दक्षिण एशियाली महिला बास्केटबल: नेपालको लगातार तेश्रो जित

बैशाख २०, २०७३ 2016-05-02 मा प्रकाशित
Published at 2016-05-02

724 views

काठमाडौं, चैत १८ । प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको अपराजित यात्रा बिहीबार पनि कायमै रह्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले भुटानलाई ९०–३२ ले पराजित ग¥यो । नेपालकी भावना लामाले २१ अंक जोडिन् ।

पहिलो क्वाटरमा २४–९ को अग्रता लिएको नेपालले अन्तिमसम्म अग्रतालाई कायम राख्दै क्रमशः ३४–६, १६–७ र १६–१० अंक जोड्यो ।

बिहीबारै भएको पहिलो खेलमा माल्दिभ्सले बंगलादेशलाई ६२–२८ ले हरायो । बंगलादेशले पहिलोमा १७–४, दोश्रोमा ११–६, तेश्रोमा २०–१० तथा चौथोमा १४–८ अंक जोडेको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार श्रीलंका र बंगलादेश तथा माल्दिभ्स र भुटानबीच खेल हुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.