७१ जना सवार बंगलादेशको बिमान त्रिभुवन विमानस्थलमा दुर्घटना, बिमान क्षतिग्रस्त (भिडियो सहित)

काठमाडौं ।

त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । बिमानमा ७१ जना सवार रहेको र बिमान पुर्ण रुपमा क्षतिग्रत भएको छ । बिमानमा रहेका धेरैको हताहती भएको ठानिएको छ । केहीलाई भने गम्भिर अवस्थामा उद्दार गर्नेकाम भइरहेको छ ।

अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो ।

अवतरणमा आएका विमान अन्यत्रै डाइभर्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् ।

त्रिभुवन विमानस्थल टर्मिनल ड्युटी अफिसरका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान तथा अवतरण रोकिएका हुन् ।

विमानस्थलमा अवतरणका लागि बाहिरबाट आएका सबै विमानहरुलाई डाइभर्ट गरिएको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो।

प्रत्यक्षदर्शी का अनुसार विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्निएर पुन मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिनमा आगलागी भएको हो । घटनाको विस्तृत विवरण आउँन बाँकी । हाल बिमानको उद्दारकार्य भइरहेको छ ।

सर्वोच्चको आदेश अवज्ञा गर्दै सशस्त्र प्रहरीमा गुणस्तरहीन हतियार खरिद

काठमाडौं । सशस्त्र प्रहरी बलले सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्दै नेपाली सेनाबाट माइन प्रोटेक्टिभ भेहिकल (एमपिभी) खरिद गरेको छ । आर्म पर्सनल क्यारियर (एपिसी) खरिद गर्ने विषयमा यसअघि भएको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा सशस्त्र प्रहरीले एपिसीको सट्टा गुणस्तरहीन एमपिभी खरिद गरेको हो ।

सशस्त्र नेतृत्वको यो निर्णयसँगै सो संगठनको वरिष्ठ अधकारीहरू असन्तुष्ट बनेका छन् । अवकाशको मुखैमा सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) सिंहबहादुर श्रेष्ठले सेनाले काम नलाग्ने ठानेको पुरानो हतियार खरिद गरेपछि वरिष्ठ अधिकारीहरूमा आक्रोश चुलिएको हो ।
सशस्त्रले गत शुक्रबार साँझ मात्रै करिब २० करोड मूल्यमा नेपाली सेनाले प्रयोग गर्दै आएको आठ थान एमपिभी सशस्त्र मुख्यालय हलचोकमा भित्र्याएको छ ।

अवकाशको मुखमा रहेका आइजिपी श्रेष्ठ र मानवस्रोत विकास विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेन्द्र खनालको योजनाअनुसार नेपाली सेनाबाट एनए–२३३, एनए–२३४, एनए–२३५, एनए–२४४, एनए–२४६, एनए–२४८, एनए–२४९, एनए–२५० कलसाइनका एमपिभी खरिद गरिएको स्रोतले बताएको छ ।

सशस्त्रले खरिद गरेका आठ वटै एमपिभी नेपाली सेनाले लामोसमय प्रयोग गरेको थियो । संयुक्त राष्ट्रसंघीय मिसनमा वर्षौं प्रयोग गरिएका ती एमपिभीहरू काम नलाग्ने भएपछि नेपाल ल्याएर थन्क्याइएको थियो । तिनै थन्क्याइएका एमपिभी मर्मतसम्भार गरेर सेनाले सशस्त्र प्रहरीलाई बिक्री गरेको हो । एमपिभी एपिसीभन्दा कम गुणस्तरको साधन मानिन्छ ।

उच्च स्रोतका अनुसार करिब २५ करोड मूल्यमा आठ थान नयाँ एपिसी आउने अवस्था हुँदाहुँदै संगठनलाई हानी पु¥याउने गरी नेपाली सेनाले प्रयोग गरेका गुणस्तरहीन र पुराना एमपिभी खरिद गरेपछि सशस्त्र प्रहरी बलमा खैलाबैला मच्चिएको छ । आइजिपी श्रेष्ठले अवकाशको मुखमा विवादित निर्णय नलिने योजना भए पनि भावी आइजीको दौडमा रहेका एआइजी खनालले बाध्य पारेको प्रष्टीकरण आफू निकट अधिकृतलाई थालेका छन् । तर, एआइजी खनालले पनि यो निर्णयमा आइजिपी एक्लै जिम्मेवार रहेको आफू निकटसँग बताएका छन् ।

स्रोतका अनुसार खनालले आइजिपीले भावी आइजीको दौडमा आफूलाई सघाउने वचन दिई कार्यसम्पादन मूल्यांकनमा उच्च नम्बर दिने जनाएकै कारण सहमति दिएको प्रष्टीकरण आफू निकटलाई दिएका छन् । उनका अनुसार यो हतियार खरिद नगर्न आफूले सुझाएको तर आइजिपी नमानेको जवाफ एआइजी खनालले दिएका हुन् ।

सशस्त्र प्रहरी बलले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानका लागि तीन वर्षअघि नौ वटा एपिसी खरिद प्रक्रिया अघि बढाएको थियो । सशस्त्र प्रहरीले संयुक्त अरब इमिरेट्सको इन्टरनेसनल आर्मदरद ग्रुपसँग २६ लाख ८२ हजार अमेरिकी डलरमा ९ वटा एपिसी खरिदका लागि ११ पुस ०७१ मा सम्झौतासमेत गरेको थियो ।

सो कम्पनीको नेपालस्थित स्थानीय एजेन्ट जय हनुमान ट्रेडर्ससँग चार महिनाभित्र एपिसी उपलब्ध गराउन भन्दै गरेको सम्झौता सशस्त्र आफैले रद्ध गरेको थियो । तर, फेरि सोही ठेकेदार कम्पनीलाई नै तीन वटा थपेर १२ वटा एपिसी खरिद गर्ने सम्झौता गरेको थियो । त्यसपछि पनि समयमै एपिसी दिन नसकेका कारण सशस्त्रले सम्झौता रद्द गरेपछि त्यसविरुद्ध सो कम्पनीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा जिल्ला अदालतले सशस्त्रको पक्षमा फैसला गरे पनि उच्च अदालत पाटनले भने ठेकेदार कम्पनीको पक्षमा फैसला गरेको थियो । उच्च अदालत पाटनको फैसलाविपरीत सशस्त्रका पदाधिकारीले अदालतविरुद्ध माइन्युट गरेपछि उच्च अदालत पाटनमा अदालतको मानहानि मुद्दा दर्ता भएको थियो । अदालतविरुद्ध माइन्युट गर्नु फौजदारी अपराध मानिन्छ ।

स्रोतका अनुसार आइजिपीलाई मनाउन भन्दै केही एआइजीले टेन्डर प्राप्त गरेको ठेकेदार कम्पनीबाट करोडौँ कमिसन मागेका थिए । तर, ठेकेदार कम्पनीले उक्त कमिसन रकम दिन नमानेपछि कम्पनीसँगको सम्झौता रद्द गराएको थियो । तर, एपिसी खरिद सम्बन्धमा अदालतमा रिट निवेदन दायर भएपछि र अदालतको डन्डा आफूमाथि चल्ने भएपछि एआइजी खनालको अग्रसरतामा हतारहतार नेपाली सेनाबाट गुणस्तरहीन र मापदण्ड नपुग्ने एमपिभी खरिद गर्न चलखेल गरेको उच्च स्रोतको दाबी छ ।

ठेकेदार कम्पनी जय हनुमान इन्टरप्राइजेजले उच्च अदालत पाटनको फैसलाबमोजिम आफूले एपिसी उपलब्ध गराउने भन्दै सशस्त्र प्रहरी मुख्यालयमा निवेदन दिँदासमेत इन्कार गरेपछि ठेकेदार कम्पनीको तर्फबाट राजमान मिश्रले १० फागुनमा सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्र हल्चोक काठमाडौं समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

उच्च अदालत पाटनबाट टुंगिसकेको विषयलाई पुनरावेदन गर्न नमिल्ने भन्दै सुरुमा सर्वोच्चले पुनरावेदन निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो । कानुनतः पुनरावेदन गर्न नमिल्ने भएपछि सशस्त्र प्रहरी बलले गत माघमा ठेकेदार कम्पनी र उच्च अदालत पाटनलाई विपक्षी बनाई मुद्दा दोहो¥याइ पाऊँ भन्दै सर्वोच्चमा निवेदन दिएको थियो ।

सर्वोच्चमा सशस्त्रले दिएको निवेदनमा संगठनलाई एपिसी आवश्यक नरहेको र उच्च अदालत पाटनको फैसलाले अनावश्यक रूपमा एपिसी खरिद गर्नुपर्ने बाध्यात्मक कानुनी अवस्था सिर्जना भएकोले दाबी गर्दै फैसला पुनरावेदनको माग गरेको थियो । उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले निस्सा दिने आदेश गरेको थियो ।

उक्त आदेशविरुद्ध ठेकेदार कम्पनीका तर्फबाट राजमान मिश्रले यही १० फागुनमा रिट निवेदन दर्ता गराएका थिए । उक्त रिटमा सुनुवाइको क्रममा न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले विषयवस्तुको गाम्भीर्यता समेतलाई विचार गरी निवेदकलाई प्राप्त भएको विपक्षी गृह मन्त्रालयसँग च. नं. ३६४२/०७३/७४ र विपक्षी खरिद व्यवस्थापन शाखा, रक्षा मन्त्रालय च.नं. ५२८/०७३/७४ र विपक्षी गृह मन्त्रालयले सशस्त्र प्रहरी बललाई पठाएको च.नं. १४०७ को पत्रको निर्णय समेत कार्यान्वयन नगर्नू-नगराउनू यथास्थितिमा राख्नु भनी विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त मुद्दामा छलफलका लागि दुवै पक्षलाई २३ फागुनमा बोलाइएकोमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशमान सिंह राउतको इजलाशमा पेसी तोकिएकोमा हेर्न नमिल्ने भन्दै सारिएको थियो । सौर्य दैनिकमा समाचार छ ।

न्यायाधीश राउतले यसअघि आफूले निस्सा दिएको भन्दै मुद्दा हेर्न नमानेपछि उक्त मुद्दाको सुनुवाइ २८ गते सोमबारका लागि तोकिएको छ । तर, सर्वोच्चको अन्तरिम आदेश जारी रहेकै अवस्थामा सशस्त्र प्रहरी मुख्यालयले नेपाली सेनासँग एमपिभी खरिद गरेपछि ठेकेदार कम्पनीले आइजिपी सिंहबहादुर श्रेष्ठसहित संलग्न एआइजीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गर्ने तयारी गरेको छ ।

अदालतको अन्तरिम आदेशविपरीत सशस्त्र प्रहरी बलले एपिसीको सट्टामा एमपिभी खरिद गर्नु गैरकानुनी भएन त ? भन्ने जिज्ञासामा सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले सेनासँग एमपिभी खरिद गर्ने निर्णय सर्वोच्चको आदेशभन्दा पहिले नै भएको दाबी गरे ।

यस्तो छ एपिसी खरिद विवाद

सशस्त्र प्रहरी बलले ०७१ सालमा नौ वटा एपिसीको टेन्डर आह्वान ग¥यो । राजमान मिश्र लोकल एजेन्ट भएको कम्पनीले उक्त टेन्डर प्राप्त ग¥यो । एपिसीको प्रिन्सिपल कम्पनी ट्रावेल टेड्स हङकङ र म्यानुकफ्याक्चर कम्पनी युएईको हो । एपिसीको प्रिन्सिपल कम्पनीको नाममा प्रतितपत्र खोल्न प्राविधिक समस्या भएकाले ठेकेदारले म्यानुफ्याक्चर कम्पनीकै नाउँमा प्रतितपत्र खोलिपाउँ भनी सशस्त्र प्रहरी बलामा निवेदन दिए ।

सशस्त्रले उक्त कुरा स्वीकार नगरी टेन्डर नै रद्द गरिदियो । राजमान मिश्र काठमााडौं जिल्ला अदालतमा गए, तर फैसला उनको पक्षमा आएन, जिल्ला अदालतले सशस्त्र प्रहरीले रद्द गरेको विषय कानुनसम्मत भएको फैसला ग¥यो । मिश्रले उच्च अदालत पाटनमा पुनरावेदन गरे । उच्च अदालत पाटनबाट फैसला ठेकेदारको पक्षमा भयो ।

फैसला कार्यान्वयनको लागि सशस्त्र प्रहरी बलमा अदालतबाट लेखी आयो । उक्त फैसला प्राप्त भएपछि सशस्त्र प्रहरी बलमा कुनै पनि कारबाही नगरी करिब एक महिनाको समय गुजारियो, त्यसपछि सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूको बैठकले अदालतको फैसला छिटो कार्यान्वयन गर्ने निर्णयसमेत ग¥यो । त्यसैबीचमा ठेकेदारको लोकल एजेन्ट मिश्रलाई बोलाई एआइजी प्रेम शाहीले छलफलसमेत गरे । यसै बीचमा एआइजी खनालले उक्त कम्पनीसँग कुनै पनि हालतमा एपिसी नलिनको लागि आइजिपी श्रेष्ठ, एआइजी शाहीलगायत आफ्नो पक्षका वरिष्ठ अधिकृतहरूलाई निर्णय उल्टाई सर्वोच्च अदालतमा पुनरावेदन गर्न जानका लागि निर्णय गराएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार दक्षिण सुडानमा तैनाथ एफपियूलाई आवश्यक एपिसीको संख्या नपुगेर युएनले दिने शोधभर्ना घटेर सशस्त्र प्रहरी बललाई घाटा भइरहेको छ । संयुक्त राष्ट्र संघले सशस्त्र प्रहरी बललाई थप एक वटा एफपियू तयारी हालतमा राख्न अनुरोध पनि गरेको छ । उक्त नयाँ एफपियूको लागि एपिसी बाहेकका अन्य सवारीसाधनहरू सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा करोडौँ खर्च गरी तयारी हालतमा राखिएको छ ।

‘एपिसी भएको अवस्थामा सशस्त्र प्रहरी बलले तुरुन्त थप एक वटा एफपियू युएन मिसनमा पठाउने अवसर पाउँछ र सशस्त्र प्रहरी बलका तल्लो तहका सयौँ कर्मचारी युएनमा भाग लिने अवसर पाउँथे । तर, एआइजी खनाल लगायतका केही उच्च अधिकारीको निहीत स्वार्थको कारणले एपिसी प्राप्त गर्ने विषय जटिल बन्दै गइरहेको छ,’ सशस्त्र प्रहरी मुख्यालयका एक डिआइजीले गुनासो गरे ।

‘एकातर्फ सशस्त्र प्रहरीलाई छिटोभन्दा छिटो एपिसीको आवश्यकता छ, एपिसी नभएकै कारणले दक्षिण सुडानमा तैनाथ एफपियूको शोधभर्ना घटिरहेको छ भने अर्कोतर्फ करोडौँ खर्च गरेर तयार पारेर राखिएका सवारीसाधनहरू काम नलाग्ने अवस्थामा पुग्न लागिरहेका छन् । तर, सशस्त्र प्रहरी बल एपिसी आवश्यक छैन भनी सर्वोच्च अदालतमा मुद्दा लड्नु आफैँमा विरोधाभास देखिन्छ,’ ती डिआइजीले भने, ‘सर्वोच्चमा जान उचाल्ने एआइजी खनाल लगायतका अधिकृतहरूले नै संस्था डुबाउने खेल खेलिरहेका छन् ।’

हालसालै सशस्त्र प्रहरी बलले नेपाली सेनासँग एपिसी खरिद गर्न लागेकोमा ठेकेदारले सर्वोच्च अदालतमा उक्त कार्य रोकी पाऊँ भनी रिट दर्ता गराएकोमा १६ फागुनमा सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । अन्तरिम आदेश जारी रहिरहँदा सशस्त्रले नेपाली सेनाबाट आठ वटा एमपिभी खरिद गरेपछि सशस्त्र प्रहरी बलले सम्मानित अदालतको मानहानि गरेको प्रष्ट हुने ठेकेदार कम्पनीको भनाइ छ ।

प्रहरीमा दरबन्दी कटौती गर्ने तयारी : अब ६ एआइजी, प्रदेश प्रमुखमा डिआइजी

काठमाडौं  । आफू निकटलाई आर्थिक चलखेलका आधारमा बढुवा गर्न अघिल्लो सरकारले नेपाल प्रहरीमा मनलाग्दी रूपमा थप गरेका दरबन्दी नयाँ सरकारले कटौती गर्ने तयारी थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जनपद समूहतर्फ तीन जना एआइजी दरबन्दी भएको नेपाल प्रहरीमा ‘ओएनएम सर्भे’ नै नगरी पटकपटक गरी १२ एआइजीको दरबन्दी थप गरेर १५ पुर्यायो भने अनावश्यक रूपमा सात डिआइजीको दरबन्दी थप गरेको थियो ।

थप भएकोसमेत गर्दा नेपाल प्रहरीमा डिआइजीको दरबन्दी २६ बाट बढेर ३३ पुगेको छ । प्रहरीमा अहिले १५ एआइजी र २१ डिआइजी कार्यरत छन् । एसएसपी हुँदा ब्रेन ह्यामरेजका कारण अशक्त बनेका राजेन्द्रमान श्रेष्ठलाई विशेष पद सिर्जना गरेर सरकारले गत साउनमा डिआइजी बनाइसकेको छ । श्रेष्ठलाईसमेत गणना गर्दा डिआइजीको संख्या २२ पुग्छ । थपिएर पूर्ति हुन बाँकी दरबन्दी सात र रिक्त पाँच गरी १२ डिआइजीको पद करिब दुई महिनादेखि रिक्त छ ।

अघिल्लो सरकारले योग्यभन्दा आर्थिक प्रलोभनमा बदनाम र अयोग्य एसएसपीहरूलाई बढुवा गर्न खोजेपछि भएको विवादले हालसम्म पनि डिआइजी बढुवा हुनसकेको छैन । एसएसपीहरू केदार रिजाल, दीपककुमार थापा, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, पूर्णचन्द्र जोशी, श्याम खड्का, रविन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेशबिक्रम शाह, सुभाषचन्द्र चौधरी, नारायणसिंह खड्का, दानसिंह बोहरा, सुरज केसी, विकास श्रेष्ठ, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, मोहनराज जोशी, सुशीलकुमार भण्डारी, महेन्द्रकुमार पोखरेल, विनोद शर्मा घिमिरे र प्रेम चन्द डिआइजीका प्रतिष्पर्धी हुन् ।

बढुवाको लाइनमा रहेका विष्णुहरि गौतमले आगामी महिना अवकाश पाउने र श्यामबहादुर खत्रीविरुद्ध ३३ किलो सुन तस्करीमा मतियारको रूपमा संलग्न रहेको भन्दै लागेको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकोले उनीहरू दुवैको बढुवा असम्भव देखिएको छ । एसएसपी खत्री आगामी २९ असारमा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै छन् । भने गौतमले आगामी २८ चैतमा अवकाश पाउँदैछन् ।

रिक्त पद थोरै तर बढुवाका आकांक्षी धेरै भएका कारण अघिल्लो सरकारले डिआइजी बढुवाको प्रक्रिया अगाडि बढाउन सकेको थिएन । उच्चस्रोतका अनुसार अघिल्लो सरकारले थप गरेको सात डिआइजीको दरबन्दी मध्ये पाँच दरबन्दी कटौती गर्ने सरकारको तयारी छ । थपिएको पाँच दरबन्दी कटौती गर्दा प्रहरीमा डिआइजीको दरबन्दी २८ पुग्न जान्छ । यस अगाडि थपिएका दुई दरबन्दीलाई प्रदेश प्रहरी कार्यालयमा मिलान गर्नेगरी गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको खुल्न आएको छ ।
प्रदेशको मुख्यसचिवमा सहसचिव खटाइएपछि प्रोटोकल मिलाउन प्रदेश प्रहरी प्रमुखमा डिआइजी खटाउने तयारी सराकारको छ ।

‘सम्भवतः चैत अन्तिमतिर सात वटै प्रदेशको प्रहरी प्रमुखको रूपमा डिआइजी पठाइन्छ, एआइजीको दरबन्दी कटौती गरेर ६ मा झार्ने हाम्रो तयारी छ’, गृहमन्त्रालयका एक उच्च अधिकारीले भने । उच्च स्रोतका अनुसार सरकारले एआइजीको दरबन्दी कटौती गरेर ६ मा झार्ने तयारी थालेको छ । अघिल्लो सरकारले उच्च तहमा जथाभावी दरबन्दी थपेका कारण मुलुकको अर्थतन्त्रलाई प्रभावित पारेको ठहर गर्दै नौ एआइजीको दरबन्दी कटौती गर्ने तयारी गरेको स्रोत बताउँछ ।

त्यसो त अघिल्लो सरकारले प्रदेश प्रमुखमा खटाइएका सात एआइजीको दरबन्दी उनीहरूको अवकाशपछि स्वतः फाजिलमा जाने निर्णय गरिसकेको छ । अघिल्लो सरकारको निर्णयअनुसार सात दरबन्दी फाजिलमा जाने भएपछि यसअगाडि राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र प्रहरी महानिरीक्षकको कार्यालयमा कायम रहेको दरबन्दी कटौती गर्ने सरकारको तयारी रहेको बुझिएको छ ।

गृहमन्त्रालयसम्बद्ध विश्वस्त स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रशासन विभाग, मानवस्रोत विकास विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र महानगरीय प्रहरी कार्यालयमा यस अगाडि कायम दरबन्दीलाई निरन्तरता दिने तयारी गरेको छ ।

दरबन्दी खाली हुँदासमेत बढुवा नभएपछि उच्च अधिकृतमा निराशा

खाली रहेको दरबन्दीमा पनि समयमा बढुवा नहुँदा उच्च अधिकारीको वृत्तिविकासमा समस्या हुने देखिएको छ । यसले गर्दा उच्च प्रहरी अधिकारीहरूमा समेत निराशा छाएको छ । हालका आइजिपी प्रकाश अर्यालको अवकाशपछि ०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका मध्येका एक जनाले अबको करिब एक महिनापछि नेपाल प्रहरीको २६औं आइजिपीको रूपमा कार्यभार सम्हाल्ने मौका पाउँदै छन् । तर, दुर्भाग्य, उनीहरूको ब्याचका केही अधिकारी डिआइजी भएता पनि अधिकांश अधिकृतहरू हालसम्म पनि एसएसपी नै छन् ।

एआइजी बनेर आफ्नो ब्याचमेट आइजिपीलाई सघाउने उनीहरूको कहिले पूरा हुने ? सोचनीय विषय बनेको छ । तल्लो तहमा ढिलो पदोन्नति र माथिल्लो तहमा अत्यन्तै छिटो हुने पदोन्नतिले नेतृत्वमा जाने प्रहरी अधिकारीहरूले पर्याप्त अनुभव संगाल्न नपाउने अवस्था सिर्जना हुनुलाई अहिलेसम्मका सरकारले खासै गम्भीरतापूर्वक लिएको पाइँदैन । दरबन्दी खाली हुँदाहुँदै बढुवा नहुनु र एकैपटक बढुवा गर्दा २-३ वटा ब्याच मर्ज हुने खतरा उत्तिकै देखिएको छ ।

यसपटक डिआइजीको खाली दरबन्दीमा बढुवा नभए एकैपटक तीन वटा ब्याच मिसिन जान्छन् । यसले सुरक्षा निकायको चेन अफ कमान्डमा गम्भीर समस्या उत्पन्न गराउने जानकारहरू बताउँछन् । अहिलेकै अवस्थामा बढुवाको निर्णय हुने हो भने १२ जना एसएसपीले डिआइजी बन्ने मौका पाउँछन् । त्यस्तै १७ जना एसपीले एसपी बन्ने सौभाग्य पाउने निश्चित छ भने २५ भन्दा बढी डिएसपीले एसपीको फूली लगाउने अवसर पाउने निश्चित छ ।

एसपीबाट एसएसपीमा बढुवाका लागि सहकुलबहादुर थापा, अरुणकुमार बिसी, बिभूतिराज पाण्डे, दिलीपबहादुर बस्नेत, राजेन्द्रप्रसाद चौधरी, प्रकाश अधिकारी, राजेन्द्र ढकाल, शरदकुमार खत्री, पूजा सिंह, सुशीलकुमार यादव, नरबहादुर खत्री, हरिराज वाग्ले, प्रदिपकुमार श्रेष्ठ, वीरेन्द्रकुमार बस्याल, शेखर कोइराला, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, भोजजंग शाह, मोहनकुमार आचार्य, देबबहादुर बोगटी, नलप्रसाद उपाध्याय, मुकुन्दराज आचार्य र बिक्रमबहादुर चन्दबीच प्रतिस्पर्धा छ ।

डिएसपीहरू दीपकराज खरेल, सोमेन्द्रसिंह राठौर, आभूषण तिम्सिना, शेखर खनाल, गंगा पन्त, प्रवीण पोखरेल, बिनोद सिलवाल, दीपशमशेर जबरा, रवीन्द्र रेग्मी, बेलबहादुर पाण्डे, ओम अधिकारी, विश्व अधिकारी, रमेशकुमार बस्नेत, तारादेवी थापा, वसन्त रजौरे, भीमबहादुर दाहाल, सानुराम भट्टराई, अभिनारायण काफ्ले, मुकुन्द मरासिनी र रविकुमार पौडेल एसपी बढुवाका बलिया दाबेदार हुन् ।

उनीहरूसँगै हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, केदार खनाल, दिनेशराज मैनाली, वीरबहादुर ओली, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, सविन प्रधान, भूपेन्द्र खत्री, अच्युत पुडासैनी, कृष्णबहादुर पल्ली मगर, सूर्यबहादुर केसी, राकेश सिंह लगायतका अधिकृतहरू बढुवाका प्रतिस्पर्धी हुन् ।सौर्य दैनिकमा समाचार छ ।

आरुषी–हेमराज हत्याकाण्ड : अदालतको फैसलाप्रति सीबीआई असन्तुष्ट

काठमाडौं । ९ वर्ष पुरानो हेमराज–आरुषी हत्याकाण्डमा दोषी देखिएका आरोपीलाई भारतको इलाहाबादस्थित उच्च न्यायालयले बिनाआधार जेलमुक्त गरिदिएकामा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले सर्वोच्च अदालतमा अपिल गरेको छ ।

सन् २००८ को मे १५ मा उत्तर प्रदेश, नोयडाको जयलायु विहार अपार्टमेन्टमा मृत भेटिएका नेपाली कामदार ४३ वर्षीय हेमराज बन्जाडे र १३ वर्षीया आरुषी तलवारको संदिग्ध हत्याकाण्डमा ब्युरोले लगातार ४ वर्ष अनुसन्धान गरेको थियो । त्यसपछिको अदालती प्रक्रियामा स्वयं आरुषीका पितामाता राजेश–नूपुर तलवारलाई छोरीकोहत्यारा साबित गर्दै आजीवन कारावास सजाय सुनाइएको थियो ।

उक्त हत्याकाण्डको अनुसन्धानमा पूर्णता नरहेको भन्दै इलाहाबाद उच्च न्यायालयले गत अक्टोबर १२ मा तलवार दम्पतीलाई जेलमुक्त गरिदिएको थियो । सीबीआईले अतिरिक्त कानुनी अधिकृत जनरल पी नरसिम्हासँग परामर्श गरेपछि बिहीबार इलाहाबाद न्यायालयको निर्णय उल्टाउन सर्वोच्च अदालतमा अपिल गरेको हो, कान्तिपुरमा खबर छ ।

चुनौतीको घेरामा गृहमन्त्री बादल, के के ?

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तनको संघारमा छ। प्रहरी महानिरीक्षक बन्न अहिलेदेखि नै आकांक्षीको दौडधुप सुरु भइसकेको छ। चैत २८ मा आईजीपी प्रकाश अर्यालले अनिवार्य अवकाश पाउँदैछन्।
यसअघि प्रहरीको नेतृत्व परिवर्तनसम्बन्ध विवाद सर्वोच्च अदालतले समाधान गर्नु परेको थियो। आईजी नियुक्ती सरकारको क्षेत्राधिकारमा पर्ने भए पनि नियुक्तीमा असन्तुष्टहरू नियुक्ती उल्ट्याउन सर्वोच्च गुहार्नु नियमितजस्तै भइसकेको छ।

यतिबेला नेतृत्वमा होडबाजी चलिरहेको छ। खासगरी संगठन गतिशील बनाउने, चेन अफ कमान्ड, सरुवा(बढुवा पारदर्शी र अल्पकालीनसँगै दीर्घकालीन रणनीति ल्याएर प्रहरीको वृत्तिविकासमा टेवा पुर्‍याउन सक्ने नेतृत्वको खोजीमा प्रहरी संगठन छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रहरीका समस्याबारे धेरै अनुभव नभए पनि बाहिर सार्वजनिक भएका विवाद र तथ्यको राम्रो जानकारी छ। लामो समयदेखि प्रहरीमा बढुवा रोकिएको छ।

बढुवामा विगतदेखि नै दलीय भागबन्डा खोज्ने प्रवृत्ति हाबी छ। पद बहालीसँगै बादलले कसैको दबाब र प्रभावमा नपरी सुरक्षा निकाय (प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) लाई आफ्नो जिम्मेवारी व्यावसायिक ढंगबाट निर्वाह गर्न निर्देशन दिएका थिए। सुरक्षा निकायभित्र देखिएका पछिल्ला गतिविधि राजनीतिक दबाब र प्रभावबाट मुक्त देखिँदैनन्।

चेन अफ कमान्डमा चल्ने संगठनमा राजनीतिक दबाब बढ्दै गएपछि त्यसले निम्त्याउन सक्ने सम्भावित जोखिमबारे बादल जानकार हुनुपर्छ। बादलले पनि सुरक्षा निकाय परिचालन र व्यवस्थापनबारे दैनिक जानकारी लिन सक्नुपर्छ। संघीय व्यवस्थामा सुरक्षा निकाय व्यवस्थापन गर्न संघीय प्रहरी ऐन, नियमावली र निर्देशिका तत्काल बनाउनुपर्ने जिम्मेवारी गृहमन्त्री बादलमाथि छ।

मुख्य चुनौती

– प्रहरी नेतृत्व छनोट गर्नु
– संघीय प्रहरी ऐन निर्माण गर्नु

– प्रहरी सरुवा बढुवा पारदर्शी गर्नु

– सुरक्षा निकायमा चेन अफ कमान्ड दिगो बनाउनु

– प्रहरीको तीनबर्से रणनीति पारित गराउनु

– सुरक्षा निकायमा दलीय प्रभाव रोक्नु

– माओवादीबाट चोइटिएका पार्टीका गतिविधि रोक्नु

–सशस्त्र समूहका गतिविधि रोक्नु

– सीमा अपराध नियन्त्रण गर्नु

पछिल्ला दिनमा प्रहरी नेतृत्व अलमलिन खोज्दा केही प्रहरी अधिकृत सरुवामा परे। नवराज सिलवालविरुद्ध किर्तेमा मुद्दा चलाउन नमान्दा काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुक, मुद्दा शाखाका डीएसपी बेलबहादुर पाण्डेको सरुवा गरियो। नाजायज निर्देशन पालना नगर्दा प्रहरी अधिकृत सरुवा हुने र व्यक्तिगत लाभमा बढुवा हुने प्रवृत्ति गृहमन्त्री बादलले रोक्न सक्लान् ?

पूर्व गृहसचिव एवं लोक सेवा आयोगका सदस्य गोविन्द कुसुम विज्ञताका आधारमा मन्त्री नियुक्ती नहुँदा ठूलो असर गर्ने बताउँछन्। गृहमन्त्रीले गृह प्रशासन सुधार र राष्ट्रिय सुरक्षा पहिलो प्राथमिकतामा राखेर काम गरे खासै चुनौती नहुने ठम्याइ उनको छ।

उनले भने, ‘कानुन पालना गराउने मुख्य दायित्व गृहमन्त्रीकै हुन्छ तर पालनाको नाममा आफैं उल्लंघन गर्ने हो भने मातहत निकायको विश्वास जित्न सकिँदैन। गृहमन्त्री आफैंले सबैलाई विश्वासमा लिनसक्नुपर्छ।’

कुसुमले यसअघि आईजी नियुक्तीमा राजनीतिक दबाबले प्रहरी संगठनको नैतिकता खस्केको बताए। ‘सरुवा(बढुवामा राजनीतिक सिराबाट नसोची कार्यक्षमता र दक्षतासँगै ऐनका आधारमा गर्‍यो भने गृहमन्त्री विवादमा आउँदैनन्।

अहिले पनि दलीय प्रभाव नै गृहमन्त्रीज्यू सामु यो चुनौती देख्छु’, उनले भने, ‘गृहमन्त्रीले क्षेत्र, स्थान र पार्टीको सिफारिसभन्दा व्यावसायिकतामा ध्यान दिएर काम गरे विवाद आउँदैन’, उनले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी, सीमा अपराध र सशस्त्र समूहका गतिविधि नियन्त्रण गर्न गृहमन्त्री बादलसामु चुनौती रहेको बताए।

पूर्वडीआईजी हेमन्तबहादुर मल्ल गृहमन्त्रीको नियत राम्रो भए सुरक्षा निकाय अझ बढी क्रियाशील र व्यावसायिक बन्ने विश्वास गर्छन्। कसैसँग समन्वय नगरी एकलौटी अघि बढे अहिलेको थिति पनि बिग्रने उनको दाबी छ।

उनले भने, ‘मन्त्रीले गृह प्रशासनमा अनुभवी अधिकृत र सुरक्षा नेतृत्वलाई सँगसँगै विश्वासमा लिएर अघि बढे चुनौती आफैं पार लाग्छन्। पार्टीगत स्वार्थ लाद्न खोजे अविश्वास उत्पन्न हुने र प्रहरीमा सुविधा र पैसा भए पनि सुरक्षा व्यवस्थामा समेत असर पर्छ।’ (अन्नपूर्ण पोष्ट दैनिक)

नेपालको लगातार तेस्रो हार,नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं । विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । १ सय ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अपगानिस्तानले ३८.४ अाेभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायाे । तीन खेलमा पराजित भएको अफगानिस्तान आजको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छयसअघि नेपाल आयोजक जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो।  हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना लगभग सकिएको हो। यता नेपाललाई पराजय गरेसँगै अफगानिस्तानको आसा पलाएको छ। त्यसका लागि जिम्बावे र नेपालसँग हङकङ पराजित हुनु पर्नेछ। नेपालले हङकङलाई भारी अन्तरले पराजित गर्दै अफगानिस्तान र हङकङलाई रनरेटमा पछि पार्ने सम्भावना पनि छ। तर यो समिकरण कठिन हुने पक्का छ।

नेपालले दिएको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा पार गरेर सानदार जित हात पारेको हो।

नेपाललाई पराजित गर्ने क्रममा अफगानिस्तानका लागि नाजिबुल्लाह जार्डानले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ५१ रन जोडे। उनले ४७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

त्यसअघि मोहमद नाबीले ३४ र रहमत खानले ४६ रन जोडे। दुवैलाई दीपेन्द्रसिंह ऐरीले आउट गरे।

सन्दीप लामिछानले जावेद अहमादीलाई २६ रनमा आउट गरेका थिए भए।ओपनिङमा आएर आक्रामक सुरुवात गरेका अफगानिस्तानका कप्तान रसिद खान १४ बलमा २१ रन बनाएर आउट भए। उनलाई करण केसीले ललित राजवंशीबाट क्याच गराए।

यसअघि जिम्बावेको बुलावायो एथलेटिक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ बल बाँकी छदा १ सय ९४ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। पारसले ७५ रन जोडेर लिस्ट एको खेलमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्।  उनले ८२ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए। पारसले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए।

ओपनर ज्ञानेन्द्रले २३ रन जोड्दा अनिलकुमार साह भने ७ रनमा आउट भए। ज्ञानेन्द्रले आउट हुनुअघि ६९ बल खेल्दा २ चौका हिर्काए।

दीपेन्द्रसिंह ऐरीले ३२ रनको योगदान दिए। उनले ४१ बलमा ३ चौका र १ छक्का हिर्काए। आरिफ शेखले ३६ बलमा ३ चौकाको मद्दतमा २३ रन बटुले। सोमपाल कामी ९ र रोहितकुमार पौडेल १ रनको झिनो स्कोरमा आउट भए। करण केसीले १ छक्का प्रहार गर्दै ६ रनमा आउट भए। सन्दीप लामिछाने र ललित राजवंशीले खाता खोल्न सकेनन्। बसन्त रेग्मीले नटआउट ९ रन जोडे।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए। उनले पारस, रोहित, आरिफ र सोमपाललाई आउट गरे। कप्तान रसिद खानले ३ विकेट हात पारे। सापूर जार्डानले २ विकेट लिए। मुजिव उर रहमानले १ विकेट हात पारे।

संसदमा चुनावै चुनाव, यस्तो छ चुनावी कार्यतालिका

काठमाडौं । चैत ५ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाका कारण अबको डेढ सातासम्म संसद्मा नियमित रूपमा चुनाव हुने भएको छ। यस अवधिमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका नेता–उपनेता चयन गर्ने कार्यसूची छ।

संसद् सचिवालयले चैत ४ सम्म विभिन्न पदको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ।संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार प्रतिनिधिसभा सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। शनिबार सभामुखका लागि मतदान हुनेछ। प्रतिनिधिसभा प्रारम्भ भएको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ। वाम गठबन्धनको बहुमत रहेकाले गठबन्धनको उम्मेदवार नै सभामुख बन्ने निश्चित रहेको खबर अन्नपूर्ण पोस्टमा छ ।
चुनावी कार्यतालिका :

फागुन २५ सभामुख उम्मेदवारी

फागुन २६ सभामुख निर्वाचन

फागुन २७ प्रधानमन्त्रीले विश्वासको मत लिने

फागुन २८ राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी

फागुन २९ राष्ट्रपतिको निर्वाचन

फागुन ३० राष्ट्रियसभा अध्यक्षको निर्वाचन

फागुन चैत १ उपसभामुख उम्मेदवारी

फागुन २ उपसभामुख निर्वाचन

फागुन ३ राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी

फागुन ४ उपाध्यक्षको निर्वाचन

डीडीसीबाट दैनिक ६० हजारको दही चोरी

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै।

डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धनगढी आयोजनाबाट दैनिक ठूलो मूल्यबराबरको तयारी दही चोरी हुने गरेको छ। आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ।

स्रोतका अनुसार लैंनचौरको दुग्ध पदार्थ बिक्री रण आयोजनाबाट मात्रै दैनिक रुपमा २० हजारभन्दा बढी मूल्यबराबरको दहीको प्याकेट र जार चोरी हुने गरेको छ। केही दिनअघि कर्मचारीलाई कम लगत देखाएर गाडीमा राखेर बाहिर बढी प्याकेट लगेको डीडीसीको सुरक्षा गार्ड गोपाल निरौलाले फेला पारेका थिए। डीडीसी स्रोतकाअनुसार निरौंलाले उक्त आयोजनामा काम गर्ने एक जना कर्मचारीलाई २८ लिटर दूध लुकाएर आफ्नो गाडीमा लगेको फेला पारेका थिए।

सुरक्षा गार्ड निरौंलाले रोक्न धेरै प्रयास गरेपनि नाउ नखुलेका उक्त कर्मचारीले दही लिएर बाहिरिएका थिए। ‘कर्मचारी आफू खाने भनेर गोप्य रूपमा दैनिक दुई सयभन्दा बढी दहीको पोका र केही जार बाहिर लाने गरेका छन्’, स्रोतले भन्यो,‘बाहिर जाने यस्तो दही कर्मचारीले केही सस्तो मूल्यमा बजारमा गएर बिक्री गरी आम्दानी गर्दैआएका छन्।’ दही चोरी हुने घटनामा सञ्चालक समितिले दोषिउपर तत्काल कारबाही गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएको छ।

रकम हिनामिना गर्ने ६ जनाको ग्रेड घटुवा

डीडीसीको रकम हिनामिना गर्ने ६ जना कर्मचारीको गे्रड घटुवा गरिएको छ। डीडीसीका सञ्चालक समितिका सदस्य विशाल बास्तोलाका अनुसार २०६३ सालदेखि २०७३ सालसम्मको अवधिमा उत्पादन भएका सामग्री बिक्री गरेर रकम नबुझाउने र उत्पादन भएका सामग्री अन्यत्र बिक्री गरी रकम दाखिला नगर्ने ६ जना कर्मचारीमाथि विभागीय कारबाही बापत ग्रेड घटुवा गरिएको हो।

दुग्ध पदार्थ बिक्रीवितरण आयोजना लैनचौरमा कार्यरत कर्मचारी प्रेम पराजुली, वेद शर्मा, सुभास राई, बृषबहादुर भुजेल, अर्जुन पन्थी र छवीलाल आलेको ग्रेड घटुवा गर्ने सञ्चालक समितिले निर्णय गरेको छ। डीडीसीले पराजुलीबाट ३४ लाख, शर्माबाट १२ लाख १७ हजार, राईबाट आठ लाख १३ हजार, भुजेलबाट तीन लाख ६३ हजार, पन्थीबाट ११ लाख र आलेबाट १७ लाख ९८ हजार रुपैयाँ असुल गर्न बाँकी छ।

कर्मचारीले दिनभर बिक्री भएको दूध, घिउ, पनिर, मिठाई, चिजलगायतको रकम संस्थाको खातामा दाखिला नगराई आफूखुसी प्रयोग गर्दैआएका थिए। हिनामिना भएको रकम बुझाउन डीडीसीले पटक पटक ताकेता गरेपनि अटेर गरेका कारण उनीहरूलाई विभागीय कारबाही गरिएको हो। अन्नपूर्ण पोस्टबाट ।

राष्ट्रपति,उपराष्ट्रपति कार्यालयका सबै कर्मचारीलाई भत्ता दिने तयारी

काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सबै कर्मचारीलाई बढीमा ५० प्रतिशतसम्म भत्ता दिने गरेको छ । राष्ट्रपति कार्यालयमा नियमितभन्दा अतिरिक्त काम नभए पनि सरकारले प्रोत्साहन भत्ता दिने गरेको हो । राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले प्रोत्साहन भत्ता दिनु स्वाभाविक भएको बताए ।

राष्ट्रपति कार्यालयमा भेटघाट गर्न आउने र अन्य विभिन्न कार्यक्रम भइरहने हुँदा प्रोत्साहन भत्ता जरुरी रहेको उनको तर्क छ । ‘फाइलहरू प्रमाणीकरण रातिको समय पनि हुन्छ, बिहान–बेलुका जतिवेला पनि काम गर्नुपर्छ । नियमितभन्दा बढी समय दिनुपर्छ । त्यही कारण पनि सबै कर्मचारीले भत्ता खान्छन्,’ पौडेलले भने ।

केही कर्मचारीलाई अतिरिक्त भत्ता दिने र केहीलाई नदिने गर्न नमिल्ने भएकाले सबैलाई प्रोत्साहन भत्ता दिने गरेको उनले बताए । राष्ट्रपतिको कार्यालयमा सबै तहका गरी निजामतीतर्फका ६८ कर्मचारी छन् । पौडेल उपराष्ट्रपति कार्यालयमा भने प्रोत्साहत भत्ता आवश्यक हो–होइन भन्ने बहस गर्नुपर्ने बताउँछन् ।

उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरेले उपराष्ट्रपति कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिनुपर्ने स्थिति नरहेको बताए ।‘सबै निजामती कर्मचारीसँग कार्यसम्पादन करार गरेर त्यसका आधारमा सबैलाई दिनुपर्ने हो,’ उनले भने, ‘कसैलाई दिने कसैलाई नदिने ठीक होइन ।’ उनले उपराष्ट्रपति कार्यालयका कर्मचारीले केका आधारमा प्रोत्साहन भत्ता खाइरहेको भन्ने जवाफ आफूसँग नभएको बताए । ‘के गरेर भत्ता खान्छन् भन्ने जवाफ मसँग नै छैन । मलाई यस्तो भत्ता दिने प्रवृत्ति नै ठीक लाग्दैन,’ घिमिरेले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

जापानी युवतीलाई र्दुव्यवहार गरेको आरोपमा नेपाली युवा पक्राउ

टोकियो ।

एक नेपाली युवा जापानी युवतीलाई यौनजन्य र्दुव्यवहार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

गत वर्ष नोभेम्वर २५ तारिखमा भएको घनिएको घटना अनुसार अनुज देवकोटा नाम गरेका युवाले जर्वजस्ती जापानी युवतीको अंग छोएका थिए ।

नारिता हिगासि क्षेत्रमा रातको समयमा ३० बर्षिय एक महिलाको दुवै स्तन समातेर जर्वजस्ती चुम्बन प्रयास गरेको आरोप देवकोटा माथि छ । जापानी युवतीको आरोप अनुसार पछाडीबाट जर्वजस्ती दुवै स्तन समातेर चुम्बन प्रयास गर्दा उनको स्तन र चिउँडोमा चोट समेत लागेको थियो ।

एक डिपार्टमेन्ट स्टोरमा कैद भिडियो अनुसार आरोपीत नेपाली युवा उनको पिछा गरेको देखिएको बताइन्छ । जापानी युवतीमाथि दुव्र्यवहारको आरोप लागेका २६ वर्षिय देवकोटाले भने आफुले बोलाएपनि केही नगरेको दाबी गर्दै आरोप अस्विकार गरेका छन् ।

घटनाको सम्वन्धमा थप छानविन भइरहेको जापान प्रहरीलाई उदृत गर्दै टोक्यो रिपोर्टर अनलाईनले खवर छापेको छ ।

प्रचण्डको योजना:महरालाई सभामुख, आफ्नो ‘दाहिने हात’ का रुपमा पुनलाई पार्टीको जिम्मेवारी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता कृष्णबहादुर महरालाई सभामुख र वर्षमान पुनलाई पार्टीको जिम्मेवारी दिने योजना बनाएका छन्। एमालेसँगको भागबन्डामा सभामुख माओवादीको भागमा परेको छ। एमालेसँग पार्टी एकीकरण प्रक्रिया जारी रहेको अवस्थामा दाहालले आफ्नो ‘दाहिने हात’ का रुपमा पुनलाई पार्टीको जिम्मेवारी दिन लागेका हुन् । ‘महराजीलाई सभामुख र वर्षमानजीलाई पार्टीको जिम्मेवारी दिने योजनामा अध्यक्षज्यू हुनुहुन्छ,’ दाहालनिकट स्रोतले भन्यो, ‘मुख्यतः एमालेसँग एकीकरणको सवालमा मिलाउनुपर्ने काम अध्यक्षको निर्देशनअनुसार वर्षमानजीले मिलाउन सक्ने भएकाले यस्तो योजना बनेको हो ।’ दाहालनिकट स्रोतका अनुसार पुनमार्फत पार्टी एकीकरण प्रक्रियाका कामकारबाहीमा सहज हुने भएकाले सो योजना बनाइएको हो।

यसअघि पनि दाहालले एमालेसँग हुने पार्टीको काममा नेता पुनलाई नै अघि बढाउँदै आएका थिए । एमालेसँग भागबन्डालगायतका काममा अध्यक्ष दाहालले पुनलाई नै अघि सार्दै आएका छन् । पछिल्लो समय गृहमन्त्री बन्न इच्छुक भए पनि नपाएपछि पुन ऊर्जामा जान सहमत भएका थिए तर दाहालले उनलाई तत्काल सरकारमा नपठाई पार्टी एकीकरण प्रक्रियामा खटाउने योजना बनाएका हुन्।

आगामी पाँच वर्ष प्रतिनिधिसभा चलाउनुपर्ने भएकाले एमालेसँग ‘सिनियर’ नेतालाई सभामुख बनाउनुपर्ने छलफल भएपछि दाहालले महरालाई पठाउने योजना बनाएका हुन्। त्यसका लागि महरा सहमत भइसकेको स्रोतले बतायो। अघिल्लो पटक माओवादीबाट ओनसरी घर्तीमगरले सभामुखको जिम्मेवारी सम्हालेकी थिइन्। एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्‍याएपछि माओवादीमा पनि घर्तीमगरलाई दोहोर्‍याउने चर्चा चलेको थियो।

यस्तै भागबन्डामा परेका मन्त्रालयमा पनि शीर्ष नेतालाई नै पठाउने तयारी माओवादीको छ। राष्ट्रपति र सभामुखको निर्वाचन सम्पन भएपछि मात्रै केपी ओली नेतृत्वको सरकार विस्तार गर्ने योजना छ। अध्यक्ष दाहालले प्रभावशाली नेतृत्वलाई सरकारमा पठाएर प्रभावकारी काम गर्ने योजना बनाएका छन्।

गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मामध्ये दुईजना सरकारमा जाने पक्का भएको स्रोतले बतायो । यसैगरी पम्फा भुसाल, बिना मगर, अमनलाल मोदी पनि सरकारमा जाने चर्चा छ ।पार्टी प्रवक्ता पम्फा भुसालले सभामुख र मन्त्रीको चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएकाले तत्काल भन्न नसक्ने बताइन् । ‘मन्त्री चयन गर्ने जिम्मा पार्टीको बैठकले अध्यक्षलाई दिएको छ, अध्यक्षले जसजसलाई पठाउनुहुन्छ, उहाँहरु नै मन्त्री बन्नुहुनेछ’, भुसालले नागरिकसँग भनिन्, ‘तर सभामुख भने भोलि (शुक्रबार) नै टुंगो लगाउने सोचमा छौं।’

माओवादी केन्द्रले गृह मन्त्रालयको जिम्मेवारीमा रामबहादुर थापा र उद्योग मन्त्रालयको जिम्मेवारीमा मातृकाप्रसाद यादवलाई मन्त्री बनाएर पठाइसकेको छ । भागबन्डाअनुसार अब माओवादीले पाँच मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ । सभामुख र मन्त्रीका विषयमा छलफल गर्न अध्यक्ष दाहालले शुक्रबार केन्द्रीय कार्यालय सचिवालयको बैठक बोलाएका छन्। नागरिक दैनिकमा समाचाचर छ ।

नेपाल निजामती कर्मचारी संगठनद्वारा सबिता उप्रेती सम्मानित

काठमाडौ । १०८ औ अन्तराष्टिय नारी दिवसको अवसरमा केन्द्रिय कार्य समितिको आयोजना र केन्द्रिय महिला विभागको ब्यवस्थापनमा योगाभ्यास तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अटिजम बालबालिकाहरुको लागी बिशेष स्कुल तथा पुनस्थापना केन्द्र ९एसएसडिआरसि० स्थापना गरी निरन्तर रुपमा बालबालिकाको सेवामा आफ्नु जिवन समर्पित गर्दै आउनु भएको सामाजिक अभियान्ता सबिता उप्रेतिलाई बिशेष सम्मान गरेको छ ।

संगठनको केन्द्रिय पदाधिकारिहरु  एसएसडिआरसि नै पुगेर उप्रेतिको समाज सेवाको उच्च कदर गर्दै सम्मान गरेको हो । संगठनको बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको सभापतित्वमा भएको उक्त्त कार्यक्रममा उपाध्यक्ष भवानी दहाल,महासचिव रेवन्त गौतम्,सचिव भवानी खतिवडा,सचिव राम चन्द्र अधिकारी लगायत केन्द्रिय सदस्यहरुको उपस्थिति सहित योगा शिक्षक सबिना गिरीबाट महिला स्वास्थ्य सम्वन्धि योगाभ्यास गराइएको थियो ।

सो कार्यक्रमम बालबालिकाहरुको सहयोगार्थ संगठनको केन्द्रिय समितिबाट रु दश हजार्,संगठनको जिल्ला कार्यसमिती काठमाण्डौबाट रु पच्चिस सय,संगठनको जिल्ला कार्यसमिती भक्तपुर महिला बिभागबाट रु पच्चिस सय र संगठनको शिक्षा  विभागीय  कार्यसमिति बाट रु पच्चीस सय  रकम सहयोग गरिएको छ । उक्त कार्यक्रममा संस्थाको बालबालिकाहरु द्वारा  डान्स  तथ सफलताको कथा प्रस्तुत गरिएको थियो भने  सबिता उप्रेती लाई समर्पित  गर्दै केन्द्रिय  सदस्य  देवि पराजुलीले कविता बाचन र भवानी  खतिवडाबाट गित प्रस्तुत  गरिएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web