नेपाली सेनाबाट मन्दिर क्षेत्रको सरसफाई

चैत्र ४, २०७४ मा प्रकाशित | 1695 views

नुवाकोट ।

विदुर नगरपालिका वडा नं। ४ बट्टार स्थित हावाघरमा निर्माणाधीन रहेको सिद्धिदात्री देवी भगवतीको मन्दिर परिसरमा श्रीनाथ गण देवीघाटमा रहेको नेपाली सेनाले सरसफाई गरेको छ ।

मन्दिरमा निर्माणको लागी आर्थिक संकलन गर्न आजदेखि श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सञ्चालन हुन लागिरेकाले त्यसलाई सहयोग पु¥याउन मन्दिर क्षेत्र तथा आसपासमा सेनानी कुलबहादुर ढकालको नेतृत्वमा रहेको नेपाली सेनाको टोलीले शनिबार सरसफाई गरेको हो ।

सरसफाईको क्रममा नेपाली सेनाले मन्दिर तथा आसपासमा रहेका फोहोरको संकलन तथा बिसजर्न, अब्यबस्थित रहेका सामाग्रि व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web