पैसासँगै चोरले श्रीमती भगाएपछि …

काठमाडौं,जेठ १५ । गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे । यसपटक उनले छोरासहित श्रीमती वेपत्ता भएको सुनाए । चोरीको घटनाले तनावमा रहेका उनी श्रीमती छोरासहित हराएपछि थप तनावमा थिए ।प्रहरीले अनुसन्धान गर्दै गएपनि केही फेला परेन । तर जेठ २ मा मन्त्री ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे । पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी गौशालमा जुस किनिरहेकी थिईन ।

हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियो, मम्मी खोइ ? छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएकी बताइन् । छोरीलाई अघि लगाएर उनी घरभित्र पसे । श्रीमती त्यहीँ थिईन । उनी झन चकित भए । जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए । उनले प्रहरीलाई खवर गरे र श्रीमती सहित चोरहरुलाई पक्राए । दैलेखका २२ वर्षीइ हिम्मत भन्ने राजकुमार केसीले कार्यालयमा चारी गरी श्रीमती पनि भगाएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

केपी ओली-माधव नेपालबीच टेलिफोनमा समेत भनाभन

काठमाडौं,जेठ १५ ।   ‘राजनीतिमा स्थयी शत्रु र मित्र हुँदैन । ‘ यो उक्ति ओली नेपालको लामो सम्बन्धमा शतप्रतिशत लागू भएको छ । २०५४ सालपछि उतार चढावपूर्ण सम्बन्धमा जेलिएका यी दुई नेता नजौं महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा होमिए । ५५ मतान्तरमा ओलीले अध्यक्षमा बाजी मारे । ओलीको नेर्तत्वपछि यी दुईबीच धेरैपटक सार्वजनिक रुपमा मात्रै हाइन, वैठक र टेलिफोनमा समेत भनाभन भएको आजको नयाँ पत्रिका दैनिकमा ओली नेपाल सम्बन्धमा जनाइएको छ ।

दुवैले सयौंपटक कटु आलोचना पनि गरेका छन् । संसदीय समितिका सभापति चयन, सुकुम्वासी आयोगको अध्यक्ष चयन, २६ सभासद्को मनोनयन, मन्त्री नियुक्ति देखि पार्टी सञ्चालनका विषयमा दुईबीच चर्को मतभेद छ ।

तर, ओलीले नवौं महाधिवेशनपछि नेपाललाई वरीयतामा सम्मन दिनेदेखि पोलिटव्यूरो गठन कार्यविभाजनलगायतका आन्तरिक विषयमा मात्रै हौइन संविधान निर्माणदेखि सरकार गठनसम्मका राष्ट्रिय मुद्दामा मिलेर सकारात्मक सन्देश पनि प्रवाह गरेका छन् । अफ्टेरो पर्दा बेलाबखतमा दुवै नेता निवासमै पुग्छन् । यति मात्र होइन, सँगै बसेर वर्थ डे समेत मनाउँछन् । दुई नेताको सम्बन्ध घाम-पानीजस्तो छ ।

पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः ‘संविधान बनेर राष्ट्र हार्नु हुदैँन’

काठमाडौं,जेठ १५ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई संविधानको भन्दा पनि राष्ट्रको विकट अवस्थाको चिन्ता रहको जनाएका छन् । पूर्व राजाले देश जर्जर अवस्थामा पुगेको र जनता धर्मराएको  आफ्ना विभिन्न जिल्ला भ्रमणको क्रममा जनस्तरमा सुनेको र अनुभव गरेको जनाएका छन् ।प्रजातन्त्रको आडमा सबै बर्ग, समुदाय र सिंगो राष्ट्रलाई समेटेर अघि बढ्नुपर्छ । तर यी सबै राष्ट्रिय आदर्श आज किन भताभुंग हुँदैछन् ?’ उनी भन्छन्’राष्ट्र बचाउन, राष्ट्रियताको सम्बर्धन गर्न र सबै दुःखदर्द हटाउन दूरदर्शी दृष्टि चाहिन्छ । सही, स्वस्च्छ र समन्वयकारी नेतृत्व चाहिन्छ । सबैको सर्वमान्य दरो मियो चाहिन्छ । ‘

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक युवाज घिमिरेसँग दमकमा कुराकानी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्रपछि राजनीतिक दलहरुले जनताको समस्या समाधान गर्न नसकेकोले जनतामा वितृष्णा पैदा भएको भन्दै घुमाउरो पारामा राजतन्त्र जनताको मियो बन्ने बताए । उनले आफूले जनहितका लागि भन्दै राज्यसत्ता छाडेपनि बितेका १०/११ वर्षमा आएका सरकारले राष्ट्रको गहनतम जिम्मेवारी बहन गर्न नसकेको जनाएका छन् ।

गुजरातलाई पराजित गर्दै हैदराबाद आइपिएलको फाइनलमा

काठमाडौं,जेठ १५ ।  सनराजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ ।  डेभिड वार्नर चम्किएपछि दोस्रो प्ले अफमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै हैदराबाद उपाधि नजिक पुगेको हो । हैदराबादले आइतबार हुने फाइनलमा रोयल च्यालेन्सर्ज बैंगलोरको सामना गर्ने छ । लिग चरणमा शीर्षस्थानमा रहेको गुजरात भने प्रतियोगिताबाट बाहिरिएको छ।

टस हारेर सुरुमा ब्याटिङ्ग गरेको गुजरातले  निर्धारित २० ओभरमा ७ विकेट गुमाएर  एक सय ६२ रन बनायो । गुजरातका आरोन फिन्चले ३२ बलमा ७ चौंका र २ छक्काको मद्दतले ५० रनको अर्धसतकिय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् भने ब्रेन्डम म्याकुलम ३२ तथा दिनेश कार्तितले  २६ रन बनाउनु बाहेक अरु ब्याटमेनले दोहोर अंक बनाउन सकेनन् । हैदराबादका जेम्स कटिङ्ग र भुवनेश्वर कुमारले २-२ विकेट लिए भने ट्रेन ए बुल्ट र बीपुल शर्मा  १-१ विकेट हात पारे ।

कप्तान एवंम ओपन वार्नरले अविजित ९३ रन बनाएपछि १ सय ६३ रनको लक्ष्य हैदराबादले ४ बल अघिनै जित हासिल गरेको थियो । अविजित २७ रन बनाउँदै विपुल शर्माले वार्नरलाई साथ दिएका थिए । वार्नर र शर्माले सातौं विकेटका लागि ४६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यी दुई बाहेक मोसिस हेन्रिक्वेजले ११ र नमन ओझाले १० रन बनाएका थिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५८ बल खेल्दै म्यान अफ दी म्याच वार्नरले ११ चौका र ३ छक्का प्रहार गरेका थिए । शर्माले ११ बल खेले र ३ चौका प्रहार गरे । अर्का ओपनर शिखर धवन शून्य रनमा आउट भए भने युवराज सिंहले ८ रनमात्र जोडे । दीपक होड्डाले ४, बेन कटिङले ८ रन बनाए ।  गुजरातका शिवि कौशिक र ड्वान ब्राभोले समान २ तथा ड्वान स्मिथले १ विकेट लिए ।

च्याम्पियन्स लिग उपाधिको लागि रियल मड्रिड र एथ्लेटिको भिड्दै

१४ जेठ, काठमाडौं ।
च्याम्पियन्स लिगको उपाधि आफैंमा महत्वपूर्ण छ । तर, रियल मड्रिडका खेलाडीहरुका लागि यसको महत्व थपिएको छ ।

च्याम्पियन्स लिग फुटबलको उपाधि लागि शनिबार राति मिलानमा रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दैछन् । र, रियल वा एथ्लेटिको जसले जितेपछि युरोपको उत्कृष्ट टिम बन्नेछ ।

तर, च्याम्पियन्स लिग जितेमा रियल मड्रिडका प्रत्येक खेलाडीले जनही ६ लाख युरो बोनस पाउनेछन् ।

च्याम्पियन्स लिग जितेपछि क्लबले यूइएफए सुपर कप र फिफा क्लब वल्र्ड क्लब खेल्ने मौका
पाउनेछ । यसबाट क्लबले झण्डै १२० मिलियन पुरो पाउनेछ ।

यदि रियल मड्रिडले ११ औं उपाधि जितेमा सहभागी खेलाडीहरुले जनही ६ लाख युरो पाउनेछन् । पहिलो टिमका सबै खेलाडीले यो रकम पाउनेछन्, उनीहरुले जति सुकै खेल खेलेको भएपनि ।

क्लबका अध्यक्ष र प्रमुख खेलाडीहरु रोनाल्डो, सर्जिओ रामोस, मार्सेलो र पेपेबीच बोनसबारे समझदारी भएको मार्काले जनाएको छ ।

सार्वजनिक संस्थान २० वटा नाफामा १४ घाटामा

१४ जेठ, काठमाडौं ।

आर्थिक वर्ष २०७१/७२ मा सार्वजनिक संस्थानको अवस्थामा सुधार आएको छ ।

सरकारले सार्वजनिक गरेको संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७३ अनुसार ३७ सार्वजनिक संस्थानमध्ये २० वटा नाफामा र १४ वटा नोक्सानीमा रहेका छन ।

शुक्रबार रेडियो नेपालसंग कुराकानी गर्दै अर्थमन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख एवं सहसचिव कृष्णप्रसाद देवकोटाले संस्थानहरुमा बन्द हड्ताल नहुदा प्रगति राम्रो देखिएको बताउनुभयो ।

सहसचिव देवकोटाले सार्वजनिक संस्थानको सुधारका लागि त्यहाँ कार्यरत कर्मचारी आफ्नो जिम्मेवारी प्रति प्रतिवद्ध हुनु पर्ने र नेतृत्व व्यवसायिक हुनु पर्ने उल्लेख गर्नुभयो ।

समिक्षा प्रतिवेदनका अनुसार संस्थान व्यवस्थापनमा मौजुदा स्रोत साधनको उच्चतम उपयोग हुन नसक्नु, कानुनी र नीतिगत एकरुपता एवम् प्रस्टता हुन नसक्नु, कर्मचारीको कार्यसम्पादनका आधारमा पुरस्कृत र दण्डित गर्न नसक्नु, पुरातन प्रविधिको प्रयोग कामय रहनु लगायतका चुनौती देखिएका
छन ।

नेपाल चिन नाका ‘मिसन कोरला–२०१६’ सम्पन्न

१४ जेठ, काठमाडौं ।
मुस्ताङको उपल्लो भेगको पर्यटन प्रवद्र्धन र नेपाल–चीनबीचको कोरला नाकाको सम्भाव्यता अध्ययन गर्ने उध्यश्यले पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्द्वारा आयोजित कोरला–२०१६ सम्पन्न भएको छ ।

पोखरामा क्रियाशील पर्यटन सम्बद्र्धन विभिन्न संस्थाका प्रतिनिधि सम्मिलित टोलीले उपल्लो मुस्ताङको लोमन्थाङलगायतका स्थानको स्थलगत अवलोकनका साथै कोरला नाका पुगेर त्यसलाई सञ्चालन गर्ने सम्भाव्यताबारे अध्ययन गरेको थियो ।

रोड प्रमिट नदिदा गाडी चलाउन समस्या

१४ जेडठ, मुगु ।
मुगु जिल्लामा गाडी पुगेको ५ बर्ष बितिसक्दा पनि सडक बिभागले रोड परमिट नदिदा गाडी आवत जावतमा  समस्या भएको छ ।

ब्यबसायी हरुले रोड परमिट बिना गाडी चलाउदा कुनै दुर्घटना भएको खण्डमा क्षतिपुति नपाईने भएकाले गाडी चलाउन मानेका छैनन् ।

कालीकोटको नाक्म देखि मुगुको गमगढी सम्म ९४ किलोमिटर बाटो मध्ये जुम्ला र घुच्ची लेकको सिमानामा पर्ने सात मोड अत्यन्तै जोखिम् भएकाले त्सलाई मर्मत नगरी रोड प्रमिट दिन नसकिने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

हाल त्यस स्थानमा सडक बिस्तार गर्ने काम भईरहेकाले काम सकिना साथ आगामी १ महिना भित्रमा रोड प्रमिट दिन सकिने भण्डारकिो थप भनाई थियो ।

अख्तियारकै काममा घुस लिने गाविस सचिवविरुद्ध मुद्दा

१४ जेठ, काभ्रेपलाञ्चोक ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धविच्छेद भएको प्रमाणपत्र बनाउन भनी दिएको निवेदनमाथि कारबाही गर्दा घुस लिएको अभियोगमा काभ्रेपलाञ्चोक खहरे पाँगु गाविसका सचिव लेखनाथ पौडेलविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार गाविस सचिव पौडेललाई सम्बन्धविच्छेद घटना दर्ता गरी प्रमाणपत्र तयार पार्ने क्रममा सेवाग्राहीसँग चार हजार घुस लिँदै गर्दा पक्राउ गरेको
होे ।

हुलाकी राजमार्ग निर्माण भारतसँग सम्झौतामा त्रुटि –सभापति साह

१४ जेठ, काठमाडौं ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले तराईको हुलाकी राजमार्ग निर्माणसम्बन्धी नेपाल र भारत सरकारबीचको सम्झौतामा त्रुटि रहेको बताउनुभएको छ ।

समितिको कार्यकक्षमा आज पत्रकार सम्मेलन गरी उहाँले सम्झौतामा उल्लेख भएको ९० प्रतिशत जग्गा अधिग्रहण भएपछि मात्रै निर्माण अगाडि बढाउने, परामर्शदाताको छनोट भारतले गर्नेजस्ता प्रावधानले राजमार्ग निर्माणमा थप ढिलाइ हुने टिप्पणी गर्नुभयो ।

उहाँले हुलाकी राजमार्गको ५ सय १८ किलोमिटर सडक निर्माण गर्न यसअघि १४ अर्ब रुपैयाँ लाग्ने तय भएकामा सम्झौतामा त्यसलाई घटाएर आठ अर्ब बनाउनु अर्को त्रुटि भएको बताउनुभयो ।

‘सरकार आन्तरीक सुरक्षा नीति ल्याउँदै’

१४ जेठ, काठमाडौं ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतलेसरकार आन्तरिक सुरक्षा नीति ल्याउने तयारीमा रहको बताउनुभएको छ ।

पूर्व प्रहरी परिषद् नेपालले आज राजधानीमा गरेको राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन विषयक कार्यशालामा गृहमन्त्री बस्नेतले नीति बनाउने मात्रै नभई त्यसको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

प्रचण्ड भन्छन्-‘माओवादी एकताले जनतामा उभार पैदा भएको छ’

१४ जेठ, काठमाडौं ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले मुलुक र जनताको अपेक्षा पूरा गर्नका लागि क्रान्तिकारी माओवादीबीचमा एकता भएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घले पेरिसडाँडामा गरेको कार्यक्रममा उहाँले माओवादी एकताले जनस्तरमा सकारात्मक लहर सिर्जना गरेको जनताको बताउनुभयो ।

नेकपा 'माओवादी केन्द्र' का नेता रामबहादुर थापाले जनताको आवश्यकता, चाहना र राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने लक्ष्यका साथ पार्टी एकीकरण भएको बताउनुभयो ।

नेकपा 'माओवादी केन्द्र' का प्रवक्ता पम्फा भुसाल, क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक खिलबहादुर भण्डारी, ओम शर्मालगायतले वर्तमान सन्दर्भमा पत्रकारको भूमिका प्रभावकारी एवम् गतिशील हुनुपर्ने बताउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web