सञ्चालन गरिने योजना रहेको बताउनुहुन्छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर स्याङताङ ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले संविधानतः शिक्षा प्राप्त गर्ने मौलिक हकलाई कार्यान्वयनमा लैजान र शिक्षाको माध्यमबाट नै समाज विकासको आधार तयार गर्न भौगोलिक अवस्था, जनसंख्या समेतलाई ख्याल गरी सबै लिङ्ग, वर्ग र क्षेत्रको शिक्षामा सहज पहुँच सुनिश्चित गरी गुणस्तरीय शिक्षा प्रवाह गर्ने अभिप्रायले गाउँपालिकाले कार्य गरिरहेको बताउनु भयो । उहाँले क्षेत्रगत आवश्यकता र सामाजिक माग बमोजिम आधुनिक शैक्षिक प्रविधिलाई प्राथमिकतामा राखी आगामी दिनमा शैक्षिक क्रियाकलाप अघि बढाई दुप्चेश्वर गाउँपालिकालाई एजुकेशन हवका रुपमा विकास गर्ने लक्ष्य रहेको र शिक्षाका प्रभावका कारण घ्याङफेदीले मुहार फेर्दै गएको बताउनु भयो ।हाल विश्वव्यापीरुपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरसको सन्त्रासबाट मुक्त एवम् सजग रहँदै परीक्षामा निर्धक्क भई सहभागी हुन अनुरोध गर्नु भयो ।

पहिलो पटक SEE परीक्षामा सम्मिलित हुने लगायत सबै २६३ जना परीक्षार्थीहरुलाई शुभकामना दिनुहुँदै गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले भौगोलिक विकटताका कारणले शिक्षाबाट कोही पनि विमुख हुनु नहुने र भौगोलिक रुपमा विकट क्षेत्रका विद्यालयहरुलाई क्रमशः आगामी शैक्षिक सत्रदेखि आर्थिक र शैक्षिक सहयोगमा बृद्धि गर्दै लैजाने बताउनु भयो ।

स्थानीय आर्थिक स्रोतको अभाव, संघीय स्रोतमा पूर्ण निर्भर रहनु पर्ने बाध्यात्मक अवस्था भएपनि दुप्चेश्वर गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी शिक्षक अभावलाई पूर्ति गर्न यसै आव देखि ८५ लाख विनियोजन गरी गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरुमा ४४ जना स्वयम् सेवक शिक्षक नियुक्त गरी पठनपाठन कार्यमा सहायता प्रदान गर्दै आइरहेको छ ।साथै आगामी शैक्षिक सत्रदेखि शैक्षिक सामग्री मार्फत् विज्ञान विषय अध्यापन गर्ने उद्देश्यले शैक्षिक सामग्री समेत वितरण गरेको छ ।शिक्षा शाखा प्रमुख मेघनाथ रिमालले गुणस्तरीय शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि गाउँ शिक्षा नीति, २०७६ जारी गरिएको बताउनु भयो ।

यस वर्षको SEE परीक्षामा दुप्चेश्वर गाउँपालिकाबाट २६३ जना परीक्षार्थी सम्मिलित हुँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web