काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मुन तिरुवाका छोरा रहेको खुलेको छ ।

उनका बुबा ०५६/५७ मा राज्यपक्षबाट मारिएका थिए । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताए । हाल उनी काठमाडौंको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका थिए । युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उनी अहिले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।

उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ ।

सूचीमा नाम भने छैन :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवाले आफूलाई सहीदको छोरो दाबी गरेका छन् । तर, माओवादीले तयार पारेको ११२२० जना सहीदको सूचीमा रतनका पिताको नाम छैन । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन । साविक माओवादीले संकलन गरेको सहिद र बेपत्ताको सूचिमा तिरुवाका बुबाको नाम फेला नपरेकाे हाे ।

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सहिदका छोरा हुन् कि हैनन् भनेर हामीले सिंजा गाउँपालिकाका अध्यक्षलाई पनि सोध्यौं । सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले रतनका बुबा भारत गएका बेला उतै बेपत्ता भएको तर रतनले सहिद भएको भनेर राज्यबाट विभिन्न लाभ लिइरहेको बताए ।

यसैवीच, तिरुवाका बुबा माओवादी युद्धका क्रममा मारिएको भन्ने रतनको दाबी असत्य भएको नेकपा जुम्लाले आइतबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर तिरुवा नेकपामा नरहेको उल्लेख गरेका हुन् । ‘जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहीद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन् ।

22.12¡ÆC