यसवर्ष किन एकैदिन पर्‍यो दुईवटा पर्व, चैतेदसैँ र रामनवमी

काठमाडौं । सामान्यतय चैतेदसैँ र रामनवमी अघिल्लो दिन र भोलिपल्ट पर्छ। तर यो वर्ष भने दुवै पर्व एकै दिन मनाइँदैछ, अाइतबार। अष्टमीका दिन विशेषगरी शक्तिस्वरूपा भगवतीको पूजा गरिन्छ। दुर्गा भवानीका नौ रूपलाई नवदुर्गाका रूपमा पुज्ने, महाकाली महालक्ष्मी र महासरस्वतीको आराधना गर्ने परम्परा छ। त्रेतायुगमा यही दिन मर्यादापुरुष रामचन्द्र जन्म भएको दिनको रूपमा रामनवमी पर्व मनाइन्छ।

किन एकैदिन पर्यो त दुईटा पर्व एकैदिन?
पञ्चांगहरूले आइतबार बिहान ३:४३ घडीसम्म अर्थात् बिहान ७:३४ सम्म अष्टमी उल्लेख गरेका छन्। लौकिक पात्रोअनुसार अष्टमी रहेको समयसम्म त्यही दिनको उद्देश्यले कार्य गर्ने त्यसपछि अर्को तिथिको। 'नवरात्रको अष्टमीमा गर्नुपर्ने कार्य सूर्योदय भएकै दिन गर्नु भन्ने निर्देश छ’,पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम भन्छन्, अष्टमीको सूर्योदय आइतबार बिहान नै हुन्छ।’

त्यसैले यही दिन चैतेदशैं मनाउन निर्देश गरेको उनले बताए। ‘रामको पूजा भने मध्याह्नमा गर्ने विधान छ’, गौतम भन्छन्, ‘रामको जन्म मध्याह्नमै भएको शास्त्रमा उल्लेख छ।’त्यसैले बिहान देवीको आराधना गरी दिउँसो रामचन्द्रको पूजाअर्चना गर्न सकिने धर्मशास्त्रीहरू बताउँछन्। नेपालको पहाडी समाजमा रामनवमीभन्दा चैतेदसैँलाई बढी महत्त्व दिने गरिएको छ। वैदिक गणनाअनुसार पर्दैन एकै दिन दुई पर्व वैदिक पात्रोका निर्माता प्रमोदवर्धन कौण्डिन्न्यायन मूल वैदिक परम्पराअनुसार दुई तिथि एकै दिन मनाउन नमिल्ने तर्क गर्छन्। ‘तिथि घटबढ हुँदैन’, उनी भन्छन्, ‘एउटा सूर्योदयबाट अर्को सूर्योदयसम्म पूरै एउटा तिथि रहन्छ।’

वैदिक पात्रोका अनुसार आइतबार अष्टमी हो भने सोमबार नवमी। बलिपूजा गर्ने कि, व्रत बस्ने? देवीको पूजा–अाराधनामा अन्य विधिका साथै ग्राह्य पशुको बलि दिने र प्रसाद खाने परम्परा छ। रामको आराधना गर्नेहरूले पशुबलि दिँदैनन्। सात्विक पदार्थ चढाउँछन्। त्यसैलाई प्रसादका रूपमा प्रयोग गर्छन्। एकै दिन यस्तो अवस्थामा के गर्ने? धर्मशास्त्रीहरू भन्छन्, 'आफूले कुन पक्षलाई मान्यता दिने भन्ने कुरा प्रबल हो।’ गौतमका अनुसार देवीका भक्तहरूले उनकै विधानअनुसार बलिपूजा आदि गर्नसक्ने भए। रामका अनुयायीहरूले हिंसारहित रूपमा रामनवमी मनाउनसक्ने भए।

दुवै व्रत गर्छु भन्नेले देवीलाई समेत फलफूल आदि चढाएर पूजा गर्न सकिने भयो। शास्त्रमा अनेक विकल्प भएकाले एक अर्काको परम्परालाई आक्षेप लगाउन नहुने पुराणविद् प्रियंवदा काफ्ले बताउँछिन्। भन्छिन्, 'हुँदै नभएको कुरालाई शास्त्रमा छ भनेर विद्वानहरूले सर्वसाधारणलाई भ्रममा पार्न हुँदैन।’ चलिरहेको छ नवरात्र वास्तवमा अहिले नवरात्र चलिरहेको छ। यो नवरात्र चैत्रशुक्ल प्रतिपदामा सुरु भएर नवमीमै पूरा हुन्छ, असोजमा मनाइने दसैँजस्तै। भारतका कतिपय स्थानमा नवरात्र अनुष्ठान चलिरहेकै छ। असोजमा मनाइने दसैंलाई शारदीय नवरात्र भनिन्छ, यसलाई वासन्ती नवरात्र ।

नेपालमा भने वासन्ती नवरात्रलाई महत्त्व दिएको पाइँदैन, अष्टमी र नवमीलाई छाडेर। त्रेतायुगमा भगवान् रामचन्द्रले नवरात्रको व्रत गरी दशमीका दिन विजययात्रा गरी रावणमाथि विजय पाएको उल्लेख छ। देवीभागवतमा वर्षको विशेषगरी दुईपटक नवरात्र मनाउने विधान छ। एकपटक शरद ऋतुमा। अर्को वसन्त ऋतुमा।

‘यी दुई समय अति गर्मीबाट जाडोतिर जाने र अर्को अति जाडोबाट गर्मीमा जाने समय हो’, पुराणविद् काफ्ले भन्छिन्, ‘स्वास्थ्य वा वातावरणीय दृष्टिले पनि व्रतहरूको आचरण गरेर भौतिक आध्यात्मिक सुख प्राप्त गर्न नवरात्र व्रत गर्ने हो।’ यसरी ऋतु परिवर्तन हुने अवस्थालाई ‘यमदष्ट्रा’ भनिने काफ्ले बताउँछिन्।
-thahakhabar.com

किन रोजे सन्दीपले जर्सी नम्बर १ ,रोजाई दिल्ली को कि सन्दीपको ? यस्तो छ कारण

काठमाडौं – नेपाली बलर सन्दीप लामिछानले इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा लगाउने जर्सी सार्वजनिक भएको छ ।काठमाडौंको एक होटलमा बिहीबार साँझ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सन्दिपको जर्सी सार्वजनिक गरेका हुन् ।

दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुआ सन्दिपका लागि जर्सी लिएर काठमाडौँ आएका थिए । इण्डियन प्रिमियर लिग आइपिएलमा पहिलोटक छनौट भएका सन्दिपले गौतम गाम्भरीको कप्तानीमा खेल्नेछन्। दिल्लीको पहिलो खेल आउँदो अप्रिल ८ तारिखमा पञ्जाब विरुद्ध मोहालीमा हुनेछ। दिल्लीले सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा अनुवन्ध गरेको थियो । सन्दीप आउँदो मंगलबार आइपिएलको अभ्यासका लागि भारत जाँदैछन् ।

किन रोजे सन्दीपले जर्सी नम्बर एक
दिल्ली डेयरडेभिल्सवाट सन्दीप १ नम्बर अंकित जर्सीमा देखिनेछन् । राष्ट्रिय टोली तथा अन्य क्लबहरुबाट खेल्दा सन्दीपलाई २५ नम्बर जर्सीमा देखिने गरेका थिए । मेरो भान्जीको जन्मदिन २५ गते पर्छ, तर उनी यस संसारमा छैनन्। उनैको सम्झनामा म २५ नम्बरको जर्सी लगाउने गरेको उनले बताए ।

तर दिल्लीमा भने कागिसो राबाडाले उक्त जर्सी लगाउने भएकाले सन्दीपले १ नम्बर जर्सी रोजेको बताए । “दिल्लीमा सिनियर खेलाडी राबाडाले २५ नम्बर लगाउँछन्। मेरो भान्जीको जन्म पहिलो महिना भएकाले मैले १ नम्बर जर्सी लगाएको हुँ सन्दीपले बताए ।

सन्दीप लामिछानेलाई दिल्लीले दियो १ नम्बरको जर्सी,मंगलबार भारत जाँदै

काठमाडौं । नेपाली बलर सन्दीप लामिछानले इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा लगाउने जर्सी सार्वजनिक भएको छ ।काठमाडौंको एक होटलमा बिहीबार साँझ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सन्दिपको जर्सी सार्वजनिक गरेका हुन् ।

दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुआ सन्दिपका लागि जर्सी लिएर काठमाडौँ आएका थिए ।
इण्डियन प्रिमियर लिग आइपिएलमा पहिलोटक छनौट भएका सन्दिपले गौतम गाम्भरीको कप्तानीमा खेल्नेछन्। दिल्लीको पहिलो खेल आउँदो अप्रिल ८ तारिखमा पञ्जाब विरुद्ध मोहालीमा हुनेछ। दिल्लीले सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा अनुवन्ध गरेको थियो । सन्दीप आउँदो मंगलबार आइपिएलको अभ्यासका लागि भारत जाँदैछन् ।

काँग्रेस कोषाध्यक्षको सम्मेलन शुरु

नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भयो ।
कांग्रेस जिल्लाका कोषहरूलाई पारदर्शी, सुदृढ र जवाफदेही बनाउन आयोजना गरिएको सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्ने शीर्ष नेताहरूले पार्टी कमजोर हुनुका कारण खोजेर सुधार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा कायम रहेका तिक्तता तथा एक–आपसको बैमनश्यता बिर्सिएर अघि बढ्नुको विकल्प नभएकाले त्यसमा छलफल चलाउन कोषाध्यक्षहरूलाई आग्रह गर्नुभयो ।
“कोषाध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यको रुपमा सहभागी गराएर यहाँ छलफल हुने विषयमा धारणा राख्न दिइनेछ ।” सभापति देउवाले भन्नुभयो “ शुक्रबारदेखि शुरु हुन लागेको केन्द्रीय समितिको बैठकमा निर्वाचनमा भोगेकोे पराजयको विषयमा हुने छलफल यही कोषाध्यक्षहरूको भेलाबाट अघि बढाउनु जायज हुन्छ ।”

वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काँग्रेसको सिद्धान्तलाई स्वीकार गरेपनि पार्टीभित्रकै कमजोरीको कारण पछिल्ला तीनवटै चुनावमा ठूलो क्षति भोग्नुपरेको बताउनुभयो ।

“पार्टीको सिद्धान्त राम्रा थिए तर, नेता र कार्यकर्ताले जनतालाई त्यसको विशेषता बुझाउन सकेनन्,” पौडेलले भन्नुभयो “हारपछि पार्टी सुस्त भए पनि थप चलाएमान भएमा अर्को पटक नतिजा उल्टाउन सकिनेछ, त्यही विश्वास लिनुपर्छ ।”

महामन्त्री डा शशांक कोइरालाले आफ्नो पार्टीको नेतृत्वमा भएका विकासको प्रचार गर्न नसक्नु अनि आन्तरिक प्रतिस्पर्धामा गुट र उपगुटमा फस्नु पराजयका कारण भएकाले त्यसमा सम्मेलनले सही विश्लेषण गर्दै घोषणापत्रमा उल्लेख गर्नुपर्ने सुझाव दिनुभयो ।

सम्मेलनमा पार्टी कोषाध्यक्ष सितादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू अर्जुननरसिह केसी, डा.प्रकाशरण महतलगायतले पछिल्लो निर्वाचनअन्तर्गत स्थानीयतहमा माओवादी केन्द्रसँगको निर्वाचन एकता घातक बनेको र प्रदेश र संघीय निर्वाचनमा पार्टीको एजेण्डा प्रभावकारी भएपनि वाम–गठबन्धनको सस्तो प्रचारबाजी चिर्न नसक्नु नै हारको मुख्य कारण भएको विचार व्यक्त गर्नुभयो ।

उहाँहरूले अब पार्टीभित्रका स–साना विवाद तथा गुटगत प्रवृत्ति अन्त्य गरी एकढिक्का भएर अघि बढ्न शीर्ष नेतादेखि कार्यकर्तासम्ममा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो ।

“लोकनायक गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथि’को अवसर पारेर आयोजना गरिएको मुलुकभरका कोषाध्यक्षहरूको दोस्रो सम्मेलनले वर्तमान सन्दर्भमा कांग्रेसको कमजोर अवस्था र कार्यकर्तामा छाएको निरासाको समीक्षा, बन्दसत्र र प्रशिक्षणमा जिल्लाको रिपोटिङ, भावी रणनीति तय एवम् संयुक्त घोषणापत्र जारी गर्ने कोषाध्यक्षका संयोजक गोविन्द पुडासैनीले जानकारी दिनुभयो ।

बुधबार रातिदेखि शुरु भएको बन्दसत्र प्रशिक्षणसहितको हुने र त्यो बिहीबारसम्म चल्ने तनहुँ कोषाध्यक्ष रेशम गुरुङले बताउनुभयो । सम्मेलन रसुवाको स्याफ्रुवेसीमा शुक्रबार भेलाको समीक्षा बैठकसहित समापन हुनेछ ।

१० हजार सैनिक ब्यारेक तथा कार्यालय मापदण्डविपरित

काठमाडौं ।  नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्सापासबिनै बनाएको पाइएको छ । भवन निर्माणसम्बन्धी बनेका नियम, निर्देशिका र आचारसंहिताको पालना नगरी सेनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो । भद्रकालीस्थित सैनिक मुख्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी बनाइएको छ ।

यसरी व्यावसायिक प्रयोजनका भवनदेखि फौज बस्ने स्थल म्म नक्सापासबिनै बनाउनु कानुनको उल्लंघनमात्र नभइ प्राकृतिक प्रकोपका बेला असुरक्षित हुने डर पनि रहने जानकारहरू बताउँछन् ।
सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सुरक्षाको कारण र विगतदेखिको चलनअनुसार भवन संरचना बनाइएका कारण नक्सापास हुन नसकेको दावी गरे ।

“सुरक्षा गोपनियता तथा विगतदेखिको परम्पराका कारण हामीले अहिलेसम्म कुनै पनि ब्यारेक तथा कार्यालयका संरचना बनाउँदा नक्सापास गरेका छैनौं,” प्रवक्ता भण्डारीले भने, “हामीले जानाजान कानुन उल्लंघन गरेका होइनौं, तर अब कसरी कानुनको पालना पनि हुन्छ र गोपनियता पनि कायम रहन्छ भन्नेमा नगरपालिका तथा गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीसँग छलफलका थालेका छौं ।” यसअघि बनेका संरचनाको नक्सा पनि सम्बन्धित मन्त्रालय र स्थानीय निकायमा अभिलेखका रुपमा उपलब्ध गराइने उनले बताए ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गतको द्वन्द्वोत्तर परियोजना र विनासकारी भूकम्पपछि बनेका तथा निर्माणधीन संरचना पनि सहरी विकास तथा भवन निर्माण विभाग तथा स्थानीय तहअन्तर्गतका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट नक्सा पास नगरी निर्माण गरिएको पाइएको छ ।
२०७२ वैशाख १२ को विनासकारी भूकम्प र त्यसपछिका पराकम्पमा सेनाका १ हजार १ सय १९ भवनमा क्षती पुगेकोमा कतिपयको निर्माण तथा मर्मतकार्य नक्सापासबिनै सकिएको छ । अहिले निर्माणाधीन संरचनाको पनि नगरपालिका र गाउँपालिका तथा सहरी विकास मन्त्रालयअन्तर्गतका निकायबाट नक्सा पास गरिएको छैन, कारोबार दैनिकमा खबर छ ।

को बन्दै छन् प्रहरीमा नयाँ आईजीपी ? यी हुन् दावेदारहरु

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रतिस्पर्धामा रहेका छन् । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा छन् ।
वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ २०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।

१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका छन् । डीआईजीको वरीयतामा उत्तम काकी चौथो नम्बरमा छन् ।

रमेश खरेल र उत्तम कार्की दुवै जना प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाले उनीहरूले क्रमशः १ फागुन २०७५ र ३० असार २०७५ मा अवकाश पाउनेछन् । यी चारै जना सँगै डीआईजीमा बढुवा भएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म भने खनालभन्दा खरेल वरिष्ठतामा अगाडि थिए ।

नेपाल प्रहरीमा यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने सम्भावना बलियो छ । यसअघि प्रकाश अर्याललाई डीआईजीबाटै आईजीपी बनाइएको थियो । गृह मन्त्रालयले हालसम्म कसैलाई पनि विशेष पद सिर्जना गरेर अतिरिक्त महानिरीक्षक (एआईजी) नबनाइसकेकाले यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने सम्भावना बढेको हो ।

नेपाल प्रहरीमा २६औं आईजीपी बन्दै गर्दा ठूलो संख्यामा उच्च पदस्थ अधिकारीहरूले अनिवार्य अवकाश पाउँदै छन् । ३० वर्षे सेवा अवधिका कारण हालका आईजीपी अर्यालका ब्याची सबैले अवकाश पाउने भएका छन् । त्यस दिन अवकाश पाउने एआईजीको संख्या मात्रै १५ छ ।

एआईजीहरू जयबहादुर चन्द, बमबहादुर भण्डारी, रणबहादुर चन्द, कमलसिंह बम, माधव नेपाल, हेमन्त पाल, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, मधु पुडासैनी, पंकज श्रेष्ठ, मिङ्मार लामा र विजयराज भट्टले आईजीपी अर्यालसँगै अवकाश पाउने भएका छन् ।

त्यस्तै, केही डीआईजीले पनि त्यसै दिन अवकाश पाउनेछन् । डीआईजीहरू भोगबहादुर थापा, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित, पुष्कलराज रेग्मी र सुबोध घिमिरेले पनि त्यसै दिन अवकाश पाउँदै छन् ।

यसअघि २९ चैत २०४४ मा सेवा प्रवेश गरेका कृष्णप्रसाद गौतम, बलराम शर्मा पौडेल, विष्णुहरि गौतमले सेवा अवधिका कारण केही दिनअघि एसएसपीबाट अवकाश पाइसकेका छन् । एक वर्षअघि सोही समूहका यादवराज खनाल र लव विष्टले पनि अवकाश पाइसकेका छन् ।

खाली रहेको दरबन्दीमा पनि समयमा बढुवा नहुँदा उच्च अधिकारीको वृत्ति विकासमा असर पर्दै गएको छ ।

यसपटक डीआईजीको रिक्त दरबन्दीमा बढुवा हुँदा एकैपटक तीनवटा ब्याच बढुवा हुन सक्छन् । २९ चैतपछि बढुवाको निर्णय हुने हो भने १२ जना एसएसपीले डीआईजी हुने अवसर पाउनेछन् ।

त्यस्तै, १७ जना एसपीबाट एसपी हुनेछन् । ३० डीएसपीहरू एसपीमा बढुवा हुनेछन् । अघिल्लोपटक डीआईजी हुनबाट छुटेका दिनेश अमात्य, केदार रिजाल र पिताम्बर अधिकारी डीआइजीमा बढुवा हुनेछन् ।

एसपीबाट एसएसपीमा बढुवाका लागि सहकुलबहादुर थापा, अरुणकुमार बीसी, विभूतिराज पाण्डे, दिलीपबहादुर बस्नेत, राजेन्द्रप्रसाद चौधरी, प्रकाश अधिकारी, राजेन्द्र ढकाल, शरदकुमार खत्री, पूजा सिंह, सुशीलकुमार यादव, नरबहादुर खत्री, हरिराज वाग्ले, प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्रकुमार बस्याल, शेखर कोइराला, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, भोजजंग शाह, मोहनकुमार आचार्य, देवबहादुर बोगटी, नलप्रसाद उपाध्याय, मुकुन्दराज आचार्य र विक्रमबहादुर चन्द बढुवा हुनेछन् । डीएसपीहरू दीपकराज खरेल, सोमेन्द्रसिंह राठौर, आभूषण तिम्सिना, भूपेन्द्र खत्री, शेखर खनाल, गंगा पन्त, प्रवीण पोखरेल, विनोद सिलवाल, दीपशमशेर जबरा, रवीन्द्र रेग्मी, बेलबहादुर पाण्डे, ओम अधिकारी, विश्व अधिकारी, रमेशकुमार बस्नेत, तारादेवी थापा, वसन्त रजौरे, भीमबहादुर दाहाल, सानुराम भट्टराई, अभिनारायण काफ्ले, मुकुन्द मरासिनी र रविकुमार पौडेल एसपी बढुवाका बलिया दाबेदार हुन् ।

उनीहरूसँगै हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, केदार खनाल, दिनेशराज मैनाली, वीरबहादुर ओली, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, सविन प्रधान लगायतको बढुवा हुनेछ । (राजधानी दैनिक)

अपांगता भएकी १५ वर्षे किशारीलाई बन्धक बनाएर सामूहिक बलात्कार,यसरी भयो घटना

काठमाडौं । मानसिक अपांगता भएकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजनाभन्दा बढी संलग्न थिए ।

‘किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको छ । घटनाको विवरण अहिले गोप्य राखिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने ।

परिसरका डिएसपी मोहन थापाले किशोरीलाई बसका चालक–सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए । उनले भने, ‘किशोरीमाथि दुई समूहले बलात्कार गरेको खुलेको छ । उनीहरूले बन्धक बनाएर बलात्कार गरेको देखिन्छ ।’

यसरी भयो घटना

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार किशोरी १५ फागुनमा कीर्तिपुरबाट बल्खुका लागि सार्वजनिक बस चढेकी थिइन् । तर, उनी बल्खु झरिनन् । बसमै चढेर ललितपुरको हरिसिद्धि गइन् । त्यसवेलासम्म बसबाट सबै यात्रु ओर्लिसकेका थिए ।

बसको पछाडिको सिटमा उनी एक्लै रहेको देखेपछि सहचालकले समाते । फकाउँदै गोदावरीस्थित कोठामा लगे । बेलुकाको खाना बसका चालक र सहचालकले नै खुवाए । उनीहरूले मादक पदार्थ सेवन गरे । अनि पालैपालो बलात्कार गरे ।

एक हप्ताभन्दा बढी समय उनीहरूले किशोरीलाई त्यही कोठामा बन्धक बनाए । एक दिन किशोरी भागिन्, तर बसका सहचालकले उनलाई बाटैमा फेला पारे । पुनः समातेर अर्को समूहको जिम्मा लगाइदिए ।

अर्को समूहमा रहेकाहरूले पनि किशोरीलाई आफ्नो कोठामा पु¥याएर पालैपालो बलात्कार गरे । प्रहरीका अनुसार २९ फागुनमा उनीहरूले किशोरीलाई स्वयम्भूमा लगेर छाडिदिए । त्यसपछि उनी घर पुगिन् ।

घटना विवरण बुझेपछि किशोरीका परिवारले प्रहरी परिसर काठमाडौंमा जबर्जस्ती करणीको मुद्दा हाले । त्यसपछि चार अभियुक्त पक्राउ परे। बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । (नयाँ पत्रिका दैनिक)

मापदण्ड विपरीतका ६३ फिरफिरे बन्द (फोटो फिचर)

अशोक ढकाल,
६ चैत, नुवाकोट । तोकिएको मापदण्ड विपरीत सञ्चालनमा रहेका यहाँका ६३ बालुवा प्रशोधन उद्योग (फिरफिरे) जिल्ला अनुगमन समितिले बन्द गराएको छ ।
उद्योग विकास शाखाको आयोजनामा जिल्ला अनुगमन समितिको सयुक्त टोलीले गरेको अनुगमनको क्रममा बुधबारदेखि शुक्रबारसम्म तीन दिनमा मापदण्ड विपरीतका उद्योग बन्द गराइएको शाखाका निमित्त निर्देशक बिजय भट्टराईले जानकारी दिनुभयो । बन्द भएका उद्योग विदुर र बेलकोटगढी नगरपालिका क्षेत्रमा सञ्चालनमा थिए ।
दर्ता भएर मापदण्ड पूरा नगरेका ६३ उद्योगका धनीलाई बन्द गर्न पत्र दिइएको भट्टराईले बताउनुभयो । उहाँको अनुसार अनुगमनको क्रममा दर्ता नभई सञ्चालनमा रहेका २६ फिरफिरेलाई कारबाही स्वरुप काम बन्द गराई हटाउन स्थलगत अनुगमनको क्रममा पत्र काटिएको छ ।
“उद्योगीले बालुवा प्रशोधन पछि उत्पन्न हुने धमिलो पानी सिधै नदीमा मिसाएको पाइएपछि बन्द गराउन बाध्य भएका छौ ।” उहाँले भन्नुभयो “बालुवा प्रशोधनपछि तीनतहमा हुने पानी शुद्धिकरण पोखरी निर्माण गर्नुपनेै लगायतका त्रुटी सुधार गरेपछि मात्र सुचारु गराउने छौ ।”
जिल्लाका फिरफिरे उद्योगले बालुवा प्रशोधनपछि पानी शुद्धिकरण नगरी सिधै त्रिशूली, तादी लगायतका नदीमा मिसाएर प्रदूषण गरेको चौतर्फी गुनासोपछि जिल्ला अनुगमन टोलीले सयुक्त रुपमा बुधबारदेखि स्थलगत अनुगमन अभियानको रुपमा सुरु गरेको छ ।
टोलीमा जिसस प्रमुख शन्तमान तामाङ, प्रजिअ बिरेन्द्र यादव, प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बसन्त कुंवर, सम्बन्धित स्थानीयतहका प्रमुख र वडाध्यक्षहरु, उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की लगायत छन् ।

स्याङ्जालाई दुप्चेश्वर कप राष्ट्रिय भलिवलको उपाधि

दिपक थापा,
६ चैत, नुवाकोट । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सुरु भएको नुवाकोटकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । प्रतियोगिता अन्तर्गत सोमवार भएको फाईनल खेलमा प्रतिस्पर्धी कालिका युवा कल्व राउतवेसीलाई पराजित गर्दे स्याङ्जाको नेपाल तरुण दलको टीमले उपाधि सहित एकलाख रुपैया पुरस्कार समेत हात पा-यो ।

राउतवेसी स्थित कौकेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा भएको अत्यन्त प्रतिस्पर्धात्मक फाईनल खेलमा कालिका युवा कल्वलाई २१– २५, २५–२१, २१–२५, २५–२० र १७ –१५ को सेटमा पराजित गर्दे स्याङ्जाले उपाधि जितेको हो । प्रतियोगितामा स्याङ्जाकै सन्दिप खड्का, लिलबहादुर गुरुङ र राजेन्द्र शर्मा क्रमश ः उदीयमान खेलाडी, उत्कृष्ट स्पाईकर र उत्कृष्ट प्रशिक्षक घोषित भए ।

यसैगरी प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने कालिका युवा कल्वले ५० हजार रुपैया नगद पुरस्कार प्राप्त ग¥यो भने कालिकाका विजय बस्नेत (प्रतिभा), उत्सव खड्का, राजन थापा र सुरज चौधरी क्रमश ः उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट व्लकर बन्न सफल भए ।
नुवाकोटका सात र नुवाकोट बाहिरका सात गरी कूल १४ टीमको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत सोमवार नै भएको खेलमा प्रतिस्पर्धी रुकुम जिल्लालाई २५–१७ र २५–२१ को सोझो सेटमा पराजित गरेर तेस्रो स्थान प्राप्त गरेको पंचकन्या गाउँपालिकाको टीमले नगद ३० हजार रुपैया प्राप्त गर्दा सोहि टीमका कृष्ण राना उत्कृष्ट सर्भर घोषित भए ।

प्रतियोगितामा विजयी टिमहरु र विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी , दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, कार्यक्रम संयोजक धु्रवकर केसी, काँग्रेस जिल्ला सदस्य नरेश तामाङ लगायतले शिल्ड, मेडल र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा काँग्रेस सभापति केसी, गाउँपालिका अध्यक्ष तामाङ, कार्यक्रम संयोजक केसी र पत्रकार शिव देवकोटाले दुरदराजमा रहेका खेल प्रतिभाहरुलाई प्रष्फुटन गराउन प्रतियोगिता सार्थक सावित हुने वताउँदै खेल क्षेत्रको समग्र बिकासले राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका थिए ।

विप्लव माओवादीबाट जनप्रतिनिधिको राजीनामा माग

जगदिश खनाल
६ चैत, नुवाकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यहाँका जननिर्वाचित प्रतिनिधिको राजीनामा माग गरेका छन् ।
जिल्ला जनपरिषद नुवाकोटका प्रमुख बिन्तोस सिलवालले हस्ताक्षर गरेको पत्र निर्वाचित प्रतिनिधिलाई पठाएर राजीनामा दिन दबाब दिएको हो । परिषद् नेकपाको भातृ सँस्था हो ।
निर्वाचित प्रतिनिधिको राजीनामा माग गर्दै ककनी गाँउपालिका र विदुर नगरपालिकामा पत्र पठाइसकेकाले अन्य स्थानीयतहमा पनि पठाउने क्रममा रहेको सिलवालले बताउनुभयो ।
विभिन्न हतकण्डा अपनाएर जबरजस्ती सम्पन्न गरिएको निर्वाचन अमान्य हुने भन्दै परिषद्ले स्थानीयतहका प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरुको राजीनामा माग सहितको धम्कीयुक्त पत्र पठाएको छ ।
राजीनामा माग गरिएको पत्रमा “संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो पदीय ओहदाबाट राजीनामा दिई जनपरिषद्लाई बैकल्पिक जनसत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गरिन्छ” भन्ने उल्लेख छ । “राजीनामा नदिए बर्गसङ्घर्षको निशाना बनी निस्कने परिणामको जिम्मेवारी स्वंय हुनुपर्ने” चेतावनी पत्रमा उल्लेख गरिएको छ ।
यहाँका केही स्थानीयतहका प्रतिनिधिलाई राजीनामा दिन दबाब सहितको पत्र आएको जानकारी पाएकाले नआत्तिन आग्रह गरेको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले बताउनुयो ।

मन्त्री पण्डितको अर्को ‘एक्सन’, के हुन्छ १० हजार आवेदन ?

काठमाडौं  । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले  अर्को ‘एक्सन’ लिएका छन् । यस अघिको सरकारले ल्याएको कर्मचारी स्वैच्छिक अवकाश योजना परिमार्जन नगरिने संकेत देखाएका छन् ।
बीबीसीसँगको अन्तरवार्तामा मन्त्री पण्डितले पुराना कर्मचारीलाई स्वेच्छिक अवकाश दिएर नयाँ कर्मचारी ल्याउँदा संघीयता कार्यान्यनमा कठिनाई हुने भन्दै शेरबहादुर सरकारले ल्याएको निजामति कर्मचारी स्वैच्छिक अवकाश योजना जस्ताको तस्तै लागू हुन नसक्ने संकेत देखाएका हुन् ।

त्यसलाई परिमार्जन गरी अशक्त कर्मचारीलाई मात्र स्वेच्छि अवकाशको सुविधा दिईने समेत बताएका छन् । उनका अनुसार शारीरिक र मानसिक रुपमा अशक्त कर्मचारीलाई मात्र स्वैच्छिक अवकाशको सुविधा प्रदान गरिने छ ।

देउवा सरकारले ल्याएको स्वेच्छिक अवकाश सुविधाका कारण राज्यलाई थप ३० अर्ब रुपैयाँ भार पर्ने देखिएको थियो । साथै सक्षम कर्मचारीहरु पनि स्थानीय तहमा जानुपर्ने भन्दै अवकाश योजनामा सामेल भएका थिए । तर, मन्त्री पण्डितले भने कसैको अवकाश हुन १ हप्ता वा १ महिनाभन्दा कम समय बाँकी रहेको भन्दै त्यस्ता कर्मचारी यस योजनामा सामेल हुन नसक्ने उनको भनाइ थियो । त्यस्ता कर्मचारीले राज्यबाट बढी सुविधा लिनको लागि स्वैच्छिक अवकाश पाउँ भनेर निवेदन दिएका समेत उनको आरोप थियो ।

सक्षम, दक्ष र योग्य कर्मचारीलाई स्वेच्छिक अबकाशबाट विदा गर्दा राज्यलाई भार पर्नुका साथै जनतालाई सरकारले सेवा प्रदान गर्न समेत कठिनाई हुने बताए । तसर्थ त्यस्ता कर्मचारीलाई विदाई दिन सकिने उनको दाबी थियो । ‘मानसिक रुपमा जागिर छोड्ने र काम गर्दिन भन्नेहरुले राजीनामा गर्दा दिएर जागिर छोडेर जाँदा हुन्छ,’ उलने भने, ‘तर, म राजीनामा दिन्न, राज्यले मलाई बढी लगानी गरेर विदा गरोस भन्ने सोचमा बस्नुभएको छ भने त्यो सम्भव छैन र सरकार असम्भव बाटोमा पनि जाँदैन ।

’ देउवा सरकारले निजामतिसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वैच्छिक अवकाशको योजना ल्याएको थियो । जसमा ५० वर्ष उमेर पुगेका र २० वर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो । उक्त योजनामा १० हजार कर्मचारीले आवेदन दिएका छन् । जसमा ४ सचिव सहित अन्य उच्च तहका कर्मचारी रहेका छन् ।

ठूलो दुर्घटनाबाट जोगियो यतीको जहाज, भैरहवा विमानस्थल बन्द

भैरहवा ।  काठमाडौंबाट २६ यात्री बोकेर भैरहवाका लागि उडेको यती एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।   भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतवार यती एयरको विमान चक्का लक भएपछि विमानस्थलको धावनमार्गमै अड्किएको छ । जहामा रहेका २६ जना यात्रु र चालक दलका सदस्य थिए । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४ः४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि रनवेमा अड्किएको थियोे ।
विमानमा रहेका यात्रु र चालक दलका सदस्यहरु भने सकुसल रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
यती एयरको जहाज धावन मार्गमै रोकिएपछि भैरहवा विमानस्थलका सबै उडानहरु स्थगित गरिएका छन् । भोलि ९सोमवार० काठमाडौंबाट प्राविधिक आएर विमानको चक्का खोलेपछि मात्रै विमानस्थल सञ्चालनमा आउने जनाइएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web