काठमाडौं,जेठ १५ । सरकारले भवन निर्माण आचारसंहिताबिना बनेका घरलाई सरकारले पानी, विद्युत र फोनको सुविधा नदिने भएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा अर्थमन्त्री बिष्णु पौडेलले यो घोषणा गरेका हुन्। त्यस्तै सरकारले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य ५ रूपैयाँ बढाएको छ। बढाइएको मूल्यबाट संकलन हुने रकम बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिने अर्थ मन्त्रीले शनिबार पेश गरेको बजेटमा भनिएको छ।

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्सार विन्दुमै सरकारले डिजेल, पेट्रोलसहित हवाइ इन्धन र मट्टीतेलमा ५ प्रतिशत पूर्वाधार कर लगाउने भएको हो। यो मूल्यवृद्धिबाट सरकारलाई ७ अर्ब रुपैयाँ प्राप्त हुने अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ। सरकारले पानीजहाज सञ्चालनका लागि तयारी गर्ने जनाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०६४ को बजेट सार्वजनिक गर्दै पानीजहाज सञ्चालनको व्यवस्था मिलाइने जनाए।

काठमाडौं,जेठ १५ । अर्थ मन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष२०७३/७४को बजेट प्रस्तुत गरिरहेका छन् । ससदमा पेश भएको बजेटमा जग्गाको वर्गिकरण गर्दै जग्गा बाझो राख्नेलाई सम्भावित उत्पादनको २५ प्रतिशत जरिवाना लाग्ने बताएका छन् । यसको अभिलेख जिल्ला मालपोत कार्यालयले राख्नेछ।

पौडेलले जनताको जीवनस्तर सुधार्न घरघरमा बिजुली, जनजनमा शेयर नामक कार्यक्रम समेत सार्वजजिक गरेका छन् । ठूला औधोगिक क्षेत्रलाई विशेष फिडरमार्फत २४ सै घण्टा विद्युत दिइने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत ठूला औधोगिक क्षेत्रमा फिडरमार्फत विद्युत दिइने घोषणा गरेका हुन्।

काठमाडौं,जेठ १५ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट सामाजका विभिन्न क्षेत्रका दिग्गजहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको छ । नेपाल रत्न मानपदवी मदनकुमार भण्डारी(मरणोपरान्त), राष्ट्रगौरव मानपदवीबाट शुशिल कोइराला(मरणोपरान्त), नरबहादुर कर्माचार्य(मरणोपरान्त), रामहरी जोशी, निर्मल लामा(मरोणोपरान्त), पोष्टबहादुर बोगटी(मरणेपरान्त)लाई प्रदान गर्ने घोषण गरिएको छ । त्यस्तै, प्रसिद्ध प्रवल जनसेवाश्री मनवपदवीबाट डा. युवराज खतिवडा, वर्षमान पुन ‘अनन्त’, जनर्दन शर्मा ‘प्रभाकर’, बैद्यनाथ उपाध्याय र भानुप्रसाद आचार्यलाई प्रदान गर्ने घोषणा गरिएको छ । त्यस्तै, सुकीर्तिमय राष्ट्रदीप मानपदवी ६ जनालाई प्रदान गर्ने भएको छ ।

जसमा डा.सोमलाल सुवेदी, राजेन्द्र क्षेत्री, लोकदर्शन रेग्मी, उपेन्द्रकान्त अर्याल, दुर्जकुमार राई र दीलिपराज रेग्मी रहेका छन् । यसैगरी, सुप्रबल जनसेवाश्री मानपदवी ८२ जना, प्रबल जनसेवाश्री मानपदवी एक सय ३५ जना र जनसेवाश्री मानपदवी ५१ जना गरी कुल दुई सय ८७ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ । त्यस्तै, १६ जनालाई अलंकार र ६५ जनालाई पदक प्रदान गर्ने घोषणा गरिएको छ ।

यसैगरी, प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुको उद्दार एवं व्यवस्थापन र प्रकोपको जोखिम न्यूनिकरण गर्ने कार्यमा प्रशंसनीय रुपमा योगदान गर्ने वा सहयोग पु¥याउने ५६ हजार दुई सय ७९ जनालाई विभूषण ऐन, २०६४ को दफा ५ अनुरुप प्राकृतिक प्रकोप पीडितोद्वारा पदक, १८ औँ सार्क शिखर सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने २५ हजार एक सय २२ जना नेपाल सरकारको तर्फबाट खटिएका कर्मचारी एवं सुरक्षाकर्मी र अन्य महानुभावहरुलाई प्रशंसा स्वरुप कदरपत्र प्रदान गर्ने र विमान चालक क्याप्टेन दिनेश न्योपाने(डोल्पा) र सह चालक क्या. सन्तोष राना –पाल्पा)लाई मरोपरान्त वीरता पदक प्रदान गर्ने घोषणा गरिएको छ ।

-नयाँ पत्रिका दैनिक

१५ जेठ, टोकियो ।
गैर आवासिय नेपाली संघ एनआरएन जापानले भोली मे २९ तारिखका दिन जापानभर हुन लागेको धन्यवाद जापान कार्यक्रम सफल पार्न अनुरोध गरेको छ ।

एनआरएन जापानले पत्रकार सम्मेलन गरेर जापानभर ५० स्थानमा हुन लागेको धन्यवाद ज्ञापनमा जापानमा रहेका सबै नेपालीलाई उपस्थित भइदिन समेत अनुरोध गरेको छ ।

कार्यक्रमबारे जानकारी प्रकाशित गर्दै एनआरएन जापानले गत बर्ष नेपालमा गएको विनाशकारी भूकम्पको समयमा जापान र जापानी जनताबाट पाएको सहयोगको लागि कार्यक्रम आयोजना गरिएको प्रष्ट पारेको छ ।

कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई संभव भएसम्म नेपाली पोशाक सहित उपस्थित हुन अनुरोध गर्दै विज्ञप्तिमा नेपाली झण्डा र मौलिक पहिरनमा सभ्य भएर कार्यक्रममा सहभागीता जनाउन आग्रह गरिएको छ ।

दिनको ठिक ३ देखि ४ बजेसम्म हुने कार्यक्रममा कार्यक्रम सुरुहुनुभन्दा कम्तिमा १५ मिनेट अगाडी उपस्थित भएर धन्यवाद सहित नेपाल घूम्न जान जापानीहरुलाई अनुरोध गरिएको छ ।

नेपाली राजदूतावास जापान र कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले यसअघि नै भोली हुने कार्यक्रममा उपस्थित भएर नेपालीको गौरवसँग जोडिएको धन्यवाद कार्यक्रम सफल पार्न अनुरोध गरिसक्नुभएको छ ।

एनआरएनद्धारा 'मे २९ आरिगातोउ निप्पोन्' कार्यक्रम झलक सार्वजनिक (विस्तृतमा)

१५ जेठ, लिस्बन ।
नेपाल नुवाकोट जिल्ला घर भै पोर्चुगलमा बसोबास गर्दै आएका ३९ बर्षिय जनकलाल श्रेष्ठ को मृत्यु भएको छ ।

विगत एक बर्षदेखी लिस्बनमा बस्दै आएका जनकलाको कलेजोको रोगबाट बिरामी भै असामयिक निधन भएको हो ।

श्रेष्ठको शव ब्यबस्थापनको निम्ति पोर्चुगल स्थित सम्पुर्ण संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरु, समाजसेबी, ब्यबसायीहरु एबम शुभ( चिन्तक दिदिबहिनी तथा दाजुभाइहरुको गैर-आवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा भएको आकस्मिक बैठकले स्वर्गीय श्रेष्ठको परिबारको चाहना र सहभागितामा शव दाहसंस्कारको निम्ति नेपाल पठाउने निर्णय गर्दै पोर्चुगलबासी दिदिबहिनी तथा दाजुभाइहरुबाट स्वेच्छिक आर्थिक सहयोगको अपेक्षा गरेको छ।

यसका साथै बैठकले यस्ता आपतकालीन समयमा सहयोग पुर्याउन आकस्मिक कोषको स्थापना गर्ने र शव ब्यबस्थापनबाट बचत भएको रकम सो कोषमा जम्मा गरि स्थायी प्रकृतिको कोषको अबधारणा अगाडि बढाउने निर्णय गरेको छ।

सहयोग संकलन र शव ब्यबस्थापनको निम्ति गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम के सी कमलको संयोजकत्वमा पोर्चुगलस्थित संघसंस्थाका अध्यक्षहरु, समाजसेवी, ब्यबसायी, शुभचिन्तकहरु सम्मिलित समिती, पूर्व एनआरएन अध्यक्ष तथा जन सम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको संयोजकत्वमा बैधानिक प्रक्रिया निर्क्यौल समिती तथा एनआरएन पोर्चुगलका कोषाध्यक्ष रुपक श्रेष्ठको संयोजकत्वमा पारिवारिक समन्वय समिती गठन गरि कार्यारम्भ गरिएको छ ।

आगामी ३१ मे मंगलबार ४ बजेसम्म यथासक्य सहयोग गरिदिन गैर(आवासीय नेपाली संघ पोर्चुगलले आग्रह गरेको छ ।

१५ जेठ, टोकियो ।
कोरियाको लागि उड्न लागेको कोरियन एयरलाइन्सको बिमानमा जापानको हानेदा विमानस्थलमा आगलागी भएको छ ।

बिमानमा आगलागी भएपनि बिमानमा रहेका यात्रु र चालकदलका सदस्य सहित सबै सकुशल रहेका छन् ।

विमानको इन्जिनमा आगो लागेको बताइएको छ । विमानमा १७ जना चालकदलका सदस्य सहित ३ सय जना रहेको कोरियन एयरले बताएको छ ।

बिमानको एउटा इन्जिनमा आगो लागे लगत्तै बिमानमा रहेका यात्रुहरुलाई आपतकालिन रुपमा बाहिर निकालिएको थियो ।

कोरियन एयरको बोइङ ७७७ विमानमा आगलागी भएपछि यात्रुहरुलाई अन्य बिमान मार्फत यात्रा गराइएको थियो ।

विमान दक्षिण कोरियाको जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तयारीमा थियो ।

कोटको चुटिनै लागेको टाँक

बाँङ्गो टेकिएका
एक जोर मैला जुत्ता
शैलुन मालिकको खस्रो हातले
निखार नुखुर मिलाईएका जुगाँ
आफै अटाउन नसकेको पुरानो झोला
र जिवनको तिर्खा मेटाउन किनेको पेप्सी बोकेर
त्यो बुढो मान्छेले रेलको
टिकट काट्यो
आफ्नो भन्दा महङ्गो भाउमा।

कुनै जुगौँ पारिको यादले
आफ्नो सारा उमेरका
चमेली फुल ओईलाउदै गर्दा
उस्ले सम्झि सम्झि
समायो
पावर घटेका हातका औलाहरुले
पावर बिलाई सकेको चस्माको
रगँ उडेको बिँड र
कसो कसो अल्झायो नाकमा

रुझु गर्यो
सारा जिवन हतास नगरि हिडेको बाटो
हिम्तिलो हातको लौरो
अझै प्वाल नपरेको तलुवा
मरुभुमी एउटा मन
अनेक फेर सम्झिाई रहने यादहरुको रास
र हातको पहेँलो टिकट

टिकट जाँचकिलाई जँचायो
आफुले जिबन भरि देखेका सपना
आमाले सेकिदिएको तालु
र भाग्य
बाटो छेक्ने बाचाहरु
र केहि क्षण अगाडी किनेको टिकट

टिकट जाँचकिले ओके गर्यो टिकट
र बुढो ओर्लियो प्लेटफर्ममा

पर्खियो केहि क्षण
आफ्नो अगाडी उभिएको गन्तब्य
यो पृथ्वीको पाँचौ दिशाको लस्कर यात्रा
घडिको दिकदार लाग्दो टक् टक्
र त्यस पछि चढ्यो रेल।

रेल कुद्न थाल्यो
यति बेला बुढोले सम्झेको छैन्
यहि लिकको फलाम बोकेका भोका रातहरु
अभावको खाडलमा जोतेको आफ्नो निधार र
प्रेमिकाको चुम्बन पनि
सम्झिनलाई के छर? जिवनमा
बुढो आफैलाई थाहा छैन्।
रेल कुदि रहेको पनि उस्लाई थाहा छैन्।

१५ जेठ, काठमाडौ ।
राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरको बहिनी मनिषाको घाँटीमा परेको दबाबका कारण मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम विभागका चिकित्सकले मनिषाको घाँटीमा ठूलो दबाब परेर मृत्यु भएको र त्यो झुण्डिएको 'ह्याङगिङ' सँग मेल खाएको बताएका छन् ।

‘अहिलेसम्म उहाँको शवको परीक्षण गर्दा घाँटीमा ठूलो दबाब परेको कारण मृत्यु भएको पत्ता लागेको छ । जुन ह्याङगिङसँग मेल खान्छ ।’

फोरेन्सिक विभागका प्रमुख हरिहर वस्तीले भने, ‘मृत्युको अन्य विस्तृत जानकारी पाउन अझैं केही दिन कुर्नुपर्ने हुन्छ । सम्पूर्ण ल्याब परीक्षणबाट मात्रै सबै जानकारी पाउन सकिएला ।’ आजको अन्नपूर्णमा समाचार छ।

१५ जेठ, काठमाडौ ।
ट्यांकरमा कम तेल भए पनि तोकिएकै परिमाणमा रहेको प्रमाणपत्र तयार गर्ने चालकले प्रत्येक ट्यांकर बाटोमै रोकेर तेल झिक्छन् ।

चालकले एउटा ट्यांकरबाट औसतमा ४० लिटर तेल झिक्ने गरेका छन् । चालकले १२ हजार लिटर क्षमताको ट्यांकरबाट ४० लिटर तेल झिक्दा पनि सो ट्यांकरमा १२ हजार लिटर नै तेल रहेको क्यालिब्रसेन देखाउने गरेका छन् ।

‘निगमले आफ्ना डिपोमा आएको ट्यांकरको तेल फ्लो मिटर, विङ ब्रिज 'ट्यांकरसहित तेल नाप्ने यन्त्र' ले नाप्दैन, भारतीय क्यालिब्रेसनअनुसारकै डिप रडबाट नापेर चोरीलाई वैधानिकता दिइरहेको छ,’ स्रोतले भन्यो, ‘यसमा कर्मचारीको समेत मिलेमतो छ ।’

गत पुसमा गुणस्तर तथा नापतौल विभागले क्यालिब्रेसन गर्दा ट्यांकरमा कम तेल आइरहेको पुष्टि गरेको थियो । विभागको वीरगन्जस्थित क्षेत्रीय कार्यालयले निगमको अमलेखगन्जस्थित डिपोमा क्यालिब्रेसन गरेको थियो ।

ना।४ख ३९३७ नम्बरको ट्यांकरको चार हजार लिटरको च्याम्बरमा डिप रडको १३४।४ सेन्टिमिटर उचाइसम्म मात्रै तेल पाइएको थियो ।

तर, सो च्याम्बरमा चार हजार लिटर तेल हुन डिप रडको १३४।७ सेन्टिमिटर उचाइ पुग्नुपर्नेमा गुणस्तर विभागको मापनले ०।३ सेन्टिमिटर अर्थात् १० लिटर तेल कम देखायो । आजको नयाँ पत्रिकामा समाचार छ।

काठमाडौं,जेठ १५ । विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ । नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले डाँफेको तस्विर राख्दै गणतन्त्र दिवस मनाएको हो । यस अघि २०१५ मा होमपेजमा स्वयम्भू, पशुपतिनाथ र मैनबत्तिको बिशेष आकृति राख्दै नेपालप्रति सम्मान प्रकट गरेको थियो । २०६५ सालमा पहिलो संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको दिन आज जेठ १५ गते ।

काठमाडौं,जेठ १५ । सरकारले शनिबार आर्थिक वर्ष २०७३-०७४ का लागि रु १० खर्ब ४६ अर्बको बजेट संसदमा पेश गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले दिउसो ४ बजे बस्ने व्यवस्थापिका–संसदको बैठकमा आव ०७३-७४ को बजेट पेश गर्न लागेका हुन् । जसमध्ये चालु खर्चतर्फ ६ खर्ब १७ अर्ब विनियोजन गर्ने भएको छ । यसैगरी पूँजीगत खर्चतर्फ ३ खर्ब ११ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब १७ अर्ब रुपैयाँ विनियोजन गर्ने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । विनियोजन गरिएको यो रकम कुल बजेटको क्रमशः ५८.९८ प्रतिशत, २९.७३ प्रतिशत र ११.१८ प्रतिशत हो ।

सरकारले गत आर्थिक वर्षमा ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये चालु खर्चतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको थियो । यसैगरी पुँजीगत खर्चतर्फ २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ । गत वर्ष विनियोजन गरिएको यो रकम कुल बजेटको क्रमशः ५९.१ प्रतिशत, २५.५ प्रतिशत र १५.४ प्रतिशत हो । एमाले नेतृत्वको सरकारले मत प्रभावित पार्नेगरी बजेटमा कार्यक्रम ल्याएको स्रोतको दावी छ ।

सरकारले यसैबर्ष प्रदेश र स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरेको छ । चुनावका लागि एजेन्डा बनाउन सहज हुने किसिमका कार्यक्रम समेटेर बजेट बनाइएको अर्थ मन्त्रालय उच्च स्रोतले जानकारी दिएको हो ।

“अहिलेको बजेटमा पनि चुनावी नारा बन्ने खालका कार्यक्रम ल्याएर एमालेले करिब चुनाव प्रभावित गर्न खोजेको छ,” अर्थका एक अधिकारीले भने, “मनमोहन अधिकारीका पालामा जस्तै नयाँ कार्यक्रम यसपालि पनि आए आश्चर्य नमाने हुन्छ ।” आगामी बजेटमा थोरै रकम विनियोजन गरेर भए पनि लाखौंको संख्यामा रहेका किसानको भोट तान्न “किसानलाई पेन्सन कार्यक्रम” राखिएको छ ।

“सामान्यता बजेटमा एक आर्थिक वर्षका लागि कार्यक्रम ल्याउने प्रचलन छ, विकासको दीर्घकालीन लक्ष्य तयार गर्ने त राष्ट्रिय योजना आयोगले हो,” एक उच्च अधिकारीले भने, “यहाँ त बजेटमार्फत नै १० वर्षे विकास लक्ष्य सार्वजनिक गरिँदैछ ।”

बेरोजगार युवा आकर्षित गर्न बजेटमा ‘एक घर, एक रोजगारी’ कार्यक्रम ल्याइने तयारी गरिएको छ । विगतका सरकारले दुर्गम कर्णाली क्षेत्रमा यस्ता कार्यक्रम ल्याए पनि असफल भएको अनुभव रहेको अर्थमन्त्रालय स्रोत बताउँछ ।

बजेटपछि आफ्नो नेतृत्वमा सरकार नहुने र कार्यान्वयन गर्नु नपर्ने भएकाले महत्वाकांक्षी कार्यक्रम घोषणा गर्ने एमाले रणनीति नै हो । चुनावका बेला आफ्नो सरकारले राम्रा कार्यक्रम ल्याएको तर लागू गर्न नदिएको भन्दै त्यसैलाई चुनावी नारा बनाउन सकिने एमाले बुझाइ छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अनुसार आगामी वर्षको बजेटमा अर्थमन्त्रीलाई ५०–६० अर्ब रुपैयाँमा खेल्न केही समस्या छैन । “विगतका अर्थमन्त्रीले १०–१५ अर्ब रुपैयाँ पनि यताउती चलाउन सक्दैनथे,” ती अधिकारीले भने, “यो वर्ष पर्याप्त पैसा भएकाले पौडेललाई एमालेको नीतिअनुसारका नयाँ कार्यक्रम बनाउन सजिलो भएको छ ।”

चालु आर्थिक वर्षको बजेटमा खर्च हुन नसकेर कम्तीमा डेढ खर्ब रुपैयाँ बचत हुने अवस्था छ । यस्तै, सरकारले २ खर्बभन्दा बढी रुपैयाँ वैदेशिक सहयोगबाट जुटाउँदैछ । भूकम्पका लागि सहयोग गरेका सरकार तथा दातृ निकायले अहिलेसम्म एक खर्ब ८० अर्ब रुपैयाँ दिने सम्झौता गरिसकेका छन् । आगामी वर्ष पुनःनिर्माणमा हुने खर्चका कारण थप आर्थिक विस्तार भई राजस्व संकलन २० प्रतिशतभन्दा धेरै बढ्ने अनुमान सरकारको छ ।

“एमालेले आफ्ना एजेन्डा तय गर्ने बजेट ल्याउन खोजेको हो,” अर्थका एक उच्च अधिकारीले भने, “यसले अर्थतन्त्रलाई भने धराशयी बनाउनेछ । वितरणमुखी बजेटले मूल्यवृद्धि गर्न सहयोग पु¥याउँछ ।”

एमालेले ल्याएको सामाजिक सुरक्षा भत्ता र गाविसमा जाने रकममा यो वर्ष भारी वृद्धि हुँदैछ । नयाँ कार्यक्रमको विरोध हुन सक्ने शंकामा अर्थमन्त्री पौडेलले संसदीय क्षेत्र विकास कोषको रकम पनि बढाउन लागिपरेको बुझिएको छ । विकासका नाममा सांसदहरुलाई दिइने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कार्यक्रमको बजेट पर्याप्त बढाइँदैछ ।

पुँजीगत खर्च लक्ष्यको नजिक नभए पनि पौडेलले ठूला पूर्वाधारका योजनामा आगामी वर्षका लागि पनि पर्याप्त रकम विनियोजन गरेका छन् । पछिल्लो दशक सरकारले राखेको लक्ष्यको ७० प्रतिशत पनि विकास खर्च पुग्न सकेको छैन । यस वर्षको तथ्यांक झनै भयावह छ । तैपनि सरकारले पूर्वाधारमा पर्याप्त बजेट राख्दैछ ।

बजेटमा स्थानिय निर्वाचन, संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, पूर्वाधार विकासका ठूला परियाजना निर्माणलाई मुख्य प्राथमिकतामा राखिएका छन् । बजेटमा आफ्नो गाउँ आफै बनाआंै, किसान, मजदुर र जेष्ठ नागरिकलाई समाजिक सुरक्षा, शैक्षिक प्रमाणपत्र धितोमा ऋण जस्ता आर्थिक(सामाजिक कार्यक्रम समावेस छन् ।

दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन, सरकारी लागतमा काठमाडौँ(निजगढ दु्रत मार्ग निर्माण, रसुवागढी-काठमाडौ–पोखरा–लुम्बिनी रेल सञ्चालन जस्ता ‘महत्वाकाक्षी’ योजना छन् । १२ खरी डटकमले समाचार लेखेको छ ।

काठमाडौं,जेठ १५ । सरकारले योजना आयोग स्रोत समितिले दिएको सीमा नाघेर जम्वो बजेट ल्याउने भएको छ। चालु आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेका बेला सबैतिर रकम छर्ने गरी सीमाभन्दा एक अर्ब बढीको बजेट अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गर्दैछन। चालू आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेको बेला सबैतिर रकम छर्ने गरी २ खर्ब रुपैयाँ थपेर बजेट सार्वजनिक हुँदै छ । चालू आर्थिक वर्षमा ८ खर्ब १९ अर्ब बजेट विनियोजन गरिएको छ । अत्यन्त गोप्य राखिएको बजेटको आकार सवा १० खर्ब ४० अर्व कट्ने स्रोतको भनाइ छ ।

नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले सरकार यति ठूलो आकारको बजेट ल्याउन हौसिएको हो । सरकारले यस अघिको स्रोत समितिले दिएको बजेटको सीमा भन्दा पनि करिब एक खर्ब बढि विनियोजन गर्ने भएको छ । अर्थमन्त्रालयले आगामी वर्ष करिब साढे ५ खर्ब उठने अनुमान गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ।