काठमाडौ । आज देशभर समन्य बदली रही देशका केही स्थानमा मेघ गर्जन सहित चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । त्यस्तै आइतबार देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू-भागका एकरदुई स्थानमा र पश्चिमी पहाडी भू(भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

(जारी मितिः २०७६-११-२४ बिहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंसिक देखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू-भागका केहि स्थानमा लगाएत मध्य र पू्र्वी भू-भागका थोरै स्थानमा वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २४ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

फागुन २५ गते (आइतबार)

दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते (सोमबार)

दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी र मध्य पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।

काठमाडौ । कोरोना भाइरसबाट बच्न माक्सको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने रहेको छ । साथै कुहिनामा वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न पनि सुझाव दिइएको छ । भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ । यसले अरूलाई रोग सर्नबाट बचाउँछ ।

विश्व स्वास्थ्य सङ्गठन तथा चिकित्सकका अनुसार यो भाइरसबाट बच्न ह्यान्ड स्यानिटाइज तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने तथा सफा टाबेलले मात्र हात पुछ्नुपर्ने सुझाव दिइएको छ ।

हालसम्म कोरानाबाट ८९ देशलाई आक्रान्त पारिसकेको छ । तीन हजार ३८६ ले ज्यान गुमाएका छन् । ९८ हजार ४२२ जना सङ्क्रमति छन् । यीमध्ये ५५ हजार ६३४ जना उपचारपछि घर फर्केका छन् । उपचार भइरहेका मध्ये ३३ हजार १३० जनाको अवस्था मध्यम छ । छ हजार २७२ को अवस्था गम्भीर छ ।

भाइरस कति समय बाँच्छ ?

मानिसको हातमा रहँदा यो भाइरस १० मिनेट बाँच्न सक्छ । त्यसैले जोगिनका लागि हात धोइरहनुपर्छ । यो २६–२७ डिग्री तापक्रममा त बाँच्नै सक्दैन भनिएको छ । तातोपानी पिउनु र घाम ताप्नु अर्को राम्रो उपाय युनिसेफले सुझाएको छ ।

चिसो आइसक्रिम, कोल्ड ड्रिङ्क्सबाट टाढा रहन भनिएको छ । यदि कसैलाई टन्सिल भएको छ भने कोरोनाको जोखिम बढी हुन्छ । त्यसैले नुनपानीले कुल्ला गर्नुपर्छ । जसले टन्सिलसँगै कोरोना भाइरसलाई फोक्सोमा पुग्नबाट बचाउँछ ।

विश्व स्वास्थ्य सङ्गठन र चीनले संयुक्त मिसनका रूपमा जारी गरेको प्रतिवेदनमा प्रभावित देश, अन्तर्राष्ट्रिय समुदाय र आम जनताका लागि २२ वटा उपाय सिफारिस अवलम्बन गर्न भनिएको छ । जसमा कोरोना बारेको शिक्षा, बचाउको उपाय, प्रचारप्रसार तथा सङ्क्रमितको खोजी गनेर अलग्गै राखेर उपचार गर्ने, अभिलेख राख्नेलगायत उल्लेख छ ।

कोरोना भाइरसको सङ्क्रमण हुँदा प्रायः ज्वरो आउने र सुख्खा खोकी लाग्छ । केही हप्तापछि सास फेर्न गाह्रो हुँदै जान्छ । कतिपयमा भने यस्ता लक्षण नदेखिन सक्छ । केहीमा रुघाखोकी जस्तो लक्षण पनि देखिएका छन् । त्यसैले ब्यापार बढाउनकै लागि औषधालयलाई प्रभावित गर्न नहुने युनिसेफले जनाएको छ ।

फलाममा कोरोनाको आयु बढी :

कोरोना भाइरस हावामा स्थिर रहन सक्दैन, त्यसैले हावाबाट सर्दैन, जब यो भाइरस फलामे सतहमा पर्छ त्यो १२ घण्टासम्म बाँच्न सक्छ, जब कपडामा पर्छ नौ घण्टा मात्र बाँच्न सक्छ, युनिसेफले भनेको छ । त्यसैले पनि साबुनपानीले हात धुनु नै उत्तम उपाय हो ।

काठमाडौ । जहाँको तहीँ समायोजन भएका स्थानीय तहका कर्मचारीहरूले एक तह बढुवाको माग गरेका छन ।

जहाँको तहीँ समायोजन भएका दुई नम्बर प्रदेशअन्तर्गत बारा र पर्सा जिल्लाका स्थानीय तहका कर्मचारीहरूको एक समूहले बिहीबार एक तह बढुवा वा ग्रेड वृद्धिको माग गर्दै सङ्घीय मामिला मन्त्रालयमा १४ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीय तह कर्मचारी संघ नेपाल, स्थानीय कर्मचारी मिलन केन्द्र, डिप्लोमा इन्जिनियरिङ एशोसियशन नेपाल, स्थानीय तह कर्मचारी युनियन नेपाल, नेपाल नगरपालिका एशोसियशनका प्रतिनिधिका रूपमा काठमाडौं आएका बारा र पर्सा जिल्लाका स्थानीय तहमा कार्यरत करिब १५ जनाको समूहले मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कर्मचारी समायोजन गर्दा सरकारले संघमा रहेका कर्मचारीलाई योग्यता पुगेका कर्मचारीलाई एक तह बढुवा र योग्यता नपुगेका कर्मचारीलाई दुई ग्रेड वृद्धि गरेर स्थानीय तह र प्रदेशमा पठाएको थियो ।

त्यसरी संघबाट कर्मचारी जाँदा आफूभन्दा तल्लोस्तरको कर्मचारी माथिल्लो तहमा पुगेको भन्दै उनीहरूले आफूहरुलाई पनि सोही अनुसारको व्यवस्था लागू गरेर बढुवा वा ग्रेड वृद्धि गरिदिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिका सभापति शशि श्रेष्ठ र राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

भेटमा सबैले ‘हामी हेर्छौं’ भन्ने आश्वासनमात्रै दिएको स्थानीय तह कर्मचारी संघ नेपालका दुई नम्बर प्रदेश सचिव शाहले बताए ।

उनीहरूले राजनीतिक दलहरूको समेत ध्यानाकर्षण गराएका छन ।

समाजवादीको संसदीय दलको कार्यलय र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पार्टी कार्यालय बबरमहलमा पुगेर बढुवा व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । जवाफमा राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पार्टीका सचेतक, प्रमुख सचेतकमार्फत संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

संघीय निजामती कर्मचारी विधेयकमा चासो

स्थानीय तहका कर्मचारीहरूको उक्त समूहले लामो समयदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती कर्मचारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चासो राखेका छन् ।

प्रदेश तहका कर्मचारी स्थानीय तहमा र स्थानीय तहका कर्मचारी प्रदेश तहमा सरुवा र बढुवाको पनि व्यवस्था हुनुपर्ने उनीहरूको १४ बुँदे ज्ञापनपत्रमा उल्लेख छ ।

समितिमा विचाधीन विधेयकमा अन्तर तह सरुवा हुनसक्ने प्रस्तावित व्यवस्था छ । यसबारे समिति ठोस निष्कर्षमा पुगिसकेको छैन ।

यस्तै, स्थानीय तहका प्रमुख प्रशसकीय अधिकृत प्रदेश मातहत हुनुपर्ने उनीहरूको माग छ । प्रस्तावित विधेयकमा स्थानीय तहका प्रमुख प्रशसकीय अधिकृत संघ मातहत हुने व्यवस्था छ । यसमा पनि समितिमा सहमति जुटेको छैन ।

संघीय निजामती कर्मचारीसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ ।

काठमाडौ । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ ।

नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । ‘विश्व स्वास्थ्य संठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौं,’ उनले भने ।

नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र बनाएको थियो । नेपाल भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई टोखा चिनाउनका लागि नेवाःगुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको थियो । महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मुन तिरुवाका छोरा रहेको खुलेको छ ।

उनका बुबा ०५६/५७ मा राज्यपक्षबाट मारिएका थिए । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताए । हाल उनी काठमाडौंको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका थिए । युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उनी अहिले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।

उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ ।

सूचीमा नाम भने छैन :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवाले आफूलाई सहीदको छोरो दाबी गरेका छन् । तर, माओवादीले तयार पारेको ११२२० जना सहीदको सूचीमा रतनका पिताको नाम छैन । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन । साविक माओवादीले संकलन गरेको सहिद र बेपत्ताको सूचिमा तिरुवाका बुबाको नाम फेला नपरेकाे हाे ।

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सहिदका छोरा हुन् कि हैनन् भनेर हामीले सिंजा गाउँपालिकाका अध्यक्षलाई पनि सोध्यौं । सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले रतनका बुबा भारत गएका बेला उतै बेपत्ता भएको तर रतनले सहिद भएको भनेर राज्यबाट विभिन्न लाभ लिइरहेको बताए ।

यसैवीच, तिरुवाका बुबा माओवादी युद्धका क्रममा मारिएको भन्ने रतनको दाबी असत्य भएको नेकपा जुम्लाले आइतबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर तिरुवा नेकपामा नरहेको उल्लेख गरेका हुन् । ‘जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहीद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन् ।

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णयअनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनयन गर्न सिफारिस नगर्ने सन्देशसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षतर्फ अग्रसर भएको देखिएको छ ।

बुधबार विहान बसेको नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । तर निर्णयको केही घन्टा वित्न नपाउँदै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय कार्यान्वयन गर्न नसक्ने बताए ।

यससँगै पाँचवर्ष सत्ता सञ्चालन गर्न जनताको अत्याधिक बहुमत पाएको नेकपाभित्र उत्पन्न विवाद र शक्ति संघर्ष उत्कृर्षमा पुगेको विश्लेषण हुन थालेको छ । नेकपाको मुख्य नेतृत्वले सुझबुझ देखाउन सकेन भने पार्टीमा दुर्घटना हुनसक्ने नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुमाथि आफूलाई घेराबन्दी गर्न शक्तिकेन्द्र र व्यापारिक घरानाको समेत प्रयोग भएको गम्भिर आरोप लगाएसँगै दुई अध्यक्षको अविश्वास उत्कर्षमा पुगेको बुझ्न सकिन्छ ।

२०७४ को आम चुनावमा तत्कालीन एमाले र माओवादीको वाम गठबन्धनले बहुमत पाएको थियो । चुनावपछि पार्टी एकता गरेर नेकपा बनाउँदा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने गोप्य सहमति भयो, जसले सरकारको स्थिरताबारे प्रश्न उठेको थियो । झण्डै दुई वर्ष लामो विवाद र बहसपछि ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्ड पार्टीमा कार्यकारी अध्यक्ष हुने सहमति गरे ।

यससँगै नेकपाको विवाद हल भएको मानिएको थियो । त्यसविपरित एकपछि अर्को विवाद चर्किएको छ ।

यदि गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय कार्यन्वयन नगरी प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै मनोनयन गर्न सिफारिस गरे भने सचिवालयको बहुमतले उनीविरुद्ध अर्को कदम चाल्न सक्ने चेतावनी दिएको छ । ओलीले ‘अपि्रय कदम चाल्नुपर्ने हुनसक्छ’ भन्नु र पार्टीका बहुमत नेता उनको विपक्षमा उभिनुले असमान्य अवस्था आउनसक्छ ।

२०५९ सालमा तत्कालिन सत्तारुढ नेपाली कांग्रेसभित्र यस्तै अवस्था आएको थियो । पार्टीको निर्णय नमानेको भन्दै सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री शेरवहादुर देउवासहित केही मन्त्रीलाई पार्टीबाट निश्कासन गरेका थिए र देउवाले संसद बिघटन गरेर पार्टी फुटाएका थिए । सत्तारुढ कांग्रेसमा आएको फुटको फाइदा उठाउँदै तत्कालीन राजाले शासन सत्ता हातमा लिएका थिए ।

नेकपामा त्यो अवस्था आइसकेको भन्न सकिन्न । किनकी निकै विवादका बीच ओली र प्रचण्डले ‘सरप्राइज’ निर्णय गर्ने गरेका छन् ।नेकपाकै केही नेताले प्रधानमन्त्री ओलीलाई बामदेव गौतमको निर्णय कार्यन्वयन गरेर पनि युवराज खतिवडालाई निरन्तरता दिन सकिने विकल्प समेत सुझाएका छन् । अहिले गौतमलाई रोक्दा पार्टीमा समस्या आउने भएकाले अर्को विकल्प सुझाइएको स्रोतको दाबी छ । त्यो भनेको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएको भोलिपल्ट उनलाई मन्त्रिपरिषदमा पुनःनियुक्त गर्ने र ६ महिनाभित्र कुनै एक सांसदलाई राजीनामा गराएर राष्ट्रियसभामा ल्याउन हो ।

नेकपाका केही नेताहरुले पार्टीलाई दुर्घटनातर्फ जान नदिन यहि विकल्पमा शीर्ष नेतृत्वलाई सहमत गराउन पहल थालेका छन् । तर प्रधानमन्त्री ओलीले आफूलाई घेराबन्दी पारिएको र घेरा तोड्न अपि्रय कदम उठाउनुपर्ने चेतावनी दिनुलाई चाहिँ नेकपा नेताहरूले गम्भिर रुपमा लिएका छन् ।

किनकी गणितीय रुपमा पार्टीभित्र अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्पष्ट अल्पमतमा छन् । र, सचिवालयका बहुमत सदस्यको भैंसेपाटी र खुमलटारका बैठकबाट बिच्किएका ओलीले चाल्ने अपि्रय कदमको आंकलन गर्न अहिले नै सकिन्न ।

तर, पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा परिसकेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका अगाडि दुई विकल्प देखिन्छ ।

पहिलो, पार्टीभित्र आफू अल्पमतमा रहेकाले बहुमत पक्षधरसँग सम्झौता गरेर अघि बढ्नेे ।

दोस्रो, जे पर्छ सामना गर्ने । त्यो भनेको बहुमत पक्षले उनलाई हटाउन चाहे पनि तयार हुनु हो ।

४ मंसिर यता लगातार ओलीले नचाहेका निर्णय नेकपा सचिवालय र केन्द्रीय कमिटीबाट भएका छन् ।

अन्तिम घडीसम्म अडान लिएपनि सचिवालयबाट आफ्नो चाहना विपरीत भएका निर्णय मान्न बाध्य भइरहेका ओली फागुन १४ गते बुधबारको बैठकको अन्त्यमा जुन ढंगले प्रस्तुत भए, त्यसले पनि उनीसँगका विकल्पको खोजी भएको हो । ओलीले मंसिर ४ गते प्रचण्डलाई कार्यकारी अध्यक्ष स्वीकार गरेर आफू पूरै कार्यकाल प्रधानमन्त्री बन्ने निर्णयमा सहमति जनाएका थिए । त्यसयता उनले चाहे अनुसार नेकपामा केही पनि भएको छैन ।

उनले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए र करीव एक महिना संसद बैठक नै रोकेर उनले आफू अनुकल निर्णय गराउने प्रयास गरे । तर भैंसेपाटी बैठकपछि सचिवालयका बहुमत नेता एक ठाउँमा उभिएर अग्नि सापकोटालाई सभामुख बनाउन ओली बाध्य भए ।

एमसीसी अध्ययन कार्यदल बनाउने ओलीको इच्छा थिएन । तर सचिवालयको बहुमतले कार्यदल बनायो र कार्यदलले ओलीको चाहना विपरितको सुझाव दियो । कार्यदल नै बनाउन अस्वीकार गरेका ओलीले सो कार्यदलको सुझाव समेत उनको बुझाइ विपरित आएपछि अप्ठ्यारो महशुस गरेकै छन् ।

ओली निकटको दाबी छ कि संविधान संशोधन कार्यदल बनाउने पनि उनको चाहना थिएन । तर अर्को पक्षले भने उनकै प्रस्तावमा कार्यदल बनेको दाबी गरेको छ । जे होस्, कार्यदल जसरी बनेको थियो, त्यसरी नै भंग भयो ।

तर बामदेवलाई राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएपछि ओली रुष्ट बनेका छन् ।

उनले सचिवालयको निर्णय रोकेनन् तर कार्यान्वयन नगर्ने जनाउ दिए । मन्त्रिपरिषद्बाट सिफारिस गर्नुपर्ने भएकाले निर्णय कार्यान्वयनमा ओली निर्णायक छन् । उनले चाल्ने कदमबाट नेकपा र प्रधामन्त्रीको भविष्य निर्धारण गर्नेछ ।

प्रधानमन्त्री ओलीसँग तेस्रो विकल्प पनि छ, तर त्यो विकल्प निकै टाढा पुगेको छ । त्यो भनेको माधव नेपालको सहयोगमा एकपटक पुनः पार्टीभित्र बलियो बन्ने । यसबीचमा निरन्तर दबावमा परेर भित्तामै पुर्याइएका नेपालले ओलीलाई संकटबाट बचाउन सहजै काँध थाप्ने अनुमान गर्न सकिन्न ।

नेता नेपालले पार्टीभित्र संस्थागत निर्णयका आधारमा चल्नुपर्ने अडान राख्दै आएका छन् । उनले यसबीचमा ओलीबाट धेरै अपमान र दबाव सहनुपरेको बताउँदै आएका छन् । त्यसैले त्यो विकल्प निकै पर रहेको नेता नेपाल निकट स्रोतको दाबी छ ।

यो सामाग्रि अनलाइन खबरबाट साभार गरिएको हो ।

काठमाडौ ।चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ ।

केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी निरीक्षकदेखि जवानसम्मलाई निलम्वन गर्न निर्देशन दिएको हो।

केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनरबाट गत पुस ११ गतेभित्रिएको ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाइ एक आपसमा बाँडफाँड गरेको आयोगमा उजुरीपछि छानविन सुरु गरेको हो ।

प्रहरी निरीक्षक नेपालको समूहले गाडी चालक फुर्वा पासाङको साथमा रहेको उक्त परिमाणको सुन बरामदपछि चालकलाई छाडेको आयोगले जनाएको छ। पदमा रहँदा प्रमाण लोप वा नाश गर्न सक्ने भएकाले उनीहरुलाई पदबाट निलम्बन गर्न पत्र लेखेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगले निलम्बन गर्न परिपत्र गरेका प्रहरीहरुको नामावलीः

१. प्रहरी निरीक्षक खेमप्रसाद नेपाल

२. प्रहरी नायव निरीक्षक भोजबहादुर सेन वली

३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल

४. प्रहरी हवल्दार रामशरण रिमाल

५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री

६. प्रहरी हवल्दार रामकाजी लामा

७. प्रहरी हवल्दार गोपीबहादुर लो तामाङ

८. प्रहरी जवान शिवनारायण चौधरी

९. प्रहरी जवान भविलाल रुम्बा लामा

१०. प्रहरी जवान रामचन्द्र वि.क.

११. प्रहरी जवान रिता चौधरी

१२. प्रहरी जवान मनोज आले

१३. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान

१४. प्रहरी जवान ताराबहादुर प्रजा

१५. प्रहरी जवान युवराज खरेल

१६. प्र.का.स.हरिबहादुर श्रेष्ठ

किस्पाङ । नेपाल भ्रमण वर्ष २०२० तथा आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्न निस्किएको फिकुरी ट्रेल एक्सप्लोरेशन टोली बुधबार फिकुरी डाँडाँमा पुगेको छ। ३४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडा खर्कमा मंगलबार साँझ पुगेको टोलीले क्याम्पिङ गरेर रात बिताएको छ।

रातभर अत्याधिक हिमपात परेपनि त्यस्तो असहज केही नभएको सहभागीहरूले जनाएका छन्। करिब ३ फिटसम्म हिउँ जमेको भए पनि भेडाखर्क बसाइ सहज रहेको एक्सप्लोरेशन टिमका संयोजक उर्जा तामाङले जानकारी दिए।

‘जुन उद्धेश्यले हामी आएका थियौं, पूरा भएका छ। ३८०० मिटर उचाईको फिकुरे डाँडाँबाट लाङटाङ, गणेश हिमाल, मनाश्लु, गोसाइकुण्ड रेन्ज सहजै देख्न पाइयो। साथै हिमाली जन जीवन र संस्कृति अवलोकन गर्न सकियो’, तामाङले भने। त्यसैगरी टिममा अभिभावकको रूपमा यात्रामा सहभागी नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका कार्यकारी सदस्य, पूर्व टान अध्यक्ष तथा वरिष्ट पर्यटन उद्दमी दिपक महतका अनुसार ट्रेल अत्यन्तै सम्भावना बोकेको भएकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए।

राजधानी नजिकैको यो ट्रेलको उचित प्रचार प्रसार गर्नुपर्ने महतले औल्याए।

५२ जना सहभागी टोली आज ६ घन्टाको पदयात्रा पछि १८०० मि उचाईमा रहेको ठूलो गाउँ पुगेर बास बस्नेछ।

रातभर बाक्लो हिमपात परे पनि टिममा सहभागी सबै सदस्यहरू सकुशल रहेको टिम लिडर एवं रसुवा ट्रेकका सञ्चालक गगन राज न्यौपानेले जानकारी दिए।

ठूलो गाउँ पछि टोली रसुवाको डाँडागाउँ झरना र घलेगढी पुगेर फर्कने न्यौपानेले जानकारी दिए।

दुई जिल्लाका पर्यटन व्यवसायी सञ्चारकर्मी टिमले भ्रमण गर्ने छन् भ्रमण पश्चात यस क्षेत्रको प्रर्वद्धनात्मक भिडियो उत्पादन लेख समाचारले आगामी दिनमा पर्यटनलाई भ्रमण गर्न सहज हुने नक्सा प्रकाशन गरि फोटो सहितको जानकारीमुलुक प्रचार प्रसार गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तथा उद्देश्य रहेको आयोजक टिमले जानकारी दिएको छ।

काठमाडौ । करिव दफैपिच्छे आनुसाङ्गिक त्रृटिसहितको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गरेको छ । पर्यटन मन्त्रालयका तर्फबाट राष्ट्रियसभा सचिवालयमा विधेयक आइतबार दर्ता गरिएको हो । विधेयक सांसदलाई वितरण गरिएको छ । त्यसपछि विधेयकमा त्रृटि फेला परेका हुन् ।

‘‘हामीले दर्ताका लागि आवश्यक प्रक्रिया र कागजात भए÷नभएको मात्र हे¥यौँ । विधेयक दर्ता भइ सांसदलाई वितरण गरिएको छ । तर वितरणपछि विधेयकमा धेरै त्रृटि फेला परेका छन् । सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ । करिब पाँच सय प्रति विधेयक कामै नलाग्ने अवस्थाका छन् ।’’ विधेयक शाखाका एक कर्मचारीले भन्नुभयो ।

विधेयकको आवरणमा राखिएको र भित्र उल्लेखित नाममा समेत एकरुपता छैन । यस्तै, कतिपय दफामा अप्रासाङ्गिक विषय समेटिएका छन् । प्रारम्भमै हुनुपर्ने परिभाषा समेत बीचमा समेटिएका छन् । उपदफाका क्रमाङ्कहरु कतिपय अनुच्छेदको बीचमै छन् । प्रारम्भिक मस्यौदामा समेत नहुने गल्तीहरु दर्ता भएको विधेयकमा बग्रेल्ती छन् ।

विधेयक सदनमा आउनुपूर्व कम्तिमा मस्यौदा स्वीकृति, सैद्धान्तिक सहमति, मन्त्रिपरिषद्को समितिमा हुने दफावार छलफल र अन्तिम संशोधनमा मिहिन रुपमा नै अध्ययन हुन्छ । तर छापिएको विधेयकमा माथिका कुनै पनि चरणमा सर्सर्ती पढिएको छैन ।

नामदेखि नै त्रृटि ;

दर्ता विधेयकको आवरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘स्थापना र व्यवस्था’ गर्न बनेको विधेयक उल्लेख छ । तर विधेयकको मूल अंशमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई ‘संशोधन र एकीकरण’ गर्न बनेको विधेयक उल्लेख छ । नाममै एकरुपता पाइन्न ।

विधेयकको दफा १० मा प्रारम्भमा नै आनुसाङ्गिक त्रृटि छ । विधेयकको दफा १४ मा पूरै क्रम मिलेको छैन । प्रमाणपत्र निलम्बनसम्बन्धी उक्त व्यवस्थाको अनुच्छेद मिलेको छैन भने स्पष्ट अर्थ नै लाग्दैन । प्रस्तावित दफा १४ मा भनिएको छ, ‘‘प्रमाणपत्र निलम्वन वा रद्द गर्न सक्ने बमोजिम प्रमाणपत्र प्राप्त संस्थाले १३ वा १२ दफाः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा प्राधिकरणबाट जारी आदेश वा प्रमाणपत्रमा निलम्बन वा रद्द गर्न उल्लेखित शर्त उल्लङ्घन गरेमा प्राधिकरणले तोकिए बमोजिम प्रमाणपत्र सक्नेछ ।’’

विधेयकको दफा २३, २४, २५ तथा २६ मा आनुसाङ्गिक क्रम मिलेको छैन । तीनवटै दफाका धेरै शब्दावली पूर्ण छैनन् । क्रम मिलेको छैन । दफा २८ को शब्दावली त्रृटिपूर्ण छ । उडान योग्यताको प्रमाणपत्रसम्बन्धी उक्त व्यवस्थाको अनुच्छेद क्रम मिलेको छैन ।

यस्तै, दफा ३१ मा पनि त्रृटि छ । दफा ३१ को उपदफामा उल्लेख विषय प्रसंगहीन छ । त्यसपछिका कुनै पनि उपदफाको क्रम मिलेको छैन । प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘‘बमोजिमको व्यक्तिगत इजाजतपत्र वा प्रमाणपत्र सम्बन्धी व्यवस्था अन्य (१) उपदफा (३) व्यवस्था तोकिएको बमोजिम हुनेछ ।’’ कुन ‘बमोजिम’ वा के ‘तोकिए बमोजिम’ भन्ने प्रयोजन नै विधेयकमा क्रम मिलेको छैन ।

विधेयकको दफा ३७, ३८, ३९ र ४० मा समेत कुनै न कुनै त्रृटि छ । दफा ३८ मा रहेको विज्ञको स्पष्टीकरण खण्डमा अप्रासाङ्गिक विषय समेटिएको छ । स्पष्टीकरण खण्डमा ‘कानुन, व्यवस्थापन, भन्नाले विज्ञान विज्ञ’ जस्ता शब्द समेटिएका छन् । जसमा विज्ञको परिभाषा गर्न खोजिएको हो । यस्तै दफा ३९ को उपदफा १ तथा २ दुबैमा आनुसाङ्गिक त्रृटि छ । दफा ४० को पहिलो वाक्यांश अपूर्ण छ ।

हरेक दफा अस्पष्ट :

प्रस्तावित विधेयकका दफा ५१ र ५३ पूरै अस्पष्ट छन् । यस्तै, पुनरावेदनसम्बन्धी व्यवस्था भएको दफा ४६ पनि त्रृटिपूर्ण छ । दफा ५३ प्रत्यायोजित अधिकारसँग सम्बन्धित छ । दफा ५८ पनि समस्याग्रस्त छ । उक्त दफा खारेजी र बचाउसँग सम्बन्धित छ ।

दफा ५८ मा भनिएको छ, ‘‘खारेज गरिएको २०५३, डयन प्राधिकरण ऐन नेपाल नागरिक उड् (१) छ । अन्तर्गत भए गरेका काम २०५३, डयन प्राधिकरण ऐन नेपाल नागरिक उड् (२) कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।’’

काठमाडौ । काठमाडौं कंलकीमा ब्रेक फेल भएको ट्रक अनियन्त्रित हुँदा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

ट्रकको ठक्करबाट छ बटा चार पांग्रे सवारी साधन र चार वटा दुई पाँग्रे सवारी साधनमा क्षति पुुगेको नेपाल प्रहरी कालिमाटी वृत्तका डिएसपी रुग्म कुँबरले बताउनुभयो ।

कतिपय सवारी धनीले सवारी साधन घटाना स्थलमा नै छाडेर गएकाले उनीहरू उपचारका लागि अस्पताल गएको हुन सक्ने हुँदा घाइतेको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । सो ट्रक थानकोटबाट कलंकीतर्फ आउँदा ढुङ्गेअड्डाको ओरालोमा अनियन्त्रित भएको थियो ।

काठमाडौ । चना सञ्चार तथा प्रविधीमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका छन । कमिसन मागेको अडियो सार्वजनिक भएपछि यसको छानबीनका लागी नैतिकताका आधारमा उनले राजीनामा दिएका हुन । उनले राजीनामा दिएको प्रतिनिधी सभाका सभामुख अग्नी सापकोटाले संसदलाई जानकारी दिएका छन ।

कञ्चनपुरबाट फर्केका बाँस्कोटाले फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर आफ्नो राजीनामा बुझाएका थिए । बाँस्कोटाले केहिबेर अघिमात्रै आफुमाथी प्रश्न उठेकाले आफुले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गदै केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन । उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको खबर सभामुखले पाएपछि उनले सुचना सञ्चार तथा प्रविधी मन्त्रीले राजीनामाको जानकारी संसदलाई अनौपचारिक रुपमा दिएका हुन ।

सञ्चारमन्त्री बाँस्काेटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद सम्बन्धमा कमिसनमा माेलमाेलाइ गरेकाे अडिओ बाहिरिएसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उनलाई बर्खास्त गर्न माग गर्दै सदन चल्न नदिने बताएपछि सभामुख सापकाेटाले राजीनामा दिइसकेकाे सदनलाई जानकारी गराएका हुन्। "सम्बन्धित मन्त्रीले राजीनामा दिइसकेकाे अनाैपचारिक जानकारी आइसकेकाे छ," उठेर विराेध जनाइरहेका कांग्रेसका सांसदहरूलाई सम्बाेधन गर्दै उनले भने, "माननीय सदस्यहरु औपचारिक जानकारी पनि आउँदै हाेला। अब सदनकाे कारबाही अगाडी बढाऔं।"

तर, सभामुखकाे यस्ताे आग्रहपछि पनि कांग्रेसका सांसदले विराेध जारी राखेपछि सभामुख सापकाेटाले १३ फागुनसम्मलाई प्रतिनिधि सभा बैठक स्थगित गरे।

काठमाडौ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकमले प्राप्त गरेको छ।

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ।

७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।

सरकारका एक पछि अर्का निर्णयहरु विवादास्पद र भ्रष्टाचारलाई बढावा दिने खालका तथ्यहरु सार्वजनिक भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका बास्कोटा यति ठूलो कमिसन प्रकरणमा जोडिने घटनाले सरकारका मन्त्री तथा अधिकारीहरु संस्थागत भ्रष्टाचारमा समेत चुर्लुम्म डुबेको देखाएको छ।

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर सरकारको नेतृत्व लिएदेखि त्यसलाई गिज्याउने गरि घटनाहरु सार्वजनिक भइरहेका छन्। यो प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री बास्कोटालाई अन्य प्रकरणमा आफ्ना प्रियहरुलाई दिएको झै उन्मुक्ति दिन्छनकी कार्वाहीको दायरामा ल्याउँछन त्यो हेर्न बाँकी छ।

यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए। उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तैः

-विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन

-मन्त्री गोकुल बास्कोटाः ह…

-विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

-मन्त्री गोकुल बास्कोटाः ठीक छ।

-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्यो।

-मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु।

-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।

-मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।

-विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।

-मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?

-विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा

-मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?

-विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।

-मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।

-विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।

-मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?

-विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।

-मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन? छुट्टै गर्छन?

-विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

-मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ?

-विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्योनी। आउट अफ ट्याक गइयो भने…

-मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?

-विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।

-मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..

-विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।

-मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।