विश्वकप क्रिकेट छनोट: नेपालको लगातार दोस्रो हार, स्कटल्याडसँग पराजित

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । बिहीबार जिम्बावेको बुलावायो मैदानमा भएको खेलमा नेपाललाई स्कटल्यान्डले  ४ विकेटले पराजित गरेको हो। यसअघि नेपाल पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो।

नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ओभरमा विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, हेन्री जर्ज मुन्सेले १० तथा रिची बेरिंगटनले एक रन बनाए ।  नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मी २-२ तथा  ललित राजवंशीले दिपेन्द्रसिंह एेरीले समान १–१ विकेट लिए ।  यसअघि स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा  आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले  राम्रो रन बनाउन सकेनन् । पारस खड्काले ७५ बलमा १० चौकासहित ६३ रन बनाए । पारसले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालका अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् ।

नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । त्यस्तै दोस्रो ओभरको दोस्रो बलमा दिलिप नाथलाई नेपाललाई गुमायो । आजको खेलमा फेरि नेपालको ब्याटिङ एकदमै कमजोर रहेको पुष्टि भयो ।

नेपाल ८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर जम्मा ३९ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले नेपालको नाजुक स्थितिलाई अघि बढाएका थिए ।

रोहितकुमार पौडेल ४० बलमा १५ रन बनाए । त्यस्तै सोमपाल कामीले ५४ बलमा १८ रन बनाए । वसन्त रेग्मीले नटआउट रहँदै २४ रन को योगदान दिए पनि नेपालका ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि स्टुवार्ट ह्विटिंघमले सर्वाधिक ३ विकेट लिए  । त्यस्तै सफ्यान शरिफ अलास्दैर इभान्सले २–२ र टम सोले, तथा रिची बेरिंगटनले समान एक–एक विकेट लिए ।

भारतले बनायो नेपालको सहमति बिनै सिमामा काठेपुल

दार्चुला ।

नेपालको सिमा क्षेत्रमा बल मिच्याई र सिमा अतिक्रमण गर्दै आएको भारतले महाकाली नदीमा नेपालको सहमतीबिनै काठेपुल बनाएको छ ।

भारतले बनाएको एकतर्फी बाटो तथा काठेपुलको विषयमा सोमबार बसेको बैठकमा नेपाली अधिकारीले कडा रुपमा प्रस्तुत हुँदै त्यसको बिरोध गरेका छन् । उनीहरुले भारतले नेपालका कुनै पनि निकायसँग समन्वय नगरी एकतर्फी रुपमा काठेपुल निर्माण गरेको भन्दै आपत्ति जनाएका हुन् ।

भारतीय पक्षले आफूसँंग छलफल र सहमति नगरेर काठेपुल र बाटो निर्माण गरेको भन्दै नेपाली अधिकारीहरुले भारतीय समकक्षीसँग प्रश्न उठाएका थिए ।

बैठकको सुरुमा पिथौरागढका डिएम सि रविशंकरले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसलगत्तै नेपाली टोलीका नेता एवं दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भारतले बिना सहमति संरचना निर्माण गरेको भन्दै आपत्ति जनाएका थिए ।

आफूहरुसँग भारतीय पक्षबाट एकतर्फी निर्माण गरिएका संरचनाका फोटो र भिडियो समेत रहेको बताउदै उहाँले नेपाल सरकारको स्वीकृति बिना सीमा क्षेत्रमा संरचना निर्माण र सञ्चालन गर्न नसकिने बताउनुभयो ।

सीमा बैठकले धारचुलाको खोतिलास्थित सुख्खा पहिरो व्यवस्थापनका लागि दुवै देशका अधिकारीले प्राविधिक अध्ययन गर्ने निस्कर्ष निकालेको छ । बैठकमा सहभागी महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देवकोटाले लामो समयदेखि भारतीय पक्षले सुख्खा पहिरोका ढुंगा नहटाएकोमा प्रश्न गर्नुभएको थियो ।

यसअघिको छलफल र सहमति अनुसार भारतीय पक्षबाट काम नभएको प्रश्न उठाएपछि यसबारे तत्काल प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी काम गर्ने सहमति गरिएको छ ।

सोमबार पिथौरागढमा भएको सीमा बैठकमा पिथौरागढ र दार्चुलाका अधिकारीहरुबीच यस्तो सहमति भएको हो । भारतीय पक्षले एकतर्फी रुपमा राप्लाको दुम्लिङभन्दा उत्तरतर्फको क्षेत्रमा बनाएका काठेपुल अवैध भएको र नेपालको सहमति बिना बनाइएकोमा नेपाली अधिकारीहरुले भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् ।

भारतीय अधिकारीहरुले महाकाली नदीमा बनाइएका काठेपुलको विषयलाई नेपाली मिडियाले बढी महत्व दिएर सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए ।

सिरियामा रुसी सैन्य विमान दुर्घटना हुँदा ३२ सैन्यको मृत्यु

एजेन्सी ।

रुसको एक सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ३२ जनाको निधन भएको छ ।

रुसको रक्षा मन्त्रालयले दुर्घटनाको पुष्टि गर्दै विमानमा सवार २६ यात्रु तथा चालक दलका ६ जना सदस्यको ज्यान गएको जनाएको छ ।

रिया नोवोस्ती न्यूज एजेन्सीको जनाए अनुसार दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको हो । प्रारम्भिक रिपोर्टका अनुसार रुसी सैन्य विमान खमेमिम एयरबेसमा उत्रँदै गर्दा दुर्घटनामा परेको हो ।

रुसले आफ्नो विमान दुश्मनको निशानामा नपरेको बताउँदै दुर्घटनाको प्रमुख कारण प्राविधिक गडबडी भएको बताएको छ ।

आफ्ना बिवाद बिरुद्ध नेतृत्व गरेका अभियन्ता केसीलाई प्रधानन्यायाधिश आफैंले यस्तो आदेश दिए

काठमाडौं ।

आफ्ना विवादीत विषयका बारेमा प्रश्न उठाउँदै आएका सामाजिक अभियन्ता डा. गोविन्द केसीको एक मुद्दामा आफैंले निर्णय गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुलीले तीनदिनभित्र अदालत उपस्थित हुन आदेश दिएका छन् ।

डा गोविन्द केसीलाई तीन दिनभित्र सशरीर सर्वोच्च अदालतमा उपस्थित हुन आदेश दिँदै अदालतको अवहेलना मुद्दामा अदालतले प्रारम्भिक सुनुवाइ गरेको हो ।

गोविन्द बोहराले फागुन १६ गते दर्ता गरेको निवेदनको प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यो आदेश जारी गरेको हो ।

यो सहित डा केसी विरुद्ध सर्वोच्च अदालतमा तीनवटा मुद्दा विचाराधीन छन् । केसीले विभिन्न समयमा प्रधानन्यायाधीश पराजुलीकाबारेमा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै कारबाहीको माग राखी निवेदन दर्ता भएको थियो ।

देब्रे घुँडा बिरामीको दाहिने अप्रेसन गर्ने यि डाक्टरले नेपाल मेडिकललाई पनि ढाँटे

काठमाडौं ।

लापरवाहिपुर्वक उपचार गरेर देब्रेको घुँडाका बिरामीको दाहिने घुँडा अप्रेसन गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका डाक्टरले नेपाल मेडिकल काउन्सिललाई समेत ढाँटेका छन् ।

काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरूले ‘बिरामी देब्रे घुँडाका लागि आएको त हो, तर हाम्रो नजरमा दायाँ घुँडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौं’ भनेर दाबी गरेका थिए । शल्यक्रियामा डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकार संलग्न थिए । मुख्य जिम्मेवारी भने नेपालले लिएका थिए ।

चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी बिन्दु पौडेलको देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो । एमआरआई परीक्षणबाट देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्ने देखिएपछि पौडेल उपचारका लागि चितवनबाट नर्भिकमा आएकी थिइन् ।

‘काउन्सिलबाट कारबाहीमा परिने डरले उनीहरूले सरासर ढाँट्दै अर्को घुँडामा बढी समस्या देखेर अप्रेसन गरेको गलत दाबी गरेका छन् ।

‘छानबिन तथा विज्ञको सुझावका आधारमा नर्भिक प्रकरणमा बुधबारको काउन्सिल पूर्ण बैठकले कारवाहीबारे निर्णय गर्ने बताएको छ ।

नर्भिकले यो प्रकरणमा पीडित पक्षसँग भूलवश गल्ती भएको स्वीकार गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने र भविष्यमा कुनै जटिलता आए उपचार गरिदिने सहमति गरेको थियो ।

विवादीत प्रधानन्यायाधिश र सर्वोच्चको आदेशले देशलाई ६१ अर्ब घाटा

काठमाडौं ।

गोपाल पराजुली सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएपछि अदालतको आदेशका कारण देशले ६१ अर्ब घाटा व्यहोर्नु परेको छ ।

गोपाल पराजुली नेतृत्वमा आएपछि सर्वोच्च अदालतबाट जारी गरिएका विभिन्न अन्तरिम आदेशहरूका कारण करिब ६१ अर्ब रुपैयाँ कर असुली रोकिएको हो ।

यसबाहेक, त्यस्तै आदेशलाई आधार बनाएर साढे २३ अर्ब रुपैयाँ विदेशिएको छ भने राष्ट्र बैंकले चार वर्षदेखि रोक्का गरेको २ अर्ब २० करोड फुकुवा भएको छ ।

रिट क्षेत्राधिकारमार्फत सोझै सर्वोच्च प्रवेश गरेका सात व्यापारिक कम्पनीले तत्काल कर तिर्नु नपर्ने गरी ‘अन्तरिम आदेश’ पाएका हुन् । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार त्यस्तो आदेशका आधारमा एनसेल, निरजगोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा बु्रअरी, सूर्य नेपाल, मल्ल होटल र नक्कली अन्तस्शुल्क स्टिकर प्रयोगसँग सम्बन्धित विषयमा कर संकलन रोकिएको छ । उनीहरूबाट जम्मा ६१ अर्ब ९ करोड २९ लाख २५ हजार ४ सय ३ रुपैयाँ कर उठ्नुपर्ने कान्तिपुरमा खवर छ ।

नियमित प्रक्रियालाई अविश्वास गरी रिट उपचारमा जाने र तत्काल अन्तरिम आदेश दिने प्रवृत्तिले राजस्व संकलनमा समस्या निम्तिएको कर प्रशासकहरूको टिप्पणी छ । ‘अन्तरिम आदेशको व्यापक दुरुपयोग भएको छ । दुरुपयोग भयो भनेर मैले भनेको हैन, आदेशले गरेका काम, आदेश र कानुनले देखाएको कुरा हो,’ विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीले भने, ‘यसले देशलाई टाट पल्टाउने काम भइरहेको छ ।’

प्रधानन्यायाधीश गोपाल पराजुली र उनी निकटका न्यायाधीशहरूबाट अन्तरिम आदेशको दुरुपयोग भइरहेको कार्कीको दाबी छ । ‘प्रधानन्यायाधीशले आफुले भनेअनुसारको आदेश दिँदैनन् भनेर नजिकका केहीबाहेक अरू न्यायाधीशलाई महत्त्वपूर्ण मुद्दा हेर्नसमेत दिने गरेका छैनन्,’ उनले थपे । आन्तरिक राजस्व विभागका अनुसार कर निर्धारण भएर एनसेलबाट करिब ४५ अर्ब रुपैयाँ असुल्नुपर्ने छ । त्यस्तै एनसेल सञ्चालक निरजगोविन्द श्रेष्ठबाट १२ अर्ब ५८ करोड, एनसेलकै १० औं लगानीकर्ता सिनर्जी नेपालबाट २ अर्ब १९ करोड, गोर्खा बु्रअरीबाट ५१ करोड, सुर्य नेपालबाट २५ करोड, मल्ल होटलबाट ८ करोड रुपैयाँ कर संकलन गर्नुपर्ने हो । तर अदालतको आदेशका कारण सबै कर संकलन रोकिएको छ ।

एनसेलमा लगानी गरिरहेको ब्रिटिस भर्जिन आइल्यान्सको रेनोल्ड होल्डिङ्सले अन्तरिम आदेश कार्यान्वयनका क्रममा २३ अर्ब ५१ करोड रुपैयाँ रकम विदेश लगिसकेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनका क्रममा रहेका व्यापारी अजेयराज सुमार्गीको २ अर्ब २० करोड रुपैयाँ फुकुवा गरिसकिएको छ ।

यी सबै कम्पनीमाथि यसै वर्ष अन्तरिम आदेश जारी भएकाले मुद्दाहरू विचाराधीन अवस्थामा छन्, जसले गर्दा कर निर्धारण एवं असुली अनिश्चित बनेको छ । उल्लिखित आदेशहरू प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको पुर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले टिप्पणी गरे ।

आयकर ऐन–२०५८ अनुसार कुनै करदातालाई कर निर्धारणमा चित्त नबुझे न्याय माग्न जाने दुई तहका संरचना छन् । ‘कर अधिकृतले कर निर्धारण गरिसकेपछि चित्त नबुझे आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष प्रशासकीय पुनरावलोकनमा उजुरी गर्न पाइन्छ,’ खत्रीले भने, ‘त्यहाँबाट पनि न्याय नपाइए उच्च अदालतका न्यायाधीश संयोजक रहेको राजस्व न्यायाधिकरण जाने प्रक्रिया छ ।’

राजस्व न्यायाधिकरणको फैसलासमेत चित्त नबुझे सर्वोच्चमा जान अनुमति माग्ने कानुनी व्यवस्था छ । ‘तर, सोझै सर्वोच्चमा गएर रिट हाल्ने र त्यसमा आदेश दिने व्यवस्था कुन कानुनले दियो रु’ उनले प्रश्न गरे, ‘पछिल्लो समय सर्वोच्चका आदेशहरू कर कानुनका मान्य सिद्धान्तविपरीत छन्।’

राजस्व प्रशासनसँग सम्बन्धित सबै संरचना र कानुनी उपचार अवरुद्ध गरेर अन्तरिम आदेश आइरहेको खत्रीको दाबी छ । ‘यति हुँदा पनि राजनीतिज्ञ बोल्दैनन्, कर प्रशासक पनि नबोल्ने, संसदीय समिति हानाथाप गर्ने,’ उनले भने, ‘टुलुटुलु हेरेर बसेपछि कसरी सुधार हुन्छ रु’ कर निर्धारण भइसकेपछि नियमित प्रक्रियाबाट कानुनी उपचारको बाटो हुँदाहुँदै कम्पनीहरू सोझै रिट निवेदन लिएर सर्वोच्च जान थालेका हुन् । सामान्यतस् नियमित कानुनी उपचारको बाटो बन्द भएमात्रै रिट क्षेत्राधिकारमार्फत जान पाइने विधिशास्त्रीय मान्यता हो । तर पछिल्लो समय आयकर ऐन–२०५८ ले व्यवस्था गरेको प्रशासकीय पुनरावलोकन, राजस्व न्यायाधिकरणजस्ता कानुनी उपचारका संरचनालाई बेवास्ता गरी सोझै सर्वोच्च पुग्ने र अन्तरिम आदेश पाउने प्रवृत्ति बढेको छ ।

माथि उल्लिखित मुद्दाहरूमा सर्वोच्चबाट समान प्रकृतिका आदेश आएका छन् । ‘कर निर्धारण गर्नुप्ूर्व नै करदाता रिट लिएर सर्वोच्च गएपछि निर्धारण नगर्नूरनगराउनू भन्ने आदेश आयो,’ कर प्रशासनमा १५ वर्षदेखि कार्यरत एक अधिकृतले भने, ‘अदालतबाट यस्ता प्रकृतिका आदेश पहिलो पटक अनुभव गर्दैछौ।’ उनका अनुसार त्यसको पछिल्लो उदाहरण गोरखा ब्रुअरी हो ।

यस प्रकरणमा सुरेन्द्र सिलवालले सर्वोच्चमा मुद्दा हाले । अदालतले गोर्खा ब्रुअरीको कर निर्धारण नगर्न अन्तरिम आदेश दियो । प्रधानन्यायाधीश पराजुलीकै एकल इजलासले तत्काल कर निर्धारण नगर्न आदेश दिएको हो । ‘आन्तरिक राजस्व विभागले गोरखा ब्रुअरीलाई आर्थिक वर्ष २०७२र७३ मा पनि अन्तस्शुल्क र मूल्य अभिवृद्धि करसमेत निर्धारण गर्दा अपूरणीय क्षति पुग्न सक्ने देखिँदा केही रकम असुल नगर्नू, नगराउनू, नउठाउनू, उठाउन नलगाउनू’ अन्तरिम आदेशमा भनिएको छ । यो आदेशले करिब ५१ करोड रुपैयाँ कर असुली प्रभावित भएको छ ।

यस्तै अर्को उदाहरण हो एनसेलको १०औं विक्रेता कम्पनी सिनर्जी नेपालको । ठूला करदाता कार्यालयका अनुसार १०औं पटकको एनसेल बिक्रीमा कम आय देखाई पुँजीगत लाभकर छली गरिएकाले यो कम्पनीलाई २ अर्ब १९ करोड रुपैयाँ कर निर्धारण गरिँदै थियो । तर गत असोज ४ मा सिनर्जी नेपालले तत्काल कर निर्धारण नगर्नरनगराउन सर्वोच्चबाट अन्तरिम आदेश पायो । गत पुस ३ मा एनसेलको सेयरधनी रेनोल्डले रिट दायर गरेको थियो । त्यसै दिन एनसेलले पनि रिट हाल्यो । एनसेल बिक्रीमा करिब ६१ अर्ब रुपैयाँ कर निर्धारण गरेपछि ठूलाकरदाता कार्यालयले कर असुल नभएसम्म उसको लाभांश विदेश लैजान नदिनु भन्दै रोक्का गरिदिएको थियो । त्यसअघि एनसेलले करिब २१ अर्ब ५४ करोडमात्र पुँजीगत लाभकर तिरेको थियो ।

आफ्नो लाभांश रोक्का राखेकोविरुद्ध उनीहरू सर्वोच्च गए । यो निवेदनमा गत पुस ३ गते लाभांश विदेश लैजान नरोक्नूरनरोकाउनू भन्दै अन्तरिम आदेश दियो । एक सातापछि दुई सदस्यीय अर्को इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै प्ूर्ण इजलासमा जाने आदेश सुनायो । यसले गर्दा एनसेल बिक्रीबाट प्राप्त हुने बाँकी करिब ४५ अर्ब रुपैयाँ कर असुल हुने सम्भावना कम हँ‘दै गएको छ ।

सूर्य नेपालका सन्दर्भमा पनि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । लाभांश वितरण गर्न रकम छुट्टयाएको, तर वितरण र खर्च नगरेपछि त्यसमाथि कर कार्यालयले कर निर्धारण गर्ने गृहकार्य सुरु गर्‍यो । करिब २५ करोड रुपैयाँ कर निर्धारणको गृहकार्य गरिरहेका बेला कम्पनी रिट लिएर सर्वोच्च पुग्यो । सर्वोच्चले तत्काल कर निर्धारण नगर्नूरनगराउनू भन्दै अन्तरिम आदेश दियो । त्यसपछि हालसम्म पनि उक्त मुद्दामा सुनुवाइ भएको छैन । योमात्रै नभएर अन्तरिम आदेश पाएका अन्य मुद्दाहरूमा समेत सुनुवाइ हुने गरेको छैन ।

विशेष अदालतका पूर्वअध्यक्ष कार्कीका अनुसार छोटो समयका लागि जारी गरिने अन्तरिम आदेश अदालतले जथाभावी रूपमा प्रयोग गर्ने अस्त्र होइन । ‘संसारभरि नै कुनै काम नरोकिए गम्भीर असर पुर्‍याउने स्थिति छ भने केही त्यस्तो काम नगर भन्दै आदेश जारी गरिन्छ र त्यसपछि दुवै पक्षलाई झिकाएर कुरा सुनिन्छ,’ उनले भने, ‘तर यहाँ त यसको जथाभावी दुरुपयोग गरिएको छ ।’

तीन मन्त्रालय मागिरहेको फोरमद्धारा ओली सरकारमा सहभागी हुने निर्णय

काठमाडौं ।

केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन तीन मन्त्रालय चाहिने माग गरिरहेको संघीय समाजवादी फोरमले सरकारमा भने सहभागी हुने निर्णय गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय फोरमको मंगलबार बिहान बसेको पदाधिकारी बैठकले गरेको हो ।

सरकारमा सहभागी हुने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबारे भइरहेका वार्ताको ब्रिफिङ गरेका थिए।

यादव फागुन १४ गते नै सरकारमा सहभागी हुन सहमत भएका थिए। त्यो दिन उनी साथीहरुसँग छलफल गरेर आउँछु भन्दै बालुवाटारबाट निस्केका थिए।

यादव सरकारमा जान सहमत भएको ८ दिनपछि पार्टीले औपचारिक निर्णय गरेको हो।

सिमापारि गएर ढुंगा हान्ने राजेन्द्र महतोले संसदमा पनि उतैको भाषा बोले

काठमाडौं ।

भारतले गरेको नाकाबन्दीलाई तराई आन्दोलनको संज्ञा दिएर सिमापारिबाट नेपाल तर्फ ढुंगा प्रहार गर्ने राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संसदमा पहिलो पटक हिन्दिभाषामा बोलेका छन् ।

संसदमा बोल्दै तराई आन्दोलनका क्रममा सुरक्षाकर्मी र दुधे बालकको विभत्स हत्याका मुख्य अभियुक्त रहेकालाई सांसदमा उठाएर जितेका रेशम चौधरीको बचाउ समेत उनले गरेका छन् ।

कैलाली क्षेत्र नम्बर १ का सांसद रहेका चौधरीलाई संसदमा भाग लिनदिनुपर्ने तर्क गर्दै महतोले दोषी रहे आवश्यक कारवाही पछि गरिने बताए । अभियुक्त भइ प्रहरीले खोजि गरेपछि भारत गएर लुकेका चौधरीले हप्तादिन अघि मात्र प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

दुईदिने भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री अब्बासी फिर्ता

काठमाडौं ।

नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री दुई दिने भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर आज स्वदेश फर्कीएका हुन् ।

मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका अब्बासी हिजो नेपाल आएका थिए ।

अब्बासीलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो भने हिजो साँझ नै प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता भएको थियो ।

गुनासो नसुनेको भन्दै राजदूतलाई छुरा प्रहार गर्नेलाई नेपाल प्रहरीले काठमाडौं झिकायो

काठमाडौं ।

नेपाल प्रहरीले दुई वर्षअघि साउदी अरबस्थित नेपाली राजदूतावासमा तत्कालिन कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मालाई छुरा प्रहार गर्ने व्यक्तिलाई नेपाल झिकाएको छ ।

छुरा प्रहार लगत्तै पक्राउ गरी स्थानीय प्रहरीले अनुसन्धान थालेको थियो । तर, त्यहाँको अदालतले नेपाली दुतावासभित्रको घटना भएको भन्दै नेपालस्थित अदालतले नै कारबाही अघि बढाउनु पर्ने फैसला गरेपछि राईलाई नेपाल डिपोर्ट गरिएको हो ।

उनलाई एयर अरेबियाको उडान नम्बर जी ९१५६ बाट आइतबार काठमाडौं ल्याइएको हो ।

यसअघि २ वैशाख ०७३ मा शर्मालाई मोरङको केराबारी–५ का ४७ वर्षीय लक्ष्मणबहादुर राईले शर्मालाई छुरा प्रहार गरेका थिए ।

राई वैदेशिक रोजगारीका क्रममा साउदी अरबस्थित एक कम्पनीमा कार्यरत थिए । त्यहाँ उनले सम्झौता अनुरुप तलब पाएका थिएनन् ।

त्यसबारे उनले पटकपटक दूतावासलाई जानकारी गराए पनि कुनै पहल नभएपछि राईले आक्रोसमा छुरा हानेको बताउँदै आएका छन् । आफ्नो समस्याको बारेमा कुनै सुनुवाई नभएपछि २ बैशाख ०७३ मा उनी दूतावासमा रहेको शर्माको कार्यकक्षमा पुगे ।

उनी चक्कु बोकेर त्यहाँ पुगेका थिए । र, छिर्ने वित्तिकै ढोका थुनेर शर्मामाथि आक्रमण गरेका थिए ।

घटनामा शर्माको हात र कुममा चोट लागेको थियो । उनी त्यहाँ केहीदिनको उपचारपछि सामान्य अवस्थामा फर्किएका थिए ।

राजश्वमारा क्यासिनोहरुले तीनदिनमा तिर्नबाँकी रकम नतिरे बन्द

काठमाडौं ।

पर्यटन बिभागले राजश्व नतिरी सञ्चालनमा रहेका र बन्द भएर लाइसेन्स लिएर बसेका क्यासीनो सञ्चालकलाई तीन दिनभित्र सबै बक्यौता रकम बुझाउन आइतबार पत्र काटेको छ ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार क्यासिनो सञ्चालकहरुलाई ३ दिनभित्रै सबै रोयल्टी बुझाउने निर्देशन सहितको पत्र काटिएको छ ।

मन्त्रालयले तीन दिनभित्र बक्यौता असुल्न पत्र काट्ने भनेर निर्णय गरे अनुसार पत्र पठाएको भट्टराईले जानकारी दिए ।

बक्यौता उठाउन विभागको होटल शाखाका उपसचिवको नेतृत्वमा समिति पनि गठन गरिएको छ ।

एक दर्जनभन्दा बढी क्यासिनो राज्यलाई रोयल्टी नबुझाई अदालती आदेशका भरमा सञ्चालनमा छन् । ती क्यासिनोले एक अर्ब ३२ करोड रुपैयाँ राजस्व सरकारलाई तिरेका छैनन् ।

यसअघि पनि विभागले बक्यौता तिर्न भन्दै क्यासिनोलाई पत्र काट्ने गरेको थियो । तर यसअघि ३० दिनको म्याद दिइन्थ्यो ।

आइतबार भने ३ दिनको मात्रै म्याद दिएर पत्र काटिएको छ । यसरी थोरै दिनको मात्रै म्याद दिएर पत्र काटेसँगै सरकारले क्यासिनो सञ्चालकहरुबाट कडाइका साथ बक्यौता उठाउन लागेको देखिएको छ । क्यासिनोहरुले तीनदिनभित्र तिर्नबाँकी रकम नबुझाए बन्द गराउने तयारी सरकारले थालेको बुझिएको छ ।

पर्यटन विभागका अनुसार होटेल अन्नपूर्ण इन्टरनेसनलले ११ करोड ६९ लाख, एभरेस्ट होटेल प्रालिले १० करोड ३५ लाख र नेपाल रिक्रिएसन सेन्टरका सञ्चालक राकेश बाध्वाले ५३ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ ।

यस्तै, हृयाप्पी आवर प्रालिले ६ करोड ९३ लाख र फूलबारी रिसोर्टले २४ करोड ६६ लाख रुपैयाँ बुझाएका छैनन् । क्यासिनो भेनसले पनि सात करोड ६५ लाख सात हजार रुपैयाँ बुझाउन अटेर गर्दै आएको छ ।

अदालतको २३ कात्तिक ०७२ को अन्तरिम आदेशका भरमा होटेल याक एन्ड यतीमा सञ्चालित क्यासिनोले सरकारलाई ११ करोड ८७ लाख रुपैयाँ राजश्व तिरेको छैन ।

अदालती आदेशलाई बाहना बनाउँदै यसले राजश्व बुझाउन अटेर गर्दै आएको छ । याक एन्ड यतीको क्यासिनो रोयल र होटेल र्‍याडिसनको क्यासिनो र्‍याड पनि अदालतको आदेशकै भरमा सञ्चालन भएर राज्यलाई राजश्व नबुझाउने क्यासिनो हो ।

अन्तरिम आदेशकै भरमा क्यासिनो रक इन्टरनेसनलले भैरहवाको होटेल बोधी रेडसन, वीरगञ्जको होटेल सुरज, काँकडभिट्टाको होटेल रियाज र धनगढीको होटेल साथीमा मिनी क्यासिनो चलाइरहेको छ ।

हृयाप्पी आवर प्रालिबाट महेन्ऽनगर, नेपालगञ्ज, चन्द्रगढी र भैरहवामा पनि क्यासिनो सञ्चालन भइरहेको छ । यी दुवै मिनी क्यासिनोले राजश्व बुझाउन मानेका छैनन् ।

प्रकाशमानसिंहलाई हराउँदै देउवा बने कांग्रेस संसदीय दलको नेता

काठमाडौं ।

पार्टी संसदीय दलको नेताको लागि भएको चुनावमा प्रकाशमान सिंह लाई हराउँदै शेरबहादुर देउवा बिजयी भएका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा लागि भएको चुनावमा पार्टी सभापति समेत रहेका ेदेउवा ४४ मत पाएर निर्वाचित भएका हुन् । पराजित भएका सिंहले १९ मत पाएका छन् ।

सभापति देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री  प्रकाशमान सिंहलाई पराजित गरेका छन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए ।

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सिंहलाई उम्मेदवार बन्न लगाएको काँग्रेस नेताहरुले नै बताउने गरेका छन् ।

सभापति देउवाको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेकोले संसदीय दलको नेता अरुलाई नै बनाउनु पर्ने पौडेल र सिटौला पक्षधरले बताउँदै आएका थिए ।

देउवा निकट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदिप गिरी र डा नारायण खड्का सहित पौडेल र सिटौल समुहले महामन्त्री डा शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन लविङ गरेका थिए ।

तर कोइरालाले त्यसमा सक्रियता नदेखाएपछि सिंहले त्यसमा दाबेदारी देखाउँदा पौडेल र सिटौला पक्षले उनलाई उम्मेद्धार बनाएका हुन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web