पेट्रोलियम पदार्थको मूल्य बढ्ने,पानी जहाज किन्न बजेटमै व्यवस्था

जेष्ठ १५, २०७३ मा प्रकाशित
Published at 2016-05-28

1031 views

काठमाडौं,जेठ १५ । सरकारले भवन निर्माण आचारसंहिताबिना बनेका घरलाई सरकारले पानी, विद्युत र फोनको सुविधा नदिने भएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा अर्थमन्त्री बिष्णु पौडेलले यो घोषणा गरेका हुन्।  त्यस्तै सरकारले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य ५ रूपैयाँ बढाएको छ। बढाइएको मूल्यबाट संकलन हुने रकम बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिने अर्थ मन्त्रीले शनिबार पेश गरेको बजेटमा भनिएको छ।


बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्सार विन्दुमै सरकारले डिजेल, पेट्रोलसहित हवाइ इन्धन र मट्टीतेलमा ५ प्रतिशत पूर्वाधार कर लगाउने भएको हो। यो मूल्यवृद्धिबाट सरकारलाई ७ अर्ब रुपैयाँ प्राप्त हुने अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ। सरकारले पानीजहाज सञ्चालनका लागि तयारी गर्ने जनाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०६४ को बजेट सार्वजनिक गर्दै पानीजहाज सञ्चालनको व्यवस्था मिलाइने जनाए। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.