शारीरिक सुगठन टोली पाकिस्तानतर्फ

काठमाडौं, चैत १७  ।
एघारौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा भाग लिन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार पाकिस्तान प्रस्थान गरेको छ ।

पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६० केजीमा रवि महर्जन, ६५ केजीमा अनिललाल श्रेष्ठ तथा ७० केजीमा महेश्वर महर्जनले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता चैत १७ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।

टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ तथा अफिसियलमा संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक विजयलाल कायश्थ रहेका छन् । टोलीलाई संघले कालीमाटीस्थित डिभाइन फिजिकल फिट्नेस सेन्टरमा बुधबारै एक कार्यक्रमबीच बिदाइ ग¥यो ।

राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

काठमाडौं,चैत १९ ।  १४ औं राष्ट्रिय पुरुष तौल समूह तथा १३ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता – २०७२ चैत्र २६ र २७ गते त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने भएको छ ।
नेपाल क्योकुशिन कराते डो संघको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष तर्फ ५० केजी, ६० केजी र ६० केजी माथी, महिला तर्फ खुला र कातामा गरि पाँच विकास क्षेत्रका पुरुष तर्फ ६० र महिला तर्फ ३० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र उत्कृष्ट खेलाडीहरुले क्रमश १० हजार, ५ हजार, २५ सय र  एक हजार तथा काता तर्फ पहिलो, दोश्रो र तेश्रोले ५ हजार, २५ सय र एक हजारका साथै शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिनेछ ।

न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

एजेन्सी,चैत १७ ।  न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार बेलुकी भारतको दिल्लीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो ।

१ सय ५४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले खेल सकिनु १७ बल अघि नै लक्ष्य भेट्टायो । इंग्ल्याण्डलाई जिताउँदै फाइनलमा पुर्याउन ओपनर जेसन रोयले उत्कृष्ट प्रदर्शन गरे । ईश सोढीको बलमा बोल्ड हुनुअघि रोयले ४४ बल खेल्दै ७८ रन बनाएका थिए । यस्तै नट आउट रहेका जोस बट्लरले ३२ र जोय रुटले २७ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङगरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । उसका लागि कोलन मुनरोले ३२ बलमा ४६ रन बनाएका थिए ।

कोरे एन्डर्सनले २८ र केन विलियम्सले  ३२ रन बनाए । १२ दशमलव २ ओभरमा १ सय रन बनाए पनि पुछारका ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा न्युजिल्याण्डले मात्र १ सय ५४ रनको लक्ष्य दिन सकेको थियो । न्युजिल्याण्ड अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुग्न सकेको छैन । सन् २०१० को विजेता इंग्ल्याण्ड फाइनलमा पुगेको यो दोश्रो पल्ट हो । अब उसले उपाधिका लागि भारत र वेष्ट इण्डिजबीचको विजेतासँग खेल्नेछ । (

सेभेन ए साईट फुटवलको उपाधी आयोजक टोकियो व्रर्दशले पायो

२२ चैत, टोकियो ।
दोश्रो सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी आयोजक टोकियो व्रदर्श सेतोले उचालेको छ ।

टोकियोमा आईतवार भएको फाइनलमा आयोजक टोकियो ब्रदर्शले तमु धीँ जापानलाई ३-१ गोलले पराजित गर्दै उपाधि उचालेको हो । उपाधि सहित आयोजक टोकियो व्रर्दशले नगद दुई लाख २२ हजार यन पाएको छ ।

उपविजेता बनेको तमुधीँले भने नगद एक लाख तथा शिल्ड हात पार्यो ।

फाइनल भिडन्तमा टोकियो व्रर्दशले पहिलो हाफमा एक गोलको अग्रता लिएपनि दोश्रो हाफमा लगातार दुई गोल गर्दै उपाधी हत्यायो । टोकियो व्रर्दश बिरुद्ध भने तमुधीका क्यो सुके जापानी खेलाडीले मात्र एक गोल फर्काए ।

विजेता टोकियो व्रर्दशका लागि वेस्ट प्लेयर उपाधी समेत हात पारेका वाङगेल ग्लानले एक गोल गरेका थिए । यस्तै भीयतनामी खेलाडी ह्यु र दीपेन्द्र गुरुङले टिमका लागि विजयी गोल गरेका थिए ।

लीगकम नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा व्यक्तिगत उपाधी तर्फ आयोजक टोकियो व्रर्दशका रंजीत गुरुङले वेस्ट किपर, उच्च गोलकर्तामा सोही टिमका युटिस र उपविजेता टिम तमुधीँ जापानका सुर्य गुरुङले वेस्ट डिफेन्स उपाधी हात पारेका थिए ।

टोकियो व्रर्दश जापान र मनकामना फुटवल क्लवको आयोजनामा भएको प्रतिस्पर्धामा १६ टिमले सहभागिता रहेको थियो ।

साईतामा स्थित सुरमन खेल मैदानमा भएको प्रतियोगितामा उपाधी विजेता तथा उपविजेताहरुका लागि विशेष अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी, प्रमुख अथिति अमृत गुरुङ लगायतले पदक, नगद उपहार सहित प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो ।

दक्षिण एशियाली महिला बास्केटबल: नेपालको लगातार तेश्रो जित

काठमाडौं, चैत १८ । प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको अपराजित यात्रा बिहीबार पनि कायमै रह्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले भुटानलाई ९०–३२ ले पराजित ग¥यो । नेपालकी भावना लामाले २१ अंक जोडिन् ।

पहिलो क्वाटरमा २४–९ को अग्रता लिएको नेपालले अन्तिमसम्म अग्रतालाई कायम राख्दै क्रमशः ३४–६, १६–७ र १६–१० अंक जोड्यो ।

बिहीबारै भएको पहिलो खेलमा माल्दिभ्सले बंगलादेशलाई ६२–२८ ले हरायो । बंगलादेशले पहिलोमा १७–४, दोश्रोमा ११–६, तेश्रोमा २०–१० तथा चौथोमा १४–८ अंक जोडेको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार श्रीलंका र बंगलादेश तथा माल्दिभ्स र भुटानबीच खेल हुनेछ ।

 

 

एल-क्लासिको जितेको रियाल मड्रिड  १२ वर्षपछि क्वार्टरफाइनलमा पराजित

एजेन्सी,चैत २५ । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस महारथी रियल म्याड्रिड जर्मन क्लब वुल्फस्वर्गसँग पराजित भएको छ । बुधबार राती भएको खेलमा रियल २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा उल्फबर्गले १८ औं मिनेटमा पाएको विवादास्पद पेनाल्टीमा रिकार्डो रोड्रिग्वेजले गोल गर्दै सुरुवाती अग्रता दिलाए । रियलका कासमिरोले उल्फबर्गका आन्द्रे सोर्लरलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरमा रोड्रिग्वेजले गोल गरेका हुन् । 

त्यसको सात मिनेटपछि म्याक्स आर्नोल्डले रियलको कमजोर डिफेन्सको फाइदा लिँदै गोल गरेपछि पहिलो हाफमा उल्फबर्गले २–० को अग्रता लियो । रियलले गोल गर्ने केही मौका पाएको भएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।  सन् २००४मा क्वार्टरफाईनलमा पराजित भएको मड्रिड १२ बर्षमा पहिलो पटक पराजित भएको हो।  अर्को लेग मंगलबार रियलको घरेलु मैदानमा हुनेछ ।
 
रियालले शनिवारमात्र आफ्नो चिरपरिचित प्रतिद्वन्दी बार्सिलोनालाई उसकै घरमा २(१ गोलले हराएर फर्ममा फर्किएको जनाउ दिएको थियो । तर उक्त फर्म ३ दिन पनि टिक्न सकेन र रियाल च्याम्पियन्स लीग क्वार्टरफाईनलको पहिलो लेगमा पराजित हुन पुगेको छ। 
 

 

खेलाडी संघको खेलकुद मन्त्रीलाई ५ बुँदे सुझाव पत्र

काठमाडौं, चैत १५ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग), सातौं राष्ट्रिय खेलकुद, खेलाडीको सुविधाका विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले ५ बुँदे सुझाव पत्र सोमबार युवा तथा खेलकुद मन्त्रालयलाई बुझाएको छ ।

खेलाडी संघका अध्यक्ष दीपक विष्टसहितको टोलीले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा गइ खेलकुद मन्त्री सत्यनारायण मण्डललाई पत्र हस्तान्तरण गरे । सुझाव पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पनि बोधार्थ दिइएको छ ।

सुझाव पत्रमा भारतमा भएको १२ औं सागका पदक विजेता खेलाडीले पाउनु पर्ने नगद पुरस्कार चाँडो उपलब्ध गराउनु पर्ने, नेपाली खेलकुदलाई नियमित रुपमा अघि बढाउन दुईपटक मिति घोषणा हुँदापनि स्थगित भएको सातौं राष्ट्रिय खेलकुद छिट्टै आयोजना गर्नु पर्ने, नेपालले आयोजनाको जिम्मा पाएको १३ औं साग राजधानी मात्र केन्द्रीत नगरी तत्काल भौतिक पूर्वाधार निर्माणलगायत सहभागिता गराउने सम्भावित खेलका लागि योजना अघि बढाउन भनिएको छ ।

त्यस्तै सागमा स्वर्ण जित्ने खेलाडीलाई दिइएको मासिक सुविधालाई नियमावलीमै व्यवस्था गरी नियमित बनाउनु पर्ने तथा विभिन्न खेलका खेलाडहरु एकै ठाउँमा प्रशिक्षण गर्न बाध्य भएकाले प्रत्येक खेलका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माणतर्फ विशेष ध्यान पु¥याउन माग गरिएको छ ।

सुझाव पत्र बुझ्दै मन्त्री मण्डलले खेलाडीहरुको संगठीत संस्थाबाट संगठीत सुझाव आएको बताउदै १३ औं साग आयोजनाका लागि नीति निर्माण गर्न सुझावले सहयोग पु¥याउनुका साथै मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले सुझावलाई खेलकुदको पुँजीका रुपमा ग्रहण गरेको बताए ।

मन्त्री मण्डले केहि दिनपछि १३ औं सागको तयारी समिति घोषणा हुने बताउदै अन्तर्राष्ट्रिय जगतमा खेलकुदले जति राष्ट्रलाई चिनाएको छ त्यो मात्रामा राज्यले लगानी नगरेको धारणा व्यक्त गरे ।

अध्यक्ष विष्टले आठौं साफका पदक विजेताले ५ वर्षपछि पुरस्कार पाएको स्मरण गर्दै १२ औं सागका पदक विजेतालाई चाँडो पुरस्कार दिदा सम्मानको छुट्टै महत्व हुने बताए । उनले सातौं राष्ट्रिय खेलकुद खेलाडीका लागि ठूलो अवसर भएको बताउदै सातौं चाँडै गर्नु पर्नेमा जोड दिए ।

टी-ट्वेन्टी विश्वकप सेमिफाईनल : अपराजित न्युजिल्याण्ड र इङ्ल्याण्डको भिडन्त आज 

काठमाडौं,चैत १७ । भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल  ईङल्याण्डले अपराजित न्युजिल्याण्डको सामना  गदैृछ । खेल दिल्लीको फिरोज शाह कोटला मैदानमा हुनेछ । सुपर टेन चरणमा अपराजित एकमात्र टोली न्यूजिल्याण्ड समूह विजेता हो भने इङ्ल्याण्ड अर्को समूहको उपविजेता हो । 

यी  दुइ टोली हाल सम्म टी २० मा १३ पटक भिडेका छन जसमा  ईङ्गल्याण्ड र न्युजिल्याण्ड क्रमश ८ र ४ पल्ट विजयी भएका छन भने एक खेल बराबरीमा सकिएको छ। १३ पटक एक अर्का बिरुद्ध खेल्दा ईङल्याण्डले धेरै जिते पनि यो विश्वकपमा न्युजिल्याण्डको फर्म हेर्दा इङल्याण्डलाई निश्चित रुपमा राम्रो चुनौती प्राप्त हुनेछ। 
जारी प्रतियोगितामा दुबै देशको प्रदर्शन निम्नानुसार रहेको छ। 
 
ईङ्गल्याण्ड
ईयन मोर्गन कप्तानीमा रहेको ईङ्गल्याण्डको जारी प्रतियोगितामा प्रदर्शन
विरुद्द  वेष्ट ईन्डिज ६ विकेटले पराजित 
विरुद्द दक्षिण अफ्रिका २ विकेटले विजयी 
विरुद्द अफगानिस्तान १५ रनले विजयी
विरुद्द श्रिलंका १० रनले विजयी 
 
प्लेयर टु वाच
 
१.जो रुट 
जारी प्रतियोगितामा ईङ्गल्याण्डका युवा तथा प्रभावशाली खेलाडी रुटले ईङ्गल्याण्डलाई सेमिफाइनल सम्मको यात्रा गराउन महत्वपुर्ण योगदान गरेका छन्। जारी प्रतियोगितामा उनले ४२ को औषतमा १ सय ६८ रन बनाइसकेका छन्। भोली हुने खेलमा उनि ईङ्गल्याण्डको प्रमुख हतियार हुनेछन्। 
 
२. मोईन अली
ईङ्गलयाण्डका अलराउन्डर खेलाडी हुन मोईन अली जारि प्रतियोगितामा ५६ रन बनाउदै ४ विकेट लिएका छन्। खेलको अन्त्य लिर आउने उनि आफ्नो आक्रमक खेल तथा ठुला सट खेल्न सक्ने खेलाडीको रुपमा परिचित छन्।साथै  बुधबारको खेलहुने पिच स्पिन मैत्री हुनाले पनि उनि माथी टिमको भरोसा रहेको छ। 
 
न्युजिल्याण्ड
मार्टिन गुप्टिलको प्रेरणादायी नेतृत्वमा रहेको किवि टोली जारी प्रतियोगितामा सबैको अपेक्षा विपरित प्रदर्शन गर्दै सेमिफाइनलमा पुग्ने पहिलो टोलि भएको थियो। नियमित कप्तान तथा प्रमुख खेलाडी ब्रेडन म्याकलमको संन्यास पछि उनको अभाव रहने साथै भारतिय पिचमा न्युजिल्याण्डका खेलाडी अपेक्षाकृत खेल्न नसक्ने धेरैले सोचेका थिए ।तर पहिलो खेलमा आयोजक भारतलाई हराउदै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको न्युजिल्याण्ड जारी प्रतियोगितामा एक मात्र अपराजित देश हो। जारी प्रतियोगितामा न्युजिल्याण्डको प्रदर्शन
विरुद्द भारत२७ रनले विजयी
विरुद्द अष्ट्रेलिया ८ रनले विजयी
विरुद्द पाकिस्तान २२ रनले विजयी
विरुद्द बङ्गलादेश ७५ रनले विजयी
 
प्लेयर टु वाच
 
मार्टिन गुप्टिल
मार्टिन गुप्टिलको प्रेरणादायी नेतृत्व गर्दै जारी प्रतियोगितामा टिमलाई अपराजित राख्दै सेमिफइनलमा पुर्याएका छन। उनले ३ खेलमा आक्रमक ब्याटिङ्ग गर्दै १ सय २५ रन बनाएका छण्। बुधबारको खेलमा उनि माथी म्याकलमको अभाव हुन नदिन दबाव रहेको छ। 
 
मिचेल सन्ठर 
(लेफ्ट आर्म) स्लो अर्थोडक्स बलर मिचेल सन्ठर जारी प्रतियोगितामा ९ विकेट हात पारेका छन्। बुधबार हुने पिच स्पिन मैत्री हुने र उक्त खेलममा सन्ठरबाट उच्च कोटिको  प्रदर्शनको आशा टिम तथा सम्पुर्ण समर्थकले गरेका छन्।
 
 

ईग्ल्याण्डद्धारा वेष्ट इन्डिज सामू १ सय ५६ रनको लक्ष्य प्रस्तुत

एजेन्सी,चैत २१ । टी-२० विश्वकपको फाइनलमा ईग्ल्याण्डले वेष्ट इन्डिजसामू १ सय रनको ५६ लक्ष्य दिएको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा टस हारेर फिल्डिडको निम्तो पाएको ईग्ल्याण्डले निधारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ५५ रन बनायो । ईंग्ल्याण्डका जो रूटले सर्वाधिक ५४ रन बनाए। वेष्ट इन्डिजका ड्वायन ब्राभो र कार्लोस बार्थवेटले ३-३ विकेट लिए।

नेपाल र नामिबियाको खेल सिसिटिभीको निगरानीमा,६ सय सुरक्षाकर्मी परिचालन

काठमाडौं,चैत ३० । आइसिसी विश्व क्रिकेट लिग  अन्तर्गत नेपाल र नामिबियाविरुद्ध ४ र ६ वैशाखमा हुने खेलका लागि ६ सयभन्दा बढी प्रहरी परिचालन हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालमा खेल आयोजनाका लागि सुरक्षा सर्त राखेको थियो। त्यसैले सरकारले खेलका लागि विशेष सुरक्षा टोली खटाउने भएको हो।
टियू मैदानमा खटिने प्रहरीलाई तालिम 
टियू मैदानमा खटिने सुरक्षाकर्मीलाई विशेष तालिमसमेत दिइने भएको छ । ‘हामी प्रतियोगिताका लागि खटिने सुरक्षाकर्मीलाई तालिम दिनेछौँ,’ सिजापतिले भने, ‘उनीहरूलाई मैदानभित्र ‘के गर्नुहुन्छ र के गर्नहुँदैन भन्ने विषयमा सचेत गराउनेछौँ।’ प्रहरीले दर्शक बस्ने स्थानमा पनि सादा पोसाकका सुरक्षाकर्मी खटाउनेछ । प्रहरीले मैदानपट्टि फर्किएर खेल हेर्न पाउनेछैनन्। यसअघिका खेलमा सुरक्षाकर्मीले मैदानपट्टि फर्किएर बस्दा दर्शकले अभद्र व्यवहार गर्ने गरेका थिए।
११ वटा सिसिटिभी 
नेपालमा पहिलोपटक सिसिटिभीको निगरानीमा क्रिकेट खेल सञ्चालन हुँदै छ। खेलको सुरक्षा संवेदनशीलतालाई हेरेर टियू मैदानमा ११ वटा सिसिटिभीसमेत जाडान गरिएको छ। ‘टियू मैदानको हरेक स्थानको गतिविधि सिसिटिभीमा निगरानी गरिनेछ,’ एसपी सिजापतिले भने, ‘हामी हरेक पल गतिविधिको विश्लेषण गर्दै सुरक्षा दिनेछौँ।’ आइसिसीले सिसिटिभीविना खेल सञ्चालन गर्न अस्वीकार गरेपछि टियू मैदानमा पहिलोपटक सिसिटिभी जडान गरिएको हो।
आइसिसी सन्तुष्ट 
आइसिसीका एसिया डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुराले टियू मैदानको सुरक्षा कडा हुनेमा विश्वास गरेका छन्। उनले अहिलेसम्मको तयारी सन्तोषजनक पाइएको बताए। नयाँ पत्रिका दैनिकमा समाचार छ। 

साग पदक विजेता भारोत्तोलक सम्मानित

काठमाडौं, चैत १५ । नेपाल भारोत्तोलन संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । भारोत्तोलनमा नेपालले १ रजत र ३ कांस्यसहित ४ पदक जितेको थियो ।

पुरुषको ६२ केजीमा विकास थापाले रजत जितेका थिए । महिलाको ५३ केजीमा देवीकुमारी चौधरी, ७५ केजीमाथि तारादेवी पुन तथा ६३ केजीमा जुनमाया छन्त्यालले कांस्य हात पारेका थिए । देवीले जितेको पदक १२ औं सागमा नेपालले जितेको पहिलो पदक हो ।

रजत विजेतालाई १० हजार तथा कांस्य विजेतालाई समान ८ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । पदक विजेता सबैलाई भारोत्तोलन संघका सदस्य एवं पूर्व भारोत्तोलन खेलाडी रुकेश तण्डुकारले प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरेका थिए ।

धनगढी हाफ म्याराथनको उपाधि गोपीले जिते

१ बैशाख, धनगढी ।
नयाँ वर्षको अवसरमा धनगढी जेसीजले आयोजना गरेको धनगढी हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपी चन्द्र पार्कीले हात पारेका छन् ।

उनले  नेपाली सेनाका लाल बहादुर थापालाई ३ सेकेन्डले पछि पार्दै उपाधि हात पारेका हुन् ।

पार्कीले २१ दशमलव ५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए भने थापाले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए ।

म्याराथनमा प्रथम हुदै पार्कीले ५१ हजार नगद पुरुस्कार प्राप्त गरेका छन् भने द्वितिय हुने थापाले २५ हजार हात पारे ।

अब धनगढी दौडिन्छ भन्ने मुल नाराका साथ धनगढी जेसीजले विगत देखि नै नयाँ वर्षको अवसर पारेर म्याराथनको आयोजना गर्दै आईरहेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web