काठमाडौं । सोमबार नेपाल आउन लागेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ । उहाँको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारथ अर्पण गर्नेछ ।

यसअघि, त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो गार्ड अफ अनर अबदेखि सैनिक मञ्चमा दिइने नेपाली सेनाले जनाएको छ । अब्बासी सैनिकमञ्चमा सम्मान पाउने पहिलो अति विशिष्ट पाहुना बन्नुहुने भएको छ ।

अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने सरकारले निर्णय गरेको छ । दिउँसो विमानस्थल आइपुग्ने बित्तिकै उहाँ सीधै टुँडिखेल जानुहुनेछ ।

गार्ड अफ अनरको कार्यक्रम सकिएपछि उहाँ होटल हायात पुग्नुहुनेछ । बेलुकी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुनेछ ।

18.12¡ÆC