१४ जेठ, काठमाडौं ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले मुलुक र जनताको अपेक्षा पूरा गर्नका लागि क्रान्तिकारी माओवादीबीचमा एकता भएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घले पेरिसडाँडामा गरेको कार्यक्रममा उहाँले माओवादी एकताले जनस्तरमा सकारात्मक लहर सिर्जना गरेको जनताको बताउनुभयो ।

नेकपा 'माओवादी केन्द्र' का नेता रामबहादुर थापाले जनताको आवश्यकता, चाहना र राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने लक्ष्यका साथ पार्टी एकीकरण भएको बताउनुभयो ।

नेकपा 'माओवादी केन्द्र' का प्रवक्ता पम्फा भुसाल, क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक खिलबहादुर भण्डारी, ओम शर्मालगायतले वर्तमान सन्दर्भमा पत्रकारको भूमिका प्रभावकारी एवम् गतिशील हुनुपर्ने बताउनुभयो ।

17.12¡ÆC