
टोकियो ।
एक नेपाली युवा जापानी युवतीलाई यौनजन्य र्दुव्यवहार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
गत वर्ष नोभेम्वर २५ तारिखमा भएको घनिएको घटना अनुसार अनुज देवकोटा नाम गरेका युवाले जर्वजस्ती जापानी युवतीको अंग छोएका थिए ।
नारिता हिगासि क्षेत्रमा रातको समयमा ३० बर्षिय एक महिलाको दुवै स्तन समातेर जर्वजस्ती चुम्बन प्रयास गरेको आरोप देवकोटा माथि छ । जापानी युवतीको आरोप अनुसार पछाडीबाट जर्वजस्ती दुवै स्तन समातेर चुम्बन प्रयास गर्दा उनको स्तन र चिउँडोमा चोट समेत लागेको थियो ।
एक डिपार्टमेन्ट स्टोरमा कैद भिडियो अनुसार आरोपीत नेपाली युवा उनको पिछा गरेको देखिएको बताइन्छ । जापानी युवतीमाथि दुव्र्यवहारको आरोप लागेका २६ वर्षिय देवकोटाले भने आफुले बोलाएपनि केही नगरेको दाबी गर्दै आरोप अस्विकार गरेका छन् ।
घटनाको सम्वन्धमा थप छानविन भइरहेको जापान प्रहरीलाई उदृत गर्दै टोक्यो रिपोर्टर अनलाईनले खवर छापेको छ ।