कोरोनाबाट बच्न मास्कभन्दा सफाइ उत्तम

फाल्गुन २४, २०७६ मा प्रकाशित | 2471 views

काठमाडौ । कोरोना भाइरसबाट बच्न माक्सको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने रहेको छ । साथै कुहिनामा वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न पनि सुझाव दिइएको छ । भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ । यसले अरूलाई रोग सर्नबाट बचाउँछ ।

विश्व स्वास्थ्य सङ्गठन तथा चिकित्सकका अनुसार यो भाइरसबाट बच्न ह्यान्ड स्यानिटाइज तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने तथा सफा टाबेलले मात्र हात पुछ्नुपर्ने सुझाव दिइएको छ ।

हालसम्म कोरानाबाट ८९ देशलाई आक्रान्त पारिसकेको छ । तीन हजार ३८६ ले ज्यान गुमाएका छन् । ९८ हजार ४२२ जना सङ्क्रमति छन् । यीमध्ये ५५ हजार ६३४ जना उपचारपछि घर फर्केका छन् । उपचार भइरहेका मध्ये ३३ हजार १३० जनाको अवस्था मध्यम छ । छ हजार २७२ को अवस्था गम्भीर छ ।

भाइरस कति समय बाँच्छ ?

मानिसको हातमा रहँदा यो भाइरस १० मिनेट बाँच्न सक्छ । त्यसैले जोगिनका लागि हात धोइरहनुपर्छ । यो २६–२७ डिग्री तापक्रममा त बाँच्नै सक्दैन भनिएको छ । तातोपानी पिउनु र घाम ताप्नु अर्को राम्रो उपाय युनिसेफले सुझाएको छ ।

चिसो आइसक्रिम, कोल्ड ड्रिङ्क्सबाट टाढा रहन भनिएको छ । यदि कसैलाई टन्सिल भएको छ भने कोरोनाको जोखिम बढी हुन्छ । त्यसैले नुनपानीले कुल्ला गर्नुपर्छ । जसले टन्सिलसँगै कोरोना भाइरसलाई फोक्सोमा पुग्नबाट बचाउँछ ।

विश्व स्वास्थ्य सङ्गठन र चीनले संयुक्त मिसनका रूपमा जारी गरेको प्रतिवेदनमा प्रभावित देश, अन्तर्राष्ट्रिय समुदाय र आम जनताका लागि २२ वटा उपाय सिफारिस अवलम्बन गर्न भनिएको छ । जसमा कोरोना बारेको शिक्षा, बचाउको उपाय, प्रचारप्रसार तथा सङ्क्रमितको खोजी गनेर अलग्गै राखेर उपचार गर्ने, अभिलेख राख्नेलगायत उल्लेख छ ।

कोरोना भाइरसको सङ्क्रमण हुँदा प्रायः ज्वरो आउने र सुख्खा खोकी लाग्छ । केही हप्तापछि सास फेर्न गाह्रो हुँदै जान्छ । कतिपयमा भने यस्ता लक्षण नदेखिन सक्छ । केहीमा रुघाखोकी जस्तो लक्षण पनि देखिएका छन् । त्यसैले ब्यापार बढाउनकै लागि औषधालयलाई प्रभावित गर्न नहुने युनिसेफले जनाएको छ ।

फलाममा कोरोनाको आयु बढी :

कोरोना भाइरस हावामा स्थिर रहन सक्दैन, त्यसैले हावाबाट सर्दैन, जब यो भाइरस फलामे सतहमा पर्छ त्यो १२ घण्टासम्म बाँच्न सक्छ, जब कपडामा पर्छ नौ घण्टा मात्र बाँच्न सक्छ, युनिसेफले भनेको छ । त्यसैले पनि साबुनपानीले हात धुनु नै उत्तम उपाय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web