मनिषाकोे विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

काठमाडौं, जेठ १४ । नेपाली फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगरको बहिनी मनिषाको शव पोष्टमार्टम गरेर पशुपतिको आर्यघाटमा आजै अन्त्यष्टि गरिएको छ । मनिषलाई  विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि गर्नुअघि पशुपति आर्यघाटमा पनि विमलले आफूलाई सम्हाल्न सकेनन् । आमालाई सम्हाल्न पनि उनलाई निकै गाह्रो भएको थियो । मनिषको अन्त्येष्टि केहि फुटबलर र आफन्तहरु सान्त्वना दिन उपस्थित भएका थिए ।  मनिषाको आत्महत्या वा हत्या भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमार्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पतालमा ल्याइएको थियो ।

भूकम्पपीडितलाई घर बनाउने अनुदान दिन प्राधिकरण र बैंकबीच समझदारी,यसरी हुनेछ अनुदान वितरण

काठमाडौं,जेठ १४ । भूकम्पपीडितलाई पुनर्निर्माण अनुदान रकम वितरण गर्नेबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले  नेपाल बैंकर्स एसोसियशन, डेभलपमेन्ट बैंकर्स एसोसियशन तथा फाइनान्सियल इन्स्टीच्यूसन एसोसियसनसँग समझदारी गरेको छ । सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शुक्रबार दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया, नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष उपेन्द्र पौडेल, डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष कृष्णराज लामिछाने र फाइनान्सियल इन्स्टीच्युसन एसोसिएशनका अध्यक्ष सरोजकाजी तुलाधरले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा अनुदान पाउन छनोट सूचीमा परेका घरधनीहरुलाई बैंक खातामार्फत रकम उपलब्ध गराउनेछन् ।  अनुदान उपलब्ध गराउँदा सदरमुकाममा रहेका बैंकले प्रत्येक शाखामा दैनिक न्यूनतम ५० वटा र सदरमुकाम बाहिर रहेका दैनिक न्यूनतम २० वटा घरधनीको कारोबार निःशुल्क गर्ने सम्झौतमा उल्लेख छ । त्यसबाहेक प्रति घरधनी २ सय २५ रुपैयाँका दरले बैंकलाई भुक्तानी पाउनेछन् ।

फेरी जिल्ला पस्दै गठबन्धन,काठमाडौंमा रिले अनशन, मधेसमा आमसभा

काठमाडौं,जेठ १४ । संघीय गठवन्धनले जेठ १७ गतेपछि काठमाडौंमा रिले अनशन बस्ने भएको छ । गत जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन थालेको गठबन्धनको पहिलो चरणको विभिन्न ठाउँको धर्ना तथा प्रदर्शनको कार्यक्रम सकेपछि १२ घण्टे धर्ना दिने निर्णय गरेको हो । साथै संघीय गठवन्धनले वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय पनि गरेको छ ।

गठबन्धनको शुक्रबार विहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।  सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत आन्दोलनरत दलहरुलाई भन्दै वार्ताका लागि आह्वान गरेको थियो । गठबन्धनकै नाममा पत्र नपाउँदा सम्म वार्तामा नबस्ने उसले निर्णय गरेको हो । संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रित आन्दोलन थालेको गठबन्धनकै नेताहरुले आफूहरुको मागबारे फरक फरक अभिब्यक्ति दिँदै आएका छन् । गठबन्धनको राजधानी केन्द्रित आन्दोलन शनिबार सकिने छ  ।

खनिरहेका १७ मजदूर मार्ने सेना सहित शेरबहादुर देउवा बिरुद्ध उजुरी

१४ जेठ, काठमाडौं ।
बिमानस्थल बनाउने काम गरिरहेका निर्दोश १७ मजदूरलाई विभत्स हत्या काण्डमा उनिहरुका परिवारले तत्कालिन प्रधानमन्त्री रहेका शेरबहादुर देउवा सहित सेना बिरुद्ध उजुरी दर्ता गराएको छ ।

दुर्गम जिल्ला कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा नियन्त्रणमा लिएर हत्या गरिएका चेपाङ मजदुरहरुका आफन्तजनहरुले धादिङको शान्ति समितिमा उजूरी दर्ता गराएका हुन् ।

संकटकाल लगाउने तत्कालीन सरकार र त्यसका प्रधानमन्त्री शेरबहादुर देउवा, सेनाका प्रमुख रहेका प्रधानसेनापती रुक्माङ्गत कटुवाल बिरुद्ध समेत उजुरी गरिएको छ ।

धादिंग जोगीमाराका मृतक चेपागं परिवारले दउवा र कटवाल सहित तत्कालीन कालिकोट प्रमूख जिल्ला अधिकारी र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीलाई समेत उजूरीमा कारवाहीको भागीदार बनाउन निवेदन दिएका छन् ।

२०५८ फागुन ११ गते सो बिमानस्थल निर्माण कार्य चलिरहँदा सेनाले गरेको अन्धाधुन्द गोली प्रहारमा ३५ जनाको मृत्यु भएको थियो जसमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका मजदुर थिए ।
मृत्यु भएका अन्य समेत निर्दोश थिए ।

द्वन्द्वकालमा अछाम सदरमुकाम मंगलसेन आक्रमणपछि भागेर आएका माओवादी लुकेको आशंकामा सेनाको उक्त कारवाही गरेको बताउँदै आएको छ ।

पिडितहरुले यसअघि सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते उजूरी दर्ता गराए सर्वोच्च अदालतले अझैसम्म मुद्दा किनारा नलगाई अल्झाइ राखेको पिडितहरुले गुनासो गरेका छन् ।

पिडकमाथि कारवाही हुने आशा मर्दै गएपनि पुनस् सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेका पिडितहरुले थोरै भएनि आरोपित पिडकहरुमाथि कारवाही हुने आशा रहेको बताएका छन् ।

मनिषाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

काठमाडौं,जेठ १४ ।  आफ्नै घरमा शंकास्पद मृत्युपछि पोस्टमार्टमको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याईएको  राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरको बहिनी मनिषको  आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।  पारिवारिक स्रोतका अनुसार पोस्टमार्टम सकिएपछि उनको आजै अन्तिम संस्कार गर्न लागिएको हो ।

यति बेला टिचिङ अस्पतालमा मनिषाकी आमासहित आफन्तहरु, विमलका खेलाडी साथी,  शुभचिन्तकहरुको भिड लागेको छ। बर्दघाट नगरपालिका९८ नवलपरासीस्थित घरमै मृत अवस्थामा फेला परेकी मनिषाको शवलाई गएराति काठमाडौं ल्याइएको हो।

एनआरएन अध्यक्ष शेष घले दम्पत्तीको एक बर्षमा साढे ४ अर्ब रुपैयाँ बढ्यो

१४ जेठ, काठमाडौं ।
शेष घले गैर आवासिय नेपाली संघ एनआरएनको अध्यक्षका रुपमा जति परिचित छन् त्यतीनै परिचित छन् उनको सम्पत्तिका कारण ।

अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा पर्दै आएका उनै शेष घले र पत्नी जमुना गुरुङको सम्पत्ती एकै बर्षमा ५ करोड ८० लाख डलर अर्थात् करिव ४ अर्ब ४६ करोड रुपैयाँ नेपाली रुपैयाँ बराबर थपिएको छ ।

धनीहरुको सूची प्रकाशित गर्दै आएको अष्ट्रेलियाको बीआरडब्लु म्यागेजिनले नै घले दम्पत्तीको सम्पत्ती विवरण सार्वजनिक गरहेको हो ।

सन् २०१६ को सूची शुक्रबार बिहान प्रकाशन गरे अनुसार घले दम्पत्ति कुल ५८ करोड ६० लाख डलर सम्पत्ति रहेको छ । जस अनुसार उनिहरु सूचीको १०५ औं स्थानमा रहेका छन् ।

सम्पत्ती बढेपनि गत बर्षको तुलनामा घले दम्पत्ती अष्ट्रेलियाको धनीहरुको सूचिमा पाँच स्थान तल झरहेका छन् ।
गत बर्ष सूचीको १०० औं स्थानमा परेका घले दम्पत्तिको सम्पत्ति ५२ करोड ८० लाख अष्ट्रेलियन डलर रहेको थियो ।

एमआइटी ग्रुप होल्डिङमार्फत् घले दम्पत्तिले शिक्षा र रियलस्टेट क्षेत्रमा अष्ट्रेलियामा लगानी गरेको छ ।

मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी९एमआइटी०मा बिभिन्न देशका करिव ३ हजार ५ सय बिदेशी बिद्यार्थी अध्ययनरत रहेका छन् ।

यस्तै एमआइटी होल्डिङमार्फत् उनीहरुले रियल स्टेटल तथा होटलमा लगानी गरिरहेका छन् । मेलवर्न र सिड्नीका केही महत्वपूर्ण भवनमा उनीहरुको स्वामित्व रहेको छ ।

स्मरणीय के छ भने शेष घले र उनको पत्नी कुनै धनी परिवारको नभई नेपाली सामान्य परिवारका थिए । सन् १९९० को दशकमा बिद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेका घले दम्पत्तिले आफ्नै मेहनत र परिश्रमबाट अहिलेको सफलता पाएका हुन् ।

सन् २०१३ यता बिश्वभर छरिएका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ 'एनआरएनए' को नेतृत्व गरिरहेका घलेले नेपाल काठमाडौंमा करिव १२ अर्ब रुपैयाँको लगानीमा शेराटन होटल खोल्दैछन् भने

घले दम्पत्तीले पछिल्लो समय युरोपीय देशहरुमा होटल तथा पर्यटन क्षेत्रमा लगानी बढाउँदै लगेका छन् ।

आमासँग अवैध सम्वन्ध बसेपछि छोरा-छोरी मारेर आगो लगाएको पुष्टि

१४ जेठ, बागलुङ ।

गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको देविस्थान–४ का भीमबहादुर भण्डारीले हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। घर्तीकी श्रीमती २३ वर्षीया कमला घर्तीसँग शारीरिक सम्बन्ध राख्दै आएका भण्डारीले घरमा कोही नभएका बेला हत्या गरी घरमा आगो लगाएको प्रहरीसामु बयान दिएका छन्।

श्रीमान् वैदेशिक रोजगारका लागि मलेसिया गएका बेला कमलाले नाताले देवर पर्ने भीमबहादुरसँग अनैतिक सम्बन्ध राख्दै आएकी थिइन्। भागेर जाने प्रस्ताव राख्दा बालबच्चा छोडेर जान नमानेपछि आफूले योजनाबद्ध रुपमा कमलाका छोराछोरीलाई हत्या गरेको भीमबहादुरले स्वीकार गरेका छन्।

‘अढाइ वर्षदेखि हाम्रो सम्बन्ध रहँदै आएको थियो, हामी भागेर जाने योजनामा थियौं’, भीमबहादुरले भने, ‘बालबच्चा छोडेर उनी मसँग जान नमानेपछि मैले घाँटी थिचेर हत्या गरेको हुँ।’ उनले हत्यापछि घरका सबै ढोका थुनेर गहुँको नल ल्याई घरगोठमा आगो लगाइदिएको बताएका छन्।

घटनापछि कमला र भीमबहादुर सँगै बस्दै आएका थिए। सुरुमा आगलागीका कारण बालबालिकाको मृत्यु भएको जनाइए पनि घटनाको अनुसन्धानपश्चात् योजनावद्ध रुपमा हत्या भएको पाइएको बागलुङका प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताए।

घटना हुनुअघि तीन दिनदेखि भीमबहादुर सोही घरमै बस्दै आएको र वैशाख १४ गते साँझ ६ बजे घरमा कोही नभएको अवसर छोपी हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको समयमा बालबालिकाका हजुरबुबा, आमा घरबाहिर रहेको र आमा कमला पनि घाँस काट्न गएकी थिइन्। प्रहरीसँगको बयानमा भीमबहादुरले कमलासँग छोराछोरीको हत्याबारे कुनै कुरा नगरेको बताएका छन्। घरमा आगलागीपछि भीमबहादुर स्वयम् आफैँ छिमेकीसँग गुहार माग्न पुगेका थिए।

गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रण गरेपछि दुई बालबालिकाको शव सोही घरको भग्नावशेषमा फेला परेको थियो। भीमबहादुरले हत्यापछि शव राखेकै ठाउँमा उनीहरुको शव फेला परेको प्रहरीको भनाइ छ। हत्या आरोपी भीमबहादुरले हत्या गरेर एक बच्चालाई खाटमुनि र अर्कोलाई खोपीमा राखेको जनाएका थिए। प्रहरीले महिनादिनसम्म अनुसन्धान गरेर घटनाको तथ्य पत्ता लगाएको हो।

‘घटनामा संलग्न व्यक्तिबारे बुझ्दै जाँदा घटना शङ्कास्पद लागेपछि प्रहरीले अनुसन्धान थालेको हो’, प्रहरी उपरीक्षक सिंहले भने, ‘आरोपित कमलाका श्रीमान् सन्तबहादुरले पनि अनुसन्धानमा सघाएका छन्, उनकै उजुरीकै आधारमा प्रहरीले घटनामा संलग्न दुवैलाई मङ्गलबार राति नियन्त्रणमा लिएको छ।’ रासस

सुनसरीमा एक साथ ७ वटा घोषणा कार्यक्रम हुँदै

१४ जेठ, सुनसरी ।
सुनसरी सदरमुकाम इनरुवालाई शुक्रवार एक साथ ७ वटा घोषणा कार्यक्रम गरिदै छ । जिल्लाको सदरमुकाम भएर पनि विकासमा पछाडि परेकाले यो घोषणा कार्यक्रमले सकारात्मक र सार्थक सन्देश दिने अपेक्षा गरिएको छ ।

नगरपालिकाले स्थानीय नगरवासी, सरकारी तथा गैर सरकारी संस्थाहरु, नागरिक समाज र शिक्षक, वुद्धिजिविहरुको संयुक्त पहल र प्रयासमा  एक साथ ७ वटा घोषणा कार्यक्रम गर्न लागेको जनाएको छ ।

नगरपालिकालाई बाल विवाह मुक्त, छुवाछुत मुक्त, खुल्ला दिसामुक्त, बाल श्रम मुक्त, पूर्ण साक्षर, पूर्ण खोप युक्त, पूर्ण जन्मदर्ता युक्त लगायतका विभिन्न ७ वटा घोषणा कार्यक्रम गरिदै छ । घोषणा कार्यक्रमको बारेमा स्थानीयहरुको मिश्रित प्रतिक्रिया रहेको पाइएको छ । नगरपालिकाले घोषणाको बारेमा सवै तयारी भएकाले कार्यान्वय पनि सोही अनुसार गर्ने जनाएको छ ।

कार्यकारी अधिकत रामचरित्र मेहताले कतिपय ठाउँमा पूर्वाधार विना घोषणा गरिएको र कति स्थानमा पूर्वाधार पुरा गरेर घोषणा गरेपनि जनचासोको अभावले नारामा सिमित बनेको अवस्था रहेकाले अरु क्षेत्रको समस्या र चुनौतीको अध्ययन गरि इनरुवा नगरपालिकाको घोषणा कार्यक्रमलाई साच्चैको कार्यान्वयन गर्न तर्फ लाग्ने बताउनुभयो ।

भन्सार छलेर मलखाद्य भित्रिन थाल्यो

पप्पु गुरुगं-१४ जेठ, कञ्चनपुर ।
कञ्चनपुर जिल्लामा भारतीय मलखाद्य भन्सार छलेर भित्रिन थालेको छ । दोधारा चांदनी नगरपालीका हुदै महाकाली नदिमा रहेको झोलुंगे पुलवाट तस्करहरुले रातीको समयमा मलखाद्य भित्राउने गरेका छन ।

पुलको दुवै पट्टी प्रहरी पोष्ट रहेपनि उनीहरुको अगाडीवाट तस्करहरुले मोटरसाईकलमा दुई तिन वोरा गरेर पुलवारी भिमदत्तनगरपालीका १३ पिपरैयामा जम्मा गर्ने गरेको स्थानीयले वताएका छन ।

किसानहरुलाई एक वोरा समेत ल्याउन नदिने नेपाल प्रहरीले तस्करहरुलाई सांझ परेपछि सयै वोरा त्याउदा पनि कुनै कार्वाही नगर्नाले मिलेमतो रहेको पृष्ट हुने स्थानीय किसानहरुको आरोप छ ।

दिउसोको समयमा मोटरसाईकलमा मान्छे वोक्ने र राती भारतीय मलखाद्य नेपाल भित्राउने एउटा समुह नै सक्रिय रहेको भएपनि प्रहरीले कुनै कार्वाही नगरेको स्थानीय वताउछन । त्यसी भारतवाट ल्याएको मलखद्य स्थानीय किसानहरुले चर्को मुल्यमा किन्न वाध्य भएका छन ।

कृषि विकास कार्यालयले भारतवाट अवैद्य रुपमा भित्रीने मलखाद्यको गुणस्तर राम्रो नभएकोले प्रयोग नगर्न किसानहरुलाई पटक पटक आग्रह गरेपनि नेपाल सरकारको अनुदानको मलखाद्य समय र पर्याप्त नपाउने भएपछि किसानहरु त्स्करले ल्याएको भारतीय खाद्य प्रयोग गर्न वाध्य छन ।

झापामा मोटरसाईकलको ठक्करबाट युवतीको मृत्यु

१४ जेठ, झापा ।
झापाको शनि–अर्जुन नगरपालिकामा गएराती मोटरसाइकलको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

शनिश्चरे–बुधबारेको भित्री सडक खण्डमा साइकलमा सवार शनि–अर्जुन नगरपालिका–५ की २० वर्षीया उषा रिजाललाई बा ७३ प ६३० मोटरसाइकलले ठक्कर दिदाँ उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उषाको उपचारको क्रममा राती ८ बजे बिर्तामोड स्थित बि एण्ड सी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल फरार भएकाले आज बिहान मोटरसाइकल र चालक शनि–अर्जुन नगरपालिका–५ कै १७ वर्षीय रुसाहांङ लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

TWO NABBED IN SUSPICION OF MANISHA’S MURDER

Police have arrested two youths on the suspicion of their involvement in the killing of Manisha Gharti of 17. She is the sister of famous football player Bimal Gharti Magar. Gharti was found murdered last night.

Police have withheld detailed information so that it will not affect further investigation into the case. She was found murdered at her own home at Bardaghat-8, Panchanagar in Nawalparasi district this morning.

After inspecting the crime scene, Superintendant of Police (SP) Rajendra Chaudhary said there were blood stains in the divan where she was left behind after murder.

SIX KILLED, SIX INJURED IN RAMECHHAP ROAD ACCIDENT

Six persons have died and as many were hurt when a vehicle met with an accident today noon at Okhreni in Ramechhap Municapality-1 in Ramechhap district.

The ill-fated Tata Sumo was heading towards Himganga VDC from old district headquarters Ramechhap Danda fell some 300 metres from the road, Makhhan Yadav, Police Inspector at the District Police Office, Ramechhap informed from the accident site.

The identity of the deceased ones has not been ascertained yet, shared Police Inspector Yadav.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web