४ चैत, नुवाकोट । दश जोड दुईमा अध्यापन गराउदै आएका शिक्षकहरुको साँझा सस्था हिस्टान नुवाकोट अध्यक्षमा मुकुन्द अर्याल चयन हुनुभएको छ । त्रिशूलीमा शनिबार भएको तेस्रो अधिबेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गर्दै अध्यक्षमा त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयमा अध्यापन गराउदै आउनुभएका अर्याल चयन हुनुभएको हो ।
हिस्टान जिल्ला उपाध्यक्षमा भैरवी मावीका सम्झना ढुङ्गाना, सचिवमा शक्ति माविका जीवन दाहाल, सहसचिवमा ग्रामसेवा माविका राकेश शाह, कोषाध्यक्षमा ज्ञानज्योती माविका श्याममायाँ लामा चयन हुनुभएको छ ।
यसैगरी, सदस्यमा त्रिभूवन त्रिशूली माविका खगेन्द्र केसी, कल्याणी माविका उद्धव पुडासैनी, विन्दुकेशर माविका विष्णु पौड्याल र रणभुवनेश्वरी माविका विष्णु नेपाल रहनुभएको छ ।
यसैगरी, स्थानीयतह अनुसार कार्यसमिति चयन गर्न केहीमा संयोजक समेत तोकेर जिम्मेवारी प्रदान गरिएको हिस्टानका केन्द्रीय सह–कोषाध्यक्ष पुष्पराज लोहनीले जानकारी दिनुभएको छ ।
नुवाकोटमा साविकको उच्चमावि अर्थात अहिलेको कक्षा ११ र १२ मा अध्ययापन गराउने विद्यालयको सङ्ख्या ५२ भएपनि शिक्षकको सङ्ख्या दरबन्दी अनुसार ३२ जना, राहतकोटा ६४ जना र निजीश्रोत समेत गरी ३५० को हाराहारीमा कार्यरत रहेको केन्द्रीय सह–कोषाध्यक्ष लोहनीले बताउनुभएको छ ।
हिस्टान नुवाकोटको तेश्रो अधिवेशनमा केन्द्रीय उपाध्यक्ष गणेश लामिछाने, सहकोषाध्यक्ष लोहनी लगायतको सहभागिता रहेको थियो ।

नुवाकोट ।

विदुर नगरपालिका वडा नं। ४ बट्टार स्थित हावाघरमा निर्माणाधीन रहेको सिद्धिदात्री देवी भगवतीको मन्दिर परिसरमा श्रीनाथ गण देवीघाटमा रहेको नेपाली सेनाले सरसफाई गरेको छ ।

मन्दिरमा निर्माणको लागी आर्थिक संकलन गर्न आजदेखि श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सञ्चालन हुन लागिरेकाले त्यसलाई सहयोग पु¥याउन मन्दिर क्षेत्र तथा आसपासमा सेनानी कुलबहादुर ढकालको नेतृत्वमा रहेको नेपाली सेनाको टोलीले शनिबार सरसफाई गरेको हो ।

सरसफाईको क्रममा नेपाली सेनाले मन्दिर तथा आसपासमा रहेका फोहोरको संकलन तथा बिसजर्न, अब्यबस्थित रहेका सामाग्रि व्यवस्थापन गरेको थियो ।

काठमाडौं । गौशलाबाट हतियार सहित पक्राउ परेका कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामालाई तत्काल रिहा गर्न माग गर्दै काभ्रेको बनेपामा कांग्रेस कार्यकर्ता जुलुस निकालेका छन् । जुलुसमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। साँझ छ बजे बनेपामा लामालाई रिहा गर्ने माग गर्दै निकालेको मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा दुईपक्षबीच झडप भएको हो।

मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा प्रहरी माथि जुलसमा सहभागीले ढुङगामुढा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीले स्थिति नियन्त्रण लिन दुई राउन्ड अश्रु ग्याससमेत प्रहार गरेको छ। बुधवार काठमाडौंको गौशालाबाट एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ परेका लामालाई रिहाको माग गर्दै कांग्रेस काभ्रेले आन्दोलनको नेतृत्व गरेको हो।

काठमाडौं । उपराष्ट्रपति पदमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन निर्विरोध भएका छन्। उम्मेवारी दर्ताको निर्धारित समयमा वर्तमान उपराष्ट्रपति पुनको मात्रै उम्मेवारी परेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन्।
राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएको छैन। उपराष्ट्रपतिमा पुनको मात्रै उम्मेदवारी परे पनि विजयको घोषणा भोली मात्रै हुने भएको छ। निर्वाचनको कार्यतालिकाअनुसार भोलिसम्म दावी विरोधको समय रहेकाले आयोगले आज विजयी भएको घोषणा भोलि नै गर्ने भएको छ।

पुनको समर्थकमा सुवास नेम्वाण्ङ, पम्फा भुुसाल, रेखा शर्मा, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ र समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन्।

उम्मेदवारी दर्ता गर्दै उपराष्ट्रपति पुनले आफू संविधानको पालन गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताका पक्षमा निरन्तर कटिवद्ध हुने बताए।

काठमाडौ । आइसीसी विश्वकप छनोट अन्र्तगत सातौं स्थानका लागि भएको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ । टस हारेर फिल्डिङ गरेको नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । ८ ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै १६ रनमात्र दिएका छन् ।

आइसीसीको ‘लिस्ट ए’ क्रिकेटमा ५० विकेट लिने सोमपाल कामी पहिलो नेपाली बलर बनेका छन् । तीव्र गतिका बलर सोमपालले शनिबार आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं र आठौ स्थानका लागि भइरहेको खेलमा नेदरल्याण्डविरुद्धको खेलमा २ विकेट लिदै लिस्ट ए क्रिकेटमा ५० विकेट पुरा गरेका छन् ।

सोमपालले ५०औं विकेटको रूपमा नेदरल्याण्डका बेन कुपरलाई शून्य रनमा आउट गरेका थिए । अहिले भइरहेको नेदरल्याण्डविरुद्धको खेलमा सोमपालले ३ विकेट लिइसकेका छन् । साथै जारी प्रतियोगितामा भने अहिलेसम्म ७ विकेट लिएका छन् । सोमपालले ‘लिस्ट ए’मा ५० विकेट लिन कुल ३७ खेल खेलेका थिए । सोमपालले लिस्ट ए क्रिकेटमा सन् २०१४ मा युएईविरुद्ध डेभ्यु गरेका थिए ।

पप्पु गुरुङ्ग । झन्डै एक दशक अघि जगबुडा नदीमा आएको बाढीले घर खेत पूर्ण रुपमा बगाएपछि माया देबी सुनार बाढी पीडित बन्न पुगे । बाढीले उनि संग भएको कच्ची घर पूर्ण रुपमा नदीले कटान गरेको थियो भने भएको कच्ची घर समेत बग्यो । घर बगाएपछि विरक्तिएका माया सुनार अहिले माहाकाली नगरपालिका वडा नं. १० को सोही स्थानमा सानो टहरा बनाएर आश्रय लिईरहेका छन् ।

केही दिनका लागी ब्यक्तीगत र सरकारी लगाएतका दाताले तत्कालका लागि दिएको राहत पेट पाल्यौ, उनले भने –‘पीडित बनेको दशक पुगिसक्दा पनि मलम लगाउन बस्तीमा कोही पनि आएको छैन् ।’ लामो समय देखि माहाकाली नगरपालिकाको कुतियाकवर बस्तीमा बस्दै आएका माया देबी सुनारलाई जहान परिवारको भोक टार्नै धौ–धौ छ् । ‘देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि आयो भन्छन्’ उनले भने– ‘हाम्रो बस्तीमा भने खुसियाली हराएको धेरै भईसक्यो ।’

माहाकाली नगरपालिकाको वडा नं. १० मा जगबुडा नदी र महाकाली नदीमा बाढी आएपछि महाकाली नदीमा आएको तिब्र गतीको पानीको बहवाले जगबुडा नदीको पानीलाई रोकिदिएपछि जगबुडा नदीको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गर्छ ।

बस्तीमा पानी पसेपछि उनिहरु बिस्तापित हुने गर्छन् । पानीको बहाव कम भए संगै प्रायः स्थानीयवासी घरमा फर्किन्छन । महाकाली नदीको कटानबाट पूर्ण रुपमा माहाकाली नगरपालिकाको वडा नं. १० को कुतियाकवर र अठार नम्वर पिल्लर बस्ती विस्थापित भएर बिद्यालयहरुमा आश्रय लिने गर्छन् ।

कुतियाकवरको पश्चिम दिशा स्थित रहेको अठार नम्वर पिल्लर बस्तीको त्यस्तै बेहाल छ् । बाढीले जगबुडा नदी किनारका अन्न उब्जाएर खाने खेत वर्षै पिच्छे कटान गर्ने थालेपछि माहाकाली नगरपालिकाको वडा नं. १० को अठार नम्वर पिल्लर बस्तीका किसानहरु चिन्तित बनेका छन् । भारतको नाङ्ला स्केपबाट आएको पानीले माहाकाली नगरपालिकाको अठार नम्वर पिल्लर बस्ती उच्च जोखिममा पर्दै आएका छन् ।

‘कतिबेल राती नदी आएर घर बगाएर लाने हो थाहा छैन्’ अठार नम्वर पिल्लर बस्तीका स्थानियहरु बताउछन् । नगरपालिकाको वडा नं. १०, अठार नम्वर पिल्लर बस्ती जगबुडा नदीले खेत कटान गर्ने गरेकाले अन्न उब्जाउ गरेर खाने खेत समेत घट्दै गएको र रोकथामका लागि समेत केही पहल नभएकाले उनिहरु चिन्तामा पर्न थालेका छन् । सिमा क्षेत्रमा भारतिय सिमा सुरक्षा बल एसएसबीको ज्यादती सहदै बसेको उनिहरुलाई जगबुडा नदीले जग्गा कटान गर्न थालेपछि पिडा अझ थपिएको हो ।

जगबुडा नदीमा आएको बाढ आएको कारण उनिहरुको खेती योग्य जग्गा तीव्र रुपमा खेत कटान गर्दै आएपछि पनि कसैले उनिहरुको पिडा बुझ्नै प्रयास नगरेको उनिहरुको भनाई रहेको छ् । जग्गा कटानी भएपछि अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा छ् । बाढीले खेतनै बगाएर खाद्यान्नको चरम अभाव भोग्नु पर्ने अवस्था रहेका धेरै उदाहरण छन् ।

जगबुडा नदीले कुतियकवर र अठार नम्वर पिल्लर बस्तीको दर्जनौ बिघाह जग्गा कटानी गरिसकेको माहाकाली नगरपालिका वडा नं. १० का अध्यक्ष नर बहादुर सुनारले जानकारी दिएका छन् । ‘महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण कुतियकवर र अठार नम्वर पिल्लर बस्ती बिस्तापित हुने खतरा बढेको छ्’ माहाकाली नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनारले भने ।

बस्तीको समस्याको बारेमा माहाकाली नगरकार्यपालिकाको बैठकमा ब्यापक छलफल चलाउदै आएको वडा अध्यक्ष नर बहादुर सुनारले बताएका छन् । अझै सम्म नेपाल सरकारको थोरै रकम पनि बिकास निमार्ण कार्यमा लगानी नलगाएको उक्त बस्ती हो । स्थानियबासी हिरा राना क्षेत्री अनुसार भारतको नाङ्ला स्केपबाट जगबुडा नदीमा आएका बाढले केही महिनामा यता गोरख सिंह, दान सिंह भाट, सुन्दर ओली, मनु रावत लगाएत दर्जनौ बिघाह स्थानियहरुको खेती योग्य जग्गा कटानी गरेको बताईएको छ् ।

नदी रोकथामको उचित प्रबन्ध नहुदा यस्तो समस्या झेल्नु परेको कृषक मनु रावतले बताउछन् । करिब १० विघाह जग्गा कटानी भएपछि अठार नम्वर पिल्लर बस्ती बिस्तापित हुने खतरा देखिएको हो । जगबुडा नदीमा आएको बाढले जग्गा कटान गर्न थालेपछि स्थानीयवासी ठुलो समस्यामा परेका छन् । २०४६ साल सम्म २२ घरधुरी रहेको र हाल आएर बाढी र सिमामा भारतियहरुको ज्यादतीको कारण अठार नम्वर पिल्लर बस्तीमा ६ घरधुरी बचेको माहाकाली नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सुनारले बताए ।

माहाकाली नगरपालिका कार्यालय र नेपाल रेडक्रसको महाकाली नदी समावेशी समुदायमा आधारित विपद् ब्यवस्थापन परियोजना गरि २३ लाख ५० हजार अठार नम्वर पिल्लर बस्तीको जैबिक बा“ध निर्माणको रकम छुट्याईएको र चाडै जैबिक बा“ध निमार्ण गर्ने तरखरमा रहेको वडा अध्यक्ष सुनारले बताएका छन् । सिमा क्षेत्रमा भारतिय पक्षबाट हुने ज्यादती संगै जगबुडा नदीको कटानीको दोहोरा पीडा खेप्नुपरेको उनीहरुको गुनासो छ् ।
हिरा देबीले खेतबाट उत्पादित अन्न बेचेर परिवार पाल्ने र पढाउने गर्थे अरु केही मात्रामा खेत भए पनि उब्जाउ धेरै हुने बगरमै खेत बढी भएकाले उनी मुख्य बगरको खेतमै आश्रित थिए तर अहिले आएर नदीले खेत कटान गरेपछि उनलाई परिवार पाल्न र पेट भरि खान नपाउने चिन्ताले सताउने गरेको छ् । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिने हुदा अठार नम्वर पिल्लर बस्ती उच्च जोखिममा परेको स्थानीयहरु बताउछन् ।

काठमाडौं । मन्त्रिपरिषद् विस्तारलाई लिएर एमाले वृतमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिव योगेश भट्टराईलाई मन्त्री नबनाईकन गोकर्ण विष्टलाई मन्त्री बनाएपछि अहिले बरिष्ठ नेता माधव कुमार नेपाल समूह तनाबमा परेको छ । आज मन्त्रीहरुको सूचीमा एमालेवाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहेका छन् ।

एकाएक गोकर्णको ईन्ट्रीसँगै नेता नेपाल समूहमा अहिले खैलाबैला मच्चिएको छ । विष्ट बरिष्ठ नेता झलनाथ खनाल निकट नेता हुन् । खनालले यसअघि आफूलाई राष्ट्रपतिमा दाबी गरेका थिए । तर, राष्ट्रपतिमा विद्यादेवी भण्डारीले नै बाजी मारेपछि ओलीले खनाल निकट मानिएका नेता विष्टलाई मन्त्री बनाएर मन जितेका छन् ।

एमालेले आफ्नोतर्फबाट सरकारमा सहभागी गराउन ६ मन्त्री र एक राज्यमन्त्री छानेको छ। जसअनुसार आज सरकारमा सहभागी हुनेहरुमा एमाले सचिव प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गोकर्ण विष्ट–श्रम, रोजगार तथा सामाजिक सुरक्षा
रवीन्द्र अधिकारी–संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन
रघुविर महासेठ–भौतिक पूर्वाधार तथा यातायात
शेरबहादुर तामाङ –कानुन, न्याय तथा संसदीय मामिला
जगतबहादुर विश्वकर्मा–युवा तथा खेलकुद
दिईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेताहरुसँगको छलफलपछि आफ्नो पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएका हुन्। यसअघि जनसंख्या तथा वातावरण बन्त्री रहेका लालबावु पण्डितलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विवादरहित रुपमा सरकार गठन गर्न सफल ओली सरकार नयाँ ‘आशलाग्दो’ अनुहारहरु देखिएका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए ।

मन्त्रीहरुको सूचीमा एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहेका छन् भने माओवादी केन्द्रका वर्षमान पुन, शक्ति बस्नेत बिना मगर, गिरिराजमणि पोखरेल र चक्रपाणी खनाल रहेका छन्।
यी हुन् ओलीका सारथी
मन्त्रीहरु
प्रदीप ज्ञवाली–परराष्ट्र
गोकर्ण विष्ट–श्रम, रोजगार तथा सामाजिक सुरक्षा
रवीन्द्र अधिकारी–संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन
रघुविर महासेठ–भौतिक पूर्वाधार तथा यातायात
शेरबहादुर तामाङ –कानुन, न्याय तथा संसदीय मामिला
जगतबहादुर विश्वकर्मा–युवा तथा खेलकुद

गिरिराजमणि पोखरेल-शिक्षा, विज्ञान तथा प्रविधि
वर्षमान पुन–ऊर्जा, जलस्रोत तथा सिँचाइ
शक्तिबहादुर बस्नेत-वन तथा वातावरण
चक्रपाणि खनाल–कृषि, भूमि व्यवस्था तथा सहकारी
बिना मगर–खानेपानी

यसैबीच, नवनियुक्त राज्यमन्त्रीहरुलाई पनि शुक्रबार नै प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्।
राज्यमन्त्रीहरु
गोकुल बाँस्कोटा- सञ्चार तथा सूचना प्रविधि
पद्मा अर्याल- स्वास्थ्य तथा जनसंख्या
रामकुमारी चौधरी- कृषि, भूमि व्यवस्था तथा सहकारी
धनबहादुर बुढा-संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले बुधवार गौशलाबाट हतियार सहित पक्राउ परेका कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामालाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन्।
रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । बुधबार साँझ राजधानीको गौशालाबाट प्रक्राउ परेका लामालाई सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउँदै कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले तत्काल लामालाई रिहाई गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति मधु आचार्यले नागरिकको सुरक्षाको लागि कांग्रेसले जुनसुकै कदम चाल्ने बताए ।

उनले भने,‘हामी यस कार्यप्रति घोर भत्र्सना गदछौँ, कांग्रेसका यूवा नेता गणेश लामा शारिरीक ब्यायामबाट घर फर्किदै गर्दा गौशाला नजिक उनीमाथि गोली प्रहार भयो, भाग्यवश उनलाई गोली लागेन, उनीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले समातेन, तर गणेशजीलाई हात हतियारसहित लामा प्रकाउ गर्यौँ भनेर प्रहरीले सूचना जारी गर्यो, यो भन्दा गैर–जिम्मेवारी कुरा के हुन सक्छ ? लामाले आफूमाथि गोली हान्नेलाई समात्न खोज्दा उनीहरु भागे, प्रहरीले भाग्नेहरुलाई नसमातेर लामालाई मात्रै समात्यो, गोली हान्ने मानिस भाग्छ, प्रहरीले लामालाई षड्यन्त्रपूर्वक समात्छ, प्रहरीले देखाएको यो कस्तो नाटक हो ?’

उनले अघि थपे,‘हामीले त्यो समयका प्रत्यक्षदर्शी र सिसिटिभि क्यामेरामा कैद भएका फुटेज हेर्दा साधा पोशाक लगाएका प्रहरीले नै लामामाथि गोली हानेको शंका गरेका छौँ, यस्तो स्थिति हो भने मन नपरेका मानिसलाई अधिनायकवादी सरकारले प्रहरी प्रशासन लगाएर मार्ने अनि संविधान प्रदत्त नागरिकले बाँच्न पाउने हकमाथि कुठाराघात गर्ने अनि कसरी हामीले सरकारको विश्वास गर्ने ?’

षड्यन्त्रपूर्वक गोली हानी हत्या गर्ने उद्देश्यले प्रहरीले नै गोली हानेको दाबी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सचिव दिनेश लामाले गणेश लामालाई विना शर्त रिहाईको माग गरे ।

उनले भने,‘राज्य शक्तिको दुरुपयोगको बाटोमा गएको छ, यस्तो स्थितिमा हामीले कसको विश्वास गर्ने, कसको भर पर्ने, सरकार नै गुण्डा गर्दिको शैलीमा जनता माथि आक्रमण गर्ने मनस्थितिमा उत्रेको छ यो कांग्रेसलाई स्वीकार्य हुँदैन ।’

काठमाडौं । नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हात पारेको
छ।आईसीसी विश्वकप छनोट अन्तर्गत बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले
हराएको नेपालले एकदिवसीय मान्यता प्राप्त गर्दै ऐतिहासिल सफलता प्राप्त
गरेको हो । पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेपाल एकदिवसीय
मान्यता नजिक थियो। अर्को प्ले अफमा नेदरल्यान्डले हङकङलाई ४४ रनले पराजित
गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको हो।

आईसीसीको
नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट
टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता
पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल
(आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले
यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये
सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले
पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।

स्कटल्यान्ड र युएईले
सुपर–६ मा स्थान पक्का गर्दै एकदिवसीय मान्यता पक्का गरिसकेका छन्। नेपालले
पपुवा न्युगिनीलाई पराजित गर्दै सातौं स्थानको प्ले अफमा स्थान पक्का गरेर
एकदिवसीय मान्यता पाएको हो। यता पपुवा न्युगिनी र हङकङले भने एकदिवसीय
मान्यता गुमाउनुका साथै डिभिजन–२ मा झरेका छन्।

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन्। बुधबार न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र लेखेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले विहिबार बिहान राष्ट्रपतिलाई भेटेर राजीनामा दिएका हुन् । बिहान पराजुली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका पराजुलीले राजीनामा दिएर फर्केका थिए ।

काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले शानदार जित हात पारेको छ । दीपेन्द्र र सन्दीप चम्किँदा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो ।
जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

दीपेन्द्रसिंह ऐरीले ५०, आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान गरे । प्रारम्भिक जोडी भने आज पनि चलेन । अनिल शाह ९ तथा ज्ञानेन्द्र मल्ल १ रन जोडेर आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजी ११४ रनमा अलआउट भएको थियो । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट लिए । बाँकी २ विकेट सोमपाल कामी र करण केसीको नाममा रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रन भन्दा बढि बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

पपुवा न्युगिनीका किप्लिन डोरिगा र सेसी बाउले समान ११–११ रन बनाए । त्यस्तै, कप्तान असद भाला र चड सोपरले समान १०–१० रन बनाएर आउट भएका थिए । नेपालको धारिलो बलिङ सामु पपुवा न्युगिनीका कुनै पनि खेलाडी टिक्न सकेनन् । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए । दीपेन्द्रले ४.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ८ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिए ।

त्यस्तै, नेपालका लागि सोमपाल कामी र करण केसीले समान १–१ विकेट लिए ।
नेपालले एक दिवसीय मान्यता पाउने सम्बन्धमा भने हङकङ र नेदरल्याण्डबीचको खेलमा भर पर्नु पर्ने भएको छ । नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले स्वत एक एक दिवसीय मान्यता पाउने छ ।