काठमाडौं ।

केपी ओली नेतृत्व सरकार बनेपछि पहिलो बिदेशी सरकार प्रमुखको भ्रमण गरेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडिखेलमा सलामी ‘गार्ड अफ अनर’ ले सम्मान गरेको छ ।

ओली प्रधानमन्त्री बन्ने समयमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हल्ला चलेपछि भ्रमणको दुईदिन अघिमात्र सूचना बाहिर आएका अब्बासीलाई नेपाली सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो । अब्बासी टुँडिखेलमा गार्ड अफ अनरले सम्मानित हुने पहिलो विदेशी सरकार प्रमुख हुन् ।

त्यसअघि त्रिभुवन विमानस्थलमा गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा विदेशी सरकार प्रमुखलाई गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन सुरु गरेका छन् ।

ओलीले अब्बासीलाई टुँडिखेलमा स्वागत पनि गरेका छन् । प्रधानमन्त्री अब्बासीलाई सोमबार विमानस्थलमा अर्थमन्त्री डा। युवराज खतिवडाले स्वागत गरेका थिए । आजै प्रधानमन्त्री ओलीले अब्बासीलाई रात्रिभोज दिएको छ । ओली र अब्बासी बीच दुई पक्षीय वार्ता आजै भइरहेको छ ।

मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच भेटवार्ता हुने छ । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि अब्बासी स्वदेश फर्किनेछन् । पाकिस्तानका प्रधानमन्त्री अब्बासी ओली प्रधानमन्त्री भएपछि आएका पहिलो विदेशी सरकार प्रमुख हुन् ।

अब्बासीको भ्रमणअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरेको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको थियो ।

काठमाडौं ।

उमेर हद विवाद हुँदै, बहुविवाह, न्याय सम्पादनमा गम्भिर प्रश्न उठिराखेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले एसएलसीमा उत्तिर्ण भएको साल बुझाएको सर्टिफिकेट सम्वन्धमा नयाँ खुलाशा भएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका प्रमाणपत्रबारे परस्पर बाझिने तथ्य फेला परेपछि यसबारे प्रस्ट गरिपाउँ भनी निवेदन दिन सर्वोच्च अदालतभित्र जाने क्रममा नागरिक अभियन्ता डा.गोविन्द केसीले यस्तो तथ्य सार्वजनिक गरेका हुन् ।

परस्पर बाझिने तथ्य फेला परेपछि नागरिक अभियन्ता डा. केसी, कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र सहयोगी प्रितम सुवेदीले यसबारे प्रस्ट गराइदिन पराजुलीसमक्ष नै आइतबार सर्वोच्चमा निवेदन दिएका छन् ।

पराजुलीले न्याय परिषद्मा पेस गरेको नेपाल ल क्याम्पसको शैक्षिक प्रगति प्रतिवेदनसम्बन्धी अभिलेखमा उनले २०२६ सालमा चितवनको शारदा विद्यालयबाट हाईस्कुल परीक्षा उत्तीर्ण गरेको उल्लेख छ । तर त्यसमा सिम्बोल नम्बर भने वीरगन्जस्थित राष्ट्रिय विद्यापीठको 'सिम्बोल नम्बर ११७ एनआरबी' लेखिएको छ ।

‘जबकि, सम्माननीयज्यूले विश्वविद्यालयमा भर्ना हुँदा र न्यायाधीशको पदमा नियुक्त हुँदा २०२६ सालमा शारदा हाईस्कुल चितवनबाट प्रवेशिका अनुत्तीर्ण भएको स्थानान्तरण प्रमाणपत्र आफैं पेस गर्नुभएको देखिन्छ,’ पराजुलीलाई केसीको प्रश्न छ, ‘सम्माननीयज्यू स्वयंले पेस गरेको उक्त अभिलेखमा चितवनको शारदा विद्यालयबाट प्रवेशिका अनुत्तीर्ण भएकोमा किन उत्तीर्ण भनी लेखियो र झुक्याउने गरी त्यसैमा किन वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको सिम्बोल नं। राखियो रु साथै, किन प्रवेशिका उत्तीर्ण गरेको शैक्षिकरचारित्रिकरस्थानान्तरण प्रमाणपत्र पेस नै गरिएन रु भन्ने प्रश्नको जवाफ पाउन सकिएको छैन । यो अभिलेख अनुहारबाटै दूषित देखिन्छ । यो अभिलेखले ठगी तथा किर्तेसम्बन्धी कसुर भएको आशंकालाई नै थप स्थापित गर्छ । यसको कारण के हो जानकारी पाऊँ ।’

प्रधानन्यायाधीशको पद र यसका लागि आवश्यक पर्ने स्वच्छताको जानकारी माग्न पाइने हक संविधानको धारा २७ ले नै नागरिकलाई दिएकाले त्यसैका आधारमा आफूलाई पराजुलीको योग्यतामा उठेका प्रश्नहरूको आधिकारिक सूचना पाउने अधिकार भएको केसी र उनको पक्षको जिकिर छ ।

‘पराजुलीले कतै आफू शारदा माविबाट फेल भएको र कतैचाहिँ शारदा माविबाट पास भएको विवरण पेस गरेको तथ्य फेला परेका छन्,’ अधिवक्ता अर्यालले भने, ‘एउटै व्यक्ति एकै वर्ष एउटै परीक्षामा कसरी पास र फेल दुवै हुन्छ रु कुरो बुझ्न नसकेपछि हामीले उहाँलाई नै सोधेका छौं, प्रमाणसहितको चित्तबुझ्दो जवाफ नआए किर्ते र ठगी गरेको अभियोगमा उहाँविरुद्ध फौजदारी दायित्व लाग्ने हुनाले उजुरी दिन हामी बाध्य हुनेछौं ।’ सर्वोच्च अदालतको नियमावली २०७४ अनुसार सार्वजनिक सरोकारको मुद्दा दायर गर्नुपूर्व विवादको समाधानका लागि पहिले सम्बन्धित पदाधिकारीलाई नै निवेदन दिनुपर्ने व्यवस्था छ ।

यसरी निवेदन दिँदा विवाद समाधान नभएमात्र सर्वोच्चमा रिट हाल्न पाइने प्रावधानको सम्मान गर्दै गत साता डा। केसीको समूहले पराजुलीको योग्यता सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने भन्दै सर्वोच्च अदालतस्थित उनको सचिवालयमा निवेदन दिएको थियो । तर सचिवालयका कर्मचारीले व्यक्तिगत सूचनाहरू सचिवालयबाट दिन नमिल्ने भन्दै जवाफ फर्काएका थिए ।

आफूले निवेदन सचिवालयका कर्मचारीलाई नभई स्वयं प्रधानन्यायाधीश पराजुलीलाई नै दिएकाले जवाफ पनि उनबाटै आउनुपर्ने जिकिर गर्दै थप तथ्यसहित केसी र उनको समूहले आइतबार फेरि अर्को निवेदन दिएको थियो । उक्त निवेदन सचिवालयले दर्ता गरेको छ । त्यसका साथै केसी र उनको समूहले पराजुलीको योग्यताबारेका प्रश्न निवारणका लागि आवश्यक कागजात उपलब्ध नगराएकाले जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रशासन कार्यालय काठमाडौं र परीक्षा नियन्त्रणको कार्यालय सानोठिमीविरुद्ध सूचना आयोगमा आइतबारै निवेदनसमेत दिएको छ ।

चितवन ।

चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए। भरतपुर अस्पतालको मेडिकल वार्डमा उपचाररत सुब्बाको आइतबार साँझ करिव ५ः३० बजेको समयमा अस्पतालको झ्यालबाट हाम्फालेर मृत्यु भएको ढकालले जानकारी दिए। उनका अनुसार सुब्बाले अस्पतालको शौचालयको झ्यालबाट हाम्फालेका थिए । गम्भीर अवस्थामा भेटिएका उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा युवानिधि बस्यौलाका अनुसार उनको आकस्मिक कक्षमा उपचारकै क्रममा मृत्यु भएको र शवलाई अस्पतालमै राखिएको छ । रासस

काठमाडौं । सरकारले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक स्वागत अबदेखि सैनिक मञ्च टुँडिखेलमा गर्ने भएको छ । टुँडिखेलमै नेपाली सेनाले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई सम्मान गारत (गार्ड अफ अनर) अर्पण गर्नेछ । पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी टुँडिखेलमा सम्मान गारत पाउने पहिलो अति विशिष्ट विदेशी पाहुना हुने भएका छन् ।

‘सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यूलाई सैनिकमञ्च टुँडिखेलमा औपचारिक स्वागत गरी सम्मान गारत दिने कार्यक्रम छ,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘यसअघि यस्तो स्वागत तथा सम्मान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको अति विशिष्ट कक्षमा हुन्थ्यो ।’नागरिक दैनिकमा समाचार छ ।

काठमाडौं । नेपालको संघीय संसदको पहिलो अधिवेशन आज बस्दैछ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा पहिलो अधिवेशन संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आइतबार दुवै सदनका संसदले सपथ ग्रहण गरेपछि पहिलो बैठक आज बस्न लागेको हो । पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

आज दिउसो ४ बजेका लागि दुवै सदनको बैठक बोलाइएको छ । पहिलो बैठकमा अधिवेशन आह्वान भएको जानकारीसहितको राष्ट्रपतिबाट प्राप्त पत्र भने पढेर सुनाइने छ ।

प्रतिनिधिसभाको पहिलो बैठकले संसद सचिवालयले आगामी कार्यसूची तयारीका लागि तयार पारेको अन्तरिम कार्यविधि पारित गर्ने छ । कार्य सञ्चालन नियमावली नबनुञ्जेलका लागि अन्तरिम कार्याविधि बनाएर काम चलाउनु पर्छ । सचिवालयले आइतबार नै कार्यविधिको मस्यौदा तयार पारिसकेको छ । त्यस्तै आज नै सभामुख निर्वाचनको मिति समेत घोषणा हुनेछ ।
राष्ट्रिय सभाको पहिलो बैठकले राष्ट्रिय सभा बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेर अध्यक्षको निर्वाचन मिति तोक्नेछ ।
सचिवालयले तयार पारेको अन्तरिम कार्यविधि आइतबारको सर्वदलीय बैठकले स्वीकृत गरिसकेकाले सो कार्यविधि सोमबारको दुवै सदनको पहिलो बैठकले पारित गर्न लागेको हो ।

मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ ।
राष्ट्रियसभामा नेकपा एमाले का २७, नेपाली काँग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ ।

पहिलो बैठकको कार्यसूची :

पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको जानकारीसहितको पत्र पढेर सुनाइने कार्यसूचि छ । संसद्को पहिलो बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ । दुवै सदनको पहिलो बैठकमा आ–आफ्नो सभाको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत हुनेछ ।

सभामुख र अध्यक्षको निर्वाचन मिती :

प्रतिनिधिसभाका सभामुखका लागि फागुन २६ गते चुनावको मिति तोक्ने तयारी छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण हुनेछ । संसद् सुरु भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले सभामुखको चुनावको भोलिपल्ट यो कार्यसूची राखिएको हो ।

राष्ट्रिय सभाले फागुन ३० गते अध्यक्ष चयन गर्ने गरी मिति तय गर्ने तयारी छ । सभामुख र अध्यक्षको चयनपछि मात्र उपसभामुख र उपाध्यक्ष चयनको मिति तय हुने संसद सचिवालयले जनाएको छ ।

काठमाडौं । सोमबार नेपाल आउन लागेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ । उहाँको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारथ अर्पण गर्नेछ ।

यसअघि, त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो गार्ड अफ अनर अबदेखि सैनिक मञ्चमा दिइने नेपाली सेनाले जनाएको छ । अब्बासी सैनिकमञ्चमा सम्मान पाउने पहिलो अति विशिष्ट पाहुना बन्नुहुने भएको छ ।

अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने सरकारले निर्णय गरेको छ । दिउँसो विमानस्थल आइपुग्ने बित्तिकै उहाँ सीधै टुँडिखेल जानुहुनेछ ।

गार्ड अफ अनरको कार्यक्रम सकिएपछि उहाँ होटल हायात पुग्नुहुनेछ । बेलुकी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुनेछ ।

विराटनगर । महिनादिनअघि केरुङ नाकाबाट भित्रिएको ३३ किलो सुन तस्करीमा संलग्न सनम शाक्यको उनकै सहकर्मीले हत्या गरेको खुलेको छ । तीन भरियाले उनलाई चार दिनसम्म ठाउँ सार्दै करेन्ट लगाएर यातना दिएको प्रहरीले जनाएको छ । सुन भारत पुर्याउने जिम्मेवारी लिएका शाक्य भद्रपुर पुगेर सम्पर्कविहीन भएपछि बाँकी भरियाले उनको खोजी सुरु गरेका थिए । सुन गायब पारेको आशंकामा उनीहरूले चार दिनअघि उर्लाबारीका ३३ वर्षीय शाक्यलाई घरबाटै नियन्त्रणमा लिएका थिए ।

भरिया समूहले शाक्यलाई सुन देखाइदिन भन्दै चारकोसे जंगलको पथरी, धरान र सिरहाका विभिन्न स्थान डुलाउँदै यातना दिएको थियो । त्यस क्रममा पथरीको जंगलमा शाक्यको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए । ‘घटनास्थल हेर्दा अरूको पनि संलग्नता देखिन्छ,’ उनले भने, ‘घटनास्थलमा निकै जना बसेर खाना खाएजस्तो देखिन्छ ।’

गायब पारिएको सुन लेनदेनमा हिसाबकिताब नमिलेपछि भरिया समूहले शाक्यको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । ‘तर, उनीहरू कसैले सुनका मालिकको नाम बताएका छैनन्,’ एसपी बीसीले भने ।

प्रहरीको केन्द्रीय अपराध अनुसन्धान महाशाखाको टोलीले तीनै जनालाई विराटनगर महानगरपालिका–३ को कन्यामार्गबाट नियन्त्रणमा लिएर मोरङ प्रहरीलाई बुझाएको थियो ।

टोलीले बा१२च ५९६३ नम्बर स्कारपियो गाडीको सिटमुनि शाक्यको शवसमेत बरामद गरेको थियो । पक्राउ पर्नेमा काभ्रेका टेकराज मल्ल ठकुरी, उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्ले छन् । प्रहरीका अनुसार उनीहरू पनि सुन बोक्ने भरिया भएको पुष्टि भएको छ ।

टोलीले भरियाहरू सवार स्कारपियो लहानदेखि पिछा गर्दै विराटनगर पुगेर नियन्त्रणमा लिएको थियो । गाडीबाट इन्भर्टरका दुईवटा ब्याट्री र करेन्ट लगाउन प्रयोग गरिने उपकरणसमेत बरामद भएको थियो ।

भरियाहरू शव जंगलमा गाड्ने नियतले गाडीमा राखेर चारैतिर भौंतारिएको हुन सक्ने प्रहरी बुझाइ छ । स्रोतका अनुसार सुनसहित शाक्य बेपत्ता भएपछि मालिकले उनलाई पटकपटक सम्पर्क प्रयास गरे ।

तर, फेला नपरेपछि बाँकी भरियालाई उनको खोजीमा खटाए । उनीहरूले पनि निकै दिन प्रयास गरेपछि शाक्य उर्लाबारीमै रहेको पत्तो पाए । त्यसपछि शाक्यलाई फोन गरेर १५ फागुनमा आफूहरू भएको स्थानमा बोलाए ।

शाक्य पुग्नासाथ उनीहरूले स्कारपियोमा राखेर बेपत्ता बनाए । शाक्य फागुन १५ गते सम्पर्कविहीन भएको मोरङ प्रहरीलाई जानकारी थिएन । तर, तस्करी घटनालाई नजिकबाट नियालिरहेको अपराध अनुसन्धान महाशाखाले गिरोहलाई पछ्याइरहेकै थियो ।

महाशाखाले डीएसपी प्रजित केसीको नेतृत्वमा टोली खटाएको थियो । टोलीले उक्त स्करपियोलाई शनिबार बिहान ३ बजे लहानबाट पछ्याउँदै नियन्त्रणमा लिएको हो । (कान्तिपुर दैनिक)

एजेन्सी । स्पेनिस ला लिगा लिडर बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक थप गरेको छ ।गएराति भएको खेलमा एथ्लेटिको मड्रिडलाई १ शून्यले हराउँदै बार्सिलोनाले ८ अंकको अग्रता बनाएको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा
घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा मेस्सीले २५ औं मिनेटमा गोल गरेका थिए । उनले २५ यार्डबाट हानेको फ्रिकिक सीधै गोल पोष्टको जाली चुम्न पुगेको थियो ।

नतिजासँगै ला लिगाको उपाधि जित्न बार्सिलोनालाई सहज भएको छ । २७ खेलबाट बार्सिलोनाको ६९ अंक छ भने २७ नै खेल खेलेको एथ्लेटिकोको ६१ अंक छ । टिमलाई महत्वपूर्ण जित दिलाउने गोल मेस्सीको खेल जीवनको ६ सयौं गोल हो । मेस्सीले अहिलेसम्म क्लबका तर्फबाट ५ सय ३९ र देशका तर्फबाट ६१ गोल गरेका छन् ।

काठमाडौं । राजनीतिक माग पूरा गराउन सरकारलाई दबाब दिन शैक्षिक संस्थालाई तारो बनाउने क्रम बढ्दो छ। यो शृंखला आइतबार पनि दोहोरियो। आफ्ना कार्यकर्तालाई राज्यले पक्राउ गरेर थुनामा राखेको रिस पोख्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीनिकट विद्यार्थी संगठनले आइतबार शैक्षिक संस्था बन्द गराएको हो।

बन्दकर्ताको उपस्थिति सार्वजनिक स्थलमा नदेखिए पनि स्कुल खोले अप्रिय घटना हुन सक्ने त्रासमा देशभरका अधिकांश शैक्षिक संस्था बन्द भए। शैक्षिक संस्था एक दिन बन्द हुँदा विद्यालय तहमा अध्ययनरत ७५ लाखभन्दा धेरै र उच्च शिक्षा अध्ययन गरिरहेका झन्डै ५ लाख विद्यार्थी प्रभावित भएका छन्। कठिन परि श्रम गरेर भए पनि निजी स्कुलमा महँगो शुल्क तिरेर छोराछोरी पढाइरहेका हजारौं अभिभावक यसरी गरिने बन्दका कारण पढाइ अवरुद्ध भए पनि विद्यालयलाई शुल्क तिर्न बाध्य छन् भने स्कुल सञ्चालक यसको मार खेपिरहेका छन्।

क्रान्तिकारीले आफ्नो राष्ट्रिय सम्मेलनको मिति नजिकिँदै गर्दा संगठनका महासचिव दीपेन्द्र चलाउनेलगायत केही केन्द्रीय सदस्य र जिल्ला अध्यक्षलाई पक्राउ गरेको विरोधमा शैक्षिक संस्था बन्द गरेको हो। उनीहरूको राष्ट्रिय सम्मेलन फागुन २७ देखि ३० गतेसम्म दाङमा हुने सार्वजनिक भएको छ।

‘हाम्रो सम्मेलन असफल पार्न राज्यले प्रहरी लगाएर कार्यकर्ता पक्राउ गर्यो। उनीहरूलाई रिहा गर्न दबाब दिन शैक्षिक संस्था बन्द गरेका हौं’, संगठनका अध्यक्ष पूर्णबहादुर शाहीले भने, ‘हामीले काम गर्ने शैक्षिक क्षेत्रमा हो। त्यसैले आन्दोलन गर्ने ठाउँका रूपमा पनि शैक्षिक क्षेत्रलाई छानेका हौं।’

एक दिन शैक्षिक संस्था बन्द गरेर आन्दोलनमा उत्रिए पनि आफूहरू बाँकी दिन विद्यार्थीकै हक र हितका लागि आन्दोलन गर्ने उनले दाबी गरे। विगतमा पनि राजनीतिक दलका भ्रातृ संगठनले शैक्षिक तथा राजनीतिक माग पूरा गर्न दबाब दिनुपरे शैक्षिक संस्था बन्द गरेको प्रशस्त उदाहरण छन्।

यस्ता बन्दका कारण सरकारले निर्देशिका नै बनाएर ०६८ सालमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको थियो। निर्देशिकामा विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र मान्दै शैक्षिक संस्थामा कुनै पनि राजनीतिक कार्यक्रम गर्न नपाइने, यस्ता कार्यक्रममा बालबालिका प्रयोग गर्न नपाइने र कुनै पनि राजनीतिक माग पूरा गराउन शैक्षिक संस्थालाई निशाना बनाउन नपाइने उल्लेख छ।

शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले आन्दोलनकारीलाई शैक्षिक संस्था बन्द नगरिदिनुस् भनेर अनुरोध गर्नेबाहेक अन्य कुनै पनि काम आफूहरूले गर्न नसक्ने बताए। बालबालिकाको पढ्न पाउने अधिकार स्थापनाका पक्षमा कार्यरत नेसनल क्याम्पेन फर एजुकेसन (एनसीई) का अध्यक्ष कुमार भट्टराईले भने, ‘देशको हित चाहने हो भने आन्दोलनको नाममा बन्द, हडतालजस्ता कार्यक्रम आह्वान नगरी यसको वैकल्पिक माध्यम अपनाउनुपर्छ। आन्दोलनको तारो शैक्षिक संस्थालाई बनाउनु हुँदैन।’ अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको प्रयास लम्बिएको छ । फोरमसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन । आइतबार पनि दुई चरणमा शीर्ष तहमै छलफल भयो । तर, सहमति निस्किएन । सांसदहरूको शपथका कारण छलफल प्रभावित भए पनि सोमबारसम्म ठोस निष्कर्षमा पुर्याउन दुवै पक्ष घनीभूत रूपमा लागेका छन् । संविधान संशोधन गर्ने प्रतिबद्धतासहित तयार पारिएको राजनीतिक सहमतिको मस्यौदासहित मूलतः तीनवटा विषयमा वार्ता केन्द्रित छ । सोमबार पुनः छलफल हुँदै छ ।

तीन अध्यक्षबीच छलफल
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

अपराह्न संसद् भवन नयाँ बानेश्वरमा पनि दुईपटक छलफल भयो । बिहान ओलीसहित नेताहरूले फोरमसँग १५ मिनेट मात्रै छलफल गरेका थिए ।

दिउँसो राष्ट्रपति कार्यालयमा ज्येष्ठ सदस्य तथा अपराह्न दुवै संसद्का सदस्यको शपथ सकिएपछि संसद् भवनस्थित प्रधानमन्त्री ओलीको कार्यकक्षमा तीन नेताबीच करिब एक घन्टा छलफल भयो ।

‘उहाँहरूबीच छलफल भएको छ । छलफल छिटै सकारात्मक निष्कर्षमा पुग्ने दिशातिरै अघि बढिरहेको छ,’फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ।

राजपा नेता ठाकुरसँग पनि छलफल
राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग समसामयिक राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे आइतबार छलफल गरेका छन् ।

शपथग्रहण, सरकारमा राजपाको सहभागिताको सम्भावनालगायत विषयमा बालुवाटारमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।

ठाकुरले मधेसको एजेन्डा उठाउँदै आएको राजपा सहमत नभएसम्म संविधान संशोधनको एजेन्डा पूरा नहुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा ओलीले सरकार मधेसको मुद्दा सम्बोधन गर्न तयार रहेको बताएका थिए । राजनीतिक स्थिरतासँगै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने अभियानमा सहभागी हुन प्रधानमन्त्रीले ठाकुरसँग आग्रह गरे ।

यी विषयले छलफल लम्बियो

१, सहमति मस्यौदाको भाषा
सरकार र फोरमबीच दुईबुँदे राजनीतिक सहमतिको मस्यौदामा १७ फागुनमै करिब–करिब समझदारी भइसकेको हो ।

तर, फोरम अध्यक्ष यादवले मस्यौदाको पहिलो बुँदामा दुवै पक्षलाई मान्य हुने गरी संविधान संशोधनका लागि भाषा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने अडान राखेका छन् ।

सैद्धान्तिक विषय लगभग टुंगिसकेकाले अन्य कतिपय विषयमा मात्र छलफल निष्कर्षमा पुग्न बाँकी रहेको एमाले नेता सुवास नेम्वाङले बताए ।

२, उपेन्द्र यादवको मर्यादाक्रम
प्रधानमन्त्री ओली कसैलाई पनि उपप्रधानमन्त्री बनाउने पक्षमा छैनन् । तर, फोरम अध्यक्ष यादव भने आफू दुईपटकसम्म उपप्रधानमन्त्री भइसकेको र दोस्रो पार्टीको अध्यक्ष भएकाले सरकारमा सहभागी हुँदा दोस्रो मर्यादामा रहने गरी उपप्रधानमन्त्रीसहित मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन् ।

प्रधानमन्त्री ओली यादवलाई दोस्रो मर्यादाक्रम दिन तयार छन् । तर, पहिल्यै उपप्रधानमन्त्री भइसकेका पार्टी महासचिव ईश्वर पोखरेल र माओवादी नेता रामबहादुर थापा ‘बादल’लाई पनि मन्त्री मात्रै बनाइएको भन्दै ‘कन्भिन्स’ गर्ने प्रयासमा छन् । दुवैले एक–अर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयासले पनि वार्ता लम्बिएको एक नेताले बताए ।

३, मन्त्रालय भागबन्डा पनि बाँकी
फोरमले ३ मन्त्रालय मागेको छ भने सरकार दुई मन्त्रालय दिएर एक नेतालाई राज्यमन्त्री बनाउने पक्षमा छ । फोरम पनि करिब–करिब सहमत नै छ । मन्त्रालयको संख्या नै कम रहेकाले भागबन्डा गरिएकामध्ये एमालेबाट एक र माओवादीबाट एक मन्त्रालय दिने तयारी गरिएको स्रोतले जनाएको छ ।

ओलीले संघीय मामिला लिन फोरमलाई प्रस्ताव गरेका छन् । यसको विकल्पमा परराष्ट्र र सूचना तथा सञ्चार मन्त्रालयमध्ये एक दिन सकिने प्रधानमन्त्रीको प्रस्ताव छ । तर, फोरमले भने भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयमध्ये एक लिने चाहना राखेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

काठमाडौँ ।

काँग्रेस नेतृत्वको सरकार रहँदा ओरालो लागेको नेपाली सेयर बजार नयाँ सरकार बनेपछि उकालो लाग्ने ठानिएपछि यसले एकैदिन ४७ अर्ब ओरालो लागेर नयाँ रेकर्ड बनाएको छ ।

नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको हो ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा। युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिँएसँगै पुँजी बजारमा पहिरो गएको हो ।

अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगानीकर्ताले आइतवार एकै दिन ४७ अर्ब रुपैयाँ गुमाउन पुगेका छन् ।

बिहान बजार खुल्नेबित्तिकै रेड कार्पेट ओछ्याउन थालेको सेयर बजारमा बजार बन्द हुनुअघिसम्म ४१.५६ प्रतिशतले घट्दा लगानीकर्ताकव ४७ अर्ब रुपैयाँ गायब भएको हो ।

केही महिनादेखि निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार आइतवार दुई वर्षअघिकै न्यून बिन्दुमा आइपुगेको छ । यसअघि पुँजी बजार २०७२ फागुन २० गते १३०० अंकमा ओर्लेको थियो । ठीक दुई वर्षपछि सेयर बजारको अवस्था त्यस्तै दयनीय भएको हो । आजको दिन ४१.५६ अंकले ओरालिँदै बजार परिसूचक नेप्से १३०४.४३ अंकमा आएको छ ।

आइतबार कारोबार जारी रहेका बेला सेयर बजार १३०० अंकबाट तल झरेको थियो । तर बजार बन्द हुनुअघिसम्म बजार केही थामिँदै १३०० बिन्दुमा पुगेर रोकिएको हो ।

अर्थमन्त्रीले घर जग्गा तथा सेयर बजार जस्ता अनुत्पादक क्षेत्रलाई नियन्त्रण गर्ने अभिव्यक्ति दिएसँगै लगानीकर्तामा अविश्वास बढेको छ । आइतवार बजारमा सेयर बिक्री गर्नेहरुको अधिक चाप पनि थियो ।

बजार परिसुचक यसअघि २०७३ माघ १७ गते १३०९ अंकमा झरेको थियो । तर १३ महिनापछि सेयर बजार त्यो भन्दा पनि तलको बिन्दुमा पुगेको हो । आइतबार बजारमा पहिरो नै गएपछि समग्र पूँजीकरण १५ खर्ब ७४ अर्ब रुपैयाँबाट झरेर १५ खर्ब २७ अर्ब रुपैयाँमा पुगेको छ । यस्तो अवस्थामा लगानीकर्ताले एकै दिन ४७ अर्ब रुपैयाँ गुमाउन पुगेका हुन् ।

सेयर बजारको प्रमुख मानिने वाणिज्य बैंक समुहमा भइरहेको ठुलो गिरावटले बजारमा पहिरो नै गएको हो । बैंकिङ समुह एक्लैमा आइतबार ३५।४२ अंकको ठुलो गिरावट देखिएको छ ।

काठमाडौं ।

कलाकारको नाममा गैर कलाकारलाई कोरिया, जापान लगायतका देश लगेर उतै छाडेर पैसा असुल्नेगरेको पाइएपछि पक्राउ परेका कलाकार राजेन्द्र खड्गी जेल चलान भएका छन् ।

कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्याएको आरोप उनिमाथि छ ।

जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई जेल चलान गर्न आदेश दिएको सीआर्इबीका प्रमुख पुष्कर कार्कीले अनलाइनखबरलार्इ बताए ।

यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।

त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआर्इबीलार्इ जानकारी गराएपछि अनुसन्धान थालिएको थियो ।

प्रहरी हिरासतमा रहेका वेला खड्गीले उनीहरूलाइ कोरिया लगेको स्वीकार गरेका थिए ।

उनले भनेका थिए, ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । तर, यो अपराध भन्ने थाहा थिएन ।’