काठमाडौं । नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हात पारेको
छ।आईसीसी विश्वकप छनोट अन्तर्गत बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले
हराएको नेपालले एकदिवसीय मान्यता प्राप्त गर्दै ऐतिहासिल सफलता प्राप्त
गरेको हो । पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेपाल एकदिवसीय
मान्यता नजिक थियो। अर्को प्ले अफमा नेदरल्यान्डले हङकङलाई ४४ रनले पराजित
गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको हो।

आईसीसीको
नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट
टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता
पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल
(आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले
यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये
सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले
पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।

स्कटल्यान्ड र युएईले
सुपर–६ मा स्थान पक्का गर्दै एकदिवसीय मान्यता पक्का गरिसकेका छन्। नेपालले
पपुवा न्युगिनीलाई पराजित गर्दै सातौं स्थानको प्ले अफमा स्थान पक्का गरेर
एकदिवसीय मान्यता पाएको हो। यता पपुवा न्युगिनी र हङकङले भने एकदिवसीय
मान्यता गुमाउनुका साथै डिभिजन–२ मा झरेका छन्।

21.12¡ÆC