पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा, गार्ड अफ अनर सम्मान सहित महत्वपूर्ण भेटघाट

फाल्गुन २१, २०७४ मा प्रकाशित | 3733 views

काठमाडौं ।

केपी ओली नेतृत्व सरकार बनेपछि पहिलो बिदेशी सरकार प्रमुखको भ्रमण गरेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडिखेलमा सलामी ‘गार्ड अफ अनर’ ले सम्मान गरेको छ ।

ओली प्रधानमन्त्री बन्ने समयमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हल्ला चलेपछि भ्रमणको दुईदिन अघिमात्र सूचना बाहिर आएका अब्बासीलाई नेपाली सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो । अब्बासी टुँडिखेलमा गार्ड अफ अनरले सम्मानित हुने पहिलो विदेशी सरकार प्रमुख हुन् ।

त्यसअघि त्रिभुवन विमानस्थलमा गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा विदेशी सरकार प्रमुखलाई गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन सुरु गरेका छन् ।

ओलीले अब्बासीलाई टुँडिखेलमा स्वागत पनि गरेका छन् । प्रधानमन्त्री अब्बासीलाई सोमबार विमानस्थलमा अर्थमन्त्री डा। युवराज खतिवडाले स्वागत गरेका थिए । आजै प्रधानमन्त्री ओलीले अब्बासीलाई रात्रिभोज दिएको छ । ओली र अब्बासी बीच दुई पक्षीय वार्ता आजै भइरहेको छ ।

मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच भेटवार्ता हुने छ । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि अब्बासी स्वदेश फर्किनेछन् । पाकिस्तानका प्रधानमन्त्री अब्बासी ओली प्रधानमन्त्री भएपछि आएका पहिलो विदेशी सरकार प्रमुख हुन् ।

अब्बासीको भ्रमणअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरेको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web