१४ जेठ, काठमाडौं ।
आन्दोलनका नाममा बन्द हडताल, तोडफोड गर्दै भारतीय नेताका दैलो चहारीरहेका मधेशी मोर्चाका नेताहरु वार्तामा बस्न राजी भएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित भुरे टाकुरे २९ दल आबद्ध संघीय गठबन्धन सरकारसँग बार्तामा बस्न तयार भएको हो ।

गठबन्धनको आज बसेको बैठकले सरकारले गठबन्धनको नाममा औपचारिक रुपमा बार्तामा बस्न आब्हान गरेर पत्र पठाएमा वार्तामा बस्ने निर्णय गरेको हो ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले जेठ १६ गते विरगंजमा र १७ गते पोखरामा आमसभा गर्ने निर्णय गरेको तराई मधेश सदभावना पार्टीका संगठन सचिव पेशल ढकालले जानकारी दिनु भयो ।

१४ जेठ, पोखरा ।
बाग्लुड लेखानी घर भै हाल पोखरा ९१४ चाउथे वस्ने ३१ बर्षीय बिमल पुनले फलामे रड प्रहार गरी आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन ।

उनले आज दिउसो ४ वजे २६ बर्षीय श्रीमती नरमाया पुन र ६ बर्षीया छोरी पुर्णीमा पुनकोहत्या गरेको कास्की प्रहरीले जनाएको छ ।
पुनलाई प्रहरीले पक्राऊ गरेको छ ।

१४ जेठ, डोटी ।
डोटी जिल्लाको जिजोडामाण्डौं गाविस अन्तरगत कच्चि सडकमा गत चैत्र १० गते राती जिप दुर्घटनामा परि ज्यान गुमाउने ९ जना यात्रुहरुको ४५ औं पुण्य तिथिका अबसरमा आयोजना गरिउको शोक सभामा बोल्ने अधिकांस बक्ताहरुले अविभावक गुमाउनु परेको पिडा ब्यक्त गरेका छन् ।

गणेश मावि जैनोली डोटीले आयोजना गरेको शोक सभामा बिद्यालय ब्यवस्थान समीतिका अध्यक्ष यज्ञराज पन्त सभावती रहनु भएको थियो भने प्रमुख अथिती सिताराम क्याम्पस उच्चाकोटका क्याम्पस प्रमुख चेतराज भट्ट रहनु भएको थियो ।

कार्यक्रममा त्यसक्षेत्रका बुद्घिजिवी, स्थानीय बासि, ब्यापारी, राजनितिक दलका स्थानीय प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
शोकसभामा बोल्दै सिताराम क्याम्पस व्यवस्थापन समीतिका अध्यक्ष हरीप्रसाद पन्तले संस्कृत सहित दुई विषयमा विद्यावारिधि गर्नुभएका प्रा. डा. पन्तका अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, भुवनेश्वरी लगायतका कृतिहरुको स्मरण गर्दै देशले उहाँजस्ता साहित्यकार गुमायर ठुलो क्षेती ब्यहोरेको कुरा बताए ।

त्यस्तै गणेश मावि जैनोलीका प्रधानाध्यापक गीरीराज अवस्थिले साहित्य, शिक्षा र पशु क्षेत्रका हस्ति गुमाउनु पर्दाको पिडालाई आलङ्कन गर्दै सम्पर्ण सुदूरपश्चिम र देश नै अविभावक गुमाउनु परेकोमा दुःख व्यक्त गर्नु भयो ।
प्रमुख अथितीको आसनबाट बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा सिताराम क्याम्पसका क्याम्पस प्रमुख चेतराज भट्टले शिक्षा क्षेत्रमा स्व. ब्यक्तिहरुले पु¥याएको योगदानको चर्चा गर्दै उहाँको योगदान लक्ष बाटोलाई कसैले भुल्न नहुने र उहाँहरुको अनुसरण गर्दै जानु पर्ने बताउनु भयो ।

शोक सभालाई सम्बोधन गर्दै बिद्यालय व्यवस्थापन समीतिका अध्यक्ष यज्ञराज पन्तले सुदूरपश्चिमकै शान राखेका ब्यक्तित्व पद्मकन्या क्याम्पस काठमाण्डौंका तिन प्राध्यापक सहित नौ जना गुमाउदा यस क्षेत्र लगायत सम्पुर्ण नेपालले नै अविभावक गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै मृतआत्माको चिर शान्तिको कामना गरेका थिए ।
बिहान जिप दुर्घटना भएको ठाउँमा जलपान कार्यक्रम गरेपछि सुरु भएको शोकसभामा बोल्ने अधिकांस ब्यक्तिहरुले स्व. डा. जयराज पन्त लगायत अन्य ब्यक्तिहरुको चर्चा गर्दै दुःख ब्यक्त गरेका थिए ।

जिप दुर्घटनामा परि पद्मकन्या क्याम्पस काठमाण्डौंका प्राध्यापक साहित्यकार एवम् डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षिय डा। जयराज पन्त, उहाँकी धर्मपत्नी ५५ वर्षिया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्त, डा. पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैर सरकारी संस्थामा कार्यरत डा। गणेशराज र उहाँका भाइ केशवराज पन्त लागायत अन्य ४ जनाले ज्यान गुमायका थिए । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत हुनुहुथ्यो ।

आन्फो जन्मथलो डोटीको जिजोडामाण्डौं गाविस – ८ जैनोली गाउँमा २०७३ वैशाख ३ गतेदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजनानुसार वाङ्डुग्रीसैनबाट जिजोडामाण्डौं तर्फ जाँदै गरेको अवस्थामा उहाँहरु सवार ना १ ज ३२९४ नं। को जिप २०६२ चैत्र महिनाको १० गते राती ९ बजे दुर्घटना भएको थियो ।

१४ जेठ, धादिङ ।
नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले दलहरुले इतिहासको ब्याज खाएर बस्दा देश विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेको बताउनुभएको छ ।

शुक्रबार धादिङको सदरमुकाम धादिङबेसीमा नयाँ शक्ति अन्तरिम जिल्ला परिषदले आयोजना गरेको बृहत अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो, 'दलहरु इतिहासको ब्याज खाएर मात्र बस्नुहुँदैन, सावाँ बढाउन लाग्नुपर्छ ।' नेपालमा दलहरु नयाँ काम नगरेर इतिहासको ब्याज मात्र खाएर बस्दा समृद्धिको यात्रा अगाडि नबढेको उहाँको तर्क थियो ।

'नेपाली कांग्रेस ००७ सालको ब्याज खाइरहेछ, एमाले ९ महिने सरकारको र माओवादी गणतन्त्रको,' उहाँले भन्नुभयो, 'नयाँ शक्ति इतिहासको ब्याज खाने होइन, विकास र समृद्धिको नेतृत्व गर्दै सावाँ बढाउनतिर लाग्दैछ ।'

उहाँले मनुस्मृतिले मानिसलाई जातको आधारमा बाँढेर जातवाद स्थापित गरेजस्तै पार्टीलाई पनि ब्राण्डको रुपमा स्थापित गरिँदा समाज अगाडि नबढ्ने बताउनुभयो । 'भौगोलिक एकीकरण र राजनीतिक एकीकरणको चरण सकियो, यसको लागि संयोग नै भन्नुपर्छ ८०-८० वर्ष लाग्यो,' उहाँले भन्नुभयो, 'अब भौतिक सभ्यता निर्माणको वा समृद्धिको चरणमा समाज अगाडि बढाउन आवश्यक छ ।' उहाँले पार्टीलाई विचारको रुपमा बुझ्न र परिवर्तन र युगको आवश्यकतालाई आत्मसाथ गर्न आव्हान गर्नुभयो ।

संयोजक भट्टराईले नयाँ शक्ति राजनीतिक नेतृत्वमा आएर १० वर्षमा वैदेशिक रोजगारीमा रहेका नेपाली युवा युवतीलाई स्वदेशमै रोजगारको अवसर सिर्जना गर्दै देश फर्काउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका भट्टराईले भावनाले मात्रै आर्थिक विकास नहुने भन्दै ओलीले बाँढेको सपना भावना मात्रै भएको बताउनुभयो । 'सपना देख्नु राम्रो कुरा हो तर त्यसको आधार चाहिन्छ,' उहाँले भन्नुभयो, 'भावना बाँढेर देश विकास हुँदैन, नेतासँग प्राथमिकतासहित ठोस कार्यक्रम चाहिन्छ ।'

कार्यक्रममा नयाँ शक्ति नेपालका सल्लाहकार डा।योगी विकासानन्दले नयाँ शक्तिमा समाजका सबै प्रतिभाहरुको जमघट भएकाले यसलाई सिस्टममा ढालेर अगाडि बढ्न सके मुलुकमा अद्भूत परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नयाँ शक्तिका सचिवालय सदस्यहरु कल्पना धमला, करिष्मा मानन्धर, कल्पना धमला, ऋषवदेव भट्टराईलगायतले सम्बोधन गर्नुभएको थियो ।

An agreement has been reached between the National Reconstruction Authority (NRA) and three bankers' associations regarding the distribution of the grant amount the government is providing for construction of private houses damaged by earthquake.

The bankers associations that reached an agreement with the NRS include Nepal Bankers Association, the Development Bankers Association and the Financial Institutions Association, which represent the A, B and C class banks and financial institutions respectively.

As per the 21-point agreement, the NRA will send the name list of the beneficiaries endorsed by the Authority's executive committee to the designated banks and financial institutions by electronic means while the banks and financial institutions shall open collective bank accounts in the name of the beneficiaries.

NRA spokesman Ram Prasad Thapaliya said arrangement has been made for providing free transaction service on the transactions carried out through the minimum 50 accounts in the beneficiaries' names by the bank branches located at the district headquarters and minimum 20 accounts in the beneficiaries' names by the bank branches located in places outside the district headquarters in a day.

He added that as per the agreement a provision has been made by which the concerned bank would be paid an allowance of Rs 225 per beneficiary while distributing the first installment grant amount to the beneficiaries exceeding the number of minimum transactions mentioned above.

Education Minister Giriraj Mani Pokharel has stressed the need for freeing community schools of politics, reasoning that political interference in community schools would mar the image of school.

At a program in Bhaktapur today, he pointed out the need for improving tainted image of school by barring politics to happen in school premises.

The minister also informed that the ministry has made preparations for the formation of Open University and medical education commission. And the education bill will also be passed soon by parliament, he added.

Minister for Home Affairs, Shakti Bahadur Basnet, has said the government is preparing to introduce an internal security policy.

At a seminar entitled 'Effective Implementation of National Security Policy' organized by Former Police Council Nepal (FoPCON), Minister Basnet stressed on need for not only drafting the security policy but its effective implementation

Minister for Information and Communications Sherdhan Rai has stressed on the unity among the political parties and people to institutionalize the republicanism as such unity was seen during the establishment of republic.

Speaking in an 'awareness-raising song conference' jointly organized by the Ministry of Home Affairs and the Radio Nepal on the occasion of the Republic Day 2073 BS in the capital today, Minister said institutionalizing the republican system is a common duty of all.

He opined for leading the country on the way to prosperity as the constitution has ensured the rights of all people. In another context, Minister Rai said such cognizance songs help to change the society for the betterment of the people.

Similarly, Radio Nepal officiating director Dhanendra Bimal Kshetri said that our country is enriched in arts and cultures adding such cognizance songs help people to understand the contemporary issues and aware the people.

Radio Nepal annually organizes such song conference adding that this programme is the continuation of the same, said chief at the program division of the Radio Nepal Dr Navraj Lamsal.

Deputy Prime Minister and Minister for Foreign Affairs Mr Kamal Thapa expressed his remarks on political development in Nepal, Nepal’s foreign policy and Nepal-Israel relations at a talk programme organized by the Israel Council on Foreign Relations in Jerusalem yesterday, the Ministry of Foreign Affairs stated in a press release today.

Speaking on the occasion, the Deputy Prime Minister and Minister for Foreign Affairs said that Nepal and Israel enjoy a long history of cordial relationship with each other which has been growing further ever since the establishment of diplomatic relations on 1 June 1960, a time when Nepal had just put her feet on the path of expanding diplomatic ties with members of the global community.

The Deputy Prime Minister and Minister of Foreign Affairs of Nepal also appreciated the valuable cooperation extended by Israel to Nepal over the years especially in the areas of agriculture, education, training and research.

In the afternoon, addressing the economic round table organized by the Federation of Israeli Chambers of Commerce, Mr. Thapa said that there is an overwhelming consensus in Nepal that economic agenda should now be on top and foreign investment is vital

Deputy Prime Minister and Minister for Foreign Affairs Thapa, Foreign Secretary Mr. Shanker Das Bairagi and other members of the Nepalese delegation left Israel for Turkey yesterday afternoon to participate in the High-Level Midterm Review of the Istanbul Program of Action to be held in Antalya, Turkey between 27 and 29 May 2016.

A meeting of ruling and the main opposition parties has been called by speaker Onsari Gharti on issue of finalizing the parliament regulations.

However, both sides remained rigid in their stance over the numbers as the ruling CPN (UML) and CPN-Maoist (Centre) are strongly advocating for a 15-member public hearing special committee while the opposition Nepali Congress is pushing for 75 members.

The Maoist (Centre) chair Pushpa Kamal Dahal following the meeting shared that they agreed to reach to the agreement after tomorrow's budget.

NC leader Bimalendra Nidhi informed that the parties agreed on NC's proposal of finalizing the regulation through consensus rather voting process.

Similarly, UML chief whip Bhanubhakta Dhakal said that they agreed to finalize the parliament work regulation consensus after the budget presentation.

The Nepali Congress has condemned the abduction of Kedia organization's executive director Suresh Kumar Kedia by an unidentified gang last evening.

The assailants had also thrashed Kedia's driver.
NC central office chief secretary Krishna Prasad Poudel today issued a press statement condemning the incident.

The party has urged the government to maintain peace and security of the people and take action against the culprits not to let repeat such incidents in future.

काठमाडौं, जेठ १४ । नेपाली फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगरको बहिनी मनिषाको शव पोष्टमार्टम गरेर पशुपतिको आर्यघाटमा आजै अन्त्यष्टि गरिएको छ । मनिषलाई विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि गर्नुअघि पशुपति आर्यघाटमा पनि विमलले आफूलाई सम्हाल्न सकेनन् । आमालाई सम्हाल्न पनि उनलाई निकै गाह्रो भएको थियो । मनिषको अन्त्येष्टि केहि फुटबलर र आफन्तहरु सान्त्वना दिन उपस्थित भएका थिए । मनिषाको आत्महत्या वा हत्या भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमार्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पतालमा ल्याइएको थियो ।