नेपालको लगातार तेस्रो हार,नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित

फाल्गुन २६, २०७४ मा प्रकाशित | 13200 views

काठमाडौं । विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । १ सय ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अपगानिस्तानले ३८.४ अाेभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायाे । तीन खेलमा पराजित भएको अफगानिस्तान आजको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छयसअघि नेपाल आयोजक जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो।  हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना लगभग सकिएको हो। यता नेपाललाई पराजय गरेसँगै अफगानिस्तानको आसा पलाएको छ। त्यसका लागि जिम्बावे र नेपालसँग हङकङ पराजित हुनु पर्नेछ। नेपालले हङकङलाई भारी अन्तरले पराजित गर्दै अफगानिस्तान र हङकङलाई रनरेटमा पछि पार्ने सम्भावना पनि छ। तर यो समिकरण कठिन हुने पक्का छ।

नेपालले दिएको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा पार गरेर सानदार जित हात पारेको हो।

नेपाललाई पराजित गर्ने क्रममा अफगानिस्तानका लागि नाजिबुल्लाह जार्डानले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ५१ रन जोडे। उनले ४७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

त्यसअघि मोहमद नाबीले ३४ र रहमत खानले ४६ रन जोडे। दुवैलाई दीपेन्द्रसिंह ऐरीले आउट गरे।

सन्दीप लामिछानले जावेद अहमादीलाई २६ रनमा आउट गरेका थिए भए।ओपनिङमा आएर आक्रामक सुरुवात गरेका अफगानिस्तानका कप्तान रसिद खान १४ बलमा २१ रन बनाएर आउट भए। उनलाई करण केसीले ललित राजवंशीबाट क्याच गराए।

यसअघि जिम्बावेको बुलावायो एथलेटिक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ बल बाँकी छदा १ सय ९४ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। पारसले ७५ रन जोडेर लिस्ट एको खेलमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्।  उनले ८२ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए। पारसले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए।

ओपनर ज्ञानेन्द्रले २३ रन जोड्दा अनिलकुमार साह भने ७ रनमा आउट भए। ज्ञानेन्द्रले आउट हुनुअघि ६९ बल खेल्दा २ चौका हिर्काए।

दीपेन्द्रसिंह ऐरीले ३२ रनको योगदान दिए। उनले ४१ बलमा ३ चौका र १ छक्का हिर्काए। आरिफ शेखले ३६ बलमा ३ चौकाको मद्दतमा २३ रन बटुले। सोमपाल कामी ९ र रोहितकुमार पौडेल १ रनको झिनो स्कोरमा आउट भए। करण केसीले १ छक्का प्रहार गर्दै ६ रनमा आउट भए। सन्दीप लामिछाने र ललित राजवंशीले खाता खोल्न सकेनन्। बसन्त रेग्मीले नटआउट ९ रन जोडे।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए। उनले पारस, रोहित, आरिफ र सोमपाललाई आउट गरे। कप्तान रसिद खानले ३ विकेट हात पारे। सापूर जार्डानले २ विकेट लिए। मुजिव उर रहमानले १ विकेट हात पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web