काठमाडौं ।

पार्टी संसदीय दलको नेताको लागि भएको चुनावमा प्रकाशमान सिंह लाई हराउँदै शेरबहादुर देउवा बिजयी भएका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा लागि भएको चुनावमा पार्टी सभापति समेत रहेका ेदेउवा ४४ मत पाएर निर्वाचित भएका हुन् । पराजित भएका सिंहले १९ मत पाएका छन् ।

सभापति देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरेका छन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए ।

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सिंहलाई उम्मेदवार बन्न लगाएको काँग्रेस नेताहरुले नै बताउने गरेका छन् ।

सभापति देउवाको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेकोले संसदीय दलको नेता अरुलाई नै बनाउनु पर्ने पौडेल र सिटौला पक्षधरले बताउँदै आएका थिए ।

देउवा निकट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदिप गिरी र डा नारायण खड्का सहित पौडेल र सिटौल समुहले महामन्त्री डा शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन लविङ गरेका थिए ।

तर कोइरालाले त्यसमा सक्रियता नदेखाएपछि सिंहले त्यसमा दाबेदारी देखाउँदा पौडेल र सिटौला पक्षले उनलाई उम्मेद्धार बनाएका हुन् ।

21.12¡ÆC