काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले शानदार जित हात पारेको छ । दीपेन्द्र र सन्दीप चम्किँदा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो ।
जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

दीपेन्द्रसिंह ऐरीले ५०, आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान गरे । प्रारम्भिक जोडी भने आज पनि चलेन । अनिल शाह ९ तथा ज्ञानेन्द्र मल्ल १ रन जोडेर आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजी ११४ रनमा अलआउट भएको थियो । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट लिए । बाँकी २ विकेट सोमपाल कामी र करण केसीको नाममा रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रन भन्दा बढि बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

पपुवा न्युगिनीका किप्लिन डोरिगा र सेसी बाउले समान ११–११ रन बनाए । त्यस्तै, कप्तान असद भाला र चड सोपरले समान १०–१० रन बनाएर आउट भएका थिए । नेपालको धारिलो बलिङ सामु पपुवा न्युगिनीका कुनै पनि खेलाडी टिक्न सकेनन् । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए । दीपेन्द्रले ४.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ८ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिए ।

त्यस्तै, नेपालका लागि सोमपाल कामी र करण केसीले समान १–१ विकेट लिए ।
नेपालले एक दिवसीय मान्यता पाउने सम्बन्धमा भने हङकङ र नेदरल्याण्डबीचको खेलमा भर पर्नु पर्ने भएको छ । नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले स्वत एक एक दिवसीय मान्यता पाउने छ ।

20.12¡ÆC