एल-क्लासिको जितेको रियाल मड्रिड  १२ वर्षपछि क्वार्टरफाइनलमा पराजित

बैशाख २०, २०७३ मा प्रकाशित
Published at 2016-05-02

754 views


एजेन्सी,चैत २५ । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस महारथी रियल म्याड्रिड जर्मन क्लब वुल्फस्वर्गसँग पराजित भएको छ । बुधबार राती भएको खेलमा रियल २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा उल्फबर्गले १८ औं मिनेटमा पाएको विवादास्पद पेनाल्टीमा रिकार्डो रोड्रिग्वेजले गोल गर्दै सुरुवाती अग्रता दिलाए । रियलका कासमिरोले उल्फबर्गका आन्द्रे सोर्लरलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरमा रोड्रिग्वेजले गोल गरेका हुन् । 

त्यसको सात मिनेटपछि म्याक्स आर्नोल्डले रियलको कमजोर डिफेन्सको फाइदा लिँदै गोल गरेपछि पहिलो हाफमा उल्फबर्गले २–० को अग्रता लियो । रियलले गोल गर्ने केही मौका पाएको भएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।  सन् २००४मा क्वार्टरफाईनलमा पराजित भएको मड्रिड १२ बर्षमा पहिलो पटक पराजित भएको हो।  अर्को लेग मंगलबार रियलको घरेलु मैदानमा हुनेछ ।
 
रियालले शनिवारमात्र आफ्नो चिरपरिचित प्रतिद्वन्दी बार्सिलोनालाई उसकै घरमा २(१ गोलले हराएर फर्ममा फर्किएको जनाउ दिएको थियो । तर उक्त फर्म ३ दिन पनि टिक्न सकेन र रियाल च्याम्पियन्स लीग क्वार्टरफाईनलको पहिलो लेगमा पराजित हुन पुगेको छ। 
 

 

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.