काठमाडौं,चैत १७ । भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल ईङल्याण्डले अपराजित न्युजिल्याण्डको सामना गदैृछ । खेल दिल्लीको फिरोज शाह कोटला मैदानमा हुनेछ । सुपर टेन चरणमा अपराजित एकमात्र टोली न्यूजिल्याण्ड समूह विजेता हो भने इङ्ल्याण्ड अर्को समूहको उपविजेता हो ।
यी दुइ टोली हाल सम्म टी २० मा १३ पटक भिडेका छन जसमा ईङ्गल्याण्ड र न्युजिल्याण्ड क्रमश ८ र ४ पल्ट विजयी भएका छन भने एक खेल बराबरीमा सकिएको छ। १३ पटक एक अर्का बिरुद्ध खेल्दा ईङल्याण्डले धेरै जिते पनि यो विश्वकपमा न्युजिल्याण्डको फर्म हेर्दा इङल्याण्डलाई निश्चित रुपमा राम्रो चुनौती प्राप्त हुनेछ।
जारी प्रतियोगितामा दुबै देशको प्रदर्शन निम्नानुसार रहेको छ।
ईङ्गल्याण्ड
ईयन मोर्गन कप्तानीमा रहेको ईङ्गल्याण्डको जारी प्रतियोगितामा प्रदर्शन
विरुद्द वेष्ट ईन्डिज ६ विकेटले पराजित
विरुद्द दक्षिण अफ्रिका २ विकेटले विजयी
विरुद्द अफगानिस्तान १५ रनले विजयी
विरुद्द श्रिलंका १० रनले विजयी
प्लेयर टु वाच
१.जो रुट
जारी प्रतियोगितामा ईङ्गल्याण्डका युवा तथा प्रभावशाली खेलाडी रुटले ईङ्गल्याण्डलाई सेमिफाइनल सम्मको यात्रा गराउन महत्वपुर्ण योगदान गरेका छन्। जारी प्रतियोगितामा उनले ४२ को औषतमा १ सय ६८ रन बनाइसकेका छन्। भोली हुने खेलमा उनि ईङ्गल्याण्डको प्रमुख हतियार हुनेछन्।
२. मोईन अली
ईङ्गलयाण्डका अलराउन्डर खेलाडी हुन मोईन अली जारि प्रतियोगितामा ५६ रन बनाउदै ४ विकेट लिएका छन्। खेलको अन्त्य लिर आउने उनि आफ्नो आक्रमक खेल तथा ठुला सट खेल्न सक्ने खेलाडीको रुपमा परिचित छन्।साथै बुधबारको खेलहुने पिच स्पिन मैत्री हुनाले पनि उनि माथी टिमको भरोसा रहेको छ।
न्युजिल्याण्ड
मार्टिन गुप्टिलको प्रेरणादायी नेतृत्वमा रहेको किवि टोली जारी प्रतियोगितामा सबैको अपेक्षा विपरित प्रदर्शन गर्दै सेमिफाइनलमा पुग्ने पहिलो टोलि भएको थियो। नियमित कप्तान तथा प्रमुख खेलाडी ब्रेडन म्याकलमको संन्यास पछि उनको अभाव रहने साथै भारतिय पिचमा न्युजिल्याण्डका खेलाडी अपेक्षाकृत खेल्न नसक्ने धेरैले सोचेका थिए ।तर पहिलो खेलमा आयोजक भारतलाई हराउदै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको न्युजिल्याण्ड जारी प्रतियोगितामा एक मात्र अपराजित देश हो। जारी प्रतियोगितामा न्युजिल्याण्डको प्रदर्शन
विरुद्द भारत२७ रनले विजयी
विरुद्द अष्ट्रेलिया ८ रनले विजयी
विरुद्द पाकिस्तान २२ रनले विजयी
विरुद्द बङ्गलादेश ७५ रनले विजयी
प्लेयर टु वाच
मार्टिन गुप्टिल
मार्टिन गुप्टिलको प्रेरणादायी नेतृत्व गर्दै जारी प्रतियोगितामा टिमलाई अपराजित राख्दै सेमिफइनलमा पुर्याएका छन। उनले ३ खेलमा आक्रमक ब्याटिङ्ग गर्दै १ सय २५ रन बनाएका छण्। बुधबारको खेलमा उनि माथी म्याकलमको अभाव हुन नदिन दबाव रहेको छ।
मिचेल सन्ठर
(लेफ्ट आर्म) स्लो अर्थोडक्स बलर मिचेल सन्ठर जारी प्रतियोगितामा ९ विकेट हात पारेका छन्। बुधबार हुने पिच स्पिन मैत्री हुने र उक्त खेलममा सन्ठरबाट उच्च कोटिको प्रदर्शनको आशा टिम तथा सम्पुर्ण समर्थकले गरेका छन्।
18.12¡ÆC