१ बैशाख, धनगढी ।
नयाँ वर्षको अवसरमा धनगढी जेसीजले आयोजना गरेको धनगढी हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपी चन्द्र पार्कीले हात पारेका छन् ।
उनले नेपाली सेनाका लाल बहादुर थापालाई ३ सेकेन्डले पछि पार्दै उपाधि हात पारेका हुन् ।
पार्कीले २१ दशमलव ५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए भने थापाले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए ।
म्याराथनमा प्रथम हुदै पार्कीले ५१ हजार नगद पुरुस्कार प्राप्त गरेका छन् भने द्वितिय हुने थापाले २५ हजार हात पारे ।
अब धनगढी दौडिन्छ भन्ने मुल नाराका साथ धनगढी जेसीजले विगत देखि नै नयाँ वर्षको अवसर पारेर म्याराथनको आयोजना गर्दै आईरहेको छ ।
18.12¡ÆC